जीवन भोक र सडक

जीवन संगै पछ्याउदै आयो

भोक

भोक जीवनको लागि थियो?

या जीवन भोकको लागि?

 

शायद भोक थिएन

 जीवन थिएन ।

 

भोक शान्त पार्न

म  निस्किएँ सडकमा

भोक मेटाउन बाटो चाहिन्छ

बाटोले नै मलाई

भोक मार्ने ठाउँसम्म पुर्‍याउँछ

म  पछ्याउदै गएँ बाटो  ।

 

अचानक  गायव भयो बाटो

सुनसान जंगल भित्र ।

 

जंगल भित्र

अर्को डरलाग्दो भोक थियो

भोकले मलाई

लखेट्यो

म भागे।

 

जंगलै जंगल                        

जता जता भागें उतै बाटो बन्दै गयो

भोक संग भाग्नेहरू नै

बाटोका निर्माता थिए।

 

निकै टाढा छ भोक मेटाउने चारो

भाग्यो चारो मलाई देख्ने बित्तिकै।

 

 म  पछ्याइरहेछु चारो

 चारो मदेखि टाढा भागिरहेछ

जीवन बचाउन।

 

 म उसलाई लेखिटिहेछु

जीवन बचाउन।

 

भोकले बाटो बनायो

बाटोले सडक

सडक फराकिलो भयो

त्यही सडक भएर

फेरि

भोक बेच्ने ब्यपारीहरू आइरहेछन्।

 

 भोक  टाँसिएको छ नछुट्ने गरी

 जीवन संग।

 

एक दिन भोक टुङ्गिने छ

सडक टुङ्गिने छ

जब जीवन टुङ्गिनेछ।