निरंकुशताविरुद्धको आन्दोलनका सतिसाल गणेशमान
तीनपुस्तालाई नेतृत्व गरेका प्रजातान्त्रिक आन्दोलनका महायोद्धा, जसले प्रधानमन्त्रीको पदलाई समेत सहजै अस्वीकार गरे !
–यो कालेले जानेर गरेको हो कि नजानेर गरेको हो ?
-मोरो, आफू काले छ, अरुलाई काले भन्छ । जानेरै त गर्छ नि, नजानेर कसैले गर्छ ?
यो वि.सं. १९९७ सालको प्रजापरिषद् काण्डमा गणेशमान सिंह. जेल पर्दा बयान लिने क्रममा बहादुर शमशेर र गणेशमान सिंहका बीच भएको सवाल जवाफ हो । सवाल गर्ने बहादुर शमशेर राणाकालका खुंखार भारदार थिए । जवाफ दिने गणेशमान सिंह चाहिँ राणा शासनविरोधी बन्दी ।
नजानेर गरेको भनेमा कम सजायँ दिने, बिराएँ भनेमा माफी दिने राणाहरूको मनसाय थियो । गणेशमान सिंह तात्कालीन -बडाकाजी रत्नमानका नाती हुनुहुन्थ्यो । रत्नमान राणाहरूको विश्वास पात्र र राज्यको कोष बढाउनमा सिद्धहस्त व्यक्ति थिए । त्यही कारणले राजद्रोही गणेशमानलाई कम सजाय दिलाउनका लागि “नजानेर गरेको” भन्न लगाउन खोजेका थिए राणाहरूले ।
तर निर्भिक, स्पष्टवक्ता, आफ्नो भनाइ र गराइमा अडिग गणेशमान राणाहरूका अगाडि झूठो कुरा किन बोल्नुहुन्थ्यो र ? राणा शासनको अन्याय र अत्याचारका विरूद्ध मन, बचन र कर्मले लाग्नु भएका गणेशमान किन झुक्नु हुन्थ्यो र राणा भारदारको अगाडि ? उहाँले प्रष्टसाथ नै जवाफ दिनुभयो- “म जानेर नै लागेको हुँ ।" आफूलाई ज्यान सजायँसम्म हुने संभावना देखेर पनि उहाँले आफ्नो अडान छोड्नु भएन । जीवनभरि नै उहाँले आफ्नो अडानलाई कायम राख्नुभयो । यही नै उहाँको महानता थियो ।
राणा शासनको अन्याय र अत्याचारका विरूद्ध मन, बचन र कर्मले लाग्नु भएका गणेशमान किन झुक्नु हुन्थ्यो र राणा भारदारको अगाडि ? उहाँले प्रष्टसाथ नै जवाफ दिनुभयो- “म जानेर नै लागेको हुँ ।" आफूलाई ज्यान सजायँसम्म हुने संभावना देखेर पनि उहाँले आफ्नो अडान छोड्नु भएन ।
यही महानताले नै उहाँको मृत्युलाई गौरवमय बनायो । उहाँको मृत्युमा राष्ट्र नै शोकमग्न हुन पुग्यो । उहाँको मृत्युमा राज्यले तीन दिनसम्म शोक मनायो । एक दिन अधिराज्यभरि शोक विदा प्रदान गरियो । उहांको शवयात्रामा प्रधान- मन्त्रीदेखि सामान्य मानिसहरू सम्म पनि सामेल भए । लाखौ यात्रामा भाग लिए । मानिसहरूले शवयात्रामा भाग लिए ।
हिराकाजीको बाल्यकाल
काजी रत्नमान, राणाकालको एक भारदार । सर्वसाधारण जनताबाट पुग्न सक्ने सबभन्दा माथिल्लो पद काजीको पदसम्म पुगेका रत्नमान । श्री सम्पत्तिले युक्त थियो उनको परिवार । त्यही परिवारमा वि.सं. १९७२ कार्तिक २४ गते भाइटीकाको दिन एउटा बच्चाको जन्म भयो । त्यही बच्चा नेपालको इतिहासमा गणेशमान सिंहको नामले चर्चित भयो ।
अहिले गणेशमानको नामले उहाँ जति चर्चित हुनुभयो, त्यो उहाँ जन्मदाको नाम थिएन । उहाँ जन्मंदा राखिएको नाम थियो- हिराकाजी । काजी रत्नमानले हिराकाजीको नयाँ नाम राखे गणेशमान । उनको विचारमा गणेशको आराधना गरेर जन्मेको नाति थियो हिराकाजी । त्यही आधारमा गणेशमान नाम राखे उनले । साथी भाइको बीचमा गणेशमानकै नामले प्रचार हुनु भयो उहाँ । तर घरपरिवार र टोलछिमेकमा भने हिराकाजी नै नाम रह्यो । सम्पन्न र घराँनिया परिवारमा जेठो छोराको रूपमा जन्मनु भएका गणेशमान सुख सयल र सबैको पुल्पुल्याइमा हुर्कनु भयो । तर सानै उमेरमा गणेशमानले बाबुलाई गुमाउनु परेको थियो । बाबुको मृत्युपछि गणेशमानको रेखदेख बाजे रत्नमानबाट हुन थाल्यो । शक्तिसम्पन्न बाजे रत्नमानको पुलपुल्याहटले गणेशमानमा उदण्ड र विद्रोही स्वभाव विकास हुन थाल्यो । टोल टोलमा गएर टाउकै फुट्ने गरी झगडा गर्ने स्वभाव उहाँमा मौलाउन थाल्यो । वहाँको यही विद्रोही स्वभाव नै राणा शासनका विरूद्ध आन्दोलनमा लाग्ने प्रेरणा स्रोत बन्न गएको हुन सक्छ ।
१४ वर्षको उमेर हुँदा उहाँ दरबार स्कूलको ६ कक्षामा पढ्दै हुनुहुन्थ्यो । राणाका सन्तानलाई आदर नगरेको आरोपमा उहाँ स्कूलबाट निकालिनु भयो । त्यतिबेला दरबार स्कूलमा राणाका सन्तानहरू पनि पढ्दथे सर्वसाधारण जनताले उनीहरूलाई स्वस्ती गरेर आदरभाव देखाउनु पर्थ्यो । तर उहाँले त्यस परम्पराका विरूद्ध विद्रोह गर्नु भएपछि उहाँलाई स्कूलबाटै निकाला गरियो । स्कूलबाट निकालिएपछि टोलका गुच्चा खेल्ने साथीहरू जम्मा गर्ने, उनीहरूको नेतृत्व गर्दै टोल टोल चहार्ने, टोल टोलमा उपद्रो मच्चाउँदै हिँड्ने उहाँको दैनिक रूटिन बन्न थाल्यो । टोल छिमेकमा उहाँ हाराँ (उपद्रयाहा) को नामले परिचित हुन थाल्नुभयो ।
शक्तिसम्पन्न बाजे रत्नमानको पुलपुल्याहटले गणेशमानमा उदण्ड र विद्रोही स्वभाव विकास हुन थाल्यो । टोल टोलमा गएर टाउकै फुट्ने गरी झगडा गर्ने स्वभाव उहाँमा मौलाउन थाल्यो । वहाँको यही विद्रोही स्वभाव नै राणा शासनका विरूद्ध आन्दोलनमा लाग्ने प्रेरणा स्रोत बन्न गएको हुन सक्छ ।
यसरी उदण्ड भएर हिँडेको आफ्नो नातिलाई तह लगाउन बाजे रत्नमानले उहाँलाई बहिदारको जागिरमा अल्झाई दिए । त्यो जागिर पनि उहाँलाई. फापेन । त्यहाँबाट पनि आठपहरियालाई भकुरेको आरोपमा उहाँ जागिरबाट निकालिनुभयो । यसै बेलादेखि उहाँमा राणाविरोधी भावना तीव्र हुन थाल्यो ।
महात्मा गान्धी जस्तै बन्ने धून
काजी खान्दानको सन्तान गणेशमान । काजीको चाकरीमा थरिथरिका मान्छेहरू आउँथे । कुनै कुनै मान्छेहरू भारतको स्वतन्त्रताको बारे कुरा गर्थे । महात्मा गान्धीको बारे कुरा गर्थे - भारतमा प्रति व्यक्तिको आय १४ पैसा छ । महात्मा गान्धी पनि १४ पैसाभन्दा बढी खर्च गर्दैनन्, नांगै खुट्टा हिँड्छन्। जनताका लागि लड्छन् । कति महान मान्छे, ती त देउतै हुन् ।
गणेशमानले पनि यो कुरा सुन्नुभयो । महात्मा गान्धी जस्तै मान्छे बन्ने धून उहाँमा पनि जाग्यो ।
एक दिन अकस्मात घरबाट बेपत्ता हुनु भयो- गणेशमान । रत्नमानको सबभन्दा मन परेको नातिलाई जताततै खोजियो । कतै फेला परेन । केही महिनापछि मात्र कलकत्तामा रहेको कुरा रत्नमानले थाहा पाए । छुटेको पढाई अगाडि बढाउन चिठी लेखियो । पैसा पठाइयो । वि.सं. १९९४/९५ मा कलकत्ताबाट प्रथम श्रेणीमा म्याट्रिक पास हुनुभयो गणेशमान । १९९७ साल श्रावण महिनामा आई. एस्सी. को परीक्षा सकेर उहाँ काठमाडौं फर्कनु भयो । त्यसै बेला उहाँको विवाह पनि काठमाडौंको प्यूखाटोल निवासी मंगलादेवीसंग सम्पन्न भयो । मंगलादेवी पछि महिला नेतृको रूपमा विकसित हुनुभयो ।
राजनैतिक जीवनमा प्रवेश
एकदिन गणेशमानको हातमा नेपाल प्रजा परिषद्ले निकालेको पर्चा पन्यो । त्यसबाट उहाँ निक्कै प्रभावित हुनुभयो । प्रजा परिषद्का सदस्यहरू खोज्दै हिँड्नुभयो । पत्ता लगाउन सक्नुभएन । धर्मभक्तसित त उहाँको भेट हुन्थ्यो । तर उहाँ पनि प्रजापरिषदको संस्थापक सदस्य हुनुन्छ भन्ने कुरा गणेशमानले सुइँकोसम्म पाउनु सक्नुभएन । धेरै पटकसम्म गणेशमानको परीक्षा लिइसकेपछि मात्र धर्मभक्तले उहाँलाई प्रजापरिषदको सदस्यता प्रदान गर्नुभयो । उहाँले शहीद गंगालाल श्रेष्ठसंगै सदस्यता प्राप्त गर्नु भएको थियो ।
एकदिन गणेशमानको हातमा नेपाल प्रजा परिषद्ले निकालेको पर्चा पन्यो । त्यसबाट उहाँ निक्कै प्रभावित हुनुभयो । प्रजा परिषद्का सदस्यहरू खोज्दै हिँड्नुभयो । पत्ता लगाउन सक्नुभएन ।
सदस्यता प्राप्त भएको चार महिनामै प्रजा परिषद्का अरू सदस्यहरूसंगै उहाँ पनि पक्राउ पर्नुभयो । उहाँलाई सर्वस्वसहित आजन्म कैदको सजायँ सुनाइयो । उहाँ अरू राजवन्दीहरूसंगै भद्रगोल जेलमा थुनिनु भयो ।
तर दृढ इच्छाशक्तिका धनी गणेशमानलाई जेलको पर्खालले थुन्न सकेन । २००१ सालमा उहाँ परखाल चढेर जेलबाट फरार हुन सफल हुनुभयो । उहाँ भाग्नुभएपछि राणा सरकारको सातोपुत्लो उड्यो, नेपालको कुनाकुनामा उहाँको खोजी शुरूभयो । गणेशमानलाई खोजेर सरकारलाई बुझाउनेलाई पुरस्कारको घोषणा गरियो । तर गणेशमान भने अनेक दुःख कष्ट झेल्दै कलकत्ता पुग्नुभयो । कलकत्तामा उहाँलाई देख्नेहरू " चोर हो कि ” भन्ने लागेर भाग्ने गर्थे ।
खान नपाएर र फेर्ने लुगा नपाएर उहाँको स्थिति नाजुक भइसकेको थियो । चिनेका साथीहरूको खोजमा दिनभरि कलकत्ता शहरमा भौतारिने र रात परेपछि हावडा रेल्वे स्टेशनमा बास बस्ने उहाँको रूटिन नै भइसकेको थियो ।
चिनेका साथीहरूको खोजमा दिनभरि कलकत्ता शहरमा भौतारिने र रात परेपछि हावडा रेल्वे स्टेशनमा बास बस्ने उहाँको रूटिन नै भइसकेको थियो ।
अकस्मात एकदिन एकजना नेपाली व्यापारीसंग उहाँको भेट भयो । उनीसंगै उहाँ वनारस पुग्नुभयो । त्यहाँ उहाँको आफ्ना भाइहरूसंग पनि भेट भयो । अब उहाँले आफ्नो खर्चको लागि दुःख कष्ट झेल्नु परेन ।
वि.पि. कोइरालासित भेटः नेपाली कांग्रेसको स्थापना
गणेशमान भागेर वनारस पुग्नु भएको खबर त्यहाँ पढ्न बसेका युवाहरूसम्म पुग्यो । उनीहरू र गणेशमानको बीच सम्पर्क हुन थाल्यो । वनारसमा मात्र नभई, भारतका अन्य ठाउँहरूमा पनि गणेशमानले जनसम्पर्क बढाउन थाल्नुभयो । साथसाथै, नेताको खोजी पनि गर्न थाल्नु भयो । यही क्रममा गणेशमान र विश्वेश्वर कोइरालाबीच सम्पर्क भयो । दुवैजनाको कुराकानी भयो- नेपालमा प्रजातन्त्र स्थापनाको निम्ति राजनैतिक संगठनको आवश्यकता भएको दुवैले महसूस गर्नुभयो । पार्टी स्थापनाको लागि पैसा जुटाउने जिम्मा गणेशमानले लिनुभयो ।
वि.सं. २००३ सालमा भारतकै कलकत्ताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । पार्टीको माध्यमबाट जनसम्पर्क बढ्दै गयो । पार्टी ठूलो हुँदै गयो । तर स्रोत र साधनको अभाव थियो । स्रोत र साधनको अभावले प्रजातन्त्र स्थापनाको लागि कारवाही अगाडि बढाउन कठिनाइ हुन थाल्यो ।
उता सुवर्ण समशेरको नेतृत्वमा अर्को एउटा पार्टी 'नेपाली प्रजातान्त्रिक, कांग्रेस' को स्थापना २००५ सालमा भयो । त्यस पार्टीसंग प्रशस्त साधन थियो । तलब दिएर सैनिकहरू पालिएको थियो । तर त्यसको जनाधार कम थियो ।
गणेशमान लाग्नुभयो- दुवै पार्टीलाई एउटै बनाउनतिर । दुवै पार्टीहरूको बीच कुरा मिल्यो । २००६ सालमा कलकत्तामा दुवै पार्टीको संयुक्त अधिवेशन भयो । दुवै पार्टी एउटै बन्यो । नाम रह्यो- नेपाली कांग्रेस ।
फाँसीको सजाय पाएका गणेमान जेलबाट मन्त्री भएर निस्कनुभयो
नेपाली कांग्रेसले नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय गन्यो । गणेशमानलाई विशेष जिम्मा दिएर काठमाडौं पठाइयो । गणेशमान काठमाडौं आउनु भनेको ज्यानको बाजी थाप्नु जतिकै थियो । तर उहाँ हच्कनु भएन। देशको लागि उहाँ होमिनुभयो । उहाँ काठमाडौं आइपुग्नुभयो र काममा लाग्नुभयो ।
त्यत्ति नै बेला उहाँका साथीहरू गोलाबारूद्ध र गोलाबारूद्ध र हातहतियारसहित पक्राउमा परे । गणेशमान पनि काठमाडौंमा आउनुभएको कुरा राणाहरूले थाहा पाए । उहाँलाई धुइँपत्ताल खोज्न थालियो । काठमाडौंमा बसेर काम गरिरहन सक्ने संभावना रहेन । पुनः भारतमै फर्कने निर्णय गर्नु भयो, उहाँले ।
नेपाली कांग्रेसले नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय गन्यो । गणेशमानलाई विशेष जिम्मा दिएर काठमाडौं पठाइयो । गणेशमान काठमाडौं आउनु भनेको ज्यानको बाजी थाप्नु जतिकै थियो ।
घरबुना भोटो सुरूवाल, इष्टकोट र भादगाउँले टोपी लगाएर राँगा खरीद बिक्री गर्ने धनी ज्यापुको भेषमा गणेशमान भारततिर हिँड्नुभयो । तर पनि एकजना नेपाली प्रहरीले उहाँलाई चिनीहालेछ । उहाँ ठोरी बजारमा । पक्राउमा पर्नुभयो । प्रधानमन्त्री मोहन समशेरको आदेश आयो- गणेशमानलाई काठमाडौं ल्याउनू ।
काठमाडौंमा स्टेनगन, राइफल, रिवाल्भर बोकेका एक ट्रक सिपाहीहरू उहाँलाई पर्खिरहेका थिए ।गणेशमानलाई पक्रेर काठमाडौं ल्याएको कुरा काठमाडौंका जनताको कानमा पर्यो । काठमाडौंका जनताहरू रीसले
आगो भए ।
सिपाहीका कमाण्डरले सिपाहीहरूलाई आदेश दिए- कुनै व्यक्तिले बाटो रोकेमा वा हुलदंगा गरेमा ट्रकले किचेर मारिदिनू । तर ट्रक नरोक्नू ।
उहाँलाई सशस्त्र सैनिकहरूको संरक्षणमा सिंहदरबार पुयाइयो । त्यहाँ सैनिकहरूको कडा सुरक्षामा राखियो । दिनुसम्म यातना दिइयो । हत्याको आरोप लगाएर मुद्दा चलाइयो । उहाँलाई । मृत्युदण्डको सजाय सुनाइयो । उहाँसंगै प्रताप विक्रम शाह र तोरण समशेरलाई पनि मृत्युदण्डका सजाय सुनाइयो । उनीहरू राणा शासनका सैनिक पदमा कार्यरत थिए । पछि उनीहरूले राणाहरूका विरूद्ध भएको आन्दोलनलाई समर्थन गरेका थिए र आन्दोलनकारीहरूलाई साथ दिएका थिए । प्रताप विक्रम शाहलाई उनकै बगैंचाको रूखमा झुण्ड्याइयो ।
गणेशमान र तोरण समशेरलाई भाइटीकापछि फाँसी दिने निर्णय गरियो । त्यहीबेला अकस्मात श्री ५ त्रिभुवनको राजदरवार त्याग र नेपालमा जनआन्दोलन उठेकोले राणाहरूले उहाँहरूलाई फाँसीमा झुण्ड्याउन सकेनन् ।
देशमा जनआन्दोलन झन् झन् अघि बढ्न थाल्यो । विराटनगर, वीरगंज, धनकुटा, झापा, इलाम, भोजपुर, जनकपुर, ओखलढुंगा आदि ठाउँहरू मुक्ति सेनाका जवानहरूले आफ्नो कब्जामा लिन थाले । कैयौं क्रान्तिकारीहरू शहीद हुन थाले । राणाहरूले आफ्नो बलबुताले भ्याएसम्म आन्दोलनलाई दबाउन खोजे । तर देश र जनताको निम्ति ज्यानको परवाह नगरी अगाडि बढेका क्रान्तिकारीहरूको अगाडि निरंकुश राणाहरूको केही जोड चलेन । राणाहरू ढल्ने निश्चित भयो ।
गणेशमान र तोरण समशेरलाई भाइटीकापछि फाँसी दिने निर्णय गरियो । त्यहीबेला अकस्मात श्री ५ त्रिभुवनको राजदरवार त्याग र नेपालमा जनआन्दोलन उठेकोले राणाहरूले उहाँहरूलाई फाँसीमा झुण्ड्याउन सकेनन् ।
आफ्नो सत्ता जोगाउन राणाहरू हतारिए । राजा-कांग्रेस र राणाहरूबीच भारतको राजधानी दिल्लीमा कुराकानी भयो। नेपालमा भइरहेको आन्दोलन रोक्ने, राणा र कांग्रेसको संयुक्त मन्त्रीमण्डल गठन गर्ने र राजालाई संवैधानिक राजा मान्ने भन्ने टुंगोमा उनीहरू पुंगे । राणाहरूको पाँचजना र कांग्रेसको पाँचजना भएको मन्त्रीमण्डल पनि बन्यो । मृत्युदण्डको सजाय पाउनु भएका गणेशमान जेलबाट उद्योग तथा बाणिज्य मन्त्री भएर बाहिर निक्लनुभयो ।
सत्ताको लुछाचुँडीबीच प्रजातन्त्र खोसियो
२००७ साल आयो । जनताले राणाहरूको पंजाबाट मुक्त भएको महसूस गरे । त्यसपछि च्याउ उम्रेजस्तै दलहरू उम्रिन थाले । सत्ता हत्याउन दलहरू तँछाडमछाड गर्न थाले । राजतन्त्र झन् शक्तिशाली बन्दै गयो । आम निर्वाचन गरेर स्थायी सरकार बनाउने काममा आलटाल हुन थाल्यो ।
छिट्टै आम निर्वाचन होस् भन्ने माग राखेर २०१४ सालमा कांग्रेसले भद्र अवज्ञा आन्दोलन शुरू गयो । कम्युनिष्टहरूले आन्दोलनमा साथ दिए। संविधान राजाले बनाउने, त्यसै तर पछि संविधानको आधारमा निर्वाचन गराउने भन्ने कुरामा राजा र कांग्रेसबीच सम्झौता भयो । कम्युनिष्टहरूलाई जस्तै गणेशमानलाई पनि यो कुरा स्वीकार भएन । उहाँले त्यसको विरोध गर्नुभयो ।
२०१५ सालमा आम चुनाव भयो । गणेशमान काठमाडौंको एक नम्बर क्षेत्रबाट निर्वाचित हुनुभयो । दुई तिहाइ मत प्राप्त गरेको कांग्रेसको मन्त्रीमण्डल गठन भयो । गणेशमान चाहिं निर्माण तथा यातायात मन्त्री बन्नुभयो ।
२०१७ साल पुस १ गतेको दिन थियो। थापाथलीमा द्रोण शमशेरको दरबारमा नेपाली कांग्रेसको तरूण दलको सम्मेलन चलिरहेको थियो । अचानक सम्मेलन स्थललाई सेनाले घेरा हाले । त्यहाँ भएका मन्त्रीहरू र नेताहरूलाई गिरफ्तार गरे । गणेशमान पनि त्यसैमा पर्नुभयो । अरू राजबन्दीहरू सहित उहाँ पनि सुन्दरीजल जेलमा थुनिनु भयो । २०२५ सालमा अरू राजवन्दीहरू सहित जेलबाट उहाँ रिहा हुनुभयो । र, वर्षौसम्म भारतमा निर्वासित रहनु भयो ।
वि.पि. कोइरालाको मृत्युपछि पंचायतको अन्त्यका लागि संघर्ष
२०३३ सालमा वि.पि. संगै उहाँ नेपाल भित्रिनुभयो, पंचायतसंग मेलमिलाप गर्ने नीति लिएर । पंचायत सरकारबाट उहाँहरूमाथि ओखलढुंगा काण्ड, जनकपुरमा श्री ५ महेन्द्रमाथि भएको बम काण्डसहित करीब ६ सात वटा आरोप लगाएर मुद्दा चलाइयो । ती मुद्दाहरूमा फाँसीको सजाय हुन सक्ने सम्भावना थियो । ती मुद्दाहरू खारेज गर्न भारतको तात्कालीन जनता पार्टीको सरकारले दवाब दियो । मुद्दा ढिसमिस भयो ।
२०३९ सालमा वि.पि. को देहावसानपछि गणेशमान पार्टीको सर्वोच्च नेता चुनिनुभयो । २०४२ सालमा निर्दलीय पंचायती व्यवस्थाका विरूद्ध सत्याग्रह गर्ने टुंगोमा पुग्नुभयो । सत्याग्रह, चलिरहेको थियो । रामराजाप्रसाद सिंहको जनवादी मोर्चाले ठाउँ ठाउँमा बम प्रहार गयो । सत्याग्रह बीचैमा रोकियो । तर गणेशमान पंचायती शासनको अन्त्यको लागि जुटिरहनुभयो । उहांको संघर्ष रोकिएन, बरू त्यो नयाँ रूप-रंग र आयाममा देखापर्न थाल्यो ।
०४६ सालको जन आन्दोलन र गणेशमान
२०१७ सालमा संसदीय व्यवस्थाको अन्त भयो । देशमा निरंकुश तानाशाही व्यवस्थाको उदय भयो । राजाको नेतृत्वमा संचालित पंचायती व्यवस्थामा जनताले आफूलाई लागेको कुरा लेख्न बोल्न पाएनन् । त्यसका विरूद्ध कांग्रेसले सशस्त्र संघर्ष गर्नुको साथै विभिन्न बेलामा शान्तिपूर्ण संघर्षहरू गयो । वामपन्थीहरूले पनि निरन्तर रूपमा संघर्ष छेड्न थाले । तर पंचायती व्यवस्थालाई ढाल्न सकिएन । पंचायती सत्ता जनताको अगाडि शक्तिशाली भएर नै उभिरहयो ।
वामपन्थी नेता पुष्पलालले जस्तै गणेशमानले पनि विचार गर्नुभयो- कांग्रेस र वामपन्थीहरू एक नभइकन निरंकुश पंचायती व्यवस्थाको अन्त संभव छैन ।
कांग्रेस र वामपन्थीहरू एक भएर पंचायत विरूद्ध लड्नु पर्छ भन्ने विचार पार्टीमा उहाँले व्यक्त गर्नुभयो । तर कांग्रेस पार्टीभित्रै उहाँ झण्डै झण्डै एक्लो पर्नुभयो ।
वामपन्थी नेता पुष्पलालले जस्तै गणेशमानले पनि विचार गर्नुभयो- कांग्रेस र वामपन्थीहरू एक नभइकन निरंकुश पंचायती व्यवस्थाको अन्त संभव छैन ।
तानाशाही व्यवस्थाको अन्त गर्नका लागि हिंड्दा बाटामा जोसुकै भेटे पनि संगत गर्दै हिँड्छु भन्नु हुँदै उहाँ आफ्नो विचारमा दृढ रहनुभयो । उहाँकै निवास क्षेत्रपाटीमा कांग्रेसको भेला भयो, २०४६ साल माघमा । त्यही भेलामा पंचायतको विरूद्ध संयुक्त जन आन्दोलन गर्ने मिति तय भयो ।
वामपन्थीहरू पनि आन्दोलन गर्ने सुरसारमा थिए। तर वामहरू ८-९ समूहमा विभाजित थिए । आन्दोलनको लागि वामहरू पनि एकगठ भए ।कांग्रेस र वामपन्थीहरूको संयुक्त आन्दोलन २०४६ साल फागुन ७ गतेदेखि शुरू भएर अगाडि बढ्यो । उक्त आन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान हुनुभयो । आन्दोलन सफलतामा टुंगियो । २०४६ साल चैत्र २६ गते पंचायतको अन्त र बहुदलीय व्यवस्थाको घोषणा भयो ।
गणेशमानको महानता
गणेशमानको महानता भन्नु के हो भने, निरंकुश शासनको अन्त्यको लागि उहाँ जीवनपर्यन्त आन्दोलनमा लागिरहनु भयो । कहिल्यै कसैसंग झुक्नु भएन । सिंगै तीन पुस्तालाई आन्दोलनमा नेतृत्व गर्नुभयो । ९७ सालको राणाविरोधी आन्दोलनदेखि ४६ सालको पंचायती निरंकुशतन्त्रको विरूद्ध भएको आन्दोलनसम्मको लडाईमा अग्रपंक्तिमा रहेर लड्नु भयो । तर कहिल्यै पदमा जाने लालच गर्नु भएन । आफूले गरेको योगदानको मूल्य लिन खोज्नु भएन । ४६ सालको आन्दोलनपछि अन्तरिम मन्त्रीमण्डलमा प्रधानमन्त्री पद सम्हाल्नको लागि राजाले अनुरोध गर्दा पनि उहाँले त्यसलाई स्वीकार्नु भएन ।
७ सालको राणाविरोधी आन्दोलनदेखि ४६ सालको पंचायती निरंकुशतन्त्रको विरूद्ध भएको आन्दोलनसम्मको लडाईमा अग्रपंक्तिमा रहेर लड्नु भयो । तर कहिल्यै पदमा जाने लालच गर्नु भएन ।
सम्झौता परस्त नीतिलाई उहाँले कहिल्यै स्वीकार्नु भएन । चाहे सात सालको सम्झौता होस्, चाहे ३३ सालको मेलमिलापको नीति होस्, चाहे ३६ सालको सम्झौता होस्, ती सम्झौतापरस्त नीतिहरूको विरोध गरिरहनु भयो । तर वि.पि. कोइराला समक्ष भने उहाँ फेरि पनि झुक्नु हुन्थ्यो । वि.पि. कोइरालाको सम्झौतापरस्त नीतिप्रति उहाँ मौन बसिदिनु हुन्थ्यो ।
तर २०३९ सालमा वि.पि. कोइरालाको मृत्युपछि भने उहाँले सम्झौतापरस्त नीतिलाई सदाको लागि त्याग्नुभयो । ४२ सालको सत्याग्रह र ४६ सालको आन्दोलन यसैका प्रमाण हुन् । ४६ सालको आन्दोलनमा पनि नेपाली कांग्रेसका नेताहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले वाममोर्चाले राखेको पंचायतको विघटनको कुरामा असहमति जनाएका थिए। तर गणेशमानले पंचायतको विघटन हुनुपर्छ भन्ने कुरामा अडान लिनुभयो । त्यसैको फलस्वरूप ४६ सालको आन्दोलन सफलतामा टुंगियो र बहुदलीय व्यवस्थाको स्थापना भयो ।
सोख सयलमा हुर्कनु भएको गणेशमान । पहिले सुकिलो लुगा लगाएर सुनको सिक्री लगाएर, अत्तर छर्केर चिटिक्क परेर हिँड्ने गणेशमान । आन्दोलनमा लागेपछि साधारण कामदार जस्तै भएर हिँड्न उहाँ हिच्किचाउनु भएन । नुन खुर्सानीसंग गन्हाउने उसिना चामलको भात खान पनि हिच्किचाउनु भएन । नुन हालेको चिया गोल्टिनको बट्टामा राखेर खान पनि हिच्किचाउनु भएन । उहाँ आफ्नो लुगा फुकालेर लुगा नभएकालाई दिन हुन्थ्यो। आफू भोकै बसेर अरूलाई खुवाउने पनि गर्नु हुन्थ्यो ।
मूल्य र मान्यतामा आधारित प्रजातन्त्रको स्थापना र सुदृढीकरणको नागि उहाँ जीवनभर लागिपर्नु भयो । २०४६ सालपछि आफैँले स्थापना गरेको कांग्रेस पार्टीभित्र बढ्दै आएको खराबी र पार्टीमा मूल्य र मान्यताको ह्रास हुँदै गएकोमा उहाँ चिन्तित हुनुभयो । पार्टीलाई ठीक बाटोमा ल्याउन कोशिश गर्नुभयो । तर पार्टीभित्र आफ्नो विचारको कदर नभएपछि उहाँले पार्टीको गलत नीतिलाई सार्वजनिक विरोध गर्न थाल्नुभयो । पार्टीलाई ठीक बाटोमा ल्याउन नसकेपछि उहाँ बाटै अलग रहनुभयो ।
के थियो कमजोरी गणेशमानमा ?
गणेशमान पनि एकजना मान्छे हुनुहुन्थ्यो । कमजोरी नभएका मानिसहरू संसारमा हुनु असंभव छ । त्यस्तै गणेशमानलाई बुझ्न पनि हामीले उहाँका कमजोरीहरू सहित बुझनु जरूरी छ ।
गणेशमानको सबभन्दा ठूलो कमजोरी के हो भने उहाँ वि.पि. कोइरालाको अगाडि केही बोल्न सक्नु हुन्नथ्यो । वि.पि. कोइरालाको जीवनकालभरि नै उहाँले वि.पि. कोइरालाबाट अप्नाइएका दक्षिणपन्थी र सम्झौतापरस्त नीतिलाई स्वीकार्दै जानुभयो ।
गणेशमानको अर्को ठूलो कमजोरी के हो भने उहाँ सामन्ती तानाशाही झल्ने कुरामा त कहिल्यै डग्मगाउनु भएन, तर प्रजातन्त्र आएपछि चाहिँ समय समयमा लक्ष्यमा अस्पष्ट हुनुभएको र डग्मगाउनु भएको देखिन्छ । उहाँले आर्थिक क्रान्तिको कुरा गर्नुभयो, तर त्यो क्रान्ति कस्तो र कसरी हुनपर्ने ? कहिल्यै स्पष्ट पार्नु भएन ।
अर्को कुरा, उहाँ आफ्नो लागि कुनै पदको त लालचमा पर्नु भएन, तर नातावादबाट भने उहाँ उम्कन सक्नु भएन । आफ्नो भतिजा दुर्गेशमानको राष्ट्रिय योजना आयोगमा नियुक्ति हुनुपर्छ भनेर उहाँले बबाल नै मच्चाउनुभएको जग्जाहेर छ । त्यस्तै, प्रजातन्त्रको लागि आफ्नो जीवन अर्पण गर्ने गणेशमानले ०४८ सालमा वामपन्थीहरूले गरेको जनआन्दोलनमा आफ्नै पार्टीको सरकारले गरेको नृशंस दमनलाई समेत समर्थन गर्नुभयो ।
यस्तै खालको कमजोरी उहाँमा राष्ट्रियताको सवालमा पनि देखिन्छ । उहाँ चीनबाट नेपालको राष्ट्रियता खतरामा परेको देख्नुहुन्थ्यो तर भारतबाट पटक पटक सीमा अतिक्रमण हुँदा पनि उहाँले भारतबाट नेपालको राष्ट्रियतामाथि खतरा भएको देख्नु भएन । टनकपुर सन्धिको विरोधमा दृढतापूर्वक आवाज उठाउनु भएका गणेशमानले त्योभन्दा कता हो कता खतरापूर्ण महाकाली सन्धिको समर्थन गर्नुभयो ।
यस्तै खालको कमजोरी उहाँमा राष्ट्रियताको सवालमा पनि देखिन्छ । उहाँ चीनबाट नेपालको राष्ट्रियता खतरामा परेको देख्नुहुन्थ्यो तर भारतबाट पटक पटक सीमा अतिक्रमण हुँदा पनि उहाँले भारतबाट नेपालको राष्ट्रियतामाथि खतरा भएको देख्नु भएन ।
उहाँमा रहेको अर्को ठूलो कमजोरी हो- अरूको बहकाउमा पर्नु । ४६ सालको जन आन्दोलनमा गणेशमानले कम्युनिष्टहरूलाई पनि संगसंगै लिएर जानु भएको थियो । तर अमेरिकाको भ्रमणपछि उहाँले कम्युनिष्टहरूको घोर विरोध गर्न थाल्नुभयो । यो अमेरिकाको उक्साहटबाट भएको हो भन्न सकिन्छ ।
यसले गर्दा ४६ सालमा जनताले रगत बगाएर स्थापना गरेको प्रजातन्त्र खतरामा पर्नगयो ।
यी कमजोरीहरू हुँदाहुँदै पनि गणेशमान प्रजातन्त्रका एक महान योद्धा
हुनुहुन्थ्यो । उहाँले राणा र राजाको निरंकुशतन्त्रको विरूद्ध अविरल संघर्ष गर्नुभयो । देशमा प्रजातन्त्र स्थापनाको लागि ठूलो भूमिका खेल्नु भयो । आफ्नो नैतिक मूल्य र मान्यतालाई कहिल्यै छोड्नु भएन । आफ्नो कर्तव्यप्रति कहिल्यै विचलित हुनु भएन । संघर्षको दौरानमा कसैसंग झुनु भएन । कसैसंग डग्नु भएन ।
यही नै गणेशमान सिंहको महानता हो । यही महानताको कदर स्वरूप नै उहाँ प्रति जनश्रद्धाको लहर उठेको थियो ।
सन्दर्भ सामग्रीहरू:
० जेलमा बीस वर्षः खड्गमान सिंह
० सर्वोच्च नेता गणेशमान सिंहका लेख संस्मरणहरू, संपादक, जीवनचन्द्र कोइराला
० नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषदको भूमिका : राजेश गौतम
० नारी संघर्षका पाइलाहरू: मंगलादेवी सिंह
० विभिन्न दैनिक, साप्ताहिक तथा अन्य पत्र पत्रिकाहरू ।
(प्रस्तुत आलेख ‘किन उर्लियो गणेशमानप्रति जनश्रद्धाको लहर?’ शीर्षकमा नवयुवा मासिकको वर्ष २ पूर्णाङ्क १७ मा प्रकाशित भएको थियो ।)
प्रतिक्रिया