क्युबामा गहिरिँदो ऊर्जा संकट: रूस र मेक्सिकोको इन्धन सहयोग

केही समययता क्युबा ठूलो विद्युत् संकटबाट गुज्रिरहेको छ। गत अक्टोबर महिनामा समेत क्युबामा देशभर दुई दिनसम्म विद्युत् प्रसारण ठप्प भएको थियो। बल्लतल्ल त्यहाँको विद्युत् विभागले विद्युत् प्रसारण सुचारु गरेको थियो। गत हप्ता बुधबार क्युबामा आएको राफेल चक्रवातका कारण फेरि राष्ट्रिय प्रसारण ठप्प भएको थियो।

क्युबालाई यो विद्युत् संकटबाट बाहिर निकाल्न उसका मित्र राष्ट्रहरू अगाडि सरेका छन्। क्युबाको भ्रमणमा रहेका रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्कोका अनुसार रुसले क्युबालाई यो ऊर्जा संकट समाधान गर्न करिब ८०,००० टन डिजेल इन्धन आपूर्ति गर्ने भएको छ, जसको मूल्य करिब ६० मिलियन डलर रहेको छ। रुसका उपप्रधानमन्त्री चेर्निशेन्कोले सहयोगको घोषणा गर्दै भने, "हामी यहाँ मद्दत गर्न आएका छौँ।"

त्यस्तै, मेक्सिकोले केही दिनअघि ४ लाख ब्यारेल तेल क्युबालाई सहयोगस्वरूप पठाएको थियो। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामले टिप्पणी गर्दै भनेकी थिइन्, "हामीले क्युबालाई सधैं सहयोग गर्नेछौँ।"

क्युबामा अधिकांश बिजुली थर्मोइलेक्ट्रिक प्लान्टहरूबाट उत्पादन गरिन्छ, जसलाई सञ्चालन गर्न इन्धनका लागि पेट्रोलियम पदार्थ चाहिन्छ। ६० वर्षभन्दा लामो समयदेखि अमेरिकाले लगाएको नाकाबन्दीका कारण क्युबाको आर्थिक अवस्था जर्जर बन्दै गएको छ। क्युबालाई भेनेजुएलाले पेट्रोलियम पदार्थ सहयोग गर्दै आइरहेको थियो, तर केही समययता भेनेजुएलाले समेत उक्त सहयोगमा कटौती गर्न थालेको छ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन