‘जनताको तागत र आकांक्षाभन्दा शक्तिशाली र माथि कोही पनि हुँदैन’

बाङ्लादेशमा भएको सरकार परिवर्तनको घटनाबारे प्रगतिशील रुपान्तरण आन्दोलनको वक्तव्य

प्रगतिशील रुपान्तरण आन्दोलनले जनआन्दोलनमार्फत् बाङ्लादेशमा भएको सरकार परिवर्तनको घटनाको स्वागत गरेको छ र त्यहाँको घटनाबाट विश्वभरिका, अझ विशेष गरी नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिकोस् भन्ने कामना पनि गरेको छ ।

आन्दोलनको तर्फबाट साउन २५ गते संयोजक श्याम श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा जनाइएको हो ।

वक्तव्यमा भनिएको छ–

हालैका दिनमा बाङ्लादेशमा भ्रष्ट, तानाशाही र जनविरोधी सरकारप्रति आम नागरिकको स्वभाविक असन्तुष्टि र आक्रोशको रुपमा अभिब्यक्त जन–आन्दोलनमार्फत जुन ढंगबाट सरकार परिवर्तन भएको छ र डा. मुहम्मद युनुसको अगुवाइमा नयाँ अन्तरिम सरकार बनेको छ त्यसको हामी हार्दिक स्वागत गर्दछौँ ।

चुनावमा अत्यधिक बहुमत प्राप्त गरेर सरकार जतिसुकै बलवान भएको देखिए पनि जनताको तागत र आकांक्षाभन्दा शक्तिशाली र माथि कोही पनि हुँदैन । पूर्वाधारहरूको निर्माण, औद्योगिक  विकास  र आर्थिक बृद्धि जे जति गरे पनि सरकारमा बसेका नेतृत्वदायी मानिसहरू निरंकुश, दमनकारी र भ्रष्ट भए भने त्यसले आम नागरिकहरूमा सिर्जना गराउने भनेको निराशा, आक्रोश र विद्रोहको भावना नै हो । त्यसलाई बेलैमा बुझेर समुचित समाधान र सम्वोधन गर्ने दिशामा शासन सत्तामा बसेकाहरू नलाग्ने हो भने त्यो कुनै पनि बेला बिष्फोट भएर बलियो भन्दा बलियो ठानिएको सरकारलाई पनि क्षण भरमा गिराइ दिन्छ भत्रे कुरा बाङ्लादेशको हालैका घटनाबाट स्पष्ट भएको छ । विश्वभरिको, अझ बिशेष गरी नेपालको राजनीतिक नेतृत्वले यसबाट बेलैमा पाठ सिकोस् भत्रे कामना समेत गर्दछौँ ।

कुनै पनि आन्दोलनलाई सही विचार, कुशल एवम् स्वच्छ सांगठनिक नेतृत्व र जनमुखी कार्यदिशाले दिशानिर्देश गर्न सकेन भने त्यसले निम्त्याउने अपरिहार्य परिणति भनेको राजनीतिक अस्थिरता, आर्थिक जर्जरता, विदेशी हस्तक्षेप, सैन्य शासन र जातीय÷धार्मिक अतिवाद जस्ता कुराहरू हुन् भत्रे कुरा बिगतका थुप्रै विश्व घटनाक्रमहरूले देखाइ सकेका छन् । यस परिप्रेक्ष्यमा बाङ्लादेशको नयाँ राजनीनिक नेतृत्व र आम नागरिकलाई यो दुरावस्था आफ्नो मुलुकमा कदापि आउन नदिने कुरामा बेलैमा सचेत तथा गम्भीर हुन ध्यानाकर्षण गर्न चाहन्छौँ ।

पुरानो सरकार ढलेपछि पैदा भएको सत्ता–शून्यताको स्थितिमा आन्दोलनभित्र घुसेका अराजक चरमपन्थीहरूले राजनीतिक प्रतिपक्ष तथा जातीय र धार्मिक अल्पसंख्यकहरूमाथि जुन प्रकारको हत्या, लूट र दमन गर्न थालेको छ त्यसको हामी सख्त विरोध गर्दछौँ । अन्तरीम सरकारले यस्तो अराजक हरकतलाई अविलम्व रोकेर छिटोभन्दा छिटो मुलुकमा शान्ति सुब्यवस्था कायम राख्न सकोस् तथा स्वच्छ/निष्पक्ष लोकतान्त्रिक चुनावमार्फत देशलाई अग्रगमनतर्फ लान सकोस् भत्रे अपेक्षा गर्दछौँ ।’

Image source: https://content.assets.pressassociation.io

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन