जिते ट्रम्पले !

अमेरिकामा राष्ट्रपति चुनावका लागि भएको मतदानमा डोनाल्ड ट्रम्पले जीत हासिल गरेका छन्। राष्ट्रपति पदको दौडमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उनकी प्रतिस्पर्धी कमला ह्यारिसबीच प्रतिस्पर्धा थियो। मतदानपछि मतगणना क्रममा जारी प्रक्षेपणमा डोनाल्ड ट्रम्पले जीतका लागि आवश्यक २७० मतको आँकडा पार गरेका छन्। अमेरिकी चुनावमा स्विंग स्टेटहरूले महत्वपूर्ण भूमिका खेलेका थिए, जसमा तीन महत्वपूर्ण राज्यहरूमा ट्रम्पले जीत हासिल गरेर यो चुनावमा सानदार विजय हासिल गरेका हुन्।

डोनाल्ड ट्रम्पले जीतपछि दिएका आफ्ना पहिलो भाषणमा स्पष्ट रूपमा घोषणा गरे कि - अब कुनै युद्ध हुने छैन। ट्रम्पले  भने, "मैले कुनै पनि युद्ध सुरु गर्ने छैन। म युद्धहरू रोक्नेछु। जब म राष्ट्रपति थिए, तब ४ वर्षसम्म कुनै युद्ध भएको थिएन। हामीले केवल आईएसआईएसलाई हराएका थियौं।"

त्यसो त चुनावी अभियानकै बीचमा ट्रम्प गोली लागेर पनि बाच्नँ सफल भएका थिए । उनले  घाइते अवस्थामै उभिएर मुट्ठी कसेर आफ्ना समर्थकहरुलाई अभिवादन गरेका थिए। त्यही दिन नै उनले चुनाव लगभग जितिसकेका कथन स्थापित भएको थियो । त्यो नाटकीय क्षणलाई एकजना फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेका थिए। त्यो फोटो ट्रम्पको चुनावी अभियानको ब्यानर नै बन्यो। एउटै फोटोले पनि कत्ति फरक पार्न सक्दो रहेछ। भनिन्छ A picture is worth a thousand words !!!