स्वास्थ्य सेवा प्रत्येक नागरिकको घरदैलोमा पुऱ्याउने उपाय के ?

आवश्यकता परम्परागत र अत्याधुनिक ओखतीको एकीकरण

स्वास्थ्य सेवालाई हामी कहाँ हुने खानेले मात्र किन्न सक्ने बस्तु बनाइँदै छ । पैसा छ, तपाईं उपचार गराउन सक्नुहुन्छ । पैसा छैन, तपाईं बिना उपचार मर्नु हुन्छ । अझ देशको कुना काप्चामा तपाईं रहनुहुन्छ भने, त्यहाँ कुनै डाक्टर पुग्दैन । तपाईंलाई रोग लाग्यो भने उत्तिकै पिल्सिएर मर्नु सिवाय केही उपाय रहँदैन ।

यस धारणाको इतिहास र दर्शन

प्राथमिक स्वास्थ्य सेवाको धारणा यही समस्याबाट मुक्ति पाउन पैदा भएको हो । स्वास्थ्य सेवा सबै नागरिकले पाउनु पर्छ । स्वास्थ्य सेवा 'खालि धनवानले मात्र किन्न सक्ने बस्तु हुनुहुन्न, सबै नागरिकको अधिकारको कुरा हुनुपर्दछ, यो सर्वव्यापी र सर्व सुलभ हुनु पर्छ । देशको कुनै पनि कुनामा बस्ने मानिस किन नहोस्, उसले आधारभूत स्वास्थ्य सेवा पाउनु पर्दछ ।

प्राथमिक स्वास्थ्य सेवाको मूल सिद्धान्त यही हो ।

देश जति सुकै विकसित होस्, स्रोत र साधनको सीमा भइहाल्छ । तपाईं देशको हरेक कुनामा एकैचोटि अस्पताल त बनाउन सक्नु हुन्न । न त विशेषज्ञहरु र अत्याधुनिक स्वास्थ्य सेवाको प्रविधि नै सबै ठाउँमा एकैचोटि उपलब्ध गराउन संभव हुन्छ । त्यो स्थितिमा सामाजिक न्याय र समानताको आधारमा देशको प्रत्येक भागमा स्वास्थ्य सेवा कसरी उपलब्ध गराउने ? कसरी कुनाकाप्चामा बसेका नागरिकहरुले समेत स्वास्थ्य सेवा प्राप्त गर्ने प्रबन्ध गर्ने ? यही समस्या हल गर्ने सिलसिलामा चीनमा क्रान्तिपछि “प्राथमिक स्वास्थ्य सेवा" को धारणा र "नांगो खुट्टा भएका डाक्टरहरु (Bare Foot Doctor) को धारणा विकसित भयो । “नाङ्गो खुट्टा भएका डाक्टर" हरु नै यस्तो उपाय थियो, जसमार्फत प्राथमिक स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी ज्ञान देशको कुना काप्चासम्म पनि पुर्‍याउनु संभव भयो, १०/२० वर्षमै चीनको स्वास्थ्य "स्थितिमा कायापलट गर्न संभव भयो ।

चीनको यो सफलताबाट प्रभावित भएरै नै विश्व स्वास्थ्य संगठन (WHO) ले प्राथमिक स्वास्थ्य सेवाको धारणालाई सबैको लागि स्वास्थ्य उपलब्ध गराउने साधनको रुपमा सिद्धान्ततः स्वीकार गरयो र आफ्ना सदस्य राष्ट्रहरुलाई स्वास्थ्य नीति यसै अनुरुप बनाउन आह्वान गर्यो । नेपाल लगायत थुप्रै विकासोन्मुख मुलुकहरुमा प्राथमिक स्वास्थ्य सेवाको सिद्धान्तलाई प्रयोगमा ल्याइयो । आज नेपालमा राज्यले जुन स्वास्थ्य नीतिको वकालत गरेको छ, त्यो यही सिद्धान्तमा आधारित छ । तुलनात्मक दृष्टिले हेर्ने हो भने हाम्रो देशमा भएका ४ हजारभन्दा बढी ग्रामिण स्वास्थ्य कार्यकर्ता (Village Health Worker) लाई चीनको (Bare Foot Doctor) संग दाज्न सकिन्छ ।

“नाङ्गो खुट्टा भएका डाक्टर" हरु नै यस्तो उपाय थियो, जसमार्फत प्राथमिक स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी ज्ञान देशको कुना काप्चासम्म पनि पुर्‍याउनु संभव भयो, १०/२० वर्षमै चीनको स्वास्थ्य "स्थितिमा कायापलट गर्न संभव भयो ।

प्राथमिक स्वास्थ्य सेवाको धारणा त यसकारण एउटा स्वास्थ्य- दर्शन हो । आधारभूत स्वास्थ्य सेवा सबै नागरिकहरुले पाउनु पर्छ भन्ने स्वास्थ्य- दर्शनमा यो आधारित छ । कुनै जरुरी छैन कि यो दर्शन सबै मुलुकमा एकै किसिमले लागु गर्नु पर्छ । अलग अलग मुलुकमा अलग अलंग तरीकाबाट यो लागू हुन सक्छ ।

हाम्रो देशमा पनि प्रा.स्वा.से. त प्रयोग गरियो तर प्रा. स्वा. से. को नाममा केवल रोग रोकथाम (Prevention) को नारा दिइयो र रोकथामलाई पनि साँगुऱ्याएर खोपमा सीमित गरियो । त्यही खोप पनि अनुदान नआए संभव हुँदैन । त्यसैले नेपालमा प्राथमिक स्वास्थ्य सेवालाई स्वास्थ्य नीतिको रुपमा राज्यले स्वीकारेको र यसलाई लागु गरेको झण्डै १५ वर्ष पुग्न लाग्दा पनि आज बहुसंख्यक नेपालीको स्वास्थ्यको स्तर भने अस्वीकार्य रुपमा नै निम्न छ । यसर्थ, यो त भन्नै पर्छ कि हाम्रो मुलुकमा प्रा.स्वा.से. नराम्रोसंग असफल भयो ।

चीनको सफलताको रहस्य

तर चीनमा यो ज्यादै सफल रह्यो । यस्तो किन भयो?- यो सवालमा विचार विमर्श गर्न जरुरी छ । प्रत्येक दर्शन सफलतापूर्वक लागु हुनका लागि त्यो दर्शन अनुकूलको प्रतिबद्धता चाहिने हुन्छ, पद्धति चाहिने हुन्छ । आवश्यक प्रतिबद्धता र पद्धतिको अभावमा राम्रो भन्दा राम्रो दर्शन पनि व्यवहारमा लागु नहुने हुन्छ । चीनमा प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी धारणा किन राम्ररी लागु हुन सक्यो भने, त्यहाँ यो लागु गर्ने सरकारमा र पार्टीमा राजनीतिक प्रतिबद्धता थियो र यो लागु गर्नको लागि चाहिने राजनीतिक पद्धति पनि त्यहाँ विद्यमान थियो । त्यसैले, त्यहाँ यो धारणा राम्रोसंग लागु हुन सक्यो ।

चीनमा प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी धारणा किन राम्ररी लागु हुन सक्यो भने, त्यहाँ यो लागु गर्ने सरकारमा र पार्टीमा राजनीतिक प्रतिबद्धता थियो र यो लागु गर्नको लागि चाहिने राजनीतिक पद्धति पनि त्यहाँ विद्यमान थियो ।

भारत र नेपालमा ती दुवै कुरा भइदिएनन् । न त सरकार र सत्तारुढ पार्टीमा यसको लागि आवश्यक राजनीतिक प्रतिबद्धता रह्यो, न राजनीतिक पद्धति नै यो लागु गर्नको लागि अनुकूल र सहायक रह्यो । त्यसको अभावमा यहाँ त्यही उन्नत दर्शन पनि सही तवरले लागु हुन सकेन ।

त्यसैले, यसको देखाएको छ- स्वास्थ्य सेवा सम्बन्धी सवाललाई अलग्गै रुपमा, फुट्टो रुपमा हेर्नु गलत हुन्छ । स्वास्थ्य सेवालाई सबैको निम्ति सुलभ र सबैको निम्ति प्राप्त बनाउने हो भने सामाजिक, न्याय र समानतामा आधारित स्वास्थ्य- दर्शन नै लागु गर्ने हो भने पनि- त्यसलाई आवश्यक पर्ने राजनीतिक पद्धति र प्रतिबद्धता पनि साथसाथै चाहिने हुन्छ । ती कुरा यथावत राखेर फगत स्वास्थ्य क्षेत्रमा मात्रै सामाजिक न्याय र समानता ल्याउन र स्वास्थ्य क्षेत्रमा मात्रै क्रान्ति ल्याउन संभव छैन ।

चीनको "नांगो खुट्टा भएका डाक्टर" को प्रयोगमा भएको अर्को महत्वपूर्ण कुरा थियो- जनताको सहभागिता र जनताको शक्तिकरण (Empowerment) को प्रक्रिया ।

प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी चिनियाँ धारणाको एउटा महत्वपूर्ण कडी थियो- जनताको सहभागिता र जनताको शक्तिकरणको प्रक्रियाद्वारा स्वास्थ्य सेवा ।

"नांगो खुट्टा भएका डाक्टरहरु" कुनै राज्यको तर्फबाट नियुक्त भएका डाक्टर थिएनन् । ती डाक्टरहरुको पारिश्रमिक स्थानीय समुदायबाटै दिइन्थ्यो । तिनको छनौट पनि स्थानीय समुदायबाटै हुन्थ्यो र ती स्थानीय समुदायप्रति नै उत्तरदायी हुन्थे । तिनले स्थानीय समुदायसंगै रहेर उनीहरुसंग काम गर्दै जनताको स्वास्थ्य चेतना जागृत गर्थे र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्थे । जनताको सहभागितामा स्वास्थ्य चेतना जागृत गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने एवं बढ़ाउने कार्य हुन्थ्यो । यसरी प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी चिनियाँ धारणाको एउटा महत्वपूर्ण कडी थियो- जनताको सहभागिता र जनताको शक्तिकरणको प्रक्रियाद्वारा स्वास्थ्य सेवा । राज्यले त खालि सहयोगीको भूमिका खेल्थ्यो- आवश्यक तालिम प्रदान गरेर र आवश्यक न्यूनतम साधन र प्रविधि उपलब्ध गराएर । बाँकी सबै निर्णय गर्ने अधिकार जनताकै हुन्थ्यो ।

सोभियत संघको जीवन्त अनुभव

मैले सोभियत संघको स्वास्थ्य सुविधा सम्बन्धी स्थिति आफैँले हेरेको छु । त्यहाँको स्वास्थ्य सेवाको संरचना (Network) असाध्यै राम्रो थियो, संसारमा सबैभन्दा विकसित मध्ये एउटा थियो । प्रत्येक २००० जनसंख्याको लागि एउटा डाक्टरको प्रबन्ध गरिएको हुन्थ्यो । त्यो डाक्टरको सिफारिशमा विशेषज्ञहरुको सेवा उपलब्ध गराइने प्रबन्ध थियो । सबै स्वास्थ्य उपचार निःशुल्क थियो । प्रत्येक नागरिकहरुको स्वास्थ्यको रेकर्ड एउटा जिम्मेवार डाक्टरसंग हुन्थ्यो । उसको सिफारिशमा देशको कुनै पनि साधन सम्पन्न अस्पतालमा विशेषज्ञद्वारा नागरिकको 'गम्भीर रोगको उपचार हुन सक्थ्यो । यस्तो राम्रो प्रबन्ध थियो त्यहाँ । देशको कुना कुनासम्म स्वास्थ्य उपचार सेवा विस्तार गरिएको थियो ।

सोभियतसंघमा सबै कुरा राज्यले दिएको दानका रुपमा थियो । त्यसैले, जनतामा “यो त हाम्रै त हो नि” भन्ने अनुभूति थिएन । जनतासा "सबै निर्णय गर्ने हामी नै हौ नि” भन्ने शक्तिबोध थिएन ।

तर यी सबै कुराको बाबजूद त्यहाँ एउटा कुरा भने मैले देखिनँ, त्यो हो- जनताको सहभागिता र शक्तिकरण (Empowerment) को प्रक्रिया । सबै कुरा राज्यले दिएको दानका रुपमा थियो । त्यसैले, जनतामा “यो त हाम्रै त हो नि” भन्ने अनुभूति थिएन । जनतासा "सबै निर्णय गर्ने हामी नै हौ नि” भन्ने शक्तिबोध थिएन । स्वास्थ्य सेवामा जनताको सहभागिता थिएन । त्यसको अभावमा त्यति राम्रो स्वास्थ्य सेवालाई पनि “यो त यस्तै त हो नि” भनेर (Taken for granted) लिने प्रवृत्ति जनतामा थियो । संभवतः स्वास्थ्य मात्रै होइन, सबै कुरामा त्यहाँ यस्तो थियो ।

त्यसैले, सोभियत समाजवादी राज्य राजनीतिक व्यवस्था ढल्ने बित्तिकै सारा कुरासहित गर्ल्याम गुर्म्युम ढल्यो । यो दीगो रहन सकेन ।

चीनको नक्कल

माओकालनी चीनको प्रयोग योभन्दा निक्कै फरक रह्यो । स्वास्थ्य सुविधाच चीनमा पनि बढाइयो । सम्पूर्ण स्वास्थ्य उपचार नि:शुल्क पारियो । तर सबैभन्दा मुख्य कुरा– स्वास्थ्य सेवालाई जनमुखी पारियो । यसलाई जनताको सहभागिता र शक्तिकरणको प्रक्रियामा आधारित पारियो र यसरी यसलाई सर्व सुलभ पारियो ।

भारत र नेपालमा चीनियाँ अनुभवको नक्कल गर्दै प्राथमिक स्वास्थ्य सेवा नीति लागु त गरियो । तर यहाँ पनि यो जन सहभागिता र जनताको शक्तिकरणको प्रक्रिया आधारित गरिएन । त्यसैले दुवै देशमा यो राम्ररी लागु हुन सकिरहेको छैन ।

जनताको शक्तिकरणको लागि शासक प्रशासक सबैले आफूलाई अशक्तिकरण गर्नु पर्ने हुन्छ । अर्थात्, आफूमा रहेको शक्ति जनतामा स्थानान्तरण गर्दै लानु पर्ने हुन्छ । राज्यले जनताको आलोचनात्मक चेतना बढाउँदै लैजान भूमिका खेल्नु पर्ने हुन्छ । आलोचनात्मक चेतना भएका जनताले नै आफ्नो स्वास्थ्यको लागि यो यो चाहियो भनेर बोध गर्ने, त्यसको प्रबन्धको लागि संघर्ष गर्ने र आफ्नो पहलमा त्यसको व्यवस्था गर्ने स्थिति हुन्छ । त्यस्तो जनताको पहलमा भएका स्वास्थ्य विकासका कार्यहरु दीगो हुन्छन् । सरकारले दान र दया स्वरुप दिएका ठूला ठूला कुराभन्दा जनताको आफ्नै पहल र सहभागितामा भएका ससाना उपलब्धिहरु बेसी दीगो र चीरस्थायी हुन्छन् । दानले निर्भरता ज्यूँका त्यूँ बाँकी रहन्छ । स्व–पहल सहभागिताले आत्मनिर्भरता बढ्दछ ।

तर जनताको सशक्तिकरणको प्रक्रिया थाल्न जनताप्रति अपार विश्वास र प्रतिबद्धता हुनुपर्‍यो । जनताको  चेतनशीलता र आलोचनात्मकताप्रति भरोसा हुनुपर्यो । यहाँ त्यो नै भै दिएन । जनता सचेत भए भने सत्ताले खतरा महसूस गर्ने, जनतामा आलोचनात्मकता बढ्यो भने सत्ताले आफ्नो कुर्सी हल्लिएको ठान्ने स्थिति यहाँ रह्यो । त्यसैले, जनताको सहभागिता र शक्तिकरणको प्रक्रिया नै शुरु भएन यहाँ । अनि कसरी प्राथमिक स्वास्थ्य सेवाको प्रयोग सफल हुने ? एक ट्याब्लेट ओखतीको लागि पनि केन्द्रमै मुख ताक्नु पर्ने स्थिति बनाई राखियो यहाँ, ताकि- सत्ता दयालु र कृपालु देखियोस्, जनताको आँखामा । जनतालाई हमेशा आफूप्रति निर्भर बनाईराख्ने, दयाको पात्र बनाईराख्ने प्रक्रियाबाट कहिल्यै जनताको शक्तिकरण हुन सक्दैन । जनताको शक्तिकरणको प्रक्रियाबिना प्राथमिक स्वास्थ्य सेवाको सिद्धान्त व्यवहारमा लागु हुन सक्दैन । यही कारणले नेपाल र भारतमा प्राथमिक स्वास्थ्य सेवाको प्रयोग सफल हुन सकिरहेको छैन ।

परम्परागत र अत्याधुनिक पश्चिमी औषधीको एकीकरण

चीनियाँ अनुभवको एउटा अर्को महत्वपूर्ण पक्ष हो- परम्परागत ओखती र अत्याधुनिक पश्चिमी ओखतीको एकीकरण र संश्लेषण । परम्परागत ओखतीबाट राम्रा कुराहरु जति लिदै, नराम्रा कुराहरु छोड्दै र नपुग कुराहरु पश्चिमेली आधुनिक ओखतीबाट पूरा गर्दै त्यहाँ परम्परागत र आधुनिक ओखतीलाई एकीकृत गरियो । यसले स्वास्थ्य उपचारको क्षेत्रमा निकै ठूलो फेरबदल ल्यायो, निकै उल्लेखनीय प्रगति भयो । अक्युपंचर उपचार प्रणाली अहिले विश्वव्यापी रुपमा चर्चित छ । त्यो यसैको देन हो । चीनको लामो परम्परा छ, ओखतीको सम्बन्धमा । त्यो पुरानो परम्पराबाट असल कुराको एकीकरणको सिलसिलामा थुप्रै प्रभावकारी ओखतीहरु विकास भएका छन्- असाध्य रोगहरुको लागि ।

हाम्रो यहाँ पनि परम्परागत र अत्याधुनिक ओखतीको एकीकरण आवश्यक छ । हामीसंग थुप्रै परम्परागत राम्रा ओखतीहरु छन् । जस्तो- सुत्केरीको बेला ज्वानु खानु, घरमा तुलसीको बोट रोप्नु, नीमले दाँत माझ्नु, भाँचिएको- ठोक्किएको बेला खयर लगाउनु आदि । यी वैज्ञानिक रुपले पनि राम्रा ओखती हुन् । तर एकीकरणको अभावमा यी प्रभावकारी परम्परागत ओखतीहरु बिर्सिदै, खतम हुँदै जाँदैछन्। आयुर्वेदसंग पश्चिमेली ओखतीको एकीकरण हुन सकेमा थुप्रै असाध्य रोगहरुको उपचार संभव हुन सक्छ ।

तर पश्चिमेली ओखती र आयुर्वेदलाई एकीकृत गर्नु पर्ने ठाउँमा एकले अर्कोलाई बैरीको रुपमा, निषेधकारीका रुपमा हेर्ने पद्धति यहाँ चलन चल्तीमा छ । यो गलत भएको छ। नयाँ स्वास्थ्य नीतिले पनि पश्चिमेली ओखती र परम्परागत ओखतीलाई एकीकृत गर्ने सोच ल्याएको छैन। आयुर्वेद र पश्चिमेली ओखतीलाई एकीकृत गर्ने भनेर आयुर्वेदका विद्यार्थीलाई पश्चिमेली ओखतीको कोर्स राखिएकोमा आयुर्वेद अभ्यास गर्ने उपयुक्त पूर्वाधार खडा नगरिनाले आयुर्वेदका मानिसहरु पनि पश्चिमेली ओखती नै अभ्यास गरिरहे- छन् । हाम्रो दुःखान्त यही हो ।

नेपालमा कति उपयुक्त छ ?

यी सब हिसावबाट प्राथमिक स्वास्थ्य सेवाको धारणा नेपालमा र सबैजसो देशमा सान्दर्भिक र उपयुक्त हुन सक्छ । हाम्रो मुलुकमा पनि हामी सबै गाउँमा अस्पताल त बनाउन सक्दैनौं । विशेषज्ञहरु र अत्याधुनिक प्रविधिहरु सबै गाउँमा पुर्याउनु पनि संभव छैन । यो स्थितिमा सामाजिक न्याय र समानताको आधारमा सबै नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गर्ने उपाय अर्को के छ त ? मेरो विचारमा "नांगो खुट्टा भएका डाक्टर" को अवधारणा नै एक मात्र उपाय हो, प्राथमिक स्वास्थ्य सेवाको सिद्धान्त नै एक मात्र बाटो हो ।

तर, फेरि पनि, यो बाटो थलग रुपमा अप्नाउन संभव अलग हुँदैन । यसका लागि सरकारसित राजनीतिक प्रतिबद्धता चाहिन्छ । जनमुखी राजनीतिक पद्धति चाहिन्छ ।

मूल्याङ्कन २०५० पुस अङ्कमा प्रकाशित

https://img2.chinadaily.com.cn