गर्मीका तीन किराहरू

गर्मी आइरहेछ । हामीहरू कहाँ उपियाँहरू, लामखुट्टेहरू र झिँगाहरू- तीन किसिमका किराहरू हुनेछन् ।

यी तीनमध्ये म कुन चाहिँलाई रुचाउँछु भनी कसैले मसँग सोध्यो भने र मैले "युवकहरूलाई चाहिने अध्ययन*मा झैँ कुनैलाई पनि चाहदिनँ भनी भन्न पाउँदिनँ भने र तीमध्ये कुनैलाई मन पराउनैपर्छ भने मेरो जवाफ हुनेछ - उपियाँहरू ।

उपियाँहरूले रगत चुस्दा नरमाइलो लागेतापनि केही नभनी सोझै आएर टोक्ने उनीहरूको तरिका निक्कै स्पष्ट र सोझो छ । लामखुट्टेहरू भिन्नै हुन्छन् । वास्तवमा उनीहरूले दारा धस्ने तरिकालाई निक्कै दरिलो ठान्न सकिन्छ तर दारा घस्नुभन्दाअघि उनीहरूले भुनभुन गरी धेरै बेरसम्म भाषण गर्नु वाक्कलाग्दो छ । मान्छेको रगत पिएर बाँच्ने कुरो उनीहरूको अधिकारभित्र पर्छ भन्ने कुरो उनीहरूको भुनभुनले व्याख्या गरिरहेको हो भने त यो अझ बढ्ता घिनलाग्दो कुरो हो। खुशीको कुरो म उनीहरूको भाषा बुभिदनँ ।

लामखुट्टेहरू भिन्नै हुन्छन् । वास्तवमा उनीहरूले दारा धस्ने तरिकालाई निक्कै दरिलो ठान्न सकिन्छ तर दारा घस्नुभन्दाअघि उनीहरूले भुनभुन गरी धेरै बेरसम्म भाषण गर्नु वाक्कलाग्दो छ ।

मान्छेका हातमा परेका भंगेराहरू र मिर्गहरू जहिले पनि तिनीहरूको हातबाट उम्कन खोज्छन् । वास्तवमा माथि ( आकासमा) चील र बाज र तल (भुईमा ) बाघ र हुँडार भएका डाँडा र जंगलमा उनीहरू मान्छेको हातमाभन्दा कम्तीनै सुरक्षित छन् । तैपनि उनीहरू किन त्यसो गर्छन् त ? उनीहरू भागेर मानिसहरूतिर आउंदैनन् बरू चील र बाज र बाघ र हुँडार भएतिरनै जान खोज्छन् । हुनसक्छ उपियाँहरूले हामीहरूसित व्यवहार गरे मैं चील र बाज, र बाघ र हुँडारहरूले उनीहरूसित व्यवहार गर्छन् । उनीहरू (बाघ र हुँडार) भोकाउँदा आफूलाई प्रमाणित गर्ने वा षड्यन्त्र रच्नतिर लाग्ने कुरा नखोजिकनै टोक्छन् । र ती खाइनेहरूले पनि आफू खाइनुभन्दाअघि आफूलाई खाए पनि हुन्छ, हामीलाई खाए पनि हामी खुशी छौं र बाँचुन्जेल र नमरुन्जेल यही विश्वास लिएर हामी चल्छौं भनी स्वीकार्नु पर्दैन । मानव-जाति यस किसिमको भुनभुनाईमा लाग्नेगरेदेखि भंगेरो र मिर्गहरू मानिसहरूको हात- बाट जतिसक्यो उति चाँडो कम दुक्ख भएको ठाउँ छानेर भाग्न चाहन्छन् र यो उनीहरूको ठूलो बुद्धिमानी हो ।

धेरै प्रारम्भिक भुनभुन गरिसकेपछि आखिरमा कुनै कुरोमाथि बस्दा झिँगाहरूले गर्ने मुख्य कुरो अलिकति फोहर चाट्नु हो । उनीहरूले कुनै घाऊ वा पिलो भेट्टाउँछन् भने त्यसमा उनीहरूले अलि बर्ता फाइदा उठाउनसक्छन् र असल, राम्रो र सफा चीजमा केही फोहर छोडिजानु उनीहरूको नियम हो । जे होस्, उनीहरूले केही गर्छन् भने अलिकति फोहर वा पसिना चाट्ने वा अलिकति फोहर थपिहिंड्ने कामनै गर्छन् र त्यसै हुनाले त्यति सारो नबिभने बाक्लो छाला भएका मानिसहरूले उनीहरूलाई त्यसो गर्न दिन्छन् । चिनियाँहरू के कुरा बुझ्दैनन् भने झिँगाहरूले रोगका किटाणुहरू फिंजाउन सक्छन्, त्यसउसले झिँगा निर्मूल आन्दोलन सम्भवतः त्यति राम्रो हुनेछैन; र उनीहरूले लामो जीवन बिताउन पाउनेछन् र अझ बर्ता मात्रामा उनीहरूले आफ्नो संख्या बढाउलान् ।

धेरै प्रारम्भिक भुनभुन गरिसकेपछि आखिरमा कुनै कुरोमाथि बस्दा भिंगाहरूले गर्ने मुख्य कुरो अलिकति फोहर चाट्नु हो ।

तर के कुरा प्रष्ट छ भने असल, राम्रो र सफा चीजबीजमा फोहर छाडिसकेपछि झिंगाहरू आफूले फोहर गरेको चीजको वरिपरि उड़ने र तिनलाई जिस्क्याएर हेर्ने गर्दैनन् । उनीहरूमा यति शिष्टता त छ ।

उहिले र अहिलेका भलाद्मीहरूले मानिसहरूलाई पशुको नाउँ लिएर गाली गर्ने गरेका छन् । तर साँचो कुरा के भने किराहरू समेत पनि धेरै कुरामा मानिसहरूको लागि लायक नमूनाहरू हुन् ।

-४ अप्रिल १९२५

* जनवरी १९२५ मा, पेकिङ खबर परिशिष्टले लू स्युनसित सबै विद्यार्थीहरुले पढ्नुपर्ने १० वटा किताबहरूको सिफारिस गरिदिन मागेको थियो । तर लू स्युनले त्यसरी सिफारिस गर्नुको साटो, तन्नेरीहरूलाई पुराना शास्त्रहरूको अध्ययन गर्न लाउने निहुँमा प्रतिकृयावादी सिद्धान्तहरू फिजाउने हसिजस्ता वुद्धिजीवीहरूलाई हान्दै यौटा निबन्ध लेख्नुभएको थियो ।

अनुवाद: शान्तदास मानन्धर