कार्ल सेगन: खगोल विज्ञानलाई घर घरमा पुर्‍याउने महान वैज्ञानिक

‘अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ’

खगोल विज्ञानमा अत्यन्तै आदर र सम्मानका साथ नाम लिइने केही व्यक्तित्वहरुमा महान वैज्ञानिक कार्ल सेगन पनि पर्दछन् । उनले विज्ञानका जटील कुराहरुलाई पनि सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरे । त्यसैले उनलाई ‘साधारण मानिसलाई ब्रह्माण्डलाई बुझाउने वैज्ञानिक’ भनेर पनि भन्ने गरिन्थ्यो ।  उनले सयौं लेख र दुई दर्जनभन्दा बढी पुस्तक लेखेर विज्ञानलाई सर्वसाधारण माझ लोकप्रिय बनाउन मद्दत गरे।

विज्ञानलाई सबैका लागि पहुँचयोग्य बनाउन गरेको योगदान तथा  मानवताको भलोका लागि गरेका प्रयासले उनलाई अमर बनाएको छ।

प्रारम्भिक जीवन र आमाको प्रेरणा

कार्ल सेगनको जन्म ९ नोभेम्बर १९३४ मा न्यूयोर्कको ब्रोन्क्स शहरमा भएको थियो। उनी यहूदी परिवारमा जन्मेका थिए । उनका बुबा स्यामुएल सेगन कपडा सिलाउने काम गर्थे भने आमा परिवार सम्हाल्थिन् । कार्ल सेगनकी आमा राचेल सेगनलाई पनि विज्ञानप्रति रुचि र जिज्ञासा थियो । उनैले सेगनको जिज्ञासु स्वभावलाई प्रोत्साहन गरिन्। सेगनले बाल्यकालमा नै खगोलशास्त्र र विज्ञानप्रति देखाएको रुचिलाई बढावा दिन उनले अत्यन्त महत्वपूर्ण भूमिका खेलिन्।

उनी रातको समयमा घण्टौं ताराहरूलाई नियाल्न मन पराउँथे र मानव जीवनको अस्तित्व र ब्रह्माण्डको वास्तविकताबारे जिज्ञासा राख्थे। जब उनले रातको आकाशमा देखिने हरेक तारा टाढाको सूर्य भएको कुरा जाने, उनी रोमाञ्चित भए।

कार्ल सेगनले आफूलाई बाल्यकालमा विज्ञान कथाका प्रेमीका रूपमा वर्णन गरेका छन् । खगोलशास्त्रप्रति उनमा गहिरो आकर्षण थियो । बालक सेगन सौरमण्डल र तारापुञ्जमा विशेष रूचि राख्थे। उनी रातको समयमा घण्टौं ताराहरूलाई नियाल्न मन पराउँथे र मानव जीवनको अस्तित्व र ब्रह्माण्डको वास्तविकताबारे जिज्ञासा राख्थे। जब उनले रातको आकाशमा देखिने हरेक तारा टाढाको सूर्य भएको कुरा जाने, उनी रोमाञ्चित भए।

राचेलले कार्ल सेगनलाई सानै उमेरदेखि पुस्तकहरू पढ्न र विज्ञानप्रति रुचि राख्न हौसला दिइन्। उनलाई ताराहरू र ब्रह्माण्डका रहस्यहरूको बारेमा कार्लले सोधेका प्रश्नहरुको सरल भाषामा बुझाउने कोशिस गर्थिन् ।  उनको यो ममतामयी प्रोत्साहन नै सेगनको प्रारम्भिक शिक्षामा सहायक सिद्ध भएको थियो, जसले उनलाई पछि आएर एक महान खगोलशास्त्री बन्ने मार्गमा डोर्‍यायो।

सेगन आइन्स्टाइनका सापेक्षतासिद्धान्त र डार्विनको जैविक विकास सिद्धान्तबाट अत्यन्तै प्रभावित थिए ।  

कार्ल सेगनलाई बाल्यकालमै पुस्तकहरूमा रुचि थियो। उनका बाबु-आमाले उनलाई पुस्तकालय पुर्‍याउने गर्थे, जहाँ उनले विज्ञान र खगोलशास्त्रका पुस्तकहरूमा ध्यान दिएर पढ्न थाले। विशेष रूपमा, एच. जी. वेल्सको वार अफ द वर्ल्ड्स (War of the Worlds) जस्ता विज्ञान कथाहरूले उनलाई विज्ञानमा सम्भावनाहरूको दायरा बुझ्न मद्दत गर्‍यो। यी पुस्तकहरूले उनको जिज्ञासा र अनुसन्धानप्रतिको आकांक्षालाई अझ सशक्त बनायो।

सेगनले अल्बर्ट आइन्स्टाइन र चार्ल्स डार्विन जस्ता वैज्ञानिकहरूबाट प्रेरणा लिएका थिए। उनी आइन्स्टाइनका सापेक्षतासिद्धान्त र डार्विनको जैविक विकास सिद्धान्तबाट अत्यन्तै प्रभावित थिए ।  आइन्स्टाइनको वैज्ञानिक दृष्टिकोण र ब्रह्माण्डप्रतिको सोचले उनलाई खगोलशास्त्र र अन्तरिक्षका रहस्यहरूबारे सोच्न निक्कै अभिप्रेरित गर्‍यो।

शिक्षादिक्षा

कार्ल सेगनले प्रारम्भिक शिक्षा न्यूयोर्क सहरको ब्रोन्क्समा सुरु गरे। बाल्यकालदेखि नै विज्ञानप्रतिको रुचि भएकाले उनी निकै उत्सुक विद्यार्थी थिए। विज्ञान र खगोलशास्त्रप्रति गहिरो जिज्ञासाले उनलाई पुस्तकालयका विभिन्न विज्ञान पुस्तकहरू पढ्न प्रेरित गर्‍यो।

उनी सानैदेखि प्रतिभाशाली थिए कम उमेरमै उत्कृष्ट विद्यार्थी साबित भए। १६ वर्षको उमेरमै उनले शिकागो विश्वविद्यालयमा प्रवेश पाए, जहाँ उनले भौतिकशास्त्र र जीवविज्ञानमा अध्ययन सुरु गरे। शिकागो विश्वविद्यालयमा अध्ययनको क्रममा उनलाई थोरुनामका खगोलशास्त्री जेरार्ड कुइपरको सान्निध्यमा अध्ययन गर्ने मौका मिल्यो । उनको शिक्षा, प्रेरणा र सहयोगले कार्ल सेगनको खगोल विज्ञानप्रतिको रुचि र ज्ञानलाई थप निखार्न मद्दत गर्‍यो। त्यहाँ उनले भौतिकशास्त्र, खगोलशास्त्र, र खगोल रसायनशास्त्रमा विशेष अध्ययन गरे र यी विषयहरूमा उनको ज्ञानको आधार बलियो बन्यो।

खगोलशास्त्री जेरार्ड कुइपरको शिक्षा, प्रेरणा र सहयोगले कार्ल सेगनको खगोल विज्ञानप्रतिको रुचि र ज्ञानलाई थप निखार्न मद्दत गर्‍यो।

सेगनले शिकागो विश्वविद्यालयमा अध्ययन गर्दै सन् १९५५ र १९५६ मा क्रमशः भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर उपाधि हासिल गरे, र सन् १९६० मा खगोलशास्त्र र खगोलभौतिकीमा पीएचडी पूरा गरे। सन् १९६० देखि १९६२ सम्म उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीमा खगोलशास्त्रमा फेलोको रूपमा काम गरे, र १९६२ देखि १९६८ सम्म हार्वर्ड विश्वविद्यालय र स्मिथसोनियन खगोलभौतिकीय वेधशालामा कार्यरत रहे।

करियरको आरम्भ र सेटी कार्यक्रम

सेगनको प्रारम्भिक कार्य ग्रहहरूको भौतिक अवस्थाहरू, विशेषगरी भेनस र जुपिटरका वायुमण्डलमा केन्द्रित थियो। यसै क्रममा उनले पृथ्वी बाहिर जीवनको सम्भावना र बाह्य-प्रज्ञा खोज (SETI) मा चासो देखाए, जसलाई विवादास्पद अनुसन्धान क्षेत्र मानिन्थ्यो र जसको विकासमा उनले ठुलो योगदान दिए। उदाहरणका लागि, अमेरिकी रसायनशास्त्री स्टानली मिलर र ह्यारोल्ड युरीको प्रारम्भिक कार्यलाई आधार मानेर उनले प्रमाणित गरे कि साधारण रसायनहरूको मिश्रणलाई अल्ट्राभायोलेट विकिरणमा राख्दा अमिनो एसिड र न्यूक्लिक एसिडजस्ता जीवनका आधारभूत अणुहरू उत्पन्न हुन सक्छन्।

सेगनले खगोलशास्त्र र खगोल-रसायनशास्त्रलाई सर्वसाधारण माझ पुर्याउन र अन्तरिक्षमा जीवनको खोजीमा महत्वपूर्ण भूमिका खेले। उनले सेटी (Search for Extraterrestrial Intelligence) नामक संस्था स्थापना गरे, जसको उद्देश्य ब्रह्माण्डमा जीवनको संकेत खोज्नु थियो।

सेटी परियोजनामा रेडियो टेलिस्कोपको प्रयोग गरी विभिन्न तारापुञ्जबाट आउने संकेतहरू विश्लेषण गरिन्थ्यो, जसको उद्देश्य अन्य सम्भावित बुद्धिमान जीवनको खोजी गर्नु थियो। सेटीको स्थापना ब्रह्माण्डमा जीवनको सम्भाव्यता सम्बन्धी अनुसन्धानको लागि एक महत्वपूर्ण कदम मानिन्छ।

कार्लले हार्वर्ड विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गरे। सन् १९६८ मा उनले कोर्नेल विश्वविद्यालयको लेबोरेटरी फर प्लानेटरी स्टडिज (Laboratory for Planetary Studies) को निर्देशकको जिम्मेवारी सम्हाले। सन् १९७१ मा उनी त्यहाँ पूर्ण प्राध्यापक बने। उनले भाइकिङ (Viking) अन्तरिक्ष यानहरूको लागि मङ्गल ग्रहमा अवतरण स्थल चयनमा सहयोग गरे। सोलार प्रणालीबाट बाहिर पठाइएका पायोनियर र भोयेजर (Pioneer and Voyager) जस्ता यानहरूसँग पृथ्वीबाट पठाइएका सन्देशहरूको डिजाइनमा पनि उनी सहभागी थिए।

उनले मङ्गल ग्रहमा समयको कुनै कालखण्डमा मङ्गल ग्रहमा जीवन हुन सक्ने सम्भावना पत्ता लगाउने प्रारम्भिक वैज्ञानिकहरूमध्ये एक थिए। उनी नासालाई निरन्तर ब्रह्माण्डको अन्वेषणलाई बढाउन आग्रह गर्थे।

उनी पृथ्वी बाहिरको जीवनको सम्भावनाको अध्ययन गर्ने बाह्यजैविकी (exobiology)को क्षेत्रमा अग्रगामी व्यक्तित्वका रूपमा प्रख्यात थिए । उनले मङ्गल ग्रहमा समयको कुनै कालखण्डमा मङ्गल ग्रहमा जीवन हुन सक्ने सम्भावना पत्ता लगाउने प्रारम्भिक वैज्ञानिकहरूमध्ये एक थिए। उनी नासालाई निरन्तर ब्रह्माण्डको अन्वेषणलाई बढाउन आग्रह गर्थे।

लुइस फ्रीडम्यान र ब्रुस मुरेसँग मिलेर, कार्लले सन् १९८० मा "द प्लानेटेरी सोसाइटी" (The Planetary Society) नामक सार्वजनिक सदस्यता संगठन स्थापना गरे, जसले अन्तरिक्ष अन्वेषणको अद्भुतताबारे सर्वसाधारणलाई उत्प्रेरित गरी उनीहरुलाई समेत संलग्न बनाउँछ।

सेगनले ग्रहहरूको वायुमण्डल, एस्ट्रोबायोलोजी (astrobiology), र पृथ्वीमा जीवनको उत्पत्तिका विषयमा महत्त्वपूर्ण अनुसन्धान गरे । उनले मुख्य रूपमा विज्ञानका प्रवक्ता र खगोल विज्ञानका लोकप्रियकर्ता रूपमा आफ्नो प्रतिष्ठा बनाएका थिए। सन् १९७० र ८० को दशकमा उनी सम्भवतः संयुक्त राज्य अमेरिकामा सबैभन्दा चर्चित वैज्ञानिक थिए। विज्ञानको पक्षमा वकालत गर्ने र विज्ञानलाई प्रदर्शनात्मक रूपमा प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा, उनले आफ्नो करियरको ठूलो हिस्सा जनतामा विज्ञानको समझ सुधार्ने र यसको तर्कसंगत स्वभावको रक्षा गर्नमा लगाएका थिए।

सन् १९७३ मा, उनले जेरोम एजेलसँग मिलेर द कोस्मिक कनेक्शन: एन एक्स्ट्राटेर्रेस्ट्रियल पर्स्पेक्टिभ (The Cosmic Connection: An Extraterrestrial Perspective) पुस्तक प्रकाशित गरे, जसले उनलाई लोकप्रिय विज्ञान लेखकको रूपमा समेत ख्याति दिलायो। अर्को वर्ष, उनले अमेरिकी लेखक इम्यानुएल भेलिकोभ्स्कीका सौर्यमण्डलको इतिहास सम्बन्धी सिद्धान्तहरूलाई एक सार्वजनिक बहसमा चुनौती दिए।

विज्ञानको पक्षमा वकालत गर्ने र विज्ञानलाई प्रदर्शनात्मक रूपमा प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा, उनले आफ्नो करियरको ठूलो हिस्सा जनतामा विज्ञानको समझ सुधार्ने र यसको तर्कसंगत स्वभावको रक्षा गर्नमा लगाएका थिए।

सन् १९८० मा, सेगनले प्लानेटरी सोसाइटी (The Planetary Society) नामक अन्तर्राष्ट्रिय गैरनाफामूलक संगठनको सह-स्थापना गरे, जुन अन्तरिक्ष अन्वेषणका लागि समर्पित छ। त्यसै वर्ष उनले आफ्नी पत्नी एन ड्रुयनसँग लेखेको टेलिभिजन शृंखला कस्मोस (Cosmos) मार्फत लोकप्रियताको शिखरमा पुगे। यसै नामको पुस्तक पनि यस शृंखलासँगै प्रकाशित भएको थियो, जसले उत्कृष्ट बिक्रीको कीर्तिमान बनायो। यसपछि उनले कन्ट्याक्ट (Contact) (१९८५) जस्ता थुप्रै अन्य पुस्तकहरू लेखे, जसलाई १९९७ मा सफल फिल्मको रूपमा रूपान्तरण गरियो, र पेल ब्लू डट: ए भिजन अफ द ह्युमन फ्युचर इन स्पेस (Pale Blue Dot: A Vision of the Human Future in Space) (१९९४) पनि प्रकाशित गरे।

विज्ञानलाई लोकप्रिय बनाउने अभियान

सेगनले विज्ञानलाई सबैका लागि बुझ्न योग्य बनाउने अभियानको सुरुवात गरे। सन् १९८० मा उनले टेलिभिजन शो “कस्मोस: ए पर्सनल भोएज” (ब्रह्माण्ड: एक निजी यात्रा) को प्रस्तुति गरे। यो कार्यक्रमले लाखौं मानिसलाई विज्ञानको आधारभूत तत्व र खगोलशास्त्रको महत्त्वको बारेमा जानकारी दियो। यो शो ६० भन्दा बढी भाषामा अनुवाद भयो र ५०० मिलियनभन्दा बढी मानिसहरूले हेरका थिए। विज्ञानलाई सरल, मनोरञ्जक, र रोचक बनाउने उनका प्रयासले विज्ञानप्रति आममानिसमा व्यापक रुचि त जगायो नै, उनलाई पनि घर-घरमा चिनाइदियो। “कस्मोस” पछि उनले ‘कस्मोस’ शीर्षककै पुस्तक पनि लेखे, जसले उनलाई खगोलशास्त्रका क्षेत्रमा विश्व प्रसिद्ध बनायो। आफ्नो जीवनकालमा सेगनले ६०० भन्दा बढी वैज्ञानिक शोधपत्र र लोकप्रिय लेख लेखे र २० भन्दा बढी पुस्तक लेखे। आफ्नो कृतिहरूमा उनले मानवता, वैज्ञानिक विधि, र संशयी अनुसन्धानमा धेरै जोड दिएका छन्।

विज्ञानलाई सरल, मनोरञ्जक, र रोचक बनाउने उनका प्रयासले विज्ञानप्रति आममानिसमा व्यापक रुचि त जगायो नै, उनलाई पनि घर-घरमा चिनाइदियो। “कस्मोस” पछि उनले ‘कस्मोस’ शीर्षककै पुस्तक पनि लेखे, जसले उनलाई खगोलशास्त्रका क्षेत्रमा विश्व प्रसिद्ध बनायो।

‘पेल ब्लु डट’ – पृथ्वीको धमिलो नीलो बिन्दुचित्र

 भोएजर अन्तरिक्ष यानले सन् १९९० मा ६ अर्ब किलोमिटरको दूरीबाट खिचेको पृथ्वीको तस्बिर Image: https://i.ytimg.com

सन् १९९० मा नासाले पठाएको भोएजर-१ अन्तरिक्ष पृथ्वीबाट ६ अर्ब किलोमिटर टाढा पुगेको थियो । त्यसबेला कार्ल सेगनकै चाहनाअनुसार उक्त यानले त्यति सुदूरबाट पृथ्वीको तस्बिर खिचेर पठायो । जसलाई पछि सेगनले "पेल ब्लु डट" नाम दिए। यो तस्बिरले पृथ्वीलाई एक सानो, धमिलो नीलो बिन्दुको रूपमा देखाउँछ।

सन् १९९० मा नासाले पठाएको भोएजर-१ अन्तरिक्ष पृथ्वीबाट ६ अर्ब किलोमिटर टाढा पुगेको थियो । त्यसबेला कार्ल सेगनकै चाहनाअनुसार उक्त यानले त्यति सुदूरबाट पृथ्वीको तस्बिर खिचेर पठायो । जसलाई पछि सेगनले "पेल ब्लु डट" नाम दिए।

सेगनले यस तस्बिरमा आधारित आफ्नो विचार प्रस्तुत गर्दै भने कि हाम्रो पृथ्वी यो विराट ब्रह्माण्डमा मात्र एक धुलोको कण जस्तै हो। उनले यो तस्बिरलाई मानव जीवनको अल्पकालिकता, नश्वरता र एकताको प्रतीकका रूपमा प्रस्तुत गरे। सेगनले यसै सन्दर्भमा “पेल ब्लु डट” नामक पुस्तक पनि लेखे, जसमा मानवता र पृथ्वीको भविष्यका बारेमा उनले गहिरो विश्लेषण गरेका छन्।

हामीले एकअर्कासँग उदार व्यवहार गर्नु पर्छ र यस नीलो बिन्दुको रक्षा गर्नु पर्छ किनकि हाम्रो घर यही हो।

‘पेट ब्लु डट’बारे कार्ल सेगनको टिप्पणी:

“यस बिन्दुलाई फेरि हेरौं। हामी यहीं छौं। यो हाम्रो घर हो। हामी यही छौं। यसमा हाम्रा सबै प्रिय जन, सबैजना जसलाई हामी चिन्छौं, जसलाई हामीले कहिल्यै देखेका र सुनेका छौं… सबैले यहीं जीवन बिताएका छन्। सूर्यको किरणमा टाँसिएको धुलोको यो कणमै मानव जातिको इतिहासका सबै दुःख-सुख, सयौं धर्म-मतका द्वन्द्व, मान्यता, आर्थिक विचार, सिकार गर्ने र उनीहरूका सिकार, नायक र कायर, सभ्यताका निर्माता र विध्वंसक, राजा र किसान, प्रेमी जोडी, आमा-बुवा, बालबालिका, आविष्कारक र साहसी व्यक्तित्व, नीतिवान गुरु, भ्रष्ट नेता, सुपरस्टार, राष्ट्रनायक, महात्मा र नराधमहरू जन्मिए।

यस विराट ब्रह्माण्डको दृश्यमा हाम्रो पृथ्वी केही पनि होइन। अलिकति सोचौं, आजसम्म कतिका सम्राट र सेनापतिहरूले यही बिन्दुको एउटा सानो अंशमा आफ्नो गौरव गाथा लेख्न रगतको नदी बगाएका छन्। यही निलो धुलोको कणको एक छेउमा बस्नेले अर्को छेउमा बस्ने आफ्ना दाजुभाइहरूलाई कुनै बेवकूफी र घृणाका कारणले मारेका छन्।

हाम्रो असंगत व्यवहार, हाम्रो काल्पनिक आत्मगौरव र यो विराट ब्रह्माण्डमा हाम्रो विशेष स्थान छ भन्ने हाम्रो भ्रम – यो धमिलो बिन्दुले सब ध्वस्त गरिदिन्छ। यस अन्धकारमा डुबेको ब्रह्माण्डमा पृथ्वी धुलोको एक मात्रै कण हो। यस अज्ञाततामा हाम्रो आश्रय छैन कि कहिले कुनै ठाउँबाट कसैले हामीलाई बचाउन आउनेछ।

हाम्रो असंगत व्यवहार, हाम्रो काल्पनिक आत्मगौरव र यो विराट ब्रह्माण्डमा हाम्रो विशेष स्थान छ भन्ने हाम्रो भ्रम – यो धमिलो बिन्दुले सब ध्वस्त गरिदिन्छ।

हाम्रो पृथ्वी मात्र ज्ञात संसार हो, जहाँ जीवन छ। भविष्यमा कहीं पनि जाने कुनै संकेत देखिँदैन। जाँदैमा पनि बस्न सकिँदैन। मानौँ या नमानौँ, यो क्षणमा पृथ्वी नै हाम्रो एक मात्र थलो हो जहाँ हामी रहिरहन सक्छौं।

भन्छन् अन्तरिक्ष विज्ञानको अध्ययनले मानिसलाई विनम्र र उसको चरित्रलाई दृढ बनाउँछ। हाम्रो यस सानो संसारको यो तस्बिर जत्तिको अरू केही पनि मानिसको मूर्खतापूर्ण घमण्डलाई प्रकट गराउन सक्दैन। मेरो लागि यो हाम्रो जिम्मेवारीलाई स्मरण गराउँदै भन्छ कि हामीले एकअर्कासँग उदार व्यवहार गर्नु पर्छ र यस नीलो बिन्दुको रक्षा गर्नु पर्छ किनकि हाम्रो घर यही हो।

 

जीवनको खोजीमा अनुसन्धान र अविष्कारहरू

सेगनले विभिन्न ग्रहमा जीवनको सम्भावनाको अध्ययनमा योगदान गरे। उनले विशेष रूपमा शुक्र ग्रह, मङ्गल ग्रह र अन्य ग्रहहरूको वातावरणबारे अनुसन्धान गरे। सन् १९६० को दशकमा उनले मङ्गल ग्रहको वातावरणको विश्लेषण गर्दा पत्ता लगाए कि त्यहाँको वातावरण अत्यधिक कार्बन डाइअक्साइडयुक्त छ र सतहको तापक्रम धेरै उच्च छ। उनले अध्ययनहरुका आधारमा देखाए कि पृथ्वीको जलवायु परिवर्तन गर्दा ग्रहको भविष्य कसरी बदलिन सक्छ। यसले जलवायु परिवर्तनको अवधारणालाई अझ प्रस्ट रूपमा बुझाउन मद्दत पुर्‍यायो।

उनले अध्ययनहरुका आधारमा देखाए कि पृथ्वीको जलवायु परिवर्तन गर्दा ग्रहको भविष्य कसरी बदलिन सक्छ। यसले जलवायु परिवर्तनको अवधारणालाई अझ प्रस्ट रूपमा बुझाउन मद्दत पुर्‍यायो।

उनले विकिरणको अध्ययन मार्फत पृथ्वी र अन्य ग्रहहरूमा जीवनको अस्तित्वका लागि आवश्यक तत्वहरूको पहिचान गरे। उनी पहिलो वैज्ञानिक थिए जसले वीनस ग्रहको सतहमा उच्च तापक्रम भएको बारे पुष्टि गरे। यस्तै अनुसन्धानले उनलाई खगोल विज्ञान, खगोल भौतिकी, र खगोल रसायनशास्त्रमा प्रख्यात बनायो।

अमेरिकी अन्तरीक्ष कार्यक्रमका महत्त्वपूर्ण हस्ती

कार्ल सेगन (१९३४ - १९९६)ले अमेरिकाको अन्तरिक्ष कार्यक्रमको सुरुवातदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी १९५० दशकबाटै नासा (NASA) का परामर्शदाता र सल्लाहकारका रूपमा संलग्न थिए— उनले अपोलो अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा उडान गर्नुअघि प्रशिक्षण र जानकारी दिएका थिए।

पसाडेना, क्यालिफोर्नियाको जेट प्रपल्सन ल्याब (JPL) मा अतिथि वैज्ञानिकको रूपमा, कार्लले भेनसको लागि म्यारिनर २ मिशन, मर्सको लागि म्यारिनर ९ र वाइकिंग १ र २ यात्राहरू, बाह्य सौरमण्डलतर्फको भ्वायजर १ र २ मिशनहरू र जुपिटरको लागि ग्यालिलियो मिशनको डिजाइन र व्यवस्थापनमा सहयोग गरेका थिए। कार्लको अनुसन्धानले भेनसको उच्च तापक्रम (विशाल हरितगृह प्रभाव), मर्सका मौसमी परिवर्तन (हावाले उडाएको धूलो) र टाइटनको रातो धूमिल बादल (जटिल जैविक अणुहरू) जस्ता रहस्यहरूको समाधान गर्न मद्दत गर्‍यो।

जीवनका उत्तरार्द्धका वर्षहरू र पुरस्कारहरू

सेगनलाई जीवनमा धेरै प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरियो। उनले पुलिट्जर पुरस्कारबाट "द ड्रागन्स अफ इडेन" पुस्तकका लागि सम्मान प्राप्त गरे। यो पुस्तकले मानव मस्तिष्कको विकास र खगोलशास्त्रको सम्बन्धलाई विश्लेषण गरेको थियो। सेगनले अरु थुप्रै पुरस्कार र सम्मान प्राप्त गरे, जसमा १९७८ मा आफ्नो पुस्तक द ड्रैगन्स अफ ईडन (The Dragons of Eden) का लागि नन-फिक्शनको पुलित्जर पुरस्कार, राष्ट्रिय एरोनॉटिक्स र अन्तरिक्ष प्रशासन (NASA) को विशिष्ट सार्वजनिक सेवा पदक (१९७७ र १९८१), र १९९० मा अमेरिकन एसोसिएशन अफ फिजिक्स टिचर्सबाट Ørsted पदक समावेश छन्। सन् १९९४ मा उनलाई नेशनल एकेडमी अफ साइन्सबाट सार्वजनिक कल्याण पदक प्रदान गरियो । रमाइलो कुरा त के रह्यो भने उनले कहिल्यै त्यस प्रतिष्ठित एकेडमीको सदस्य बन्ने सफलता प्राप्त गरेनन्।

मानवीय सोच र उत्तरदायित्वको पाठ

सेगनका विचारहरू मात्र विज्ञानसँग सीमित थिएनन्; उनले मानवता, शान्ति, र सहिष्णुताका लागि पनि आवाज उठाए। उनले भनेका थिए कि अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ। "पेल ब्लु डट" को सन्दर्भमा पनि उनले पृथ्वी र मानवताप्रति जिम्मेवारी बोध गराउन खोजे। सेगनले मानव जीवनलाई महत्व दिएर हरेक व्यक्ति र समाजमा एक अर्काप्रति उदारता र सहिष्णुताको भावना उत्पन्न गर्नुपर्छ भन्ने सुझाव दिए।

निधन

कार्ल सेगन माइलोडिसप्लास्टिक सिन्ड्रोम (Myelodysplastic Syndrome) नामक बोन म्यारो सम्बन्धी दुर्लभ रोगले पीडित थिए । सोही रोगबाट उत्पन्न जटीलताका कारण उनलाई निमोनिया भयो । चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरे तर त्यो सफल हुन सकेन । अन्तत: २० डिसेम्बर १९९६ का दिन यी महान वैज्ञानिकले यस संसारबाट महाप्रस्थान गरे ।

Main image source: https://media.nature.com