निर्वाचन प्रणालीमा कहाँ छ समस्या ?

लामो समयदेखि नेपालको राजनीतिलाई पुनर्गठन गर्ने, बाटो दिने र परिवर्तन गर्ने अभिभारा बोकेका दुईटा ठूला दलहरुबीच गठबन्धन बन्दा भएको एउटा प्रमुख सहमति निर्वाचन प्रणालीमा संशोधन गर्ने रहेको छ ।

–उहाँहरुको दावी  यो निर्वाचन प्रणाली रहुन्जेल कसैको बहुमत आउँदैन र नेपालमा राजनीतिक स्थीरता हुन सक्दैन । राजनीतिक स्थीरता नभएसम्म विकास, प्रगतिको कुरा गर्नु गाह्रो छ । त्यसैले निर्वाचन प्रणालीमा संशोधन हुनुपर्छ । उहाँहरुको अर्को दावी छ– सानो दलहरुले धेरै चलखेल गर्यो । उनीहरुको दोकान बन्द गरिदिनुपर्छ ।

–निर्वाचन प्रणालीमा संशोधनबारे अहिलेको गठबन्धनको प्रमुख दल एमालेका महासचिव शंकर पोखरेलले अन्तरर्वाताहरु पटक पटक भन्नुभएको छ र यसबारे उहाँको आफ्नो खास मोडालिटी पनि छ ।

–नेपाली कांग्रेसका चर्चित महामन्त्री गगन थापाले पनि दोकानवाला प्रसङ्ग बोल्नुभएको छ र उहाँका पार्टीका नेताहरुले पनि निर्वाचन प्रणालीको संशोधनबारे लेखहरु नै लेख्नुभएको छ ।

–उहाँहरुको कुरा सुन्दा दलको थ्रेस होल्ड बढाएर दलको संख्या घटाइदिने चर्चा छ । दोस्रो, समानुपातिक निर्वाचन प्रणालीले ससाना दलहरुलाई बढाइदियो र राजनीतिक अस्थीरता बढाइदियो । त्यसकारण यसलाई पनि हटाइदिनुपर्छ वा कम गर्नुपर्छ ।

–उहाँहरुले दावी गरेको वा अहिलेको समसामयिक राजनीतिमा दावी गरेको कुरा सत्य हो कि असत्य हो ? समापातिक निर्वाचन प्रणाली रहेको कारण नेपालमा कसैको बहुमत आउँदैन र कसैको बहुमत नआउँदा राजनीतिक स्थीरता भएन भन्ने उहाँहरुको तर्क छ । यो तर्कलाई केलाऔं ।

–नेपालमा पहिलो संसदीय निर्वाचन २०१५ सालमा र त्यसपछि बहदलीय व्यवस्थामा दलको आधारमा निर्वाचन भएको २०४८, २०५१ र २०५६ मा नेपालमा समानुपातिक निर्वाचन प्रणाली थिएन । चार पटक निर्वाचन हुँदा तीनपटक नेपाली कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको थियो । यी तीन पटक नेपाली कांग्रेसले एक्लै बहुमत प्राप्त गर्दा नेपालमा राजनीतिक स्थीरता थियो कि थिएन ?

विस्तृत तलको भिडियोमा ।

बृहत् नागरिक आन्दोलनले गत साउन २५ गते नागरिक बहस श्रृङ्खला अन्तर्गत ‘निर्वाचन प्रणालीमा कहाँ छ समस्या ?’ शीर्षकमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको मुख्य वक्ताहरुमा पूर्व निर्वाचन आयुक्त इला शर्मा र राजनीतिक विश्लेषक तुलानारायण शाहलाई मुख्य वक्ताको रुपमा निम्त्याइएको थियो । उक्त कार्यक्रममा शाहले व्यक्त गरेका विचारहरुको भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौं । सो कार्यक्रममा इला शर्माले राख्नु भएका विचार तथा तत्पश्चात भएका विमर्शहरुको भिडियो रिपोर्ट हामी आगामी केही दिनमा राख्नेछौं ।)

तुलानारायण शाह

मधेश फाउण्डेशनसँग सम्बद्ध शाह राजनीतिक विश्लेषकका रुपमा परिचित हुनुहुन्छ