यसकारण भन्नैपर्छ– याङ्की गो होम!
साम्राज्यवादी अमेरिका मुक्त नेपाल- जिन्दावाद!
प्रभावनुभूतिको कुरा गर्दा जब हामीले अमेरिका भन्ने शब्द प्रष्टसंग सुन्यौं, तबदेखि हामीलाई त्यो अर्थात् अमेरिका पटक्कै मन पर्दैन। थाहा छ, हामीलाई मनपर्नु र नपर्नुले अमेरिकी शासक जातिलाई किञ्चित असर गर्दैन। परन्तु, आफ्नो उमेरका युवाहरु विश्वविद्यालयमा औपचारिक शिक्षा आर्जन गरिरहेका हुँदा हुन्, असाध्यै दुर्गम गाउँको गरिब किसान वर्गस्रोतका हामी भने हिमाली पर्यटन मजदुरीमा तल्लीन थियौं। तब ४० वर्ष अघितिरको कुरा हो, काठमाडौंस्थित एक जना साथी कहाँ श्यामश्वेत टिभीमा समाचार देखियो, जसमा आफ्नै उमेरका युवा-विद्यार्थीहरु आक्रामक नारा लगाइरहेका थिए र अंग्रेजीमा भनिरहेका थिए- याङ्की गो होम!
त्यो थियो, दक्षिण कोरियाली युवाहरुद्वारा घन्काइने साम्राज्यवाद विरोधी नारा। सन् १९५३ देखि सिओलस्थित अमेरिकाले आफ्नो सैनिक अखडा जमाएको रहेछ। त्यस विरुद्व ती युवाहरु दुई कोरियावीच राष्ट्रिय एकताको उत्कट आकाङ्क्षा त्यसरी व्यक्त गरिरहेका थिए भने अर्कातिर दक्षिण कोरियाको राजधानी शहरमै अड्डा जमाएर बसेका अमेरिकी सैनिकहरु कोरियाली छोरीचेलीमाथि बलात्कारको अपराध मच्चाइरहेका थिए। स्वभाविक प्रतिरोधमा सचेत युवाहरु सडकमा नारा घन्काइरहेका थिए, याङ्की गो होम!
सन् १९५३ देखि सिओलस्थित अमेरिकाले आफ्नो सैनिक अखडा जमाएको रहेछ। त्यस विरुद्व ती युवाहरु दुई कोरियावीच राष्ट्रिय एकताको उत्कट आकाङ्क्षा त्यसरी व्यक्त गरिरहेका थिए भने अर्कातिर दक्षिण कोरियाको राजधानी शहरमै अड्डा जमाएर बसेका अमेरिकी सैनिकहरु कोरियाली छोरीचेलीमाथि बलात्कारको अपराध मच्चाइरहेका थिए।
हो, त्यही समाचारबाट हाम्रो दिमागमा गढ्नेगरी हामीलाई अमेरिकाबारे जानकारी भयो। त्यसरी जानकारी भयो, जुन अमेरिकाले दुई कोरियाली जनतालाई एकताबद्व हुन नदिँदो रहेछ र खासगरी दक्षिण कोरियालाई घुँडा टेकाएर राख्दो रहेछ। अझ कोरियाली जनताका छोरीचेलीमाथि बिघ्न बलात्कारको अपराध मच्चाउँदो रहेछ! त्यसैले ती युवाहरु सडकमा आक्रामक नारा घन्काउन बाध्य हुँदा रहेछन्। त्यहाँबाट अमेरिकीहरुलाई याङ्की भन्दा रहेछन्। र, याङ्कीहरुलाई देश निकालाको माग लिएर युवाहरु आन्दोलनमा जागेका रहेछन्। हामीलाई लाग्यो, धन्य हुन ती युवा-विद्यार्थीहरु!
अलिक बर्षपछि कवि भूपी शेरचनको कविता पढियो, शीर्षक थियो- ‘हो ची मिन्हलाई सलाम!’
बुझ्दै लगियो, भियतनाममाथि अमेरिकाले गरेको जनसंहारकारी अपराध। भियतनामी जनताको देश लुट्न आएका अमेरिकीहरुको साम्राज्यवादी सैनिक हमलाका कारण अनाहकमा लाखौं भियतनामी जनता र योद्वाहरुले जीवन बलिदान गर्नु पर्यो। भौतिक क्षेतिको कुनै हरहिसाब रहेन। सन १९४५ मा स्वतन्त्र बनेको भियतनामलाई पनि अमेरिकाले उत्तर र दक्षिणमा टुक्र्याइदियो। अथवा भियतनामी जनतालाई उत्तर भियतनाम र दक्षिण भियतनाममा विभाजित गर्ने अपराध त्यही साम्राज्यवादी अमेरिकाले गर्यो। तर, भियतनामी जनता इतिहासकै महान देशभक्त र सर्वश्रेष्ठ वीर योद्वा सावित भए। आफ्नो देशबाट अमेरिकालाई लखेटेर एकीकृत भियतनाम स्थापना गरिछाडे।
भियतनामी जनतालाई उत्तर भियतनाम र दक्षिण भियतनाममा विभाजित गर्ने अपराध त्यही साम्राज्यवादी अमेरिकाले गर्यो।
यसैक्रममा भियतनामका प्रथम राष्ट्रपति तथा स्वतन्त्रता नायक हो ची मिन्हले कार्यकर्तामाझ परिपत्रमा लेखेका थिए:
कायरले घुँडा टेक्छ,
गद्दारले धोका दिन्छ,
बहादुर भिड्छ र
इमानदार अघि बढ्छ।
भियतनाम युद्वमा अमेरिकाले ६६ लाख टन बम खसाल्यो, २० लाख भियतनामी योद्वाहरुको कत्लेआम गर्यो। अन्तत: अमेरिका भाग्नै पर्यो। मारिएका सेनाको संख्या छोडौं, युद्वमा बेपत्ता अमेरिकी सेनाहरु मात्र ५० हजारको संख्यामा परे। काका हो ची मिन्हको निधन भइसके पनि उनका योग्य उत्तराधिकारी जनरल जियापको कमाण्डमा दक्षिण भियतनामको युद्वमा अन्तिम पराजय भोगेपछि अमेरिकीहरु पुच्छर लुकाउदै भागे। यत्तिसम्म कि भियतनाम युद्धयता साम्राज्यवादी अमेरिका आफ्नो सैन्य रणनीतिमै फेरबदल गर्न बाध्य बन्यो। पहिलो र दोस्रो विश्वयुद्वमा साम्राज्यवादी सैन्य रणनीति उच्च घनीभूत युद्व रणनीतिमा आधारित रहन्थ्यो। तर, भियतनाम युद्वको हारपछि उच्च घनीभूत युद्व रणनीति त्यागेर अमेरिकालगायत साम्राज्यवादीहरु कम घनीभूत युद्व रणनीतितर्फ लागे।
यसर्थ भियतनाम युद्व विगतका दुई विश्वयुद्व भन्दा अझ खतरनाक थियो। त्यसैले आफ्नो सैन्य रणनीति नै बदल्नु पर्नेगरी पराजित भएर अमेरिका भाग्यो।
यो चाहिँ भन्नैपर्छ कि नेपालको तत्कालीन माओवादी जनयुद्व कम घनीभूत युद्व रणनीतिको प्रकोपमा परिसकेको थियो, साम्राज्यवादी अमेरिकाकै प्रपञ्चमा त्यसो भइरहेको थियो। त्यसैले तत्कालीन पार्टी नेतृत्वद्वारा संविधानसभा र लोकतान्त्रिक गणतन्त्रतर्फको मोड वस्तुसंगत थियो।
क्रमश: इण्डोनेसिया, चिली, सोमालिया, ईराक, अफगानिस्तानमा ध्वङ्श मच्चाउदै रुस विरुद्व युक्रेनलाई तथा प्यालेस्टाईन विरुद्व इजरायललाई बोकेर परमाणु युद्वतर्फ दुनियालाई धकेल्ने अमेरिकी उद्दण्डतावारे देशभक्तहरु जानकार नै छन्। यो चाहिँ भन्नैपर्छ कि नेपालको तत्कालीन माओवादी जनयुद्व कम घनीभूत युद्व रणनीतिको प्रकोपमा परिसकेको थियो, साम्राज्यवादी अमेरिकाकै प्रपञ्चमा त्यसो भइरहेको थियो। त्यसैले तत्कालीन पार्टी नेतृत्वद्वारा संविधानसभा र लोकतान्त्रिक गणतन्त्रतर्फको मोड वस्तुसंगत थियो।
उपरोक्त पृष्ठभूमिमा अब हामी खास विषयतर्फ लागौं। जसको कारणले हामीलाई अमेरिका मन पर्दैन।
आदिवासीको भूमि लुटेर एकलध्रुवीय विश्व महाशक्ति बनेको ढोङ पिट्ने अमेरिकी राज्यले बचेखुचेका आदिवासीलाई आज चिडियाखानाको जन्तु तुल्याएर राखेको छ।
पहिलो, आदिवासी पहिचान र अधिकारको सवालमा संयुक्त राज्य अमेरिका विश्वकै खतरनाक शत्रु हो। जहाँ ईरोक्वा र पुनालुवालगायत विभिन्न जातिका आदिवासीहरुको करोड बढी आवादी थियो। १५ औं शताब्दीको अन्ततिर कथित अमेरिका पत्ता लगाउने यूरोपेली अपराध भए। त्यसपछि सलह झैं यूरोपेलीहरु त्यसतर्फ घुस्न पुगे। आदिवासीहरुले रगत, आँशु र पशिनाको धारा बगाएर आवाद गरेको सम्पूर्ण भूमि लुटेर तिनै यूरोपेलीहरुले त्यहाँस्थित देशको नाम नै एक यूरोपेली अतिक्रमणकारीको नामबाट थोपरे। आदिवासीको भूमि लुटेर एकलध्रुवीय विश्व महाशक्ति बनेको ढोङ पिट्ने अमेरिकी राज्यले बचेखुचेका आदिवासीलाई आज चिडियाखानाको जन्तु तुल्याएर राखेको छ।
जाबो अधिकार बिनाको प्रदेश नाम पनि शासकहरुले स्वीकार गर्दैनन् भने नेपालका आदिवासीहरु पनि अमेरिका र अष्ट्रेलियाका आदिवासीहरु जस्तै आफ्नै पूर्खाको भूमिमा भोलि चिडियाखानाको जनावर बन्नु पर्ने त होइन?
तब मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा श्रमिकवर्ग र लिङ्गका साथसाथै जनजाति आदिवासीको पहिचानसहित आधिकार आन्दोलनमा दृढप्रतिबद्ध मानिसले अमेरिकी प्रशासनलाई कसरी मन पराउन सक्छ र कसरी मन पराउन मिल्छ? किमार्थ मिल्दैन।
स्मरण रहोस् कि आदिवासी पहिचान ध्वस्त पारेर देशको नाम अमेरिका थोपर्नेहरु र नेपालमा प्रदेशको नाम कोशी, बागमती, गण्डकी थोपर्नेहरुबीच साइनो–सम्बन्ध के छ? तिनीहरुवीचको साइनो–सम्बन्ध प्रष्टै छ, ती दुवै शासक जातीय अहङ्कारवादको पराकाष्ठामा छन्। त्यसको प्रतिरोधमा न्यायपूर्ण आन्दोलन जारी छ। अतिरिक्त प्रदेश नाम कोशी खारेज आन्दोलन सम्बद्व युवाहरुको गहिरो ध्यान आकृष्ट हुन जरुरी छ कि जाबो अधिकार बिनाको प्रदेश नाम पनि शासकहरुले स्वीकार गर्दैनन् भने नेपालका आदिवासीहरु पनि अमेरिका र अष्ट्रेलियाका आदिवासीहरु जस्तै आफ्नै पूर्खाको भूमिमा भोलि चिडियाखानाको जनावर बन्नु पर्ने त होइन? त्यसको जवाफ बुद्विले आक्रमण र बलले प्रतिरोधको तरिकाबाट दिनु पर्दछ।
दोस्रो, आलेख पृष्ठभूमिमै बताइसकियो कि संयुक्त राज्य अमेरिका जबसम्म एकलध्रुवीय शक्तिको रुपमा रहन्छ, तबसम्म त्यो साम्राज्यवादी हत्यारा हो। साम्राज्यवाद भनेको श्रमिक, दलित तथा विस्थापित वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको राजनीतिक, आर्थिक, साँस्कृतिक जीवनमा क्रुर शत्रु हो।
यसरी एक जना देशभक्त समाजवादीले अमेरिकालाई मन पराउदैन र कुनै पनि हालतमा मन पराउन मिल्दैन।
उपरोक्त पहिलो र दोस्रो दुवै कारणका आधारमा भन्नुपर्छ, सामान्य मन नपराउने मात्र होइन, साम्राज्यवादी अमेरिकाप्रति हामी सतप्रतिशत घृणाको दृष्टिकोण राख्दछौं। यो परिस्थिति वस्तुत: अमेरिकी शासकहरुले नै तयार गरेका हुन्।
* * *
प्रसंगवश "सेपियन्स" पुस्तकका लेखक युवल नोह हरारीले त्यत्रो गहनतम् खोज गर्दागर्दै निस्कर्षमा "जे भए पनि साम्राज्यहरु सही थिए र अझ व्यवस्थित विश्व साम्राज्य हुनुपर्छ" भनेर ठाडै अमेरिकाको चाकडी बजाउने जघन्य गल्ती गरे। त्यसर्थमा हरारी साम्राज्यवादी इतिहासकार ठहरिए। परन्तु, त्यस पुस्तकमा रोचक सूचनाहरु प्रवाहित छन्। त्यसमध्ये एक हो, चिनियाँ सैनिक एडमिरल झेङको विशाल सामुद्रिक यात्रा।
तीन सयवटा जहाजमा करिब ३० हजारको संख्यामा सेना लिएर हिंडेका झेङले कतै कसैको भूमिमाथि कुनै कब्जा भने गरेनन्। यो थियो, एडमिरल झेङद्वारा प्रदर्शित एसियाली सभ्यता।
सन १४३३ मा एडमिरल झेङ चीनबाट दक्षिण-पश्चिमतर्फ सामुदि्रक यात्रामा निस्के। पानी जहाजमा उनले चिनियाँ अन्न्न, सागसब्जी, फलफूल तथा वनस्पतिका अनेक वीऊहरु बोकेर हिंडेका थिए। फिलिन्स, भियतनाम, बर्मा, बङगलादेश, भारत हुँदै अफ्रीकासम्म विशाल यात्रा गरेका झेङले भेटिएको ठाउँ-ठाउँका मानिसलाई ती चिनियाँ अन्न, सागसब्जी, फलफूल र वनस्पतिका वीऊहरु वितरण गर्दै हिंडे। साथमा, चीनमा नभएका अन्न, फलफूल, वनस्पतिका नयाँ वीऊहरु जुन देशमा भेटिए, मागेर उनले आफ्नो जहाजमा भरे ता कि चिनियाँ समाजमा पुर्याउन पाइयोस्। तर, तीन सयवटा जहाजमा करिब ३० हजारको संख्यामा सेना लिएर हिंडेका झेङले कतै कसैको भूमिमाथि कुनै कब्जा भने गरेनन्। यो थियो, एडमिरल झेङद्वारा प्रदर्शित एसियाली सभ्यता।
तर, चिनियाँ झेङपछि सन १४९५ मा कथित अमेरिका पत्ता लगाउने यूरोपेली कोलम्बस यात्राले के गर्यो? के गर्यो होइन कि ज्यादतिको सिलसिलामा ती यूरोपेलीहरुले के मात्र गरेनन्? एक प्रसंगमा हरारीले लेखेका छन्- यूरोपेली शासक र बुद्विजीविहरु त्यस्तो प्रचार गरिरहेका थिए, जुन संसारभरि जाऊ, बहुमूल्य चीज पत्ता लगाऊ र कब्जा गर!
हो, त्यही उग्र अतिक्रमणकारी प्रवृत्तिका यूरोपेलीले आदिवासीको भूमि कब्जा गरे। त्यही भूमिमा टेकेर अरु संसारमा लुट मच्चाएका छन्। त्यस प्रवृत्तिको विरोध देशभक्त नागरिक प्रत्येकको राष्ट्रिय कर्तव्य हुन आउँछ।
एक प्रसंगमा हरारीले लेखेका छन्- यूरोपेली शासक र बुद्विजीविहरु त्यस्तो प्रचार गरिरहेका थिए, जुन संसारभरि जाऊ, बहुमूल्य चीज पत्ता लगाऊ र कब्जा गर!
त्यो नागरिक चाहे अरु देशको होस् या सहअस्तित्व स्वीकार गर्दछ भने अमेरिकाकै पनि। अत: तेस्रो विश्वयुद्व चर्चाको सन्दर्भमा देशभक्त नेपालीले सामान्यत: यूरोप तथा विशेषत: अमेरिकी प्रवृत्तिको अध्ययन-ख्याल राख्नै पर्ने हुन्छ।
* * *
अर्को प्रसंगमा, कतिपय मानिस आशङ्का गर्दछन् कि नेपालका आदिवासीलाई अमेरिकाले खरिद गर्ने हुन् कि? अथवा आदिवासी नेताहरु अमेरिकालगायत पश्चिमा साम्राज्यवाद सामु खरिद-बिक्रीको साधन बन्ने हुन कि? हामीहरुको ठहर छ, व्यक्तिको कुरा नगरौं। कैयन व्यक्तिहरु अगावै खरिद-बिक्रीको साधन बनेका छन्, तिनलाई समुदायले राम्ररी चिनेका पनि छन्। अझ बिक्री होलान्, तर तिनले विशुद्व व्यक्तिको प्रतिनिधित्व गर्छन्, समुदायको होइन। यो नै नेपाली आदिवासीको एक अजेय शक्ति बनेको छ।
नेपालमा आदिवासीमाझ स्वपहिचानको मात्रात्मक जागरण काफी बढिरहेको छ। मात्रात्मक जागरणलाई गुणात्मक जागरणतर्फ उकास्ने बौद्विक र भौतिक आन्दोलनहरु उठिरहेका छन्।
किनभने, नेपालमा आदिवासीमाझ स्वपहिचानको मात्रात्मक जागरण काफी बढिरहेको छ। मात्रात्मक जागरणलाई गुणात्मक जागरणतर्फ उकास्ने बौद्विक र भौतिक आन्दोलनहरु उठिरहेका छन्। मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी लोकतन्त्रको वैज्ञानिक कार्यदिशा निर्माण भइसकेको छ। राजनीतिक कार्यदिशाले अब संगठनात्मक नेतृत्व निर्माण गर्छ। प्रकारान्तरले आदिवासी समुदाय व्यक्तिवादी होइन, समुदायवादी बन्दैछ। परिणामस्वरुप कुनै व्यक्ति खरिद-बिक्रीको जन्तु बन्न सक्छ, तर समुदाय होइन।
नेपालका एकलजातवादी शासकहरुको शासन आदिवासीमाथि दमन र उत्पीडनमा टिकेको शासन हो। जसको भरथेगमा अमेरिकालगायत पश्चिमाहरु लाग्दै आएका छन्। त्यसरी अमेरिकासंग यहाँका पहिचान विरोधी शासकहरुको दलालीपूर्ण एकता छ। (एमसीसी सम्झौता संसदमा पुर्याउने र स्वीकार गर्ने दलका नेताहरु सबै अमेरिकी दलाल प्रमाणित छन्।) यो त्यस्तो विशिष्ट अन्तर्विरोध हो, जसले नेपालको आदिवासीलाई सामुदायिक मागको अन्तर्वस्तुमा खाँट्टी देशभक्त तुल्याइरहेको छ।
सामुदायिक अर्थमा, उदाहरणका लागि तामाङ समुदायको माग ताम्सालिङ गणराज्य हो। जसमा उनीहरुले सामुदायिक रक्षा तथा विकास खातिर स्वशासनको लक्ष्य राखेका छन्। अब प्रश्न उठ्छ, के अमेरिकाले तामाङ समुदायको ताम्सालिङ गणराज्यको मागमा समर्थन गर्न सक्छ? किमार्थ सक्दैन। किन सक्दैन भने शासक दलका नेताहरु ज्यान गए पनि ताम्सालिङ गणराज्यको पक्षमा हुने छैनन्। तब मानौ कि जब अमेरिकाले ताम्सालिङ मुद्दामा समर्थन गर्ला, यहाँस्थित शासक दलका नेताहरु भाँड्भैलो मच्चाउनेमा लाग्ने छन्। आफ्नै लगानीको दलाल मार्फत भण्डाफोरसहित नेपालबाट अमेरिका लखेटिनु पर्नेछ।
तब प्रष्ट हुन्छ, छँदाखाँदाको र भारीभरकम लगानी गरिसकेको आफ्ना दलालहरुलाई भड्काउने प्रत्युत्पादक जोखिम मोलेर अमेरिकाले तामाङको सामुदायिक माग ताम्सालिङमा साथसमर्थन गर्न सक्दैन। जब ताम्सालिङ मुद्दामा साथसमर्थन गर्न सक्दैन, तब अमेरिकाले तामाङ समुदायलाई खरिद गर्ने कुरै आउँदैन।
आदिवासी समुदायको राजकीय स्वशासनको विचार नेपालमा यसर्थ देशभक्तिपूर्ण विचार हो। जसको प्रवर्द्वन तथा अर्थराजनीतिक सम्बोधन गर्ने तागत आदिवासी स्वयंको सामुदायिक जागरण र देशभक्त समाजवादी लोकतन्त्रको कार्यदिशामा मात्र अन्तर्निहित छ।
उदाहरणका लागि मात्र यहाँ ताम्सालिङ भनियो। वस्तुगत विवरण त त्यत्ति मात्र हो र? लिम्बू समुदायको लिम्बुवान, किराती सनुदायको किरात, नेवार समुदायको नेवा:, गुरुङ् समुदायको तमुवान, मगर समुदायको मगरात, खस समुदायको खसान, थारु समुदायको थरुवान एवं सीमान्तकृत समुदायको स्वायत्त क्षेत्रहरु, दलित, मुस्लिम, मधेसी समुदाय अनि वर्गीय रुपमा मजदुर, किसान, सुकुमवासी, देशप्रेमी पुँजीपति? अत: समुदाय वा वर्गको राजकीय माग खरिद गर्ने तागत अमेरिका मात्र होइन, दुनियाँमा कसैसंग छैन।
आदिवासी समुदायको राजकीय स्वशासनको विचार नेपालमा यसर्थ देशभक्तिपूर्ण विचार हो। जसको प्रवर्द्वन तथा अर्थराजनीतिक सम्बोधन गर्ने तागत आदिवासी स्वयंको सामुदायिक जागरण र देशभक्त समाजवादी लोकतन्त्रको कार्यदिशामा मात्र अन्तर्निहित छ। विज्ञानले भन्छ, कुनै पनि वस्तुको विकास र विनाषको मूल कारकतत्व आन्तरिक हुने गर्छ। त्यसो हुँदा आफ्नो साँस्कृतिक परम्पराको भूमिमा स्वशासनको माग नै आदिवासीको मूल राजकीय माग हो। जसको प्राप्तिको सामुदायिक जागरणले नेपालमा अब धेरै कुरा निर्धारण गर्न सक्छ।
अन्त्यमा, साँस्कृतिक ज्ञानको प्रश्नमा तीन सय वर्षको ‘कन्सस माइण्ड’ र सय बर्ष पनि नपुगेको सुपर माईण्डको पश्चिमा धमास दिनु पर्दैन, २६ सय वर्षअघि प्रतिपादित एसियाली बुद्वको विपश्यना विज्ञानसामु ती सबै बाउन्ने ठहर्छन्। अर्थराजनीति, व्यापार र सुरक्षा क्षेत्रमा, खासगरी ब्रीक्सको अगुवाइमा चलिरहेको बहुध्रुवीय विश्वव्यवस्था आन्दोलन नै सार्वभौम नेपालीको भाग्य र भविष्य हो। जसबाट एकलध्रुवीय अमेरिकी साम्राज्यवादलाई ठेगान लगाउन सकियोस्। त्यस निमित्त हामीले नेपालको प्राकृतिक अवस्थितिमा दुई छिमेकी प्राथमिकताको विदेशनीति अख्तियार गर्नु पर्ने हुन्छ। नयाँ विदेशनीतिको स्थापना र सुदृढीकरणबाट अमेरिकालगायत पश्चिमा साम्राज्यवादी हस्तक्षेप मुक्त नेपाल-जिन्दावादको नाराले जोड पक्रनेमा ढुक्क हुन सकिन्छ। तेस्रो जनआन्दोलनको मौलिक दृष्टिकोण हो यो। नेपाली समाजमा एउटा आहान छ, टाढाको देवता र नजिकको भूतमध्ये भूतै काम लाग्छ।
प्रतिक्रिया