'सरकार, उहाँ त संसारका मालिक हुनुहुन्छ, मैले छुँदा कसरी छोइछिटो हुन्छ ?'
मातृप्रेम, तिमी धन्य छौ! संसारमा अरू जे छ, त्यो मिथ्या छ, निस्सार छ। मातृप्रेम मात्रै सत्य छ, अक्षय छ, अनश्वर छ। तीन दिनदेखि सुखियाको मुखमा न अन्नको एक दाना न पानीको एक थोपा नै परेको थियो। अगाडि परालमा पसारिएको सानो नानी पीडाले कराइरहेको थियो। गएको तीन दिनदेखि उसले आँखा खोलेको थिएन। कहिले आमाले उसलाई काखमा लिन्थिन्, कहिले परालमा सुताउँथिन्। हाँस्दै खेल्दै गरेको बच्चालाई अचानक के भयो, यो कसैले भन्न सकेको थिएन। यस्तो अवस्थामा आमालाई भोक र प्यास कहाँ लाग्छ? एकपटक पानीको एक घुट्की मुखमा लिएकी थिइन्; तर घाटीमुनि लैजान सकिनन्। यो दुखिया आमाको विपत्तिको सीमा नै थिएन। एक वर्षभित्र दुई सन्तानलाई गंगाजीको काखमा सुम्पिइसकेकी थिइन्। पतिदेव पहिल्यै संसारबाट गइसकेका थिए। अब त्यो अभागिनीको जीवनको आधार, अवलम्ब, जे केही थियो, त्यही बच्चा थियो। हरे! के भगवानले यसलाई पनि उसको काखबाट खोस्न चाहेका हुन्? यस्तो कल्पना गर्दा मात्र पनि आमाका आँसु झरझर खस्न थाल्थे।
यो बच्चालाई उनी क्षणभरका लागि पनि एक्लो छोड्दिन थिइन्। बच्चालाई सँगै लिएर घाँस काट्न जान्थिन्। घाँस बेच्न बजार जाँदा पनि बच्चा काखमा नै हुन्थ्यो। बच्चाको लागि उनले सानो खुर्पी र सानो कोक्रो बनाइदिएकी थिइन्। जियावन आमासँगै घाँस काट्थ्यो र गर्वका साथ भन्थ्यो, 'आमा, मलाई पनि ठूलो खुरपी बनाइदेऊ, म धेरै घाँस काट्छु, तिमी ढोका छेउको पलङमा बस्नु, आमा, म घाँस बेच्न लैजानेछु।' आमा सोध्थिन्, 'मेरो लागि के के ल्याउँछौ, छोरा ?'
जियावन रातो-रातो साडी ल्याउने वाचा गर्थ्यो। आफ्नो लागि धेरै सख्खर ल्याउन चाहन्थ्यो। यही निश्छल कुराको सम्झना यतिखेर आमाको हृदयमा काँडाझैं बिझाइरहेको थियो । जो पनि बच्चालाई हेर्थ्यो, उसले भन्थ्यो कि कसैको नजर लागेको छ; तर कसको नजर लागेको होला? यो विधवाको संसारमा पनि कुनै शत्रु छ? यदि त्यसको नाम थाहा भएको भए, सुखिया गएर उसको खुट्टा समात्थिन् र बालकलाई उसको काखमा राख्दिन्थी। के उसको हृदय दया गरेर पग्लिँदैनथ्यो होला? तर कसैले नाम भने बताउँदैन। हरे ! कसलाई सोध्न जाऊँ, के गरूँ?
जो पनि बच्चालाई हेर्थ्यो, उसले भन्थ्यो कि कसैको नजर लागेको छ; तर कसको नजर लागेको होला? यो विधवाको संसारमा पनि कुनै शत्रु छ?
रातको तीन पहर बितिसकेको थियो। सुखियाको चिन्ताले ग्रसित चञ्चल मन कोठाका चारैतिर दौडिरहेको थियो। कुन देवीको शरण जाऊँ, कुन देवताको भाकल गरूँ, यही सोच्दै ऊ निदाएछ। के देख्छे भने उसको स्वामी आएर बच्चाको सिरानीमा उभिएको छ र बालकको टाउकोमा मुसार्दै भन्छ, 'नरोऊ सुखिया! तिम्रो छोरा निको हुन्छ। भोलि ठाकुरजीको पूजा गर, तिनले तिम्रो सहायता गर्नेछ।' यो भन्दै ऊ हिँडेर गयो। सुखिया ब्युँझिए । पक्कै पनि उसका पतिदेव आएका थिए, यसमा उसलाई अलिकति पनि शंका लागेन। उनलाई अझै पनि मेरो चिन्ता छ, यो सोचेर उसको हृदय आशाले भरियो। पतिप्रतिको श्रद्धा र प्रेमले उसका आँखा सजग भए। उसले बालकलाई काखमा उठाई र आकाशतिर हेर्दै भनी, ‘भगवान! मेरो बच्चा ठिक होस्, म तिम्रो पूजा गर्नेछु। अनाथ विधवालाई दया गर।‘
त्यही बेला जियावनको आँखा खुल्यो। उसले पानी माग्यो। आमाले दौडेर कटौरामा पानी हालेर बच्चालाई पिलाइन्। जियावनले पानी पिएर भन्यो, 'आमा अहिले रात हो कि दिन?'
सुखिया- "अहिले त राति नै छ छोरा, तिमीलाई कस्तो छ?"
जियावन- "आमा, अब म ठीक भएँ।"
सुखिया- "तिम्रो मुखमा घिउ-चिनी पसोस् छोरा, भगवानले तिमी चाँडै निको पारुन्। केही खान मन लागेको छ?"
जियावन- "अँ आमा, अलिकति सख्खर देऊ।"
सुखिया- "सख्खर नखाऊ, यसले बिगार्छ। बरु खिचडी पकाइदिऊँ?"
जियावन- "हैन मेरी आमा, अलिकति सख्खर नै देऊ, तिम्रो खुट्टा नै ढोग्छु ।"
आमाले यो आग्रहलाई टार्न सकिनन्। उनले अलिकति सख्खर झिकेर जियावनको हातमा राखिदिइन् र भाँडाको ढक्कन लगाउन लाग्दै थिइन् कि बाहिरबाट कसैले बोलायो । भाँडो त्यहीँ छोडेर उनी ढोका खोल्न गइन्। जियावनले सख्खरका दुई टुक्रा निकालेर छिटोछिटो खायो।
सुखियाले सोचिन्, बच्चा ठिक भइसकेको छ। एक दुई दिनमा पैसा हात लागेपछि ऊ ठाकुरजीको पूजा गर्न जानेछ। जाडोका दिन सरसफाइ, नुहाइ-धुवाइ र खाना-खानामा बिते; तर जब साँझपख फेरि जियावनको स्वास्थ्य बिग्रिएपछि सुखिया आत्तिइन्। तुरुन्त मनमा शंका उत्पन्न भयो कि पूजा गर्न ढिलो गरेकाले नै बच्चा फेरि बिरामी भएको छ।
दिनभर जियावनको स्वास्थ्य राम्रो रह्यो। उसले अलिकति खिचडी खायो, एकदुई पटक बिस्तारै ढोकासम्म पनि गयो, र साथीहरूसँग खेल्न नसके पनि उनीहरूलाई खेलिरहेको देखेर उसको मन रमायो। सुखियाले सोचिन्, बच्चा ठिक भइसकेको छ। एक दुई दिनमा पैसा हात लागेपछि ऊ ठाकुरजीको पूजा गर्न जानेछ। जाडोका दिन सरसफाइ, नुहाइ-धुवाइ र खाना-खानामा बिते; तर जब साँझपख फेरि जियावनको स्वास्थ्य बिग्रिएपछि सुखिया आत्तिइन्। तुरुन्त मनमा शंका उत्पन्न भयो कि पूजा गर्न ढिलो गरेकाले नै बच्चा फेरि बिरामी भएको छ। अझै थोरै समय बाँकी थियो। बच्चालाई सुताएर उनले पूजाको सामग्री तयार गर्न थालिन्। फूल जमींदारको बगैंचामा पाइयो। तुलसीको पात ढोकामै थियो; तर ठाकुरलाई भोग चढाउनका लागि केही मिष्ठान्न त चाहिन्छ; नभए गाउँवालाहरूलाई के बाँड्ने? चढाउनका लागि कम्तिमा एक आना चाहिन्छ। सारा गाउँ खोजिन्, कतै पैसा उधारो पाइनन् । अब उनी निराश भइन्। हरे दुर्भाग्य! चार आना पनि कसैले दिएन। अन्ततः उनले आफ्ना चाँदीका चुरा झिकिन् र दौडिँदै साहुको पसलमा पुगिन्, चुरा धरौटी राखिन्, फुसफुसे मिठाइ लिएर फर्किन् र दौडिँदै घर आइन्। पूजाको सामग्री तयार भयो, अनि उनले बच्चालाई काखमा लिइन् र अर्को हातमा पूजाको थाल लिएर मन्दिरतिर लागिन्।
मन्दिरमा आरतीको घण्टी बजिरहेको थियो। दस-पाँच भक्तजन उभिएर स्तुति गाइरहेका थिए। त्यही बेला सुखिया मन्दिर अगाडि पुगिन्।
पुजारीले सोधे, ‘के छ र? के गर्न आएकी?’
सुखिया मन्दिरको पिढीमा आएर भनी, 'ठाकुरजीको भाकल गरेकी थिएँ महाराज, पूजा गर्न आएकी छु।'
पुजारीले भने, 'तँ के मन्दिर भित्र छिर्ने पो होलिस् त? पूजा त सकियो। यहाँ आएर अपवित्र गरिस्।' एक भक्तजनले भने, 'ठाकुरजीलाई पवित्र गर्न आएकी हो?'
पुजारी दिनभर जमीन्दारका असामीहरूको पूजा गर्थे र साँझबिहान ठाकुरजीको। राति मन्दिरमै सुत्थे, मन्दिरमै खाना बनाउँथे । त्यही मन्दिरको भित्तामा पोतिएको चुनाको सेता रङहरु काला भइसकेका थिए। स्वभावले दयालु थिए, निष्ठावान यति कि जति नै चिसो भए पनि, जति नै चिसो हावा चले पनि, ननुहाइकन मुखमा पानीसम्म हाल्दैनथे। यति हुँदाहुँदै पनि उनका हातखुट्टामा मैलाको बाक्लो तह जमेको थियो भने त्यो उनको दोष थिएन। उनले भने, 'तँ के मन्दिर भित्र छिर्ने पो होलिस् त? पूजा त सकियो। यहाँ आएर अपवित्र गरिस्।' एक भक्तजनले भने, 'ठाकुरजीलाई पवित्र गर्न आएकी हो?'
सुखियाले धेरै दयालाग्दो स्वरमा भनी, 'ठाकुरजीको चरण छुन आएकी हुँ, सरकार! पूजाका सबै सामग्री ल्याएकी छु।'
पुजारी, 'कस्तो मुर्ख कुरा गर्छे, कतै बौलाएकी त छैनस्! ठाकुरजीलाई तैंले कसरी छुन सक्लिस्?'
'सरकार, उहाँ त संसारका मालिक हुन्। उहाँको दर्शनले पापी पनि तारिन्छ, मैले उहाँलाई छुँदा कसरी छोइछिटो हुन्छ ?'
सुखियालाई अहिलेसम्म कहिल्यै ठाकुरद्वारमा आउने अवसर मिलेको थिएन। आश्चर्यमा परेर भनी, 'सरकार, उहाँ त संसारका मालिक हुन्। उहाँको दर्शनले पापी पनि तारिन्छ, मैले उहाँलाई छुँदा कसरी छोइछिटो हुन्छ ?'
पुजारी चिच्यायो, 'अरे, तँ चमारिनी होस् कि होइनस् ?'
सुखियाले सोधी, 'के भगवानले चमारलाई सिर्जना गर्नु भएको होइन त? कि चमारहरूको अर्कै भगवान छ ? यो बच्चाको भाकल हो, सरकार!'
त्यसपछि ती भक्तजन, जसले स्तुति गाइसकेका थिए, कराउँदै भने, 'कुटेर खेदिदेऊ यो चुडेललाई। अपवित्र गर्न आएकी छ, थाल फ्याँकिदेऊ। संसारमा पहिले नै आगो लागेको छ, चमारहरूले पनि ठाकुरजीको पूजा गर्न थाले भने पृथ्वी रहन्छ कि रसातलमा भाँसिन्छ ?'
'के भगवानले चमारलाई सिर्जना गर्नु भएको होइन त? कि चमारहरूको अर्कै भगवान छ ? यो बच्चाको भाकल हो, सरकार!'
अर्को भक्तले भने, 'अब बिचरा ठाकुरजीले पनि चमारहरूको हातको खाना खानुपर्ने भयो। अब प्रलय आउनमा कुनै कसर बाँकी छैन।'
सुखिया चिसोमा ठिहिर्याएर काम्दै उभिरहेकी थिइन्, र यहाँ धर्मका ठेकेदारहरू समयको गतिमाथि आलोचना गरिरहेका थिए। चिसोले गर्दा बच्चा उसको छातीमा घुसिरहेको थियो; तर सुखिया त्यहाँबाट कुनै हालतमा हट्न चाहेकी थिइनन् ।
यस्तो लाग्थ्यो कि उनका दुबै खुट्टा जमिनमा गाडिएका छन्। उनको हृदयमा बारम्बार यस्तो भावना आउँथ्यो कि गएर ठाकुरजीको चरणमा ढलुँ। ठाकुरजी के यिनीहरुकै मात्र हुन् त? हामी गरीबहरूको उहाँसँग कुनै नाता छैन? रोक्ने यी मानिसहरू को हुन्? तर डर लाग्थ्यो कि कतै यी मानिसहरूले साँच्चै थाली फ्याँकिदिए भने के गर्ने? मनमा पीडा हुँदा पनि उनी चुप लाग्थिन्। अचानक उनलाई एउटा उपाय फुर्यो। उनी केही पर गएर एउटा रुखमुनि अँध्यारोमा लुकेर यी भक्तजनहरू जाने समय कुर्न थालिन् । आरती र स्तुतिपछि भक्तजनहरूले श्रीमद्भागवतको पाठ धेरैबेरसम्म गरे। उता पुजारीले चूल्हो बालेर खाना बनाउन थाले। चूल्होको अगाडि बसेर 'हूँ-हूँ' गर्दै बसिरहेका थिए र बीच-बीचमा टिप्पणीहरू पनि गर्दै थिए। रातको दश बजेसम्म कथा-वार्ता चलिरह्यो, र सुखिया रुखमुनि ध्यानावस्थामा उभिरहिन्। सबै भक्तजनहरू एक-एक गरेर घरतिर लागे। पुजारी मात्र बाँकी रहे। अब सुखिया मन्दिरको बार्दली अगाडि आएर उभिइन्, जहाँ पुजारी बसिरहेका थिए र खाना पकिरहेको मधुर संगीत सुन्दै थिए। पुजारीले आहाट सुनेर गर्धन उठाए र सुखियालाई उभिएको देखे। रिसाएर भने, 'किन, तँ अझै उभिइरहेकी छेस्?'
सुखियाले थाल जमीनमा राखिन् र एक हात फैलाएर भीख माग्ने शैलीमा प्रार्थना गर्दै भनिन्, ‘महाराज जी, म अभागिनी हुँ। यही बच्चा मेरो जीवनको एक मात्र सहारा हो। ममाथि दया गर्नहोस्। तीन दिनदेखि यसले टाउको उठाएको छैन। तपाईंलाई ठूलो पुण्य हुनेछ, महाराज जी!’
पुजारीजी स्वभावले दयालु थिए, तर चमारिनलाई ठाकुरजी नजिक जान दिने घोरपाप उनी कसरी गर्न सक्थे ? के थाहा ठाकुरजीले यसको के दण्ड दिने हुन्? आखिर, उनको आफ्नै परिवार पनि त थियो। कतै ठाकुरजी रिसाएर गाउँको सर्वनाश गरिदिए भने के गर्ने?
यो भन्दै गर्दै सुखिया रोइन्। पुजारीजी स्वभावले दयालु थिए, तर चमारिनलाई ठाकुरजी नजिक जान दिने घोरपाप उनी कसरी गर्न सक्थे ? के थाहा ठाकुरजीले यसको के दण्ड दिने हुन्? आखिर, उनको आफ्नै परिवार पनि त थियो। कतै ठाकुरजी रिसाएर गाउँको सर्वनाश गरिदिए भने के गर्ने? उनले भने, ‘घर फर्केर भगवानको नाम ली, तेरो बच्चा ठीक हुनेछ। म यो तुलसीको पात दिन्छु, बच्चालाई खुवाइदे। चरणामृत उसको आँखामा लगाइदे। भगवानले चाहे भने सबै राम्रो हुनेछ।’
सुखिया, 'ठाकुरजीका चरणमा झुक्न दिनुहुन्न महाराज जी? म ठूलो दुखियारी हुँ। उधारो लिएर पूजाको सामग्री जुटाएकी छु। महाराजी, मैले हिजो सपनामा देखेकी थिएँ कि ठाकुरजीको पूजा गरेपछि बच्चा ठीक हुनेछ। त्यसैले म दौडेर आएकी हुँ। मेरो हातमा एक रुपैयाँ छ, त्यो तपाईँ लिनुस्, तर मलाई एक क्षण ठाकुरजीका चरणमा झुक्न दिनुस्।’
'अरे पागल, ठाकुरजी भक्तहरुको मनको भाव हेर्छन्, चरणमा झुकेको होइन। के तैले सुनेकी छैनस्, "मन चंगा तो कठौती में गंगा"?
सुखियाको यस प्रलोभनले पण्डितजीलाई एक क्षणका लागि विचलित गर्यो; तर मुर्खताको कारण ईश्वरको भय उनको मनमा केही बाँकी थियो । तुरुन्तै सँभालिएर भने, 'अरे पागल, ठाकुरजी भक्तहरुको मनको भाव हेर्छन्, चरणमा झुकेको होइन। के तैले सुनेकी छैनस्, "मन चंगा तो कठौती में गंगा"? मनमा भक्ति छैन भने हजार पटक भगवानको चरणमा झुके पनि केही हुँदैन। मसँग एउटा जन्तर छ । यो महंगो त छ तर तलाईँ म एक रुपैयामै दिन्छु। यो बच्चाको घाँटीमा बाँधिदे, भोलिसम्म बच्चा खेल्न थाल्छ।’
सुखियाले सोधी, 'ठाकुरजीको पूजा गर्न दिनुहुन्न?’
पुजारीले भने, 'तेरा लागि यति पूजा नै धेरै छ। जे कुरा कहिल्यै भएको छैन, म आज गरूँ र गाउँमा कुनै विपत्ति आयो भने के गर्ने? यो कुरा पनि त सोच् । यो जन्तर लैजा, भगवानले चाहे भने रातभरीमै बच्चाको कष्ट हट्नेछ। कसैको दृष्टि परेको छ। यो बच्चा धेरै चलाख देखिन्छ, सम्भवतः यो छत्तारी कुलको हो।’
सुखियाले भनी, ‘जबदेखि यसलाई ज्वरो आएको छ, मेरो प्राण नाकमा अड्किएको छ।’
पुजारी, ‘यो बालक धेरै भाग्यमानी छ। भगवानले यसलाई बचाए भने यसले तेरो सबै दुःख हर्नेछ । यो यहाँ खेल्न धेरै आउँथ्यो। तर यति दुई-तीन दिनदेखि देखेको थिइनँ।’
सुखिया, ‘जन्तरलाई कसरी बाँध्ने महाराज?’
पुजारी, 'म कपडामा बाँधेर दिन्छु। घाँटीमा लगाइदे। यसबेला तँ नयाँ कपडा खोज्न कहाँ जान्छेस् ।’
सुखियाले दुई रुपैयाँमा कडा धितो राखेकी थिइन्। एउटा पहिले नै खर्च भइसकेको थियो। दोस्रो पुजारीजीलाई दिइन् र जन्तर लिएर मन शान्त पार्दै घर फर्किन्।
सुखियाले घरमा पुगेर बच्चाको घाँटीमा जन्तर बाँधिदिइन्; तर जति रात बित्दै गयो, ज्वरो उति नै बढ्दै गयो। रातको तीन बज्न लाग्दा बच्चाका हातखुट्टा चिसा हुन थाले। तब उनी डराइन् र सोच्न थालिन्, हरे ! म व्यर्थै शंका गर्दै रहेँ र बिना ठाकुरजीका दर्शन नै फर्किएँ। यदि म भित्र गएको भए र भगवानको चरणमा ढल्ने थिएँ, त के कसैले मलाई केही गर्थे? यही त हुने थियो कि मानिसहरूले मलाई धकेलेर निकाल्थे, सायद पिट्थे पनि; तर मेरो इच्छा त पूरा हुने थियो। मैले ठाकुरजीका चरणमा आफ्ना आँसु झारेर बच्चालाई त्यहीँ सुताइदिएको भए के उनलाई दया नआउँदो हो? आखिर, उनी त दयालु भगवान् हुन्, गरीब दु:खीहरुको रक्षा गर्ने, के ममाथि दया गर्दैन थिए होलान् ? यो सोचेर सुखियाको मन बेचैन भयो। अब विलम्ब गर्ने समय थिएन। उनी अवश्य जानेछिन् र ठाकुरजीका चरणमा झुकेर रोएर प्रार्थना गर्नेछिन्। त्यस अबला (निर्बल)को आशङ्कित हृदयलाई सान्त्वना दिने अब यसबाहेक अरू कुनै उपाय थिएन। मन्दिरको ढोका बन्द होलान्, उनी ताल्चा तोडिदिनेछिन्। आखिर, के ठाकुरजी कसैका हातमा बिकेका छन् कि उनलाई कसैले बन्द गरेर राख्न सकून्?
कसैले उनलाई लाख रुपैयाँ नै दिन्थ्यो भने पनि उनी यस समय त्यहाँ आउने थिइनन्; तर बच्चाको मायाले सबै डर दबाइदिएको थियो। ‘हे भगवान्! अब तिम्रो नै भरोसा छ!’ यो जप्दै उनी मन्दिरतर्फ अगाडि बढिरहेकी थिइन्।
रातको तीन बजेको थियो । सुखियाले बच्चालाई कम्बलले छोपेर काखमा उठाइन्, एक हातमा थाल समाइन् र मन्दिरतर्फ लागिन्। घरबाट बाहिर निस्कने बित्तिकै चीसो हावाको झोंकाले उनको कलेजा काँप्न थाल्यो। शीतले खुट्टा कमजोर हुँदै गइरहेको थियो। त्यसमाथि चारैतिर घना अँध्यारो फैलिएको थियो। बाटो करिब दुई फर्लांगको थियो। हिँड्ने गोरेटो रूखहरूको छायामा हराइरहेको थियो। केही पर दायाँतर्फ एउटा पोखरी थियो, त्यसमै एक धोबी मरेको थियो। बाँसका झुप्पाहरू पनि त्यहीँ थिए, जहाँ चुडेलहरु बस्ने चर्चा सुनिन्थ्यो। बायाँतर्फ हरिया खेतहरू थिए। चारैतिर हावा चलिरहेको थियो, अँध्यारोबाट सायँ-सायँ आवाज आइरहेको थियो। अचानक स्यालहरूले कर्कश स्वरमा हुँआँ-हुँआँ गर्न थाले। हाय! यदि कसैले उनलाई लाख रुपैयाँ नै दिन्थ्यो भने पनि उनी यस समय त्यहाँ आउने थिइनन्; तर बच्चाको मायाले सबै डर दबाइदिएको थियो। ‘हे भगवान्! अब तिम्रो नै भरोसा छ!’ यो जप्दै उनी मन्दिरतर्फ अगाडि बढिरहेकी थिइन्।
मन्दिरको द्वारमा पुगेर सुखियाले जंजीर छामेर हेरिन्। ताला लागेको थियो। पुजारी आगनसँगै जोडिएको कोठामा ढोका बन्द गरेर सुतिरहेका थिए। चारैतिर अँध्यारो छाएको थियो। सुखियाले आगनबाट एउटा इँटा उठाएर ल्याइन् र जोडजोडले तालामा हिर्काउन थालिन्। उसका हातमा एक्कासि यति धेरै शक्ति कहाँबाट आयो, थाहा थिएन। दुई-तीन चोटमै ताला र इँटा दुवै टुटेर खसे। सुखियाले ढोका खोलिन् र भित्र छिर्नै लागेकी थिइन् कि पुजारी ढोका खोल्दै अत्तालिएका निक्ले र 'चोर! चोर!' भनी चिच्याउँदै गाउँतिर दौडिए। जाडोमा प्रायः आधी रात बित्दा नै मानिसको निद्रा खुल्थ्यो। यो हल्ला सुन्नासाथ केही मानिसहरु लालटिन लिएर यताउताबाट निस्किए र सोध्न थाले, 'कहाँ छ? कहाँ छ? कता गयो?'
पुजारीले भने, 'मन्दिरको ढोका खुला छ। मैले खटखटको आवाज सुनेँ।'
अचानक, सुखिया भित्रबाट निस्केर आगनमा आइन् र भनिन्, 'चोर होइन म हूँ, ठाकुरजीको पूजा गर्न आएकी थिएँ। भित्र त पसेकै थिइनँ, हल्ला मचाइदियौ।'
पुजारीले भने, 'अब अनर्थ भयो! सुखिया मन्दिरमा पस्न गइन् र ठाकुरजीलाई भ्रष्ट पारिन्!'
एक्कासि, बलिया ठाकुरले उनलाई यति जोरले धक्का दिए कि बच्चा उनको हातबाट छुटेर जमिनमा खस्यो। तर, बच्चा न रोयो, न बोल्यो, न सास नै फेर्यो। सुखिया पनि ढलिन्।
त्यसपछि के चाहियो, केही मानिसहरु रिसाएर दौडिए र सुखियामाथि लातामुक्का बर्साउन थाले । सुखियाले एक हातले बच्चालाई समाएकी थिइन् र अर्को हातले उसको रक्षा गरिरहेकी थिइन्। एक्कासि, बलिया ठाकुरले उनलाई यति जोरले धक्का दिए कि बच्चा उनको हातबाट छुटेर जमिनमा खस्यो। तर, बच्चा न रोयो, न बोल्यो, न सास नै फेर्यो। सुखिया पनि ढलिन्। सम्हालिएर बच्चालाई उठाउन खोज्दा उसको मुख देखिन्। यस्तो लाग्थ्यो मानौं पानीमा छायाँ हो । उसको मुखबाट एक चिच्याहट निस्क्यो। बच्चाको निधार छामेर हेरिन्, सारा शरीर चिसो भइसकेको थियो। लामो सास फेरिन् र उठिन्। उसको आँखामा आँसु आएन। उसको अनुहार क्रोधको ज्वालाले रातो भएको थियो, आँखाबाट आगो निस्किरहेको जस्तो लाग्थ्यो। दुबै मुठ्ठी कसिए। दाँत किटेर उनी कराइन्, 'पापीहरू, मेरा बच्चाको प्राण लिएर टाढा किन उभिएका छौ? मलाई पनि किन उसैसँग मारी हाल्दैनौ? मैले छोएर ठाकुरजीलाई छूत लाग्यो? पारसलाई छोएर फलाम सुन हुन्छ, तर पारस फलाम हुन सक्दैन। मैले छोएर ठाकुरजी अपवित्र हुनेछ ! मलाई बनाउँदा छोइछिटो लागेन? अब म कहिल्यै ठाकुरजीलाई छुन आउँदिनँ। ताला लगाएर राख, पहरा लगाऊ। हरे, तिमीलाई दयाले पनि छुन सकेन! तिमीहरू यति कठोर छौ! बालबच्चा भएका भएर पनि तिमीहरूलाई एक अभागिनी आमामाथि दया जागेन ! अनि धर्मका ठेकेदार बन्दछौ! तिमीहरू सबै हत्यारा हौ, मुर्ख हत्यारा। डर नमान, म थाना-पुलिस जाँदिनँ। मेरो न्याय भगवानले गर्नुहुनेछ, अब उहाँकै दरबारमा गुहार लगाउँछु।'
कसैले केही बोलेन, न त कसैले नै सास फेर्यो। सबैजना ढुङ्गाका मूर्तिजस्तै टाउको झुकाएर उभिएका थिए। त्यत्तिबेलासम्म सिंगो गाउँ जम्मा भइसकेको थियो। सुखियाले फेरि एकपल्ट बच्चाको मुखमा हेरिन्। उनको मुखबाट निस्क्यो, 'हरे, मेरो छोरा!' अनि उनी बेहोस भएर ढलिन्। उनको प्राण गयो। बच्चाको लागि उनले आफ्नो प्राण त्यागिन्।
आमा, तिमी धन्य छौ। तिमी जस्तो निष्ठा, तिमी जस्तो श्रद्धा, तिमी जस्तो विश्वास देवताहरुलाई पनि दुर्लभ छ!
समकालीन समयमा हुने गरेको दलित उत्पीडन एवं समाजमा व्याप्त अन्धविश्वासको गहिरो चित्रण एवं भण्डाफोर गर्ने प्रेमचन्दको चर्चित कथा ‘मन्दिर’को नेपाली रुपान्तरण ।
प्रतिक्रिया