आणविक प्लेग

आजभन्दा ७९ वर्षअघि अमेरिकाले युद्धपिपासु जापानी साम्राज्यवादलाई तह लगाउने नाममा अगस्त ६, १९४५ मा जापानको हिराेशिमामा आणविक बम प्रहार गरेर हज्जारौं मानिसहरुको नरसंहार गर्‍यो । उक्त नरसंहारमा मारिनेहरुमध्ये अधिकांशको युद्ध–निर्णयमा कुनै भूमिका थिएन र सम्भवत: तीमध्ये थुप्रै युद्धविरोधीहरु नै पनि थिए । तर अमेरिकाले युद्ध राेक्ने नाममा मानवीयतामाथि नै कलंक लाग्ने गरी युद्धअपराधको ववण्डर रचेर निर्दोष मानिसहरुको नरसंहारको ताण्डव रच्यो ।

त्यसको तीन दिनपछि नै उसले फेरि जापानकै अर्को शहर नागाशाकीमा फेरि आणविक बम खसालेर नरसंहारको ताण्डव रच्यो । ती दुई घटना मानव इतिहासकै सबैभन्दा बर्बर, अमानवीय र शर्मनाक घटनाहरु थिए ।

अमेरिकाले हिराेशिमामा खसालेको बमको नाम लिटिल व्वाय र नागाशाकीमा खसालेको बमको नाम फ्याटम्यान थियो ।

आज अगस्त ६ अर्थात् हिरोशिमा नरसंहार स्मृति दिवस । यस अवसरमा उक्त बर्बर घटनापछिका त्रासदीलाई नजिकैबाट नियालेका अस्ट्रेलियाली पत्रकार वेल्फ्रेड ब्रुसेटको कारुणिक अनुभूति यहाँ प्रस्तुत गरिएको छ ।

०००

(म बिश्वलाई चेतावनीको रुपमा यो लेख्दै छु)

हिरोशिमामा, आणविक बमले शहर नष्ट गरेको र संसार हल्लाएको ३० दिनपछि पनि मानिसहरु मरिरहेका छन्, रहस्यात्मक र भयानक रुपमा ( ती मानिसहरु जो प्रलय बाट घाइते भएका थिएनन्, एउटा अज्ञात कुरा बाट जसलाई म आणविक प्लेगको रुपमा मात्र बर्णन गर्न सक्छु। )

हिरोशिमा बमबारी गरिएको सहर जस्तो लाग्दैन। यस्तो लाग्छ यसको माथिबाट एउटा भीमकाय स्टिम रोलर हिँडेको छ र कुल्चिएर यसको अस्तित्व नै मेटाइदिएको छ। म यो तथ्य निरपेक्षतापूर्वक लेखिरहेको छु ताकि म आशा गर्छु यसले विश्वलाई चेतवानीको काम गरोस्। आणविक बम परीक्षण गरिएको पहिलो ठाउमा मैले युद्धको चार वर्षमध्येको सबै भन्दा भयानक र डरलाग्दो उजाडता देखेको छु। यसले तिब्र आक्रमण गरिएको प्यासेफिक दीपहरु स्वर्ग जस्तै लाग्छन्। यहाँ क्षतिको परिणाम फोटोले देखाउन सक्ने भन्दा कयौ गुणा बढी छ।

तपाई जब हिरोशिमा पुग्नुहुन्छ, तपाईंले २५ र सायद ३० माइल वरिपरी हेर्दा समेत एउटा घर समेत देख्न सक्नु हुन्न। मानिसले सिर्जना गरेको यस्तो बिनाश देख्दा तपाइको पेटमा ऐठन हुन्छ।

मैले बाटो पहिल्याउँदै लोप भइसकेको शहरको मध्यभागमा रहेको टहरोमा पुगे जसलाई प्रहरीले अस्थायी मुख्यालयको रुपमा प्रयोग गरिरहेको थियो। त्यहाँबाट दक्षिणतर्फ हेर्दा ३ माइलसम्म रातो रंगको इँटा र ढुंगाको थुप्रो देखिन्थ्यो। शहरका दर्जनौं टोलहरु,भवन, घर, फ्याक्ट्री र मानवहरु मध्ये एटम बमले छोडेको अवस्थामा थिए ।

अझै पनि तिनीहरु मरिरहेका छन् !

त्यहाँ २० वटा चिम्नी बाहेक अरु केही उभिएका छैनन्, बिना फ्याक्ट्रीका चिम्नीहरु। म पश्चिमतर हेर्छु त्यहाँ पनि आधा दर्जन उदास घरहरु। अनि त्यसपछि केही छैन। हिरोशिमाका प्रहरी प्रमुखले मलाई शहरमा आइपुगेको पहिलो मित्र शक्तिको पत्रकारको रुपमा उत्सुकुतापूर्वक स्वागत गरे। जापानको संवाद समिति डोमोईको स्थानिय म्यानेजरलाई पनि साथमा लिएर मलाई उनले शहरभित्र अझभन्दा शहरमामाथि घुमाए। र उनले मलाई अस्पतालहरुमा पनि पुर्‍याए, जहाँ बममा पीडितहरुको अझै उपचार भैरहेको थियो। मैले ती अस्पतालहरुमा बम खस्दा कुनै चोटपटक नलागेका मान्छेहरु पनि भेटे, जो अहिले त्यसको रहस्मय दुस्परिणामको कारणले मरिरहेका थिए। बिना कुनै कारण उनीहरुको स्वाथ्य खस्किँदै जान्छ। उनीहरुको भोक हराउँदै जान्छ। कपाल झर्न थाल्छ। शरीरमा निला टाटा देखा पर्न थाल्छन्। अनि कान, नाक र मुख बाट रगत बग्न सुरु हुन्छ। डाक्टरहरुले मलाई सुनाए– उनीहरुले सुरुमा यसलाई सामान्य शारीरिक कमजोरीको लक्षण रुपमा लिए। उनीहरुले आफ्ना बिरामीहरुलाई भिटामिन एको इन्जेक्सन दिए। यसको परिणाम भयानक निस्कियो। इन्जेक्सनले बनाएको प्वालबाट मासु सड्न थाल्यो। र हरेक मामिलामा पीडितको मृत्यु हुन्थियो।

मैले ती अस्पतालहरुमा बम खस्दा कुनै चोटपटक नलागेका मान्छेहरु पनि भेटे, जो अहिले त्यसको रहस्मय दुस्परिणामको कारणले मरिरहेका थिए। बिना कुनै कारण उनीहरुको स्वाथ्य खस्किँदै जान्छ। उनीहरुको भोक हराउँदै जान्छ। कपाल झर्न थाल्छ। शरीरमा निला टाटा देखा पर्न थाल्छन्। अनि कान, नाक र मुख बाट रगत बग्न सुरु हुन्छ।

यो मानिसले पहिलो पटक खसालेको आणविक बमको दुष्परिणाम थियो र म अरु यस्ता उदाहरणहरु हेर्न चाहन्नथे। तर महिना दिन पुरानो भग्नअवसेशमा हिँडिरहदा मैले अरु पनि भेटे।

गन्धकको गन्ध

मेरो नाकले अहिले सम्म कहिले नसुघेको गन्ध पत्ता लगायो। यो गन्धक जस्तै जस्तै थियो तर त्यहि चाहिँ होइन। म यसलाई सुँघ्न सक्थें जव म अझै पनि आगो दन्किरहेको वा त्यस्तो ठाउँ जहाँ भग्नअवशेषबाट अझै लाशहरु खोजिगरिरहेको होस। तर म यसलाई त्यहाँ पनि सुँघ्न सक्थें जहा सबैले छोडेर रिक्त थियो। उनीहरुले ठान्थे यो जमिनबाट अझै पनि निस्किदै गरेको बिषालु ग्यासको कारणले गर्दा हो जसले युरेनियम परमाणु विभाजित हुँदा निस्केको विकिरणलाई सोसेको थियो। र अहिले हिरोशिमामाका मानिसहरु मुख र नाकमा माक्स र गज लगाएर उदास र रित्तो सहरमा हिँडिरहेका छन् जसमाथि उनीहरुलाई गर्व हुन्थियो। यसले उनीहरुलाई शारीरिक रुपमा केही मद्दत गर्दैन तर मानसिक रुपमा भने सहयोग गर्छ।

हिरोशिमामा बिनाश जुन क्षणबाट सुरु भयो, बाँचेका मानिसहरुले गोरा मानिसहरुलाई घृणा गर्न थालेका छन्। यो घृणाको तिब्रता बम जत्तिकै डरलाग्दो छ।

अहिले सम्म गनिएका मृतकको संख्या ५३,००० छ। अरु ३०,००० हराइरहेका छन्, जसक अर्थ हो उनीहरुको मृत्यु भैसक्यो। म हिरोशिमामा बसेको दिन जुन बम हमलाको करिब एक महिना पछि हो, यसको प्रभाव बाट १०० जनाको मृत्यु भयो।

हिरोशिमामा बिनाश जुन क्षणबाट सुरु भयो, बाँचेका मानिसहरुले गोरा मानिसहरुलाई घृणा गर्न थालेका छन्। यो घृणाको तिब्रता बम जत्तिकै डरलाग्दो छ।

अल क्लियर

बिस्फोट बाट १३,००० जना गम्भीर रुपमा घाइते भएका थिए। तिनीहरु दैनिक १०० जनाको दरले मार्दै छन्। सायद उनीहरु सबै मर्नेछन्। अरु ४०,००० जना सामान्यरुपमा घाइते छन्।

एउटा त्रासदीपूर्ण गल्ती नभएको भए हताहतको संख्या यस्तो उच्च हुने थिएन। त्यहाको प्रशासनले यसलाई अरु जस्तै साधारण हवाई हमला सोच्यो। प्लेन आफ्नो लक्ष्यसम्म पुग्यो र प्यारासुटलाई झारीदियो जसले बिस्फोट हुने बिन्दुसम्मको लागि बम बोकेको थियो। अमेरिकी प्लेन मानिसहरुको हेराइबाट ओझेल भयो। हवाई हमला खतम भएको संकेत अल क्लियर प्रसारण गरियो। हिरोशिमामा मानिसहरु शेल्टरबाट बाहिर निस्के। करिव १ मिनेटपछि बम २००० मिटरको उचाइमा झर्यो जहाँ गएर यो बिस्फोट हुने समय सेट गरिएको थियो। त्यो क्षण हिरोशिमाका सबै मानिसहरु सडकमा थिए।

बमले उत्पन्न गरेको भयानक गर्मीले सयौ मृतकहरु यसरी जलेका थिए कि उनीहरु महिला हुन् कि पुरुष वा युवा हुन् कि बृद्ध भनेर भन्न पनि सम्भव थिएन।

बिस्फोटको केन्द्र नजिक रहेका हजारौंको त कुनै सुराग नै भेटिएन। उनीहरु बेपत्ता भए। हिरोशिमामा एउटा अनुमान अनुसार आणविक उर्जा यति ज्यादा थियो कि उनीहरु जलेर खरानी भए। तर त्यहाँ कुनै खरानी भेटिएन।

ढुङ्गा माटोको थुप्रो

राजदरवार, कुनै समयको भब्य भवन अहिले ३ फिट अग्लो ढुंगा र इँटाको थुप्रो मात्र छ। र एक टुक्रो गाह्रो बचेको छ। छाना, भुई र सबैथोक धुलो बनेको छ।

हिरोशिमामा एउटा मात्र सग्लो भवन छ–  बैंक अफ जापान। यो यस्तो शहरमा जसको जनसंख्या युद्ध सुरु हुँदा ३,१०,००० थियो।

प्राय जसो सबै जापानिज बैज्ञानिकहरुले मानिसहरुको पिडा निवारण गर्ने उपाय खोज्नको लागि यो तीन हप्ता यता हिरोशिमाको यात्रा गरिसकेका छन्। अहिले तिनीहरु आफैँ नै पीडित बनेका छन्।

बम खसेको पहिलो पन्ध्र दिनपछि नै उनीहरुले थाह पाए कि यहाँ लामो समय सम्म बस्न सकिँदैन। उनीहरुलाई रिंगटा लाग्ने र टाउको दुख्न थाल्यो। त्यसपछि शरीरमा सामान्य किराहरुले टोकेको ठाउँ पनि ज्यादै ठुलो भएर सुनिन थाल्यो जुन निको हुँदैन थियो। तिनीहरुको स्वास्थ्य बिग्रिन थाल्यो।

धेरै मानिसहरुलाई झरेका इँटा, स्टिलका टुक्रा लागेर हल्का चोटपटक लागेको थियो। उनीहरु चाँडै निको हुनु पर्थियो। तर निको भएनन्। उनीहरुमा अचानक गम्भीर रोगको विकास भयो। उनीहरुको गिजाबाट रगत रक्तश्राव सुरु भयो। त्यसपछि रगत उल्टी गर्न थाले। र अन्त्यमा उनीहरुको मृत्यु भयो।

बम खसेको पहिलो पन्ध्र दिनपछि नै उनीहरुले थाह पाए कि यहाँ लामो समय सम्म बस्न सकिँदैन। उनीहरुलाई रिंगटा लाग्ने र टाउको दुख्न थाल्यो। त्यसपछि शरीरमा सामान्य किराहरुले टोकेको ठाउँ पनि ज्यादै ठुलो भएर सुनिन थाल्यो जुन निको हुँदैन थियो। तिनीहरुको स्वास्थ्य बिग्रिन थाल्यो।

उनीहरुले मलाई बताए अनुसार यो सब परिघटनाको कारण एटम बम बिस्फोटबाट विसर्जित विकिरणले गर्दा भएको हो।

विषाक्त पानी

उनीहरुले पत्ता लगाएअनुसार रासायनिक प्रतिक्रियाका कारण पानी विषाक्त भइसकेको छ। अहिले पनि हिरोशिमामा खपत हुने हरेक थोपा पानी अरु सहरहरु बाट आउँछ। हिरोशिमाका मानिसहरु अहिले पनि डराइरहेका छन्। 

बैज्ञानिकहरुले हिरोशिमा र नागशाकीमा बमको प्रभावमा ठूलो फरकबारे नोट गरेको कुरा मलाई बताए। हिरोशिमा समथर ठाउँ हो। नागाशाकी पहाडी ठाउ हो। जब हिरोशिमामा बम खसालियो त्यस बेला मौसम खराब थियो र  त्यस लगत्तै आँधी बर्सात विकास भयो। उनीहरुलाई बिश्वास छ– युरेनियम विकिरण जमिनमा जान थाल्यो। जसका कारण अहिले पनि धेरै मानिसहरु बिरामी पर्दैछन् र मर्दैछन्। अहिले पनि मानव सिर्जित प्लेगको कारण यही हो।

उता नागाशाकीमा मौसम उत्तम थियो र बैज्ञानिकहरुका अनुसार विकिरणलाई तिब्र गतिमा बायुमण्डलमा छरिन मौका मिल्यो। त्यसका अलावा एटम बमको ठुलो शक्ति समुन्द्रमा खेर गयो। जहा माछाहरु मात्र मरे।

आफ्नो सिद्धान्तलाई पुस्टि गर्न बैज्ञानिकहरु यो तथ्यतर्फ इंगित गर्छन कि नागशाकीमा मृत्यु तिब्र गतिमा अचानक आयो र त्यहाँ हिरोशिमाले भोगे जस्तो उत्तरप्रभाव देखिएको छैन।

(नोट: अमेरिकाले दोश्रो एटम बम खसालेपछि अगस्त १९४५ मा जापानले आत्मसमर्पण गर्यो। अमेरिकाले सो आत्मसमर्पण समारोहलाई कभर गर्न सयौ पत्रकारलाई पास उपलव्ध गरायो। सबै पत्रकारहरु अमेरिकी युद्धपोत युएसएस मिसौरीमा पुगे। तर एक जना अस्ट्रेलियाली पत्रकार वेल्फ्रेड ब्रुसेट त्यो घेरा तोडेर सेप्टेम्बर २ तारिखका दिन बिहान २ बजे हिरोशिमा जाने रेलमा चढे। उनले आफूसंग सात छाक खाना, छाता र एउटा टाइपराइटर बोकेका थिए। वेल्फ्रेड ब्रुसेट हिरोशिमा प्रवेश गर्ने पहिलो विदेशी पत्रकार बने। वेल्फ्रेड ब्रुसेटले हिरोशिमा बारे लेखेको खबर The Atomic Plague लाई  शताब्दिको स्कूप खबर मानिन्छ। )

प्रस्तुति: केदार सिटौला