इरान, इजरायल र अमेरिकाबीच दोस्ती र दुश्मनीको कथा

यस्तो छ भयङ्कर युद्धको संघारमा रहेका तीन मुलुकको उतारचढावपूर्ण ऐतिहासिक सम्बन्ध

पश्चिमाहरुका लागि पश्चिम एशिया तथा हामी पूर्वेलीहरुका लागि पश्चिम एशिया कहलिने खाडी क्षेत्र यतिखेर भयंकर अशान्त छ । गत साल अक्टोबर ७ मा प्यालेष्टिनी प्रतिरोधी समूह हमासले इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि तिल्मिलाएको इजरायलले प्यालेष्टिनी जनतामाथि थालेको सामूहिक प्रतिशोधको युद्ध गाजा क्षेत्रबाट विस्तारित भएर लेवनान, यमन हुँदै इरानसम्म फैलंदैछ । स्थिति कतिसम्म विस्फोटक बन्दै गइरहेको छ भने कुनै पनि बेला इजरायल–इरान बीच प्रत्यक्ष युद्ध छेडिन सक्छ । त्यो भनेको समग्र खाडी क्षेत्रमै युद्धको दावानल फैलिनु हो ।

इजरायलको प्रतिरक्षामा अमेरिका प्रत्यक्ष रुपमा खडा हुँदै आएको छ । यस अर्थमा कदाचित इजरायल–इरानबीच युद्ध भयो भने त्यो युद्ध खास अर्थमा इरान–अमेरिकाबीचको युद्ध हुनेछ । त्यसो त इतिहासतिर फर्केर हेर्ने हो भने कुनै बेला इरान–अमेरिकाबीच निक्कै गहिरो सम्बन्ध रहेको थियो । इरानलाई हतियार आपूर्ति गर्ने प्रमुख देश नै अमेरिका थियो । विगतमा त्यो विरासत राख्ने अमेरिका–इरान यतिखेर कट्टर दुश्मन किन र कसरी बने ? इजरायलको जायज–नाजायज कामकारवाहीहरुलाई आँखा चिम्लेर समर्थन गर्दै किन अमेरिका सधैं उसको प्रतिरक्षामा खडा हुने गर्छ ? यो कुरालाई बुझ्न र थाहा पाउनका लागि हामीले इतिहासलाई  कोट्याउनु पर्ने हुन्छ । यहाँ  त्यसलाई सरसर्ती खोतलखातल गरेर तथ्यको तहमा पुग्ने कोशिश गरिएको छ ।

बेलायती वर्चश्व नमान्दा इरानमा तख्ता पलट

सन् १९५१ मा लोकप्रिय नेता मोहमद मोसादेग इरानको प्रधानमन्त्री बने। त्यसबेला इरानको प्रमुख आयश्रोत पेट्रोलियम खानीहरू बेलायती बहुराष्ट्रिय कम्पनी ब्रिटिश पेट्रोलियमको नियन्त्रणमा थियो। उनले पेट्रोलियम खानीहरूबाट प्राप्त हुने राजस्वको पारदर्शी हिसाब खोज्न थाले। ब्रिटिश पेट्रोलियमले यो कुरालाई वेवास्ता गर्‍यो। मोसादेगको सरकारले सन् १९५१ मा एंग्लो-इरानियन तेल कम्पनी (AIOC) लाई राष्ट्रियकरण गर्‍यो। उनको यस कदमले ब्रिटिश सरकार रिसले तिलमिलाउन पुग्यो। बेलायतले इरानी तेलको विश्वव्यापी बहिष्कार गर्दै इरानमाथि आर्थिक नाकाबन्दी लगाउने प्रयास सुरु गर्‍यो। साथै उसले मोसादेगलाई सत्ताच्युत गर्न उपायहरू खोज्न थाल्यो।

सन् १९५३ मा, सीआईएले ब्रिटिश गुप्तचर संस्था एमआई६ (MI6) सँग मिलेर "अपरेसन एज्याक्स" को आयोजना गर्‍यो, जुन मोसादेगलाई सत्ताच्युत गर्न गरिएको एक गोप्य अपरेसन थियो। यही अपरेसन अन्तर्गत सैनिक विद्रोहमार्फत प्रधानमन्त्री मोसादेगलाई अपदस्त गरियो।

विन्स्टन चर्चिलको नेतृत्वमा रहेको ब्रिटिश सरकार इरानी तेलमा पुनः नियन्त्रण स्थापित गर्न उत्सुक थियो। तर दोस्रो विश्वयुद्धपछि शक्तिको गुरुत्व बेलायतबाट अमेरिकातर्फ सरेको हुनाले उसले आफैं केही गर्न सक्ने अवस्थामा थिएन। यद्यपि, प्रारम्भिक आर्थिक र कूटनीतिक दबाब र प्रयास गरेपछि ब्रिटेनले मोसादेगलाई हटाउन गोप्य अपरेसनको लागि अमेरिकी सहायता खोज्यो। ब्रिटेनले अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजनहावरलाई नेतृत्व गर्न अनुरोध गर्‍यो। सन् १९५३ मा, सीआईएले ब्रिटिश गुप्तचर संस्था एमआई६ (MI6) सँग मिलेर "अपरेसन एज्याक्स" को आयोजना गर्‍यो, जुन मोसादेगलाई सत्ताच्युत गर्न गरिएको एक गोप्य अपरेसन थियो। यही अपरेसन अन्तर्गत सैनिक विद्रोहमार्फत प्रधानमन्त्री मोसादेगलाई अपदस्त गरियो। देशबाट भागेका मोहमद रेजा पहलवी (रेजा शाह) लाई पुनः सत्तामा फर्काइयो। शाहको अधिनायकवादी शासन पुनः स्थापित भयो। रेजा पहलवीले त्यसपछि २६ वर्षसम्म इरानमा शासन गरे। उनले अत्यन्त बर्बरतापूर्ण तरिकाले शासन गरे। आफ्ना विपक्षीहरूलाई जेल हाल्नु, यातना दिनु र मार्नु नियमित कामजस्तै बनेको थियो। त्यस्तै, रेजा शाहको ‘सावाक’ भन्ने गुप्तचर विभाग क्रुरताको लागि कुख्यात थियो।

रेजा शाह । https://i.pinimg.com/

अमेरिकाको पोल्टामा रहँदाको इरान

शाहको शासनकालमा इरानको तेलमा पुरै अमेरिकी प्रभुत्व कायम भयो। पेट्रोलियम पदार्थको मुख्य श्रोत रहेको पश्चिम एशियामा इरान र इजरायल अमेरिकाका दुईवटा मुख्य आधारस्तम्भ बने। सन् १९७३ मा अरब देशहरूले लगाएको तेल नाकाबन्दीमा समेत इरान सामेल भएन। उसले पूर्ववत रूपमा पश्चिमी देशहरूलाई तेल आपूर्ति गरिरह्यो। त्यसबेला इरानले अथाह पैसा कमायो।

अमेरिकाले इरानलाई त्यसबेला आफ्ना अत्याधुनिक हतियारहरू प्रशस्त मात्रामा उपलब्ध गरायो। यहाँसम्म कि इरानसँग त्यसबेला ती अत्याधुनिक हतियारहरू चलाउन सक्षम जनशक्ति मात्र होइन, त्यसलाई राख्ने ठाउँसमेत थिएन। अझ रमाइलो त के छ भने अमेरिकाले इरानलाई आणविक शक्ति सम्पन्न बनाउनका लागि मद्दत गरेको थियो। त्यसबेला अमेरिकाले इरानी इन्जिनियरहरूलाई आणविक प्रविधिसम्बन्धी तालिम पनि उपलब्ध गराएको थियो।

अमेरिकाले इरानलाई त्यसबेला आफ्ना अत्याधुनिक हतियारहरू प्रशस्त मात्रामा उपलब्ध गरायो। यहाँसम्म कि इरानसँग त्यसबेला ती अत्याधुनिक हतियारहरू चलाउन सक्षम जनशक्ति मात्र होइन, त्यसलाई राख्ने ठाउँसमेत थिएन।

तर कालान्तरमा रेजा शाहको अधिनायकवादी क्रूर शासनका कारण इरानमा रोष र असन्तोष भड्कियो । त्यही क्रममा सन् १९७९ को इस्लामिक जनक्रान्तिका क्रममा उनले सिंहासन छोडेर भाग्नुपर्‍यो।

क्रान्तिका क्रममा सडकमा ओर्लिएका इरानी जनता । https://www.tudehpartyiran.org

१९७९ को क्रान्ति पछि इरानका राजा रेजा पहलवी अमेरिकामा शरण लिन पुगे। उनलाई अमेरिकाले उपचारको बहानामा शरण दिएको थियो। इरानका विद्यार्थीहरूले रेजा शाहलाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै राजधानी तेहरानस्थित अमेरिकी राजदूतावासमा आक्रमण गरे। त्यस क्रममा इरानी विद्यार्थीहरूले ९० जनालाई बन्धक बनाए, जसमा ६६ जना अमेरिकी नागरिक थिए। यो बन्धक प्रकरण ४४४ दिनसम्म चल्यो। शाहको पतनसँगै इरान र अमेरिकाबीच बिग्रिएको सम्बन्ध यो घटनापछि थप बिग्रियो। त्यसैगरी, १९८० मा इराकले इरानमाथि आक्रमण गर्‍यो। यो युद्ध ८ वर्षसम्म चल्यो। यस युद्धमा अमेरिकाले इराकको पक्ष लिएको थियो। यी घटनापछि इरानको अमेरिकासँगको सम्बन्ध खराब हुँदै आएको छ।

इरान-इजरायल बीच शत्रुताको कारण

 इजरायल पुरै पश्चिम एशियामा आफ्नो वर्चश्व कायम होस् भन्ने चाहन्छ। कुनै पनि इस्लामिक देश आफूभन्दा शक्तिशाली नहोस् भन्ने इजरायलको चाहना छ। सन् १९७३ सम्म अरब देशहरूको संयुक्त सेनासँग इजरायलले पटक-पटक लड्नु परेको थियो। अमेरिकाले इजरायल र इजिप्टबीच सन् १९७८ को क्याम्प डेभिड सम्झौता गराएपछि इजरायलले अरब एकताको त्रासबाट मुक्ति पाएको छ। तर पनि आफ्नो विरोधमा रहेको कुनै पनि देशले आणविक शक्ति प्राप्त गर्ने प्रयास गरेको सूचना प्राप्त हुनेबित्तिकै इजरायलले त्यो देशमाथि आक्रमण गरेर सो आणविक संयन्त्रलाई ध्वस्त पार्ने गरेको छ।

इजरायलले सन् १९८१ मा इराकको आणविक अनुसन्धान केन्द्रमा हवाई हमला गरेर ध्वस्त पारेको थियो। त्यस्तै, इजरायलले २००७ मा सिरियाको आणविक अनुसन्धान केन्द्रमा हवाई हमला गरेर ध्वस्त पारेको थियो। इरानसँगको इजरायलको शत्रुताको मुख्य कारण पनि यही आणविक क्षेत्र नै हो। इरानले केही वर्षयता आणविक अनुसन्धानको क्षेत्रमा निकै प्रगति गरेको छ। इरानले आणविक हतियार नबनाओस् भनेर अमेरिका लगायतका प्रमुख शक्तिराष्ट्रहरूले सन् २०१५ मा एउटा सम्झौता गरेका थिए। जसअनुसार इरानले आफ्नो आणविक रियाक्टरमा युरेनियमहरू ३.६७% सम्म संवर्धन गर्न पाउँथ्यो। इजरायलले सुरु देखि नै यो सहमतिको विरोध गरेको थियो। यसको लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भगिरथ प्रयास गरेका थिए।

https://i.pinimg.com

अमेरिकाले इजरायल र इजिप्टबीच सन् १९७८ को क्याम्प डेभिड सम्झौता गराएपछि इजरायलले अरब एकताको त्रासबाट मुक्ति पाएको छ। तर पनि आफ्नो विरोधमा रहेको कुनै पनि देशले आणविक शक्ति प्राप्त गर्ने प्रयास गरेको सूचना प्राप्त हुनेबित्तिकै इजरायलले त्यो देशमाथि आक्रमण गरेर सो आणविक संयन्त्रलाई ध्वस्त पार्ने गरेको छ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौताबाट पछि हटे। त्यसयता इरानले निर्वाध रूपमा आफ्नो आणविक अनुसन्धान कार्यक्रम सञ्चालन गरिरहेको छ। केही महिना अघिको रिपोर्टअनुसार इरानले ६०% युरेनियम संवर्धन गरिरहेको थियो। यो आणविक हतियार बनाउन आवश्यक ९०% भन्दा केही कम मात्र हो। इरानले चाहेमा केही हप्ताभित्रै आणविक हतियार बनाउन सक्छ। इजरायललाई यो कुरा सह्य भैरहेको छैन।

रोचक कुरा के छ भने इजरायल सन् १९६७ मै आणविक हतियार बनाउन सफल भएको थियो। एउटा अनुमानअनुसार इजरायलसँग यतिबेला ६० देखि ४०० वटा आणविक हतियारहरू रहेका छन्।

कसरी जोडिएको छ इजरायल र अमेरिकाको कम्मर

इजरायल र अमेरिकाको सम्बन्धको बारेमा व्याख्या गर्दै प्रसिद्ध अमेरिकी राजनीतिशास्त्री जॉन मियरशाइमरले एउटा रोचक टिप्पणी गरेका छन्। उनका अनुसार अमेरिका र इजरायल कम्मरबाट जोडिएको छ। जसको अर्थ हुन्छ, इजरायलको हरेक कदममा अमेरिकाको समर्थन र सहयोग रहने गर्दछ। त्यसको ज्वलन्त उदाहरण हो, गतवर्ष गाजा युद्ध सुरु भएयता इजरायललाई अमेरिकाले उपलब्ध गराएको आर्थिक सहायता। अमेरिकाले एक वर्ष भित्रमा इजरायललाई करिब १७.९ बिलियन डलर सैन्य सहयोग दिएको छ।

इजरायलले प्रयोग गर्ने बम, विस्फोटक पदार्थ, मिसाइल, ट्यांक र फाइटर जेटहरू सबै अमेरिकी हुन्छन्। यहाँसम्म कि अमेरिकी सैनिकहरूले इजरायल भित्रै बसेर सो देशका हरेक सैनिक अपरेसनलाई निर्देशन दिइरहेका हुन्छन्। अमेरिकालाई इजरायलको हरेक गतिविधिको प्रत्यक्ष जानकारी हुने गर्दछ। इजरायलले जस्तोसुकै काम गरे पनि उसको प्रतिरक्षाको जिम्मेवारी अमेरिकाको काँधमा रहेको छ।

इजरायलले प्रयोग गर्ने बम, विस्फोटक पदार्थ, मिसाइल, ट्यांक र फाइटर जेटहरू सबै अमेरिकी हुन्छन्। यहाँसम्म कि अमेरिकी सैनिकहरूले इजरायल भित्रै बसेर सो देशका हरेक सैनिक अपरेसनलाई निर्देशन दिइरहेका हुन्छन्।

१ अक्टोबरमा इरानले इजरायलमाथि व्यापक मात्रामा मिसाइल आक्रमण गरेको थियो, सो क्रममा इजरायलको अभेद्य भनेर दन्त्यकथा जस्तै बनिसकेको प्रख्यात मिसाइल प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ र ‘एरो’ असफल भए। यो परिस्थितिमा थप इरानी आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकाले त्यहाँ आफ्नो सबैभन्दा उत्कृष्ट मिसाइल प्रतिरक्षा प्रणाली अमेरिका ‘टर्मिनल हाई एल्टीट्यूड एरिया डिफेन्स’ (THAAD) तैनाथ गरेको छ। थाड प्रणाली सञ्चालन गर्न करिब १०० जना अमेरिकी सैनिकहरू पनि इजरायलमा तैनाथ गरिएका छन्।

इजरायल-अमेरिका बीचको सम्बन्धलाई देख्दा सबैको मनमा एउटा खुल्दुली उठ्न सक्छ कि किन अमेरिकाले यसरी आंखा चिम्लिएर  इजरायलको समर्थन गर्छ ? यसको कारण हो, अमेरिकामा रहेको यहुदी लवी। अमेरिकामा इजरायलको पैरवी गर्ने यहुदीहरूको असाध्यै बलियो लवी रहेको छ। अमेरिकी इजरायल पब्लिक अफेयर्स कमिटी (AIPAC) भन्ने संस्था छ, जसले इजरायलको पक्षमा काम गर्ने गर्दछ। यो संस्था निकै धनी पनि छ। अमेरिकाको चुनावमा यो लवीले करिब १०० मिलियन डलर खर्च गर्ने गर्दछ। कुनै पनि अमेरिकी राजनीतिज्ञ एआइपिएसीलाई चिढ्याउन चाहँदैनन्। अमेरिकामा कुन व्यक्तिले चुनाव जित्ने भन्ने कुराको निर्धारण धेरै हदसम्म यो संस्थाले गर्ने गर्दछ। त्यसैले कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायललाई नियन्त्रण गर्न खोज्दैनन्।

अमेरिकामा इजरायलको पैरवी गर्ने यहुदीहरूको असाध्यै बलियो लवी रहेको छ। अमेरिकी इजरायल पब्लिक अफेयर्स कमिटी (AIPAC) भन्ने संस्था छ, जसले इजरायलको पक्षमा काम गर्ने गर्दछ। यो संस्था निकै धनी पनि छ। अमेरिकाको चुनावमा यो लवीले करिब १०० मिलियन डलर खर्च गर्ने गर्दछ। कुनै पनि अमेरिकी राजनीतिज्ञ एआइपिएसीलाई चिढ्याउन चाहँदैनन्।

ध्वस्त हुने पालो इरान !

अमेरिकी सैनिक जनरल वेस्ली क्लार्क सन् २००१ को सेप्टेम्बर ११ मा भएको ‘आतंकवादी आक्रमण’लगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा तत्कालीन रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डलाई भेट्न पुगेका थिए। सो भेटघाटपछि उनले पेन्टागनमा रहेका उनका अन्य चिनेजानेका साथीहरूसँग कुरा गर्न थाले। उनका एक जना साथीले उनलाई सूचना दिँदै भने कि "हामी इराकमा आक्रमण गर्न लागिरहेका छौं।" जनरल क्लार्कले आश्चर्यचकित हुँदै सोधे, "के सद्दाम हुसेन र यो हमला गर्ने आतंकवादीबीच कुनै सम्बन्ध भेटियो?" ती साथीले जवाफ दिए, "छैन छैन, त्यस्तो सम्बन्ध केही भेटिएको छैन। मलाई लाग्छ, हामीलाई आतंकवादीलाई के गर्ने भन्ने बारे केही थाहा छैन, तर हामीसँग राम्रो सेना छ र हामी जुनसुकै देशको सरकारलाई पनि  ढाल्न सक्छौं।"

ती मित्रले टेबलमा रहेको एउटा कागज देखाउँदै भने, "यो मैले भर्खरै पाएको पत्र हो। यसमा हामीले ५ वर्षमा ७ देशमा आक्रमण गर्ने योजना तयार पारिएको छ। यो सूचीको सुरुवात इराकबाट गरेर सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान, र अन्तमा इरान छ।"

यो कुराकानी भएको केही हप्ता पछि जनरल वेस्ली क्लार्क फेरि ती साथीलाई भेट्न पेन्टागन पुगे। त्यसबेला अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्न थालेको थियो। उनले सोधे, "के हामी अझै पनि इराकसँग युद्ध गर्न जाँदैछौं?" साथीले जवाफ दिए, "स्थिति त्यो भन्दा पनि खराब छ।" त्यसो भन्दै ती मित्रले टेबलमा रहेको एउटा कागज देखाउँदै भने, "यो मैले भर्खरै पाएको पत्र हो। यसमा हामीले ५ वर्षमा ७ देशमा आक्रमण गर्ने योजना तयार पारिएको छ। यो सूचीको सुरुवात इराकबाट गरेर सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान, र अन्तमा इरान छ। मलाई लाग्छ यदि तपाईंसँग एउटा मात्र औजार हथौडा छ भने, हरेक समस्या तपाईंले काँटीजस्तो देख्नु हुन्छ।"

यो हिट लिस्टमा रहेका ६ वटा देशहरूमा अमेरिकाले हमला गरिसकेको छ। अब बाँकी एउटा मात्र देश छ, त्यो हो, इरान! तर यस पटक इरानमाथि आक्रमण गर्नु त्यति सहज हुने वाला छैन। २० वर्ष यता इरानले आफ्नो सामरिक क्षमतामा धेरै सुधार गरिसकेको छ। इरान आणविक हतियार निर्माणको सन्निकट पुगिसकेको छ। इरानका मिसाइल र ड्रोनहरू संसारकै उत्कृष्ट मानिन्छन्। रुसले युक्रेनसँगको युद्धमा समेत इरानका ब्यालेस्टिक मिसाइल र ड्रोनहरू प्रयोग गरिरहेको छ। त्यसैले अमेरिकालाई इरानमाथि आक्रमण गर्न सहज हुनेवाला छैन। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानलाई जसरी भएपनि युद्धमा तानेर अमेरिकासंग लडाउने प्रयास गरिरहेका छन्। यसको प्रतिफल के हुन्छ भन्ने चाहिं आगामी दिनमा मात्र थाहा हुनेछ।