भेनेजुएलामा निकोलस मादुरो पुन:निर्वाचित
भेनेजुएलामा आइतबार भएको राष्ट्रपति चुनावमा निकोलस मादुरो पुन:निर्वाचित भएका छन्।
भेनेजुएलाको निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार निकोलस मादुरोले ५१.२ प्रतिशत भोट प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दीले एडमुंडो गोंजालेजले ४४.२ प्रतिशत भोट प्राप्त गरेका छन्।
तर बिपक्षी नेताहरुले आफ्नो उम्मेदवारले ७० प्रतिशत मत प्राप्त गरेर स्पष्ट जित हासिल गरेको दावी गरेका छन्। अमेरिका र पश्चमी देशहरुले यो नतिजा प्रति शंका व्यक्त गरेका छन्। अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनले चुनाबको परिणाम प्रति आशंका व्यक्त गर्दै भनेका छन्- अमेरिकालाई गम्भीर चिन्ता छ कि घोषित गरिकेको नतिजाले भेनेजुएलाका जनताको इच्छा वा भोटहरुलाई प्रतिविम्बित गर्दैन। अमेरिकाको ठीक विपरीत क्युबा र रसियाले निकोलस मादुरोलाई जितको उपलक्षमा बधाई दिएका छन्।
जितपछि राजधानी काराकासका सडकहरुमा निकोलस मादुरोका समर्थकहरुले खुशियाली मनाएका छन् भने उनका विपक्षीहरुले टायर बालेर विरोध जनाएका छन्।
मादुरो यो जितसंगै लगातार तेश्रो पटक राष्ट्रपति बन्दै छन्। स्मरणीय छ भेनेजुएलामा राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेगर्छ। उनको यो जित संगै भेनेजुएलामा त्यहाका लोकप्रिय बामपन्थी नेता ह्युगो चाभेजको विचारधारा चाभेजवादले निरन्तरता पाउने भएको छ। बामपन्थी नेता ह्युगो चाभेजले भेनेजुएला १४ वर्षसम्म शासन गरेका थिए। उनको २०१३ मा निधन भएको थियो।
Image source: https://www.aljazeera.com
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया