भान्का

नौ वर्षको भान्का जूकभ, जसलाई तीन महीनाअगाडि सार्की अल्याखिन- कहाँ काम सिक्न पठाएका थिए, क्रिसमसको रात सुत्न गएन । आफ्ना मालिकहरू र अरू काम गर्ने मान्छेहरू गिर्जाघर जान ननिस्केसम्म ऊ पर्खेर बस्यो, घरमा आफू एकलै भएपछि उसले मालिकको दराजबाट कलम-मसी निकाल्यो । कलमको निबमा खिया लागिसकेको थियो ; उसले कच्याककुचुक परेको एक पन्ना कागज आफ्नो अगाडि राख्यो र लेख्न बस्यो। पहिलो अक्षर लेख्नुभन्दा अगाडि उसले धेरै पल्ट झ्याल र ढोकातिर शंकालु दृष्टिले हेर्‍यो, अनि गाढा रङ्गको देवमूर्तितिर हेर्‍यो जसको दुबैतिर टाढा-टाढासम्म जुत्ता बनाउने साँचोहरूले भरिएका दराजहरू राखिएका थिए र फेरि कम्पित हृदयले गहिरो सास फेन्यो । बेन्चमा कागज फैलिएको थियो, भान्का त्यहीं बेन्च अगाडि घुँडाले टेकेर जमीनमा बस्यो ।

उसले लेख्न शुरू गन्यो - ' मेरो प्यारो हजुरबा, कोन्स्तान्तिन मकारिच ! म तपाईंलाई यो चिठी लेख्दै छु । क्रिस्मसको उपलक्ष्यमा म तपाईंलाई बधाइ पठाउँदै छु र आशा गर्दछु भगवानले तपाईंलाई सुखी राख्ने छन् । मेरो न त बुबा हुनुहुन्छ, न आमा, मेरो आफ्नो भन्नु नै अब तपाईं मात्र हुनुहुन्छ । '

उसको बाजे दुब्लो पातलो, होचो कदको करीब पैंसठी वर्षको बूढो थियो, तर ऊ निकै चनाखो र फुर्तिलो मान्छे थियो, उसको अनुहारमा सधैं मुस्कुराहटको भावना खेलि- रहेको हुन्थ्यो र आँखा रक्सीको नशाले लठ्ठिएका हुन्थे ।

भान्काले टाउको उठायो र अँध्यारो झ्यालतिर हेर्‍यो । झ्यालको ऐनामा मैनबत्तीको छायाँ टलपलाइरहेको थियो ; उसले कल्पनामा आफ्नो बाजे कोन्स्तान्तिन मकारिचलाई देख्यो । ऊ झीभरेभ नामक कुनै धनी मान्छेकहाँ रात्री चौकीदारको काम गर्थ्यो । उसको बाजे दुब्लो पातलो, होचो कदको करीब पैंसठी वर्षको बूढो थियो, तर ऊ निकै चनाखो र फुर्तिलो मान्छे थियो, उसको अनुहारमा सधैं मुस्कुराहटको भावना खेलिरहेको हुन्थ्यो र आँखा रक्सीको नशाले लठ्ठिएका हुन्थे । ऊ दिउँसो नोकरहरूको भान्छाकोठामा सुत्थ्यो अथवा भान्छेनीहरूसंग ठट्टा गरेर बस्थ्यो। राती ऊ भेडाको छालाले बनेको ठूलो ग्रोभरकोट लगाएर आफ्नो लठी खटखटाउँदै बङ्गलाको वरिपरि चक्कर लगाउने गर्थ्यो । एउटी बुढिया कुकुर कश्तान्का र अर्को एउटा कुकुर, जसलाई उसको कालो रङ्ग र नेवले जस्तो लामो शरीरले गर्दा भ्यून ( सर्प जस्तो माछा- अनु० ) भन्ने गर्थे, टाउको झुकाएर उसको पछिपछि लागिरहेका हुन्थ्यो । यो भ्यूनको चालढाल हेर्दा उसमा सबलाई आदर-सत्कार गर्ने र प्रत्येकसंग परिचित हुने विलक्षण प्रतिभा छ जस्तो भान पर्थ्यो, ऊ परिचित अथवा अपरिचित सबतिर एकैनासको विनयपूर्ण दृष्टिले हेर्थ्यो । तर कसैले उसलाई मन पराउँदैनथ्यो । उसको आदरसूचक चालढाल त गद्दारीपूर्ण दुष्टता लुकाउने एउटा नकाव मात्र थियो । बिस्तारै आएर एक्कासि प्याट्ट टोकिदिनु, बर्फघरभित्र चूपचाप घुस्नु अथवा किसानहरूको कुखुरा चोर्नमा ऊ उस्ताद थियो । उसले यति चुटाइ खाइसकेको थियो, हरेक हफ्ता अर्धमृत अवस्थामा पुग्ने गरी मार खान्थ्यो, उसलाई दुई पल्ट झुण्ड्याइ समेत सकेका थिए, तर यी सब कुराको बावजूद ऊ जस्ता तस्तै जीवित थियो ।

भ्यूनको चालढाल हेर्दा उसमा सबलाई आदर-सत्कार गर्ने र प्रत्येकसंग परिचित हुने विलक्षण प्रतिभा छ जस्तो भान पर्थ्यो, ऊ परिचित अथवा अपरिचित सबतिर एकैनासको विनयपूर्ण दृष्टिले हेर्थ्यो । तर कसैले उसलाई मन पराउँदैनथ्यो । उसको आदरसूचक चालढाल त गद्दारीपूर्ण दुष्टता लुकाउने एउटा नकाव मात्र थियो ।

अहिले, शायद, बाजे ढोकाअगाडि उभिनु भएको होला, वहाँ गाउँले गिर्जाघरका चम्किला राता झ्यालहरूतिर आँखा झिम्क्याउँदै हेर्दै हुनुहुन्छ र आफ्नो न्यानो बूटले बिस्तारै टैक्दै यता उता हिंडिरहनु भएको छ र नोकर नोकर्नीहरूसंग ठट्टा गर्दै हुनुहुन्छ । अहिले बाजेले आफ्नो लठी पेटीमा घुसाउनु भएको छ । वहाँ आफ्नो हात फैलाउनुहुन्छ र जाडोले काँप्दै बूढो तरीकाले ही - ही गर्दै कहिले नोकर्नीलाई त कहिले भान्छेनीलाई चिमोट्नुहुन्छ ।

आइमाईहरूतिर आफ्नो नसदानी अगाडि बढाउँदै वहाँ भन्नुहुन्छ - “लौ एकपल्ट सुँघेर त हेर ।"

आइमाईहरू सुँघ्छन् र हाच्छ्यूँ गर्छन् । बाजे दंग पर्नुहुन्छ, मस्तीले हाँस्नुहुन्छ र ठूलो स्वरले भन्नुहुन्छ - " चिसोले जमेको नाकको लागि गजबको औषधि होइन त !"

अब कुकुरहरूलाई सुँघ्न दिन्छन् । कश्तान्ताले पनि हाच्छ्यूँ गर्छ र थुतुनो फर्काउँदै, चित्त दुखाए जस्तो गरेर एकातिर लाग्छ। भ्यूनचाहिं हाच्छ्यूँ गर्ने जस्तो अशिष्टता गर्दैन र पुच्छर हल्लाउन थाल्छ। मौसम गजबको छ। मन्द हावा चल्दै छ, वातावरण ताजा र सफा छ । रात अँध्यारो भएता पनि घरहरूका सेता छानाहरू, हिउँ र तुसारोले चम्कँदा रूखहरू, चिमनीहरूबाट उडिरहेको धुवाँले भरिएको पूरा गाउँ नै स्पष्ट देखिन्छ। आकाश खुशीले चम्किरहेका ताराहरूले टम्म भरिएको छ र आकाश गंगा पनि स्पष्ट देखिन्छ, मानो क्रिस्मस चाडको लागि भर्खरै सफा गरेर त्यसमा हिउँको रोगन लगाइएको छ...।

'हिजो मैले खुब चुटाइ खाएँ । मालिकले मेरो कपाल समाएर घिसार्दै बाहिर चोकमा लगे र छालाको पेटीले पिट्नसम्म पिटे । बच्चालाई झोलुँगामा झुलाउँदा झुलाउँदै अकस्मात निदाएछु, त्यसैले यस्तो चुटाइ खाएँ ।

भान्काले लामो सास फेर्यो, मसीमा कलम चोप्यो र फेरि लेख्न थाल्यो –

'हिजो मैले खुब चुटाइ खाएँ । मालिकले मेरो कपाल समाएर घिसार्दै बाहिर चोकमा लगे र छालाको पेटीले पिट्नसम्म पिटे । बच्चालाई झोलुँगामा झुलाउँदा झुलाउँदै अकस्मात निदाएछु, त्यसैले यस्तो चुटाइ खाएँ । गएको हफ्ता मालिकनीले मलाई हेरिङ माछा सफा गर्न लाएकी थिइन्, मैले पुच्छरतिरबाट माछा सफा गर्न थालें, यो देखेर मालिकनीले मेरो हातबाट माछा खोसिन् र माछाको टाउकोले मेरो मुखमा हिर्काउन थालिन् । अरू काम गर्ने मान्छेहरू मलाई जिस्क्याउँछन्, पसलमा रक्सी किन्न पठाउँछन् र मालिकको काँक्रो चोर्न लाउँछन्, मालिकले जेले पायो त्यसैले हिर्काउने गर्छ। केही खान पाइन्न । बिहान एक टुक्रा पाउरोटी दिन्छन्, दिउँसो ढिडो खान दिन्छन् र बेलुका फेरि एक टुक्रा पाउरोटी दिन्छन् । चिया अथवा बन्दाको सुरुवा कहिल्यै खान पाइन्न । यी सब कुरा उनीहरू आफै खान्छन् । परालमा सुत्न दिन्छन्, राती उनीहरूको बच्चा रोएको वेला त सुत्नै पाउँदिन, झोलुंगा झुलाएर बसिरहनुपर्छ । प्यारो हजुरबा, ईश्वरको लागि मलाई यहाँबाट लिएर जानोस्, म घर जान चाहन्छु, गाउँमा बस्न चाहन्छु, अब मसंग बढी सहने शक्ति छैन । हजूरबा, म तपाईंको खुट्टा ढोग्छु, मलाई यहाँबाट लिएर जानोस्, नत्र म मर्ने छु । म सधैं तपाईंको लागि ईश्वरसंग प्रार्थना गर्ने छु ।' भान्काका ओठ फड्फडाए, उसले आफ्नो मैलो हातले आँखा पुछ्यो र सुँक्क सुँक्क गर्न थाल्यो ।

मेरो लागि त्यहाँ कुनै काम छैन भन्ने ठान्नुहुन्छ भने दया गरेर मलाई जुत्ता सफा गर्ने काम दिन कारिन्दासंग अनुरोध गर्ने छु, होइन भने फेदयाको ठाउँमा गाई चराउने काम गर्छु। प्यारो हजूरबा, अब अरू बढी सहने शक्ति छैन, मर्नु मात्रै बाँकी छ।

'म तपाईंको नस पिंध्ने गर्छु,' उसले फेरि लेख्न थाल्यो : ‘सधैं तपाईंको लागि ईश्वरसंग प्रार्थना गर्ने छु र यदि मैले कुनै बदमाशी गरे भने जति चाहनुहुन्छ चुट्न सक्नुहुन्छ । यदि मेरो लागि त्यहाँ कुनै काम छैन भन्ने ठान्नुहुन्छ भने दया गरेर मलाई जुत्ता सफा गर्ने काम दिन कारिन्दासंग अनुरोध गर्ने छु, होइन भने फेदयाको ठाउँमा गाई चराउने काम गर्छु। प्यारो हजूरबा, अब अरू बढी सहने शक्ति छैन, मर्नु मात्रै बाँकी छ। पैदल गाउँ भाग्ने विचार गरेको थिएँ, तर जुत्ता छैन, जाडो देखेर डर लाग्छ। ठूलो भएपछि यसको लागि म तपाईंको हेरविचार गर्ने छु र कसैले तपाईंलाई दुःख दिने हिम्मत गर्ने छैन, तपाईं स्वर्गवास हुनु भएपछि तपाईंको आत्माको लागि प्रार्थना गर्ने छु, जस्तो म आमाको लागि गर्ने गर्छु ।

मास्को निकै ठूलो शहर छ । जताततै ठूला बड़ाहरूका घरहरू छन् र घोडाहरू थुप्रै छन्, तर यहाँ न त भेडाहरू नै देखिन्छन्, न त कुकुर- हरू नै गाउँमा जस्ता रिसाहा हुन्छन् । यहाँ क्रिस्मसको समयमा केटाहरू गाउँदै घर घरमा जाने गर्दैनन् र उनीहरूलाई गिर्जाघरमा गाना गाउन पनि पठाउँदैनन् । एकपल्ट मैले पसलमा माछा समाउने बल्छी बेचिराखेको देखें, धागो समेत भएको जस्तो माछा पनि समाउन सकिन्छ, एउटा त यस्तो गजबको बल्छी थियो, आधा मनको रोहूसम्म तान्न सकिन्छ । यस्ता पसलहरू पनि मैले देखें जहाँ नानाथरीका बन्दूकहरू बेचिराखेका थिए, त्यस्तै बन्दूक जस्तो हाम्रो घरमा मालिकको छ । कम से कम सय रूबल त अवश्य पर्ला... मासु पसलमा वन भाले, तितो र खरायोहरू बेचिराखेका हुन्छन्, तर कहाँबाट मारेर ल्याएका हुन् योचाहिं पसलेहरू भन्दैनन् ।

उसलाई याद आयो बाजे मालिकहरूको लागि जङ्गलमा क्रिस्मस रूख काट्न जाँदा सधैँ उसलाई आफूसंग लिएर जाने गर्थ्यो। कति सुखी थिए ती दिनहरू !

प्यारो हजुरबा, जब बङ्गलामा क्रिसमस रूख सजाउने छन्, कृपया तपाईं त्यस रूखबाट मेरो लागि एउटा सुनौला प्रखर टिपिदिनु होला र हरियो सन्दूकमा राख्नु होला । मैयाँ साहेब ओल्गा इग्नात्येभ्नासंग भान्काको लागि भनेर माग्नु होला ।'

भान्काले लामो सास फेन्यो र फेरि झ्यालतिर हेर्न थाल्यो । उसलाई याद आयो बाजे मालिकहरूको लागि जङ्गलमा क्रिस्मस रूख काट्न जाँदा सधैँ उसलाई आफूसंग लिएर जाने गर्थ्यो। कति सुखी थिए ती दिनहरू ! जङ्गलमा पुगेपछि बाजे हो-हो गर्दै कराउनुहुन्थ्यो, जङ्गलमा बाजेको आवाजको प्रतिध्वनि सुनिन्थ्यो, यो सुनेर भान्का पनि हो-हो गर्दै कराउँथ्यो। यस्तो पनि हुन्थ्यो, क्रिस्मस रूख काट्नुभन्दा अगाडि, बाजे पाइप सल्काउनुहुन्थ्यो र धेरै बेरसम्म नस सुध्नुहुन्थ्यो, अनि जाडोले थरथर काँप्न थालेको भान्कालाई जिस्क्याउनुहुन्थ्यो ... तुसारोले ढाकिएका यी स्तब्ध रूखहरू मानो प्रतीक्षा गरिरहेका हुन्थे अब कसको मर्ने पालो हो । अनि अचानक हिउँको ढिस्कोबाट एउटा खरायो फुत्त निस्कन्थ्यो र तीर जस्तै हुत्तिंदै जान्थ्यो ... बाजे चिल्लाइहाल्थे –

" 'समात समात. ... , ए पुच्छर काटिएको बदमाश !"

प्यारो हजूरबा, आउनोस्, भगवानको दुहाई छ तपाईं मलाई यहाँबाट सकेसम्म छिटो लिएर जानोस् । म अनाथमाथि दया गर्नोस्, यहाँ मलाई सब चुट्छन्, सधैं भोको रहन्छु, यति नरमाइलो लाग्छ, म तपाईंलाई बताउन सक्तिनँ, सधैं रुन्छु मात्रै ।

रूख काटिसकेपछि बाजे त्यो रूख तान्दै मालिकको घरमा पुयाउनुहुन्थ्यो, अनि त्यहाँ रूख सजाउने काम शुरू हुन्थ्यो ... मैयाँ साहेब प्रोगा इग्नात्येभ्ना सबैभन्दा व्यस्त हुन्थिन् । भान्का प्रोल्गा इग्नात्येभ्नालाई खुब माया गर्थ्यो। जब भान्काकी आमा पेलागेया जिउँदी थिइन् र बङ्गलामा काम गर्थिन्, त्यस वेला प्रोल्गा इंग्नात्येभ्ना भान्कालाई बराबर मिठाइ दिने गर्थिन्, आफ्नो मन बहलाउन उसलाई लेखपढ गर्न र सयसम्म गन्न सिकाएकी थिइन्, यहाँसम्म कि उसलाई ' काड्रिल' नाच्न समेत सिकाइदिएकी थिइन् । पेलागेया मरेपछि अनाथ भान्कालाई नोकरहरूको भान्छातिर धपाइदिए, जहाँ उसको बाजे बस्ने गर्थ्यो । अनि भान्छाबाट सार्की श्रल्याखिनकहाँ पठाइदिए... ।

भान्का लेख्दै थियो – ‘प्यारो हजूरबा, आउनोस्, भगवानको दुहाई छ तपाईं मलाई यहाँबाट सकेसम्म छिटो लिएर जानोस् । म अनाथमाथि दया गर्नोस्, यहाँ मलाई सब चुट्छन्, सधैं भोको रहन्छु, यति नरमाइलो लाग्छ, म तपाईंलाई बताउन सक्तिनँ, सधैं रुन्छु मात्रै । हालसालै मालिकले जुत्ताको साँचोले बेस्सरी मेरो तालुमा हिर्काए, म जमीनमा लडें । अव कहिल्यै उठ्न सक्तिनँ जस्तो लाग्दै थियो । मेरो जिन्दगी कुकुरको भन्दा पनि गएगुज्रेको छ .. आल्योना, कानो इगोर र सइसलाई मेरो नमस्कार भनिदिनु होला मेरो हार्बिनचाहिं कसैलाई पनि नदिनु होला । तपाईंको
प्यारो नाति इभान जूकभ, प्यारो हजुरबा, छिटो आउनु होला । '

भान्काले त्यो कागज चौबर पारेर मोड्यो, हालसालै मात्र एक कोपेक तिरेर उसले किनेको खामभित्र राख्यो... एकछिन सोचिसकेपछि उसले मसीमा कलम चोप्यो र ठेगाना लेख्यो–

'गाउँमा, हजूरबालाई '

एकछिन आफ्नो टाउको कन्यायो, केही सोच्यो र थप्यो– 'कोन्स्तान्तिन मकारिचलाई " । उसलाई चिठी लेख्न कसैले बाधा पुयाउन पाएन भन्ने देखेर दङ्ग पर्दै उसले टोपी लगायो, कोट लगायो र कोटको टाँकै नलगाई सडकतिर दौड्यो ... ।

उसले हालसालै मासु पसलेहरूसंग सोध्दा उनीहरूले भनेका थिए चिठी खसाल्ने बाकसभित्र चिठी हालिदिएपछि त्यस बाकसबाट चिठीहरू निकाल्छन्, घण्टीहरू झुण्ड्याइएका तीन घोडे चिठी ओसार्ने बग्गीमा राखेर, रक्सीले मात्तिएका गाडाबानहरूले यी चिठीहरू संसारभरि फैलाउँछन्। भान्का सबैभन्दा नजीकैको पोष्ट बक्ससम्म दौड्दै गयो र आफ्नो यो मूल्य चिठी प्वालभित्र घुसायो...।

करीब एक घण्टापछि यी मीठा आशाहरूले लस्त भएको भान्का मस्तसंग निदायो... ऊ सपनामा चूल्हो देख्दै थियो । बाजे चूल्होमाथि बस्नुभएको थियो, बाजेले आफ्ना नांगा खुट्टा तलतिर फर्काउनु भएको थियो र भान्छेनीहरूलाई उसको चिठी पढेर सुनाउँदै हुनुहुन्थ्यो... चूल्होको वरिपरि भ्यून हिंड्दै थियो, पुच्छर हल्लाउँदै थियो ... ।

सन् १८८६

प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित आन्तोन चेखभ ‘कथा सङ्ग्रह’ (अनुवादक राजेन्द्र मास्के)बाट साभार