भलिबलमा नेपालको फेरि पराजय

नेपाल र रुसबीचको आज भएको दोस्रो मैत्रीपूर्ण महिला भलिबलमा पनि नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल रुस संग ३-० ले पराजित भएको छ।

नेपाल यो खेलमा २५–१४, २५–२३ र २५–२२ को सिधा सेटमा पराजित भएको हो ।

स्मरणीय छ, आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० ले नै पराजित भएको थियो । नेपालस्थित रुसी दूतावासको सौजन्यमा सम्पन्न भएको यो खेल नेपाली टोलीको लागि भने काभा नेसन्स लिगको तयारीको रुपमा रहेको थियो ।