के नेपाली समाज मृत समाजमा रूपान्तरित भएकै हो त ?
अहिलेका नेपाली जनता र राजनीतिक दलहरू केही दशक पहिलेका नेपाली जनता र राजनीतिक दलहरू जस्तै भएको भए यिनीहरूले के गर्थे होलान् ? निश्चयै पनि यिनीहरूले हत्यारा इजरायली सरकारको विरुद्ध र प्यालेस्टिनी जनताको बाँच्न पाउने सार्वभौम अधिकारको पक्षमा नेपालका सडक, गल्लीहरूमा आवाज बुलन्द गर्ने थिए, देशका सञ्चार माध्यमहरूले इजरायली जल्लादहरूको मानवता विरोधी गतिविधिहरूको भण्डाफोर गर्ने थिए...
नेपालीहरू र उनीहरूको योगफल नेपाली समाज ऊर्जा र जीवनद्वारा भरिपूर्णताको निमित्त विश्वमै चर्चित समाज हो । वीरता तथा शक्तिसँग नझुक्ने र सत्यसँग जोरी नखोज्ने, संसारको कुनै पनि कुनामा हुने अन्याय-अत्याचारको विरुद्ध निर्भिकताका साथ आवाज उठाउने कुराको लागि नेपालीहरू उदाहरणीय छन् । आफ्ना अधिकारहरूको हनन् हुँदा मात्र होइन, अरू मुलुकहरू र त्यहाँका जनताका अधिकारहरू हनन् हुँदा होस् वा तिनीहरू विरुद्ध हुने दमन, उत्पीडन, शोषण एवं हत्याको यी सबैका विरुद्ध डटेरै विरोध गर्ने, यहाँसम्म कि आवश्यक परे हाँसी हाँसी आहुति दिने जातिका रूपमा इतिहासमा सुनौलो अक्षरमा नाउँ कुँद्न नेपालीहरू सफल भएका छन् ।
आन्तरिकरूपमा राणा शासन विरुद्धको आन्दोलन, २०१७ सालमा तत्कालिन राजाले गरेको जननिर्वाचित सरकार र संसद्को विघटनका विरुद्धको आन्दोलन; निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध तीनदशक लामो अविच्छिन्न सङ्घर्ष; गणतन्त्र स्थापनाको आन्दोलन; नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षार्थ साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्धको गौरवपूर्ण सङ्घर्ष; देशको सार्वभौम सत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतामाथि आँच आउने द्विपक्षीय, त्रीपक्षीय सन्धि, सम्झौता र समझदारीहरूको खारेजीको लागि चलेका ऐतिहासिक सङ्घर्षहरू; २००६ सालदेखि नयाँ जनवादी गणतन्त्रको प्राप्ति र समाजवाद निर्माणको महान् लक्षलिएर चलेको निरन्तरका सङ्घर्षहरू, खासगरेर दशवर्ष चलेको महान् जनयुद्ध र त्यस दौरानमा दशौँ हजार वीरवीरङ्गनाहरूले प्राप्त गरेको शहादत त्यसका केही शानदार उदाहरणहरू हुन् ।
यसैगरेर वाह्यरूपमा संसारका विभिन्न भागहरूमा चलेका नयाँ जनवादी, समाजवादी र देशभक्तिका आन्दोलनहरूको पक्षमा र साम्राज्यवाद, प्रभुत्ववाद एवं संशोधनवाद विरुद्ध चलेका सङ्घर्षहरूमा नेपालीहरूको समर्थन तथा सहभागिता गौरव गर्न लायक संस्मरणहरू हुन् ।
दोस्रो विश्वयुद्धको दौरानमा फासीवाद विरुद्धको विश्वव्यापी सङ्घर्ष र भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको ऐतिहासिक समर्थन तथा सहभागिता यससम्बन्धमा साच्चिकै प्रशंसनीय छ । त्यस्तै, बङ्गलादेशको सन् १९७१ को स्वतन्त्रता आन्दोलनको समर्थन तथा एक चीन नीतिको विरुद्ध गएको खप्पा विद्रोहमाथि नेपालद्वारा गरिएको दमन यस सन्दर्भमा गौरव गर्न लायकका घटनाहरू हुन् । घटनागतरूपमा पाकिस्तानमा सन् १९७९ मा गरिएको जुल्फीकार अली भुट्टोको हत्या, फोकल्याण्डमाथि बेलायती सैन्य हस्तक्षेप आदिका विरुद्ध र पेरुको नयाँ जनवादी क्रान्तिको र पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुजमानको गिरफतारीपछि विश्वव्यापी रूपमा उहाँको जीवनरक्षार्थ चलेको आन्दोलनको पक्षमा लाखौँलाख नेपाली जनताहरूले देखाएको सक्रिय समर्थन आदि तथ्यहरू त्यस सन्दर्भमा विशेषरूपले उल्लेखनीय छन् ।
केही दशकयता नेपाली जनता, राजनीतिक दलहरू र नेपाली समाज उपभोक्तावादी संस्कृतिको आहालमा चुर्लुम्म डुबेको छ । सत्ता, पैसा र बल बाहेक अरू कुनै पनि कुराहरू तिनीहरूका चासोभन्दा बाहिरका फाल्तुका कुरा बन्न पुगेका छन् । यी चीजहरूको प्राप्तिको निमित्त जे गर्नपनि तयार हुने चरित्र अहिलेको नेपाली समाजको चरित्र बनेको छ ।
तर अहिले यो यथार्थतामा व्यापक परिवर्तन आएको छ । नेपाली जनताहरू, नेपालका राजनीतिक दलहरू र नेपाली समाजको स्वरूपमा व्यापक बदलाव आएको छ । केही दशकयता नेपाली जनता, राजनीतिक दलहरू र नेपाली समाज उपभोक्तावादी संस्कृतिको आहालमा चुर्लुम्म डुबेको छ । सत्ता, पैसा र बल बाहेक अरू कुनै पनि कुराहरू तिनीहरूका चासोभन्दा बाहिरका फाल्तुका कुरा बन्न पुगेका छन् । यी चीजहरूको प्राप्तिको निमित्त जे गर्नपनि तयार हुने चरित्र अहिलेको नेपाली समाजको चरित्र बनेको छ । त्यही भएर आज देश लगभग पूर्णरूपले परनिर्भर हुनुका साथै शक्तिराष्ट्रहरूको युद्धमैदानमा रूपान्तरित हुँदैछ ।
जुल्फीकर अली भुट्टोको हत्या, भारतीय चलचित्रहरूमा नेपालको राष्ट्रिय स्वाधिनतामाथि आँच पुर्याउने शब्दावलीहरूको प्रयोग, फोकल्याण्डमाथि बेलायतको सैन्य हस्तक्षेप जस्ता घटनाहरूको विरुद्ध नेपालका सडक, खासगरेर काठमाडौँलाई विद्रोहको केन्द्रमा बदल्ने नेपालीहरूलाई अहिले दश महिनाको बीचमा इजराइलद्वारा ४० हजारभन्दा बढी प्यालेस्टिनी जनताहरू, जसमा बालबालिका र महिलाहरूको सङ्ख्या बढी छ, माथि मिसायल तथा बम आक्रमण र गिरफ्तारीपछिको हत्याले छुनसम्म सकेको छैन । यस्तो लाग्छ कि नेपाली जनता र राजनीतिक दलहरू एक्काइसौँ शताब्दी यो क्रुर नरशंहारको सम्बन्धमा बेखबर छन् । आफ्नो व्यक्तिगत र दलगत स्वार्थका लागि निमेषमा सडक, गल्ली र सदन तताउने नेपाली जनता र राजनीतिक दलहरू इजरायली सरकार र उसको बर्बर सेनाको रक्तस्नान (blood bath) मा तमासे बनेका छन् ।
नेपालका राजनीतिक दलहरू र सरकार प्यालेस्टिनीहरूको हत्या अभियानमा लागेका इजरायली हत्याराहरूको सेवामा कमी नहोस्, नोकरहरूको अभावका कारण तिनीहरूले समस्याहरूको सामना गर्न नपरोस् भनेर आफ्ना नागरिकहरूलाई यिनीहरूको सेवाको निमित्त छिट्टोभन्दा छिट्टो चाकरहरू पठाउन युद्धस्तरमा काम गरिरहेका छन् ।
इजरायली क्रुर नरशंहारको डटेर विरोध र प्यालेस्टायनी जनताको बाँच्न पाउने अधिकारको पक्षमा आवाज बुलन्द गर्नुका विपरीत नेपालीहरू इजरायली मालिकहरूको सेवा गर्न सुसारेको जागिरको लागि लामोलाइनमा प्रतिरक्षारत छन् । साथै, नेपालका राजनीतिक दलहरू र सरकार प्यालेस्टिनीहरूको हत्या अभियानमा लागेका इजरायली हत्याराहरूको सेवामा कमी नहोस्, नोकरहरूको अभावका कारण तिनीहरूले समस्याहरूको सामना गर्न नपरोस् भनेर आफ्ना नागरिकहरूलाई यिनीहरूको सेवाको निमित्त छिट्टोभन्दा छिट्टो चाकरहरू पठाउन युद्धस्तरमा काम गरिरहेका छन् । धन्यवाद छ नेपाली जनता, राजनीतिक दलहरू र सरकारलाई आफ्ना ‘अन्नदाता मालिकहरू’का असुविधाहरूलाई यति गम्भीररूपले ध्यान दिएकोमा !
अहिलेका नेपाली जनता र राजनीतिक दलहरू केही दशक पहिलेका नेपाली जनता र राजनीतिक दलहरू जस्तै भएको भए यिनीहरूले के गर्थे होलान् ? निश्चयै पनि यिनीहरूले हत्यारा इजरायली सरकारको विरुद्ध र प्यालेस्टिनी जनताको बाँच्न पाउने सार्वभौम अधिकारको पक्षमा नेपालका सडक, गल्लीहरूमा आवाज बुलन्द गर्ने थिए, देशका सञ्चार माध्यमहरूले इजरायली जल्लादहरूको मानवता विरोधी गतिविधिहरूको भण्डाफोर गर्ने थिए, विश्वव्यापीरूपमा इजरायललाई एक्ल्याउने अभियानको एउटा कडीको रूपमा सरकारलाई त्योसित कूटनीतिक सम्बन्ध तोड्न दबाब दिनुका साथै इजरायली मालिकहरूको सेवाका लागि नेपाली नागरिकहरू पठाउने सरकारको योजना असफल पार्ने थिए । तर आज नेपाली र नेपालका राजनीतिक दलहरूको चरित्रमा व्यापक बदलाव आएकोले यी सबै कुराहरू मिथक् बनेका छन् ।
मुर्दा समाजका प्रत्येक मुर्दाहरूको भलो होस् !
२०८१ साउन ३१
प्रतिक्रिया