श्रीलङ्काको चुनावमा वामपन्थी उम्मेदवारले जित्दै !
श्रीलङ्कामा शनिबार भएको राष्ट्रपति चुनाबमा नेशनल पिपुल्स पावर (NPP) गठबन्धनका नेता अनुरा कुमारा दिसानायके विजयी बन्ने लगभग सुनिश्चित भएको छ। प्रारम्भिक मतगणनाको क्रममा हुलाक बाट प्राप्त मतपत्रहरुको परिणामको आधारमा उनले स्पस्ट अग्रता लिएका छन्। दिसानायके बामपन्थी पार्टी पिपुल्स लिबरेशन फ्रन्ट (JVP) का नेता हुन्। सात निर्वाचन जिल्लामा हुलाक मतदानको परिणामअनुसार दिसानायकेले ५६ प्रतिशत भोट प्राप्त गरेका छन्।
अनुरा कुमारा दिसानायकेका प्रतिस्पर्धी सजित प्रेमदासा र वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघेलाई १९-१९ प्रतिशत भोट प्राप्त भएको छ। विश्लेषकहरूका अनुसार दिसानायकेलाई कुल मतको ५० प्रतिशतभन्दा बढी भोट प्राप्त हुने सम्भावना छ। यदि उनी विजयी भए भने, उनी श्रीलङ्काका पहिलो मार्क्सवादी राष्ट्रपति हुनेछन्। अहिलेको संसदमा जेभीपीको जम्मा ३ सिट मात्र रहेको छ। जेभीपीले भ्रस्टाचार विरोधी र गरिबको पक्षधर नीतिको वकालत गर्दछ। श्रीलङ्कामा २०२२ को आर्थिक संकटपछि अनुरा कुमारा दिसानायके लोकप्रिय बनेका थिए । गरिबहरूको सहयोग गर्ने उनको वामपन्थी नीतिहरू र जोशपूर्ण भाषणका कारण उनी श्रीलङ्काको आम मतदातालाई आफ्नो पक्षमा तान्न सफल भएको अनुमान गरिन्छ।
सम्बन्धित सामग्री
क्युबालीहरुको लागि आत्मसमर्पण कुनै विकल्प होइन
पतोन्मुख पश्चिम
क्युबालाई ट्रम्पको अन्तिम चेतावनी: इन्धन वा आत्मसमर्पण!
नाकाबन्दीदेखि निसासिने अवस्थासम्म
'राजनीतिक दलहरूले समाजलाई विभाजित गर्छन् - इब्राहिम ट्रोओरे
डोनाल्ड ट्रम्पले गरे क्युबालाई तेल आपूर्ति गर्ने देशहरूमाथि ट्यारिफ लाग्ने कार्यक…
अमेरिका–इरान तनाव उत्कर्षमा; तेहरानका लागि ‘समय घर्किँदै गएको’ ट्रम्पको चेताव…
प्रतिक्रिया