मच्छिन्द्रनाथकाे रथ तानिने

प्राग १६८० वर्षदेखि निरन्तर चल्दै आइरहेको वर्षा र सहकालको देवताको रूपमा मान्दै आएको रातो मच्छिन्द्रनाथ( करूनामय)को रथ भोलि श्रावण १७ गते ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याउने भएको छ ।

विश्व सम्पदामा सुचिकृतको प्रकृयामा रहेको यस ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्रामा बच्चाहरूदेखि लिएर वयस्कहरु समेत बाजागाजा, नाचगान गर्दै रथ तानेर रमाउने गर्ने गर्छन्  । त्यसैले यस जात्राको विशेष महत्त्व  रहेको इतिहासकार एवं संस्कृतिविद्हरू वताउँछन् ।
इटी टोलबाट जाउलाखेलसम्म रथ तान्नका लागि गुठी संस्थान ललितपुरले किर्तिपुर नगरपालिका मार्फत सातगाउँलाई निम्तो पठाउने विगतदेखिको परम्परालाई निरन्तरता दिएको संस्थानका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए । ज्याउला जात्रा अर्थात् भोटो देखाउने जात्रा सातगाउँको जात्राको रूपमा पनि मनाउने गरिन्छ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको ईती टोलबाट जाउलाखेल पुर्याएको चौथो दिनमा राष्ट्र प्रमुखको समउपस्थितिमा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री , मन्त्रीहरू र नेपाल स्थित विदेशी नियोगका कुटनैतिकहरू समेत भोटो जात्रामा सहभागी हुने गुठी संस्थान ललितपुरका प्रमुखले जानकारी दिए । उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा समेत दिने गर्छन्।

 भोटो देखाउने  जात्रा सम्पन्न भएपश्चात रातो मच्छिन्द्रनाथको रथ  जात्रा पनि विधिवत रूपमन सम्पन्न हुनेछ।