इतिहासका डोबहरू

'... कोतपर्व र त्यसपछिका घटनाहरूले नेपालको राजनीतिमा ...नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्यो । ... तापनि ... एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौं गुणा हानिकारक सिद्ध भयो ।' (त्रिरत्न मानन्धर)

जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना भाइ, छोरा, भतिजा र नातिहरूलाई उत्तराधिकारीको रुपमा रोल क्रम मिलाई दिए । सिको उनले पनि राजतन्त्र कै विरासतको गरे, खालि फरक के भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने यहाँ उनले त्यो दायरा आफ्नै जहान परिवारभित्रै अलिक फराकिलो बनाई दिए । दुइटैको साझा मान्यता चाहिँ राज्य पारिवारिक बपौति हो, रैतीको महत्ता त फगत कर/तिरो तिर्नमा छ, बस् ।

सबैका टाउकामाथि डोमिकल्सको तरबार झुन्डेको छ, छ । कालगतिले मर्न पनि न पाउने । को कता डाडा कटाइएको छ, को कता लखेटिएको छ ।

तर भई दियो के भने पालो पर्खिने धैर्यता भएन । छिट्टो गद्दीमा आसिन हुन भित्र भित्रै तरबारमा धार लाउदै बस्ने र मौका पाउना साथै गर्धन छिनाउन थाले । सबैका टाउकामाथि डोमिकल्सको तरबार झुन्डेको छ, छ । कालगतिले मर्न पनि न पाउने । को कता डाडा कटाइएको छ, को कता लखेटिएको छ । यहीं उछलकुदमा १०४ वर्ष बिते, एउटा सानो घेरामा ।

राणा गए । राजा खोपीबाट बाहिर निस्के । अब उनलाई देखिने मात्र भएर पुगेन, बोलिने र सुनिने पनि हुनु पर्यो । (यसको गवाही पछि ज्ञानेन्द्र शाहले शब्दसः दिएका हुन् ।) त्यसको निम्ति उनीहरुलाई श्रीपेच पहिरिएर मात्रै पुगेन । उनीहरु छत्रे टोपीमा सैनिक वर्दीमा ठाँटबाँट सहित सजिन पनि पछि पर्दैनथे । सोझासाझा जनता त्यसै छुलुमुतु ।

राजा पनि गए । नागरिक सर्वोच्चताको शासन आयो । केही राणाबाट सिके, केही राजाबाट । थोरै डेण्टिङ्ग पेण्टिङ्ग गरेर । रोलक्रममा आफ्ना आफन्ती, आफ्ना गुटका, आफ्ना जजमानका मानिस भर्ति गरियो । विमति राख्यो कि सिध्याई हाल्यो, आफ्नै साथि भाइको मुलोच्छेदन गरी हाल्यो ।

विमति राख्नेहरुमा पनि अलिक दिन अर्कालाई कुर्सीमा सञ्चले बस्न दिने उदारता पनि छैन । किशुनजीलाई ७ दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई २ दिन पर्खिएन । मतभिन्नता सुन्ने/सुनाउने न धैर्यता छ न प्रभावकारी मञ्च नै ।

 उता विमति राख्नेहरुमा पनि अलिक दिन अर्कालाई कुर्सीमा सञ्चले बस्न दिने उदारता पनि छैन । किशुनजीलाई ७ दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई २ दिन पर्खिएन । मतभिन्नता सुन्ने/सुनाउने न धैर्यता छ न प्रभावकारी मञ्च नै । सम्बन्धको सुपर ग्लु स्तुति र चाकरीको परम्परागत आधार कत्तै सिथिल भएन । तिनले लगाउने गरेको फूलको मालाको भारी, अघि पछि हिड्ने सुरक्षाकर्मीको स्कर्टिङ्ग, हुँदा हुँदा तल तल पिर्कामा उभिएर लिइने सलामी, आफ्नै सहकर्मीलाई यसलाई लाउन खान पनि आउदैन भनेर होच्याउने कुराले केको संकेत गर्छन् ? दमित सामन्ती शान । आफु कुलीन घरानामा दरिन हुने गरेका उठबस, खानपिन र भविष्यको निम्ति जोहो गर्न अपनाइएका तरिकाहरुसित आफैले पैरवी गर्दै आएको सामाजिक मिसन कसरी मेल खान्छ ? राजनीति नै यहीं हो भनेर बुझाउन खोजिदै छ । पार्टी पन्थ संरचनामा फेरिएका छन् । संसार कहाँबाट कहाँ पुगिसक्यो ?! हामी कहाँको कहाँ छौं !

'धेरैजसो नव अभिजातहरुको निम्ति राजनीति साध्यको निम्ति साधन नभएर त्यो आफैमा साध्य भएको छ । धेरैको निम्ति यो अनन्य पेशा भयो, र राजनीतिक हैशियतले तिनको आर्थिक चकाचौंध निर्धारण गर्न थाल्यो । स्थितिको यहीं परिवेसले गर्दा नै परंपरागत नेपाली राजनीतिमा अवसरवादको उच्च चाँप पर्ने गरेको छ । नेताहरु घरिघरि जस्तो आफ्नो राजनीतिक आदर्शलाई शुद्ध आर्थिक आवश्यकतासंग संझौता गर्न पुगेका छन्, र उपलब्धी र दीर्घकालिन लक्षमा भन्दा धोखाधडीको राजनीति र झिनामसिना लाभमा लिप्त हुने गरेका हुन्छन् ।' (भुवनलाल जोशी र लियो रोज, Democratic Innovation in Nepal)

'धेरैजसो नव अभिजातहरुको निम्ति राजनीति साध्यको निम्ति साधन नभएर त्यो आफैमा साध्य भएको छ । धेरैको निम्ति यो अनन्य पेशा भयो, र राजनीतिक हैशियतले तिनको आर्थिक चकाचौंध निर्धारण गर्न थाल्यो ।

लोकतन्त्र त साझा भविष्यको निम्ति सामुहिक सुझबुझ र सामुहिक प्रयत्नको अधारभुमि हो, तलैबाट उठेको । यसलाई ट्रयाकमा ल्याउन पनि हामी अझै लामो यात्रा गर्न अभिसप्त छौं । उसो त लोकतन्त्र आफैँमा लामो उकाली ओराली भ'को यात्रा न हो ।