संसारकै सबैभन्दा विषालु विरुवा– सुसाइड प्लान्ट

संसारकै सबैभन्दा विषालु विरुवा अस्ट्रेलिया पाइने गिम्पी गिम्पी (Gympie Gympie) लाई मानिन्छ । यो विरुवालाई ‘सुसाइड प्लान्ट’ भनेर पनि चिनिन्छ । यो विश्वकै एक अत्यन्तै विषालु रुखको प्रजाति हो। यसको वैज्ञानिक नाम Dendrocnide moroides हो र यो नेटल परिवारको सदस्य हो। यो प्राय: उत्तरपूर्वी अस्ट्रेलिया र उष्णकटिबंधीय वर्षा बनहरूमा पाइन्छ। यो विषालु विरुवा यति घातक छ कि यसले छालामा मात्र होइन, मानसिक र शारीरिक रूपमा समेत गम्भीर असर पुर्‍याउन सक्छ।

यसको पातहरु हाम्रोतिर पाइने सिस्नोजस्तै मसिनो पोल्ने रौजस्ता काँडाहरुले भरिएका हुन्छन्, जसलाई हाम्रो छालाले छुँदा अत्यन्तै पोल्ने र भत्भताउने खालका हुन्छन् । यसले दिने पीडालाई त कतिपय पीडितले एसिडले पोलेको र विजुलीको झट्का लागेको जस्तो हुने भनी बताएका छन् ।

गिम्पी गिम्पीको पात र डाँठमा सुक्ष्म काँडाहरू हुन्छन्, जसलाई टोङ्गका रूपमा चिनिन्छ। यी काँडाहरूमा नेउरो-टक्सिन नामक विष हुन्छ, जुन छालामा छिर्नासाथ अत्यन्तै जलन र दुखाइ सुरु गराउँछ। पातमा भएका यी तन्तुहरू खालि स्पर्श गर्दा पनि छालामा गाडिन्छन् र दुखाइ दिने विष छोड्छन्।

पर्ने यो विरुवालाई छुँदा पात वा डाँठका खोक्रो झुस हाम्रो छालामा घुस्छ ।

गिम्पी गिम्पीको संपर्कमा आउनासाथ तत्कालै धेरै तिखो जलन महसुस हुन्छ, र यो दुखाइ केही घण्टासम्म अत्यन्त कष्टदायक हुन सक्छ। यसबाट हुने दुखाइ कहिलेकाहीं महिनौंसम्म रहन सक्छ, किनकि विषले तन्तुमा रहेको नेउरो-टक्सिनलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ।त्यो पीडादायी डसेको अनुभूति केही घण्टादेखि कैयनदिनसम्म रहिरहन सक्छ । यो कुरा चाहिँ त्यो विरुवाको झुस हाम्रो छालामा कति घुसेको छ भन्ने कुरामा पनि निर्भर गर्छ । कतिपय अवस्थामा त त्यो पीडा महिनौंसम्म पनि रहिरहन सक्छ । अझ त्यो भागलाई छोइँदा, पानी पर्दा वा तापक्रममा परिवर्तन आउँदा पनि अत्यन्तै दुख्ने र पोल्ने हुन्छ ।

यसको विषको प्रभावमा तत्काल जलन, छाला रातो हुनु, सुन्निनु, टाउको दुखाइ, बान्ता आउनु, उच्च र दीर्घकालीन दुखाइ पर्दछ । कहिलेकाहीं यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्न सक्छ, जसले गर्दा मृत्युको पनि सम्भावना हुन्छ।

गिम्पी गिम्पीको दुखाइले मानिसहरूलाई अत्यधिक तनाव, आक्रोश, र मानसिक पीडा दिन सक्छ। यो पीडा यति असह्य हुन्छ कि पुराना समयमा यो प्लान्टको सम्पर्कमा आएपछि मानिसहरू आत्महत्या सम्म गर्न बाध्य भएको कुरा उल्लेख गरिएको छ। त्यसैले यसलाई "सुसाइड प्लान्ट" भनिन्छ।

गिम्पी गिम्पीको विषको असरबाट बच्न खासै कुनै प्रभावकारी औषधि उपलब्ध छैन, तर यसबाट हुने असरलाई कम गर्न सकिने केहि उपायहरू भने छन् । यो विरुवाको असरलाई कम गर्नको लागि पानी घोलेर नरम बनाइएको हाइड्रोक्लोरिक एसिडले काम गर्ने गर्छ । त्यसबाहेक, छालामा भिजेका झुसहरुलाई प्लगर वा चिम्चीले निकाल्दा पनि केही राहत मिल्छ । चिम्टीले निकाल्न नसकिने झुसहरुलाई छालामा टेप टालेर तान्दा पनि निस्कन सक्छ । तर छालाभित्र पसेका झुसले चाहिँ लामो समयसम्म दुःख दिन सक्छ । त्यसबाहेक एन्टिहिस्टामिन्स र दुखाइ कम गर्ने  औषधीहरुको प्रयोग गरेर दुखाइ र एलर्जी कम गर्न सकिन्छ।

त्यसैले सबैभन्दा राम्रो उपाय भनेको यसको सम्पर्कमा आउनबाट बच्नु हो । खासगरी, गिम्पी गिम्पी विरुवा भएका क्षेत्रहरुमा भ्रमण गर्दै हुनुहुन्छ भने यसलाई छुन वा नजिक जानबाट सकेसम्म बच्नुपर्छ । त्यस्ता क्षेत्रमा भ्रमण गर्दा मोटा कपडाका वस्त्रहरू र हातका पञ्जा लगाउनु पर्छ। सामान्यतया यसलाई पहिचान गर्नका लागि यसको वरपर चेतावनी बोर्डहरू राखिएको हुन्छ। त्यस्ता बोर्डहरुमा राखिएका सूचनालाई पालना गर्नु नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो ।

सामान्यत: गिम्पी गिम्पी विरुवाले साना जनावरहरू र कीराहरूलाई टाढा राख्नका लागि आफूमा यो विषालु गुण विकसित गरेको मानिन्छ।यो विषालु हुँदाहुँदै पनि कतिपय जनावरहरूले यसमा टोक्न सक्ने क्षमता राख्छन्, जसमा कंगारुजस्ता केही जनावर पनि पर्छन्।

https://stihi.ru