वामपन्थी नेता सिताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम येचुरीको निधन भएको छ। उनी ७२ वर्षका थिए।

सिताराम येचुरी विगत केही दिनदेखि भारतको राजधानी नयाँ दिल्लीस्थित एम्समा उपचाररत थिए। उनी स्वासप्रस्वाससम्बन्धी गम्भीर रोगबाट पीडित थिए। विगत केही दिनयता उनलाई भेन्टिलेटरमा लाइफ सपोर्ट दिएर राखिएको थियो।

सिताराम येचुरीको जन्म १९५२ मा मद्रासमा भएको थियो। विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका सिताराम येचुरी पढाइमा सधैँ अव्वल थिए। सिताराम येचुरी सिबिएससी परिक्षामा भारतमै सर्वप्रथम स्थान हासिल गरेका थिए। उनले नया दिल्ली स्थित जेएनयुबाट अर्थशास्त्रमा एमए पास गरेका थिए। त्यसमा समेत उनी सर्वप्रथम बनेका थिए।  सिताराम येचुरी र उनका मित्र अर्का कम्युनिस्ट नेता प्रकाश करातले जेएनयुलाई कम्युनिस्टहरुको गढमा परिणत गरेका थिए। त्यो प्रभाव अहिलेसम्म कायम  छ।

सिताराम येचुरी १९७८ मा मार्क्सवादी पार्टीको विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए। विद्यार्थी राजनीतिपछि उनी पूर्णकालीन राजनीतिमा आए। उनी १९८४ मा सिपिएमको केन्द्रीय सदस्य बनेका थिए। त्यस्तै उनी १९९२ मा पार्टीको पोलिटव्युरो सदस्य बने। सिताराम येचुरी २०१५ मा पार्टीको महासचिव बनेका थिए। त्यस यता उनी लगातार ३ पटकसम्म सिपिएमको महासचिव बनेका थिए।

नेपालमा सशस्त्र जनयुद्ध गरिरहेका माओवादी र तत्कालीन संसदीय पार्टीहरुबीच बाह्रबुँदे समझदारी गराउन उनको विशेष भूमिका रहेको थियो । त्यही बाह्रबुँदे समझदारीले नेपाली राजनीतिमा नयाँ मोड आएको थियो र जसले नेपालबाट राजतन्त्रलाई बिदाइ गर्नेहदसम्मको स्थिति निर्माण भएको  थियो ।

 

Image: https://images.deccanherald.com

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन