भगवान कसका ?

बुबा धार्मिक प्रवृत्तिका थिए । पढेलेखेका मानिसहरू उनलाई श्रद्धा गरेर ‘महानुभाव’ भनेर बोलाउने गर्थे । उनी जता जान्थे, आदरभावले नमस्ते गर्नका लागि हातहरू उठ्न थाल्थे । ईश्वरमा उनको विश्वास अखण्ड र अथाह थियो । प्रार्थना गर्ने बेलामा उनको अनुहार करूणामय र स्वर गदगद हुन्थ्यो । आर्य-समाज मन्दिरमा हरेका आइतवार सामूहिक प्रार्थना उनले नै गराउँथे । उनी प्रार्थनाका शब्दहरू बोल्दै जान्थे, अरू भद्रजनहरु आँखा चिम्ली  मनमनै त्यसलाई अनुमोदन गरेर भगवानसँग प्रार्थना गर्थे ।

बुबाको अभिलाषा थियो- उनका सन्तानहरू पनि ईश्वरका भक्त र सदाचारी बनून् । हामी सबै भाइबहिनीहरूलाई उनी आफूसँगै हरेक आइतवार आर्य समाज मन्दिरमा लैजान्थे। त्यहाँ हामीहरू भगवानका स्तुतिका भजनहरू गाउँथ्यौं, हवन र प्रार्थना गर्थ्यौं र धार्मिक उपदेश सुन्थ्यौं । त्यसबाहेक, हरेक दिन घरमा पनि साँझ विहान सन्ध्या र प्रार्थनाको बेलामा हामी सबै भाइबहिनीहरु अँखा चिम्लेर, पलेटी कसेर र संध्या र प्रार्थनामा योगदान दिन्थ्यौं र भगवान-भक्तिका भजनहरू गाउँथ्यौं ।

बुबाको अभिलाषा थियो- उनका सन्तानहरू पनि ईश्वरका भक्त र सदाचारी बनून् । हामी सबै भाइबहिनीहरूलाई उनी आफूसँगै हरेक आइतवार आर्य समाज मन्दिरमा लैजान्थे। त्यहाँ हामीहरू भगवानका स्तुतिका भजनहरू गाउँथ्यौं, हवन र प्रार्थना गर्थ्यौं र धार्मिक उपदेश सुन्थ्यौं ।

बुबाले हामीहरूलाई 'आर्यगायन' र 'आर्य- संगीत रत्न- माला' का अनेक भजनहरू कण्ठस्थ गराएका थिए । संध्यापछि उनको स्वरमा स्वर मिलाएर हामी सबै जना गाउँथ्यौं –
'ओम् जय जगदीश हरे,

पिता जय जगदीश हरे...

 मै मुरख खल कामी

कृपा करो भरता ।'  इत्यादि...

बुबा सधैं प्रार्थना गर्थे- "हे करूणाको सागर ! हामी पापको हिलोमा फँसेका नीच प्राणी हौं, तपाईको दयाको मात्र सहारा छ । हाम्रो मनमा राग, द्वेष, लोभ, ईर्ष्या सबै दुर्गुणहरू भरिएका छन् । हे दयामय, हाम्रो हृदयको अपवित्रतालाई हटाएर शुद्ध पारिदिनुहोस्! हे परमपिता, हाम्रा घोर अपराधहरूलाई क्षमा गर्नुहोस्, क्षमा गर्नुहोस्, क्षमा गर्नु हो... !"- उनी दुवै हात जोडेर टाउको झुकाउथे र फेरि " ओम शान्ति ! शान्ति !! शान्ति !!! " भनेर आँखा खोल्थे ।

बुबाले हामीलाई उपदेश दिन्थे- “सर्वशक्तिमान परमपिता परमात्माबाट हाम्रा कुनै पनि अपराधहरू लुक्न सक्दैनन् । उनी माता, पिताभन्दा पनि धेरै दयालु छन् । साँचो हृदयले आफ्नो अपराधका लागि उनीसँग मागेमा उनले हाम्रा पापहरूलाई तुरुन्तै क्षमा गरिदिन्छन् र हामी पापको दण्डबाट बच्न सक्छौं । ”

गम्भीर भएर प्रार्थनामा मन लागाइरहने प्रयत्न गर्दा गर्दै पनि मन प्रायः बहकिहाल्थ्यो । कहिले गल्लीमा डण्डीवियो खेलिरहेका केटाहरू देखिन्थे, कहिले चौकामा घुइँया बनाइरहेकी आमा देखिइन्थिन्,  कहिले छिमेकीको छतमा पुतलीको खेल खेलिरहेका केटीहरू । बुबाले यो पनि उपदेश दिएका थिए कि- मनमा पाप हुँदा भगवानको उपासनामा ध्यान जाँदैन । हामी मनलाई वशमा राख्न प्रयत्न गरिरहन्थ्यौं तर कहिले र कसरी थाहै नपाइकन भगवानप्रतिको ध्यान अञ्जुलीका औलाहरूबाट पानीझैं फुत्किएर जान्थ्यो ।

भगवानको दया र उनको प्रेम प्राप्त गर्नका लागि, सच्चा हृदयले उनीसँग क्षमा माग्नका लागि, एउटा पाप गर्नु आवश्यक भयो ।

आफ्नो पापी मनलाई सम्झाइरहँदा विचार पलायो- म कुन कुन पाप गर्ने गर्छु ? त्यो एघार वर्षको अवस्थामा कुनै पनि पापको रूप राम्ररी ठम्याउन सकिन्नथ्यो । जुन जुन पापहरूका विषयमा धर्मोपदेशहरूमा उल्लेख गरिएको सुनेको थिएँ, तिनीहरूमध्ये कुनै पनि गरेको याद आएन । तब मनमा एउटा क्षोभ जस्तै पैदा भयो । कुनै पनि यस्तो पाप त गरेको छैन, जसको लागि सच्चा हृदयले क्षमा मागेर म भगवानको प्यारो बन्न सकूँ । यो स्थितिमा भगवानले मप्रति अनुग्रह के कुराका लागि गर्लान् ? म बाल्मिकी ऋषि जस्तै गरी तपस्वी कसरी बन्न सक्छु ? भगवानको दया र उनको प्रेम प्राप्त गर्नका लागि, सच्चा हृदयले उनीसँग क्षमा माग्नका लागि, एउटा पाप गर्नु आवश्यक भयो ।

त्यस दिन साँझ स्कूलबाट फर्कंदै गर्दा मैले किराना पसलमा उपस्थित भीडमा लुकेर नरिवलको एक टुक्रा चोरें । आफ्नो गल्ली नजिकैको बजारमा टोलकी एक केटीलाई देखेर खराब संकेतहरू गर्दै गाली गरें।

त्यस दिन साँझमा बुबासंगै बसेर संध्या गरिसकेपछि आफूले गरेका पापहरूको संझना गरेर साँचो पश्चातापले आँखामा आँसु भरेर, अवरुद्ध कण्ठले भगवानसँग प्रार्थना गरें- “म दुष्ट र लम्पट हूँ, मेरो हृदय पापले भरिएको छ । हे परमपिता, मेरा अपराधहरूलाई क्षमा गरेर आफ्नो श्रद्धा र भक्ति मलाई दान दिनुहोस् ।” मैले अनुभव गरें - आज प्रार्थना गर्दा मलाई पनि बुबाकै समान सन्तोष भएको छ । त्यस दिन भगवानमाथि विश्वास गरेर आफ्नो पाप क्षमा गराएको गर्विलो मन लिएर रातभर म गम्भीर बनिरहें ।

स्कूलबाट फर्कंदै गर्दा मैले किराना पसलमा उपस्थित भीडमा लुकेर नरिवलको एक टुक्रा चोरें । आफ्नो गल्ली नजिकैको बजारमा टोलकी एक केटीलाई देखेर खराब संकेतहरू गर्दै गाली गरें।

बिहान–बेलुका प्रार्थना गरिसकेपछि र खाना खानुभन्दा अघि बुबाको आज्ञाले आमा हामीलाई पढ्न बसाउँथिन् । म रातको गम्भीरताको कारण किताबको झोला खोलेर चुपचाप किताबका पाठ याद गर्दै थिएँ । सानी बहिनीको दृष्टि झोलामा लुकेको नरिवलको टुक्रामा पर्‍यो । नीराले नरिवलको टुक्रा निकाली; यो टुक्राको लागि नीरा र केवलबीच झगडा भयो । आमा- घटनास्थलमा पुगेपछि प्रश्न उठ्यो- आखिर यो नरिवलको टुक्रा आयो कहाँबाट ?

आफ्नो अपराधको निम्ति मैले भगवानसँग क्षमा मागी नै सकेको थिएँ । त्यो अपराधलाई परमपिता परमात्माले अघिल्लो साँझ क्षमा गरी नै सकेका थिए । हात जोडेर म आफ्नो अपराध स्वीकार गरिरहेको थिए, बुबा पनि बैठक कोठाबाट माथि आए ।

मेरा दुवै कान संज्ञाहीन हुन पुगे तर पनि बुबाले ठूलो स्वरमा बोलेका कारण मैले सुन्न सकें- म चोर बदमास हुँ र टोल छिमेकका केटीहरूलाई जिस्काउँछु, चोरी गर्छु । उनले सानो भाइलाई तल्लो तलाबाट आफ्नो बेतको मोटो लौरो ल्याउने आदेश दिए।

 गम्भीर अनुहार र रिसाएका आँखाले  मेरो चोरीको अपराध उनले सुने । मेरो सानो गालामा उनको लामो–चौडा हातको एक थप्पड दायाँ र अर्को थप्पड बायाँमा पर्‍यो । मेरा दुवै कान संज्ञाहीन हुन पुगे तर पनि उनले ठूलो स्वरमा बोलेका कारण मैले सुन्न सकें- म चोर बदमास हुँ र टोल छिमेकका केटीहरूलाई जिस्काउँछु, चोरी गर्छु । उनले सानो भाइलाई तल्लो तलाबाट आफ्नो बेतको मोटो लौरो ल्याउने आदेश दिए।

थप्पडबाट बच्नको लागि मैले दुवै कानलाई हातले छोपें । आखाँबाट आँसु बगिरहेको थियो, खुट्टाहरू कामिरहेका थिए र म भगवानलाई गुहारिरहेको थिएँ- “हे दयामय ! हिजो कत्ति साँचो र पश्चतापपूर्ण मनले मैले आफ्नो पापको लागि क्षमा मागिसकेको छु । हे परमपिता, तिमीले मेरा अपराधहरू क्षमा गरिसकेका छौ । चाँडो आऊ र आफ्नो भक्तलाई बचाऊ ।"

तर भगवान आउनुभन्दा पहिले नै बुबाको धम्कीको डरले कामिरहेका सानो भाइ तलबाट मोटो बेतको छडी लिएर आइपुग्यो । एक साथ दुई अपराधहरूको सजाँय मिल्यो । म झण्डै निस्प्राण भएँ, मलाई भूइँमा लमतन्न सुताइयो ।

दिनभर रोएर सुन्निएका आँखाहरूबाट म विलाप गरिरहें- भगवानले जब क्षमा गरिदिएका नै थिए भने बाले मलाई किन पिटे ? के मेरो अपराध क्षमा भइसकेको कुरा भगवानले बालाई भन्न भुले या  भगवानले मेरो अपराध क्षमा नै गरेका थिएनन् ?

दिनभर रोएर सुन्निएका आँखाहरूबाट म विलाप गरिरहें- भगवानले जब क्षमा गरिदिएका नै थिए भने बाले मलाई किन पिटे ? के मेरो अपराध क्षमा भइसकेको कुरा भगवानले बालाई भन्न भुलें या  भगवानले मेरो अपराध क्षमा नै गरेका थिएनन् ? कस्तो निर्दोष हृदयले भगवानको सामुन्ने आफ्नो अपराध स्वीकार गरेर पनि क्षमा किन भएन ? र, के भगवान खालि बाको मात्रै कुरा मान्छन्, मेरो होइन ?

तब मलाई दृढ विश्वास भयो कि भगवानले पिटाइ खानकै लागि हामीलाई सानो बनाएका हुन् । म प्रार्थना गर्न लागें- "हे भगवान, छिट्टै नै ठूलो भएर म बलवान बनुँ... ताकि मलाई कसैले पिट्न नसकोस् !"

भारतमा प्रेमचन्दपछिका सबैभन्दा सशक्त कथाकार मानिने यशपालका कथासङ्ग्रह ‘अभिशप्त’ (पृष्ठ १०५–१०८) बाट साभार अनुदित  । अनुवाद: हर्कबहादुर प्रधान