जनसंख्याको यो डरलाग्दो पलायन

नेपालबाट वर्षेनी लाखौंको संख्यामा जनसंख्याको पलायन भइरहेको छ । गाउँघर युवाशून्य बन्दै गइरहेको रोदन सुनिन थालेको धेरै वर्ष भइसकेको छ । वैदेशिक रोजगारका लागि वा अवसरको खोजीमा विदेशिने अर्थात् आप्रवासमा जानेहरुको संख्या डरलाग्दो रहेको छ ।

संसारमा सबैभन्दा बढी जनसंख्या पलायन हुने देशहरुको सूचीमा नेपाल छैठौं नम्बरमा पर्न आउँछ । सन् २०२३ को तथ्यांकअनुसार उक्त वर्ष नेपालबाट ४ लाख १० हजार मानिसहरु विदेश पलायन भएका थिए । सबैभन्दा बढी अर्थात् पहिलो नम्बरमा १६ लाख २० हजार जनसंख्या आप्रवासनमा जाने मुलुक पाकिस्तान रहेको थियो । त्यसैगरी, सुडानबाट १३ लाख ५० हजार, भारतबाट ९ लाख ७९ हजार, चीनबाट ५ लाख ६८ हजार, बंगलादेशबाट ५ लाख ५० हजार जनसंख्या आप्रवासनमा गएका थिए ।

नेपालपछि टर्कीबाट ३ लाख १८ हजार, युक्रेनबाट २ लाख, ब्राजिलबाट २ लाख ४० हजार, फिलिपिन्सबाट १ लाख ६४ हजार, ग्रीसबाट १ लाख ५९ हजार, युगान्डाबाट १ लाख २६ हजार, भेनेजुएलाबाट १ लाख १३ हजार, मेक्सिकोबाट १ लाख १ हजार, जिम्बाबेबाट ९७ हजार अजरबैजानबाट ८४ हजार, भियतनामबाट ८२ हजार, नाइजेरियाबाट ५८ हजार, अफगानिस्तानबाट ४९ हजार र मालीबाट ४० हजार जनसंख्या आप्रवासनमा गएका थिए ।

मुलुकको जनसंख्याको अनुपातमा सबैभन्दा बढी जनसंख्या आप्रवासन भएको मुलकको सूचीमा नेपाल तेस्रो नम्बरमा पर्छ, जुन १.३५ प्रतिशत छ । सबैभन्दा बढी सुडान २.८१ प्रतिशत, ग्रसी १.५६ प्रतिशत छ ।

नेपालप५ि युक्रेन ०.८२ प्रतिशत, अजरवैजान ०.८१ प्रतिशत, पाकिस्तान ०.६७ प्रतिशत, जिम्बाबे ०.५९ प्रतिशत, भेनेजुएला ०.३९ प्रतिशत, टर्की ०.३७ प्रशित छ । त्यसपछि बङ्गलादेश ०.३२ प्रतिशत, युगान्डा ०.२६ प्रतिशत, माली ०.१७ प्रतिशत, फिलिपिन्स ०.१४ प्रतिशत, अफगानिस्तान ०.१२ प्रतिशत र ब्राजिल ०.११ प्रतिशत छ । त्यसैगरी, भियतनामको ०.०८ प्रतिशत, मेक्सिकोको ०.०८ प्रतिशत, भारतको ०.०७ प्रतिशत, चीनको ०.०४ प्रतिशत र नाइजेरियाको ०.०३ प्रतिशत रहेको छ । 

 

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।