नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता
नेपाल हजारौं वर्ष पुरानो सभ्यता र परम्परामा हुर्केको समाजवादी चीन र गणतन्त्र भारतको बीचमा पर्दछ। अतः नेपालको इतिहास पनि त्यक्तिकै पुरानो छ, जत्तिको समाजवादी चीन र गणतन्त्र भारतको छ । नेपाल दुई महान् छिमेकी राष्ट्रहरूको सभ्यता र संस्कृतिको मिलनको बिन्दु हुनाको साथै दुवै राष्ट्रहरूलाई मितेरीको गांठोमा बाँध्ने थलोको रूपमा देखापर्दै आएको छ। त्यसै भएको हुनाले नेपाल आदिकालदेखि चीन र भारत हुँदै समस्त एशियामा पुगेको थियो। नेपाल आदिकालदेखि नै भारत, चीन र मध्य एशियाको एक व्यापार केन्द्र र मार्गको रूपमा रहेर आएको छ । त्यसको साथै धर्म र संस्कृतिको आदान प्रदानको मार्ग पनि रहेर आएको छ। मध्य एशियामा बुद्ध धर्मको प्रवेश नेपालबाट नै भएको हो ।
नेपाल पनि चीन तथा भारतबाट प्रभावित नभई रहन सकेन, यो कुरा साँचो हो । तर त्यसको मतलव यो कदापि होइन कि हाम्रा पूर्वजहरूले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेनन् ।
प्राचीन कालदेखि नेपाल दुई महान् राष्ट्रहरू- चीन र भातको सभ्यताको संगमस्थल भएको हुनाले नेपालको इतिहासलाई चीन या भारतीय सभ्यताको दृष्टिले मात्र हेर्ने तरीका गलत हो । विश्वको कुनै पनि राष्ट्र एक अर्कोबाट प्रभावित नभई रहन सकेन । यो ध्रुव सत्य छ । त्यस्तै नेपाल पनि चीन तथा भारतबाट प्रभावित नभई रहन सकेन, यो कुरा साँचो हो । तर त्यसको मतलव यो कदापि होइन कि हाम्रा पूर्वजहरूले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेनन् । अतः हामीले आफ्नो देशको समाजको ऐतिहासिक सर्वेक्षण गर्दा केवल दस्तावेजको मात्र आधार नगरी मुख्य रूपले मानव समाजले कुन कुन ऐतिहासिक अवस्थालाई पार गरेर आएको छ भन्ने कुरामा दृष्टि दिई त्यसै अनुसार नेपाली समाजको ऐतिहासिक सर्वेक्षण गर्नु आवश्यक छ।
समाजविना कुनै इतिहास हुँदैन । यो सवैलाई विदित भएकै कुरा हो । तर हाम्रा यी इतिहासकारहरूले इतिहासको मुख्य आधार-समाजलाई बिलकुलै नकार गरी नेपालको इतिहासलाई पुराण र वंशावलीको रूपमा पेश गरे ।
मानव समाजको सर्वेक्षण गर्दै मार्क्स र एंगेल्सले भनेका छन् कि सभ्य तथा असभ्य जातिहरू सवैले मातृसत्तात्मक समाजबाट पार गर्दै, दास, सामन्ती र पूँजीवादी समाजमा पुगेका हुन् । यही विकासको नियम हाम्रो नेपाली समाजको निम्ति पनि लागू हुन्छ । अतः हाम्रो नेपाली समाजको शुरुवात पनि मातृसत्तात्मक समाजबाट भएको कुरा निःसन्देह छ । हाम्रो समाजको इतिहास हजारौ वर्ष पुरानो भएता पनि हाम्रा पूर्वजहरूले आफ्नो काम कारवाहीको लेखाजोखा (शिला पत्र तथा ताम्रपत्रको रूपमा) छोड्न थालेको सन. ७९६ देखि मात्र हो अर्थात् करिब १५ सय वर्ष जति भयो । मानदेव प्रथमले चाँगुमा आफ्नो पूर्व र पश्चिम विजयपछि छोडेका शिलालेखबाट यो क्रम शुरु हुन्छ । पछि मल्ल राजाहरूको पालामा वंशावलीको रूपमा आफ्ना पूर्वजहरूको खोजगर्ने परम्परा शुरुभयो । त्यसमा सबभन्दा पहिलो वंशावली गोपाल वंशावली हो । त्यसको साथै स्वयम्भ पुराण, पशुपति पुराण तथा नेपाल महात्म्य लेखिन थाले । तिनका लेखकहरूमा सामान्ती शासक वर्गबाट आएका गुरु परोहित गुभाज्यू आदि भएका हुनाले उनीहरूको सृष्टिको सिद्धान्त स्वाभाविक रूपमा आदर्शवादी नै थियो, भौतिकवादी होइन । अतः विश्व र समाजको विकासलाई द्वन्दात्मक भौतिकवादी तरीकाले नहेरी ईश्वरीय देनको रूपमा हेर्नु अर्थात् सृष्टि, स्थिति, प्रलयको कारण ईश्वर देख्नु स्वाभाविक थियो । यसै दृष्टिकोणको आधारमा उनीहरूले आ-आफ्नो धार्मिक दृष्टिकोण अनुसार वुद्धमार्गीहरूले आदि बुद्ध र शिव मार्गी हिन्दूहरूले ज्योतिर्मय लिङ्गलाई प्रधान गरी हेरे र त्यसै अनुसार नेपालमा बसोवास गराउने कुराको श्रेय वुद्धमार्गीहरूले बोधिसत्वहरूलाई र हिन्दूमार्गीहरूले कृष्णलाई दिनथाले । उनीहरू एक सम्प्रदायले अर्को सम्प्रदायलाई नेपाली समाजको निर्माणमा नकार गरी आ-आफ्नो सम्प्रदायको ईश्वरको कृपा तथा करुणा र दयाले गर्दा ताल उपत्यकामा परिणत भई बसोवास भएको हो भन्ने गलत समझदारी दिए ।
अहिलेसम्म पनि नेपालका इतिहासकारहरू नेपाली समाजको उत्पत्ति र विकासलाई वैज्ञानिक दृष्टिकोणले नहेरी तिथि र वंशमा विशेष रूपले बहस चलाउँदछन् । वर्गयुक्त समाजमा वर्ग संघर्ष नै समाज विकासको मुख्य नियम हो भन्ने कुरालाई यसले नकार गर्दछ ।
समाजविना कुनै इतिहास हुँदैन । यो सवैलाई विदित भएकै कुरा हो । तर हाम्रा यी इतिहासकारहरूले इतिहासको मुख्य आधार-समाजलाई बिलकुलै नकार गरी नेपालको इतिहासलाई पुराण र वंशावलीको रूपमा पेश गरे । पुराण र वंशावलीका लेखकहरूले नेपाली समाजको उत्पत्ति र विकास कसरी भयो भन्ने कुराको उल्लेख नगरी नेपालको इतिहासलाई ईश्वर, ऋषि मुनि तथा राजाहरूबाट शुरुभयो भन्ने देखाउँछन् । त्यसैले गर्दा अहिलेसम्म पनि नेपालका इतिहासकारहरू नेपाली समाजको उत्पत्ति र विकासलाई वैज्ञानिक दृष्टिकोणले नहेरी तिथि र वंशमा विशेष रूपले बहस चलाउँदछन् । वर्गयुक्त समाजमा वर्ग संघर्ष नै समाज विकासको मुख्य नियम हो भन्ने कुरालाई यसले नकार गर्दछ । त्यति मात्र होइन, जनतालाई आफ्नो सघर्षबाट वंचित र विचलित पार्नको निम्ति उनीहरूले नेपाललाई चार युगमा विभक्त गरि दिएका छन् । ती युग हुन् (क) सत्युयुग (ख) त्रेतायुग (ग) द्वापरयुग (घ) कलियुग । त्यसपछि यस कलियुलाई नाश गरेर पुनः सत्ययुगको सूत्रपात हुन्छ । यसलाई विकासको चक्र सिद्धान्त भनिन्छ । यस सिद्धान्तलाई गीतामा उनीहरूले निम्न रूपमा राखेका छन् :
“ यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अम्युत्थानाम् धर्मस्य तदात्मान सृजाम्यहम् ॥”
( जहिले धर्मको ग्लानि पापको वृद्धि देख्दछु ।
त्यसै वख्तमा पार्थ ! अवतार म धर्दछु ।। )
गीताको यो उक्ति कृष्णले अर्जुनलाई भनेको उक्ति हो । यसबाट स्पष्ट हुन्छ कि उनीहरूले इतिहासको निर्माणमा जनताको कुनै पनि भूमिका हुँदैन केवल ईश्वरको मात्र हुन्छ देखाउन चाहन्छन् । त्यसैले गर्दा “भगवानकहाँ देर हुन्छ अन्धेर हुँदैन” भन्ने उक्ति चलेको छ/ यसलेगर्दा इतिहासलाई जनता प्रधान गरी हेर्ने दृष्टिकोण नभई व्यक्ति प्रधान गरी हेर्ने सिद्धान्त विकास भएको हो । यसै व्यक्ति प्रधान दृष्टिकोणले गर्दा वंशावलीकार तथा इतिहाकारहरूले नेपाली समाजमा नियम तथा थिति बाँध्ने व्यक्तिको रूपमा धर्माकार, ने मुनी, अंशुवर्मा, जयदेव (द्वितीय), स्थिति मल्ल, राम शाह आदिलाई मानेका छन् । यस्तो दृष्टिकोणले गर्दा कुन ऐतिहासिक तथा सामाजिक कारणले गर्दा सामाजिक नियम कानून बनाउन परेको हो भन्ने कुरामा दृष्टि नदिई व्यक्तिको कृपाको रूपमा लिनुको मुख्य कारण यही हो । कुनै पनि सामाजिक नियम कानून एकाध व्यक्तिको देन नभई समाजमा जुन वर्गको विजय हुन्छ - त्यसै वर्गको आवश्यकता र फाइदाको निम्ति रीतिथिति तथा सामाजिक बन्देजहरू वन्दछन् जसलाई हामीहरू सामाजिक नियम कानून भन्दछौं । सामाजिक परिवर्तनका नियमहरू समाजभित्रै हुन्छन्, समाजभन्दा बाहिर होइन । व्यक्तिको भूमिका समाजमा भएको (अस्ताउँदा र उदाउँदा) कुरालाई बुझ्नमा नै छ ।
यसरी ऐतिहासिक भौतिकवादको आधारमा सामाजिक परिवर्तनलाई नहेरी ऋतु परिवर्तनको रूपमा सामाजिक परिवर्तनलाई हेर्दा इतिहासलाई एक चक्रको रूपमा हेर्ने दृष्टिकोण आएको हो। जसरी एक ऋतुपछि अर्को ऋतु आउछ र अन्तमा पुनः वसन्त ऋतु आउछ, त्यसैगरी एक समाजपछि अर्को समाज आउँछ। अतः साम्यवादबाट समाज अगाडि नबढी समाजमा पुनः दास समाजको प्रादुर्भाव हुन्छ । अतः यस्तो सिद्धान्तले समाज विकासको वैज्ञानिक नियमबाट जनतालाई वञ्चित गरी भाग्यको भरोसा गराउँदछ ।
नेपाली इतिहासकारहरूले तथाकथित लिच्छवी काललाई नेपालीको स्वर्ण युग मानी जुन उल्लेख गरेका छन्, त्यसैलाई अचेत नेपाली इतिहासको अन्बेषण गर्ने विद्वान्हरूले त्यस बखत नेपालमा पंचायती व्यवस्थाको रूपमा स्वायत्त शासन थियो भनी प्रचार गर्न थालेका छन् ।
वंशावलीले नेपालको समाजलाई चारयुगमा विभक्त गरेको छ । त्यसमा सत्ययुगको अवधि २७२८०००, त्रेताको १२९६०००, द्वापरको ८३४००० र कलिको ४३२००० छुट्याएको छ । यसरी नेपालको समाजलाई ४२९००० वर्ष पुरानो बनाएको छ । यत्रो पछाडि फर्कंदा पनि हाम्रा वंशावलीकारहरूले नेपालमा मातृसत्तात्मक समाजको त कुरै छोडौं पितृत्तात्मक र दास समाजसम्मको पनि कुनै उल्लेख नगरी सिधा ईश्वर, वोधिसत्व तथा राजा आदिबाट गरिएको छ । यी समस्त कुराहरू विज्ञानसम्मत नभएता पनि हजारौं वर्षको प्रचार प्रसारले गर्दा अधिकांश नेपाली समाजमा जरो गाडेको छ । त्यो मात्र होइन नेपाली इतिहासकारहरूले तथाकथित लिच्छवी काललाई नेपालीको स्वर्ण युग मानी जुन उल्लेख गरेका छन्, त्यसैलाई अचेत नेपाली इतिहासको अन्बेषण गर्ने विद्वान्हरूले त्यस बखत नेपालमा पंचायती व्यवस्थाको रूपमा स्वायत्त शासन थियो भनी प्रचार गर्न थालेका छन् । यस्तो प्रचारले एकातिर लिच्छवी युगमा भूमिमा व्यक्तिगत सम्पत्तिको उदयले गर्दा समाज उत्तरोत्तर वर्गयुक्त हुँदै गैरहेको थियो, त्यसमा पर्दा हाल्दछ । अर्कोतिर आजको पञ्चायती व्यवस्था नेपालको राष्ट्रिय परम्पराको व्यवस्था हो भन्ने आजको सामन्तवादी सिद्धान्तका प्रवर्तकहरूको पक्षमा मद्दत गर्दछ र देशको जनवादी आन्दोलनलाई कमजोर गर्दछ ।
कुनैपनि देशको समाजको इतिहासलाई कुनै एक वंशपछि अर्को वंशको इतिहासको रूपमा पेशगर्नु इतिहासप्रति गलत समझदारी राख्नु हो । कारण वंश बदलेता पनि उत्पादनको व्यवस्था बदलिदैन । अतः वंश बदलेता पनि उत्पादनको व्यवस्थामा परिवर्तन नआउने हुनाले समाजको इतिहास मूलतः त्यही रहन्छ ।
नेपालका वंशावलीकार तथा विदेशी र देशी इतिहासकारहरूले नेपालको इतिहासलाई एक वंशपछि अर्को वंशको इतिहासको रूपमा पेश गरेका छन् । आज पनि यो चलन छँदैछ । त्यस अनुसार नेपालको इतिहासमा सबभन्दा पहिले धर्माकर, अनि क्रमिक रूपमा गोपाल, महिपाल, किराँत, सोमवंशी (राजपूत), लिच्छवी, ठकुरी राजवंश (नुवाकोट), मल्ल, शाह, राणा तथा पुनः शाह वंश । कुनैपनि देशको समाजको इतिहासलाई कुनै एक वंशपछि अर्को वंशको इतिहासको रूपमा पेशगर्नु इतिहासप्रति गलत समझदारी राख्नु हो । कारण वंश बदलेता पनि उत्पादनको व्यवस्था बदलिदैन । अतः वंश बदलेता पनि उत्पादनको व्यवस्थामा परिवर्तन नआउने हुनाले समाजको इतिहास मूलतः त्यही रहन्छ । कारण इतिहासको सही धारणा हो- समाजले आफ्नो गांस, बास, र निवासको निम्ति सामूहिक रूपले गरेको उत्पादनको पद्धति । फेरि वंश प्रधान गरी कुनै पनि देशको इतिहासलाई पेशगर्दा त्यसले साम्प्रदायिक भावना फैलाउँछ र राष्ट्रिय एकतामा बाधा पुयाउँछ । इतिहासप्रतिको यस्तो साम्प्रदायिक दृष्टिकोण शोषक वर्गको पुरानै चालबाजी हो । हाम्रो देशमा एक सम्प्रदायले स्वयम्भु पुराण रचे भने अर्कोले पशुपति पुराण रचेर जनतामा साम्प्रदायिक भावना फैलाई उनीहरूले जनताको शोषण गरे । अहिले आई केही भारतीय इतिहासकारहरूले नेपालको इतिहास लेख्दा यहाँसम्मन लेख्न पुगेका छन् कि नेपालको इतिहास एक किसिमले हिन्दु धर्मको इतिहास हो ।
हामी नेपाली जातिको निर्माण हाम्रा पूर्वजहरूले जो विभिन्न कविला, विभिन्न भाषाभाषी, धर्मकर्म र सम्प्रदायका थियौं, एक थलोमा बसी सामाजिक जीवनको निम्ति सामूहिक रूपले उत्पादनको प्रकृया गर्दा भएको हो । अतः आजको राष्ट्रिय जागरणको युगमा हाम्रो राष्ट्रको निर्माण कसरी भएर आएको हो भन्ने कुराप्रति वैज्ञानिक समझ हुन अत्यावश्यक छ ।
सन् १९५० मा नेपाली मध्य युगीन सामन्ती व्यवस्थाको प्रतीक र अंग्रेजी साम्राज्यवादीको दलालको रूपमा रहेको राणा शाहीको अन्त्य भएपछि एकातिर नेपालमा शिक्षा दीक्षाको बाटो खुल्यो भने अर्कोतिर नेपाल पनि सिधै अन्तर्राष्ट्रिय रंगमञ्चमा आइपुग्यो । यसलेगर्दा नेपालमा राष्ट्रिय जागरणलाई प्रोत्साहन गयो । यस राष्ट्रिय जागरणको युगमा हामी नेपालीको ध्यान आफ्ना पूर्वजहरूपट्टी आकर्षित हुनु स्वाभाविकै हो । हामी नेपाली जाति न स्वर्गबाट झरेका हौं, नत जमीनबाट उब्जेका हौं, नत कुनै राजाको विजयको फलस्वरूप नै निर्माण भएका हौं । हामी नेपाली जातिको निर्माण हाम्रा पूर्वजहरूले जो विभिन्न कविला, विभिन्न भाषाभाषी, धर्मकर्म र सम्प्रदायका थियौं, एक थलोमा बसी सामाजिक जीवनको निम्ति सामूहिक रूपले उत्पादनको प्रकृया गर्दा भएको हो । अतः आजको राष्ट्रिय जागरणको युगमा हाम्रो राष्ट्रको निर्माण कसरी भएर आएको हो भन्ने कुराप्रति वैज्ञानिक समझ हुन अत्यावश्यक छ ।
यस सम्बन्धमा हामीले पाश्चात्य इतिहासकारहरूको कृतिको विषयमा केही उल्लेख गर्नु अति आवश्यक छ । मल्ल कालपछि नेपालको इतिहासको खोजविन कसैबाट पनि भएन । नेपाली राष्ट्रको एकीकरणपछि शाह राजपरिवार र नयाँ भाई भारदार वर्गहरू नेपाली समाजमा आ-आफ्नो स्वार्थ पञ्जा वलियो गर्ने कलहमै व्यस्त थिए । अतः नेपालको राजनीतिक एकीकरणपछि जुन राष्ट्रिय जागरण आउनुपर्ने हो-सो आएन । त्यसको अर्को मुख्य कारण भारत अंग्रेजी साम्राज्यको प्रभुत्व कायम हुनु पनि थियो । अंग्रेजी साम्राज्यवाद नेपाली मार्गबाट मध्य एशिया र चीनसँगको व्यापारमा आँखा गाडी बसेको थियो । त्यसको निम्ति नेपालको इतिहास तथा राजनीति लगायत सम्पूर्ण कुराको जानकारीको आवश्यकता अंग्रेजी साम्राज्यवादलाई पर्न गएको थियो । मल्ल युगपछि नेपालको खोजविनको काम विषेश रूपलेले अंग्रेजी साम्राज्यवादी विद्वानहरूले नै गरे । अतः पाश्चात्य इतिहासकारहरूले नेपालको विषयमा जुन ऐतिहासिक तथा राजनैतिक साहित्यहरूको रचना गरेका छन् त्यस सम्बन्धमा पनि केही कुरा स्पष्ट गर्नु आवश्यक छ । यो यस निम्ति पनि आवश्यक छ कि अहिलेसम्म पनि उनीहरूका गलत भनाइ तथा सारांशलाई उद्धरण गरी आ-आफ्नो संकुचित स्वार्थ सिद्धगर्ने चलन नेपालका वृद्धिजीवीहरूमा पाइएको छ । जसरी हिन्दुहरूको निम्ति शास्त्र वचन अकाट्य थिए, त्यसैगरी नेपाली पुद्धिजीवीहरूको निम्ति पाश्चात्य विद्वानहरूको भनाई अकाट्य हुन्छ ।
जसरी हिन्दुहरूको निम्ति शास्त्र वचन अकाट्य थिए, त्यसैगरी नेपाली बुद्धिजीवीहरूको निम्ति पाश्चात्य विद्वानहरूको भनाई अकाट्य हुन्छ ।
यस क्रमलाई जारी गर्दा कर्नेल कर्क पेट्रीकको नाम सबभन्दा पहिला आउँछ । मल्ल कालमा पाश्चात्य देशका पादरीहरू चीनबाट तिब्बतको बाटो गरी नेपाल पसेको, नेपाल उपत्यकामा गिर्जाघर खोली बसेका, पृथ्वीनाराण शाहले कीर्तिपुरमा हमला गर्दा उपस्थित भएका र नेपालको राजनीतिक एकीकरणपछि नेपालबाट निष्कासित गरिएका पादरीहरूले नेपालको तत्कालिन अवस्थाको विषयमा केही टिप्णीहरू छोडेका छन् । तर यिनमध्ये कसैले पनि नेपाली राज्यको विवरण तथा इतिहास लेखेका छैनन् । यस क्षेत्रमा सबभन्दा पहिले कर्क पेट्रीकले नै कलम उठाएका हुन् । नेपालको राजनीतिक एकीकरण भएको २४ वर्षपछि मार्च ३, १७८३ मा उनी आफ्नो मण्डलसहित काठमाडौं पुगे ।
उनी पुग्नुभन्दा नेपालको एकीकरण भएको २२ वर्षपछि अर्थात् सन् १७८१ मा नेपाली फौजले तब्बतको दिगार्चेका प्रसिद्ध गुम्वाहरूको सम्पत्ती लुट्दा तिनको रक्षाको निम्ति जुन चीनियाँ फौज आएको थियो । त्यसबाट भयभीत भै नेपाल सरकारले इष्ट इण्डिया कम्पनीसँग सहायताको अपील गरेको थियो । त्यसैको निम्ति कम्पनी सर्कारले कर्क पेट्रीकको नेतृत्वमा एक प्रतिनिधि मण्डल नेपाल पठाएको थियो । तर पहिले नेपाल चीनको वीच शान्ति सम्झौता भैसकेको हुनाले उनी पुगेको २१ दिन भित्रै अर्थात् मार्च २४ ता. का दिन उनी काठमाण्डौबाट फर्के यसैबीच उनले नेपालका बहादुर शाह लगायत अन्य उच्च अधिकारी तथा गुरु पुरोहित र गुभाजुहरूसँग भेटघाट गरी नेपालको इतिहास र तत्कालिन राजनीतिक स्थिति बुझ्ने कोशीश गरे र भविष्यको निम्ति सम्पर्कको वाटो बनाए । यसै दौरानमा उनले नेपालको एक वंशावली पनि हातपारे । उनले सन् १८९१ मा लण्डनबाट नेपाल राज्यको एक विवरण "An Account of the Kingdom of Nepal" नामक पुस्तक छपाए । यसै पुस्तकमा उनले उक्त वंशावलीको अग्रेजी अनुवाद पनि छपाए, यस पुस्तकले तत्कालीन राजदरवारिया राजनीतिको झलक दिन्छ । नेपालप्रति अग्रेजी साम्राज्यवादको नीतिको वोध गराउँदछ । यसमा केवल उपत्यकाको मात्र विशेष वर्णन छ । सुगौलीदेखि काठमाडौं जादा बाटामो पर्ने स्थानहरूको पनि वेलिविस्तारको साथ बयान गरेका छन् ।
कर्क पेट्रिकको प्रतिनिधि मण्डल फर्केको आठ वर्षपछि कम्पनी सरकारको दूतको रूपमा नेपाल दरवारमा प्रतिनिधित्व गर्नाको निम्ति सन् १८०२ को अप्रिल महिनामा कप्तान बक्स आफ्नो दलकोसाथ काठमाण्डौ आइपुगे । त्यसै दलकासाथ डा.बुचानन ह्यामिल्टन पनि थिए । त्यसको एक वर्षपछि अर्थात् १८०३ को मार्चको अन्ततिर बक्स साहव निराश भै फर्के तर यस एक वर्षको अवधिमा डा. ह्यामिल्टनले नेपालका धेरै उच्चाधिकारी तथा विद्वानहरूसँग भेटघाट गर्नाको साथै नेपालका वाइसे र चौविसे राज्यका विभिन्न व्यक्तिहरूसँग पनि भेटघाट गरी नेपाल राज्यको विवरण "An Account of the Kindom of Nepal" नामक पुस्तक तयार गरे । कर्क पेट्रीकको पुस्तक प्रकाशित भएको आठ वर्षपछि अर्थात् १८१९ मा वेलायतको एडिनवराबाट उक्त पुस्तक छपाए । यसमा नेपाल उपत्यकाको इतिहासको अतिरिक्त नेपालका वाइसे र चौविसे राज्यहरूको विषयमा पनि वयान गरिएको छ ।
भीमसने थापाको पतन र जङ्गवहादुरको उत्थानको सम्बन्धमा हडसनका रिपोर्टहरू अति रोचक छन् । नेपाललाई व्यापारमा लगाउने र नेपालीको बढी जनसंख्यालाई गोर्खा पल्टनमा भर्ना गरी नेपालाई अंग्रेजको अधिनस्थ गर्नमा उनको विशेष हात छ।
त्यसपछि नेपालमा लामो समयसम्म सन् १९२० सम्म वसी नेपालको विषयमा गहिरो अध्ययन गर्ने व्यक्तिको नाम हड्सन हो । नेपाल आउनुभन्दा पहिले उनी कुमाउका कमिश्नरको सहायकको रूपमा काम गरेको हुनाले नेपालको विषयमा उनलाई जानकारी नै हुने भयो । कारण, नेपालले एकचोटी आफ्नो साँध सतलजसम्म पुर्याएको थियो । नेपालमा उनी रेजिडेण्ट गवर्नरको सहायकको रूपमा आएर पछि उनी आफै पनि रेजिडेण्ट भए । भीमसेन थापाको पतन र जंगबहादुरको उदय हुँदा उनी नेपालमै थिए । उनले नेपाल र तिब्बतका भाषा, साहित्य र धर्मको सम्बन्धमा गहकिला लेखहरू लेख । त्यसैगरी च्यामे पोडे, र धिमालको विषयमा निवन्ध पनि लेखे । नेपालको पुलिस तथा न्याय व्यवस्था सम्बन्धी रीति स्थिति तयार गरी नेपालको प्रत्येक जातिको विषयमा खले गहन अध्ययन गरे । भीमसने थापाको पतन र जङ्गवहादुरको उत्थानको सम्बन्धमा उनका रिपोर्टहरू अति रोचक छन् । नेपाललाई व्यापारमा लगाउने र नेपालीको बढी जनसंख्यालाई गोर्खा पल्टनमा भर्ना गरी नेपालाई अंग्रेजको अधिनस्थ गर्नमा उनको विशेष हात छ। नेपालका जातिको सम्बन्धमा सबभन्दा पहिलो पटक रिपोर्ट गर्ने व्यक्ति पनि यिनै हुन् । त्यसकोसाथै नेपालका धेरै वहुमूल्य हस्तलिखित ग्रन्थहरूको संकलन गरी लण्डन र पेरिसको म्यूजियममा पनि पठाए । त्यसले गर्दा नेपाली इतिहासको अनुशीलनमा उनको विशेष नाम छ ।
त्यसपछि डा. डेनियल राइटको नाम आउँछ । उनी नेपालमा दश वर्षसम्म रेजिडेण्ट भै सकेका थिए । उनले पनि नेपालको एक वंशावली फेलापारे । यो वंशावली संस्कृत र नेवारी मिसिएको छ । यसको उल्था अंग्रेजी दूतावासमा सम्बन्धित भएका शिवशंकर सिंह र मीर मुन्सीले गरेका हुन् । यसै अनुवादमा एक भूमिका लेखी उनले यसलाई “नेपालको इतिहास” Histroy of Nepal" भन्ने नामाकरण गरी बेलायतको क्याम्ब्रिजबाट सन् १९७७ मा छपाए । उनलाई यस कार्यमा नेपालका एक नागरिक पण्डित गुणानन्द जसका वंशज नेपालको इतिहास लेखन कार्यमा थिए र जो त्यसताक पटनामा बस्दथे, ले सघाउ पुऱ्याएका थिए ।
यसको तीन वर्ष पछि बृटिस दूताबासका डा. बोल्डफिल्डले स्केचेज अफ नेपाल भनी दुई खण्डमा नेपालको इतिहास सन् १८८० मा छपाए । त्यस पुस्तकमा नेपालको इतिहासको अतिरिक्त नेपालको भूगोल सम्बन्धमा पनि ज्यादै गहन अध्ययन झल्केको पाइन्छ । उनले आफ्ना पुस्तकमा तात्कालीन नेपालको राजनीतिक र सामाजिक स्थितिको राम्रो र रोचक ढङ्गले बयान गरेका छन् । त्यसको अतिरिक्त नेपालमा प्रचलित बुद्ध धर्ममा उनको एक लामो निबन्ध छ, जसलाई विद्वानहरूले यो निबन्ध आफ्नै प्रकारको छ भनी भन्दछन् ।
विभिन्न साम्राज्यवादी देशहरूले पूर्वका आ-आफ्ना उपनिबेश तथा अधिनका राष्ट्रहरूको इतिहास, सामाजिक, धार्मिक, राजनीतिक तथा भौगोलिक स्थितिहरूको शोध गराई प्रकाशित गराउन थालेपछि युरोपमा एक संस्थाको विकास भएर आयो ।
त्यसपछि अरूपनि पाश्चात्य देशहरू नेपालप्रति आकर्षित हुनथाले । विभिन्न साम्राज्यवादी देशहरूले पूर्वका आ-आफ्ना उपनिबेश तथा अधिनका राष्ट्रहरूको इतिहास, सामाजिक, धार्मिक, राजनीतिक तथा भौगोलिक स्थितिहरूको शोध गराई प्रकाशित गराउन थालेपछि युरोपमा एक संस्थाको विकास भएर आयो । त्यो हो पूर्वी अध्ययन मण्डल, अनि युरोपमा पूर्वेली विद्वान ( Orientalist) को जमात तयार हुनथाल्यो । यही पूर्वेली विद्धानमध्ये फ्रान्सका सिल्भ्यान लेभी पनि एक थिए । उनी बीसौं शताब्दीको सुरुमा नेपाल आए र १९०५ मा उनले नेपालको इतिहास दुई खण्डमा फ्रान्सेली भाषामा छपाए । फ्रान्सीसी सम्राज्यवादको त्यसताका नेपालमा कुनै स्वार्थ नभएको हुँदा होला उनको पुस्तक नेपालको आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक आदि बुझ्न सबभन्दा उपयोगी छ । नेपालको आफ्नै स्वतन्त्र परम्परा छ र यो भारतको अंग हुनै सक्दैन भन्ने कुराबाट नै सुरु गरेका छन् तर दुर्भाग्यवश अहिलेसम्म यो पुस्तक अंग्रेजी तथा नेपालीमा छापिएको छैन ।
सिल्भ्यान लेभीले नेपालको स्वतन्त्रताको विषयमा जोड दिई लेखेपछि अंग्रेज र राणाशासनहरूको दोस्तीमा खलल पर्ने भएको हुँदा राणाहरू अंग्रेजी सम्राज्यवादका पक्का साथी हुन् भनी लेखाउन आवश्यक परेको थियो । त्यस कार्यलाई पर्सिभल ल्याण्डन नामक एक अंग्रेजले पूरागरे ।
अहिलेसम्मका विद्धानहरूले नेपालको वंशावलीहरूको खोजगरी त्यसलाई उल्थागरी प्रकाशित गर्ने जुन कुरा गरे त्यसबाट नेपालको इतिहासलाई अझै गहिरो अध्ययन गर्ने मनोवृति जागेर आयो । भारतमा त्यसबखत शिला लेखहरूको खोजबिन र नयाँ नयाँ व्याख्या हुन थालेको थियो । त्यसैले गर्दा भारतका एक विद्धान पं. भगवानलाल इन्द्रजीको ध्यान यसतर्फ आकर्षित भयो । नेपालका शिलालेखहरूको खोजी गरी मानदेव प्रथमको चागु नारायणको शिला लेखसहित अन्य १४ वटा जम्मा गरी लिच्छवी कालका १५ वटा शिलालेख “नेपालका शिला लेखहरू' "Inscriptions from Nepal" भन्ने छपाए । त्यसको ६ वर्षपछि अर्थात् सन् १८८६ मा अंग्रेजी प्राध्यापक सिसिल वाण्डलले त्यही युगको अर्को ६ वटा अभिलेखहरू प्रकाशमा ल्याए । त्यसको पनि २२ वर्षपछि सन् १९०८ मा फ्रान्सीसी प्राध्यापक सिल्भ्यान लेभीले त्यसै युगका अरू २१ वटा शिलालेखहरू प्रकाशमा ल्याए । नेपालको इतिहासको खोजमा यो एक कदम अगाडि बढेको मान्नुपर्दछ । पहिलेको आधार वंशावली थियो भने अब शिलालेखहरू हुनथाले । त्यसको व्याख्या हुनथाल्यो । इतिहासले पनि अब तर्क वितर्कको बाटो लिनथाल्यो ।
नेपाल चीन र भारतको वीच भएको हुँदा आदि कालदेखि नेपालको सम्बन्ध दुवै देशसँग रहेर आएको छ । यी दुवै देशका इतिहास तथा शिलालेखहरूमा नेपालको उल्लेख भएको छ । मध्य एशिया गजनी र पेशावरको बाटो गरी सन् ६२९ मा भारत पुगेका चीनियाँ यात्री हुयन साङ, त्यसको १४ वर्षपछि सन् ६४३ मा नेपालको बाटो गरी भारत पसेका चीनियाँ यात्री ली-पू-पाउ र त्यसको १४ वर्षसम्म अर्थात् ६५७ सम्म नेपालको बाटो गरी भारत चीन गर्ने चीनियाँ राजदूतहरूले चीनको ताडवंशको इतिहास अर्थात् वंशावलीमा नेपालका राजा नरेन्द्रदेवको राजदरबारको स्थिति, राजदरवारको भव्यता, बन्द व्यापार, साहित्य कला आदिमा प्रकाश पार्दछ । विस्तृत वयान गरेका छन् । उनीहरूको लेखाइले तत्कालीन नेपालको भौगोलिक अहिलेसम्म पनि नेपालीहरूले त्यस विषयमा मूल पाठ पढी त्यसको व्याख्या गर्ने काम भएको छैन । अहिलेसम्म हामीले अंग्रेजी अनुवाद नै पैचो लिई आफ्नो काम चलाइरहेका छौं । यसको अध्ययन हुन अति आवश्यक छ ।
भारतको एक प्रसिद्ध राजनीतिक पुस्तक कौटिल्यको अर्थशास्त्रमा नेपालको उल्लेख यस रूपमा आएको छ कि नेपाल उपत्यका तिब्बत र भारतको बीचमा ऊनीको ठूलो व्यापारिक केन्द्र थियो । त्यसपछि समुन्द्र गुप्तले आफ्नो अलाहवादको शिलालेखमा नेपाल भारत सम्राज्यको सीमावर्ती राज्य थियो भन्ने लेखेका छन् ।
भारतका पौराणिक साहित्य, बौद्ध तथा जैन साहित्यहरूमा पनि नेपालको उल्लेख आउँदछ। भारतको एक प्रसिद्ध राजनीतिक पुस्तक कौटिल्यको अर्थशास्त्रमा नेपालको उल्लेख यस रूपमा आएको छ कि नेपाल उपत्यका तिब्बत र भारतको बीचमा ऊनीको ठूलो व्यापारिक केन्द्र थियो । त्यसपछि समुन्द्र गुप्तले आफ्नो अलाहवादको शिलालेखमा नेपाल भारत सम्राज्यको सीमावर्ती राज्य थियो भन्ने लेखेका छन् । पछि नेपालमा सवर्ण हिन्दु धर्मको प्रभाव बढ्दै जाँदा नेपालका राजवंशहरूले आ-आफ्नो मंगोल वंशलाई त्यागी रघुवंशी भनी जुन घोषणा गरेका थिए त्यसको खण्डन गौर दास वसाकले गरेका छन् । उनले आफ्नो पुस्तक बुद्ध विहारमा टिप्पणी Notes on Buddhist Monestries" नामक पुस्तकमा मल्लवंशी राजाहरूले दावी गरेको रघुवंशीको खण्डन गरी जातीय र सांस्कृतिक समानता उनीहरूको उत्तरी छिमेकीसँग छ भनी स्पष्ट लेखेका छन् । त्यसपछि काशी प्रसाद जायसवालले चीन र भारतको बीच नेपालको वैदेशिक सम्बन्ध परम्परागत रूपले नै तटस्थको नीति भएर आएको छ भनेका छन् । मैले भनेको छु कि महापण्डित राहुलजीले पनि नेपालको एक इतिहास लेखेका थिए। यो प्रकाशमा आएको छैन तर पटनाको कुनै एक प्रेसमा पडीरहेको छ
भन्ने सुन्दछु । उनीसँग व्यक्तिगत रूपले लेखकको कुरा हुँदा उनी नेपालको स्वतन्त्र अस्तित्व रहेर आएको छ भन्ने सत्य कुरासँग सहमत छैनन् ।
हज्जारौ वर्ष पुरानो आफ्नो सभ्यता संस्कृतिको इतिहासले युक्त भएको नेपालको आफ्नो राष्ट्रिय परम्पराबाट एकातिर राणाशाही र अंग्रेजी साम्राज्यवादले नेपाली जनतालाई बञ्चित गरे भने अर्कोतिर नेपाललाई अन्तर्राष्ट्रिय जगतबाट बिलकूलै अलगगरी नेपालीको भूत भविष्य दुवैलाई अन्धकार बनाउने कोशीस गरे ।
अब हामीले आफ्नो देशको इतिहासकारको सम्बन्धमा पनि केही कुरा भन्नुपर्छ। सात सालपूर्वदेखि नेपालको इतिहासकारको रूपमा नाम चलेका ईश्वरी प्रसाद उपाध्याय, रामजी प्रसाद, डिल्ली रमण तथा बालचन्द्र शर्मा आदि हुँन् । उनीहरूको मुख्य विशेषता नै विदेशी इतिहासकारहरूले लेखेका इतिहासहरूको नेपाली जनताले बुझ्ने भाषा नेपाली भाषामा अनुवादको रूपमा प्रस्तुत गरे । विदेशीहरूले नेपालको जुन परिचय विदेशमा दिएका थिए त्यसको अनुवाद नेपाली भाषाको रूपमा प्रस्तुत गरे ।यसमा कुनै शंका छैन कि त्यसमा उनीहरूले केही राष्ट्रिय अभियानलाई त्यसमा पनि विशेषगरी सुगौली सन्धीपूर्वका वीरहरूको वीर गाथा गाए ।
हज्जारौ वर्ष पुरानो आफ्नो सभ्यता संस्कृतिको इतिहासलेयुक्त भएको नेपालको आफ्नो राष्ट्रिय परम्पराबाट एकातिर राणाशाही र अंग्रेजी साम्राज्यवादले नेपाली जनतालाई बञ्चित गरे भने अर्कोतिर नेपाललाई अन्तर्राष्टिय जगतबाट बिलकूलै अलगगरी नेपालीको भूत भविष्य दुवैलाई अन्धकार बनाउने कोशीस गरे । राणा शाहीको एक शताब्दीको राज्यमा नेपालका विद्धान पण्डित तथा गुभाज्यूहरूको काम केवल अंग्रेजी साम्राज्यवादका वुद्धिजीवीहरूको जो नेपालमा आए, सघाउ गर्ने एक कारिन्दाको रूपमा मात्र देखिन गयो । तर सात सालको क्रान्तिको फलस्वरूप राणा शाहीको अन्त्य भएपछि आफ्नो देशको अरू क्षेत्रमा अनुसन्धान गर्ने कार्य सुरु भएको छ । इतिहासको क्षेत्र पनि यसमा सामेल भएको छ । त्यसको अतिरिक्त नेपाल अन्तराष्ट्रिय रंगमञ्चमा पनि देखापरेको हुनाले विश्वका साना ठूला धेरैजसो राष्ट्रहरूले नेपालको सम्बन्धमा दिलचस्पी देखाई नेपाल सम्बन्धी साहित्यहरू प्रकाशमा ल्याउन थालेका छन् ।
श्री बाबुराम आचार्यले आफ्नो मृत्युभन्दा पहिला पृथ्वीनारायण शाहको जीवनी र केही ऐतिहासिक लेखहरू छाडेर जानु भएको छ । राणाको समयदेखि भित्रभित्रै नेपालको इतिहासमा उहाँले चाख लिनु भएको थियो । अतः वहाँलाई नेपालको इतिहासको धेरै कुरा जानकारी थियो । यसै सिलसिलामा उहाँको आँखाको ज्योति पनि समाप्त भएको थियो । यस्तो पुरुषको सम्मानको निम्ति इतिहास शिरोमणी पदवीले विभूषित गर्नुभन्दा उहाँको सम्पूर्ण कुराको टेपरिकर्ड गर्न आवश्यक थियो । वहाँको मृत्युको साथ वहाँको दिल दिमागमा भएका कुराहरू पनि गए । यो दुःखको कुरा हो । त्यसपछि पं. नयराज पन्तको पहलमा नेपालमा “ इतिहास संशोधन मण्डल " गठन भयो । यसको मुख्य काम नै अभिलेख, ताम्रपत्र, शिलापत्र, भोजपत्र र अन्य प्रकाशमा नआएका ऐतिहासिक वस्तुहरूको खोजविन गरी प्रकाशमा ल्याउनु भयो ।
अब आई “पूर्णिमा” नामक केवल इतिहास मात्र लिप्त भएको पत्रिका पनि छापिन थालेको छ । अहिले आई नेपाल र एशियाली अध्ययन संस्थानको स्थापना पनि नेपालको विश्व विद्यालयमा कायम भएको छ । धनबज्र बज्राचार्यद्धारा संकलन र सम्पादन गरिएको “लिच्छवीकालका अभिलेख” अति नै महत्वपूर्ण दस्तावेज छ- लिच्छवी कालको अध्ययनको निम्ति । त्यसको साथै नेपाल महात्म्य तथा पशुपति पुराण जस्ता पौराणिक ग्रन्थहरू पनि नेपालीमा प्रकाशित भएको छ । यसबीच एकातिर डिल्लीरमण रेग्मीले आफ्ना इतिहासका पुस्तकहरूलाई अहिलेसम्म प्राप्त भएका तथ्य तथ्यांकहरू समावेश गरी आफ्ना किताबहरूका आधार ठुला बनाएका छन् । नेपालको भुमि व्यवस्था र “नेपाली आर्थिक इतिहासको एक अध्ययन " A study in Nepal Economic History. (१७६८-१८४६) जस्ता पुस्तकहरू लेखी नेपाली इतिहासलाई भौतिकवादी दृष्टिकोणले व्याख्या गर्ने आधारलाई बढाएका छन् ।
हामीले नेपालको विषयमा लेख्ने लेखकहरूमा जुन गलत धारणाहरू देखिएका छन् तिनको विरोध गर्ने सही आधारमा हामीले नेपाली समाजको एक ऐतिहासिक सर्वेक्षण गर्ने अति आवश्यक भएर आएको छ ।
राणा शाहीको अन्त्यपछि पेरीच्को मध्यकालीन नेपालले मल्ल कालको प्रकाश बढाएको छ । डिस्कभरी अफ मल्लले सुदर पश्चिमको मल्ल राज्यका अवशेषहरू पत्ता लाएको छ र नोलीको Nepalies Inscription in Gupta Character ले लिच्छवी कालको अध्ययनलाई अझै सुगम बनाएको छ । नेपालको आदिम इतिहासको अतिरिक्त विषेशगरी नेपालका जातिहरू विशेष गरी कविला जातिहरूको विषयमा पनि केही पुस्तकहरू प्रकाशमा आउन थालेका छन् । यसको अतिरिक्त नेपालसँग दौत्य सम्बन्ध भएका देशहरूले नेपालको तत्कालीन राजनीतिक स्थिति र जनवादी आन्दोलनलाई प्रमुख गरी धेरै नै किताबहरू प्रकाशमा ल्याएका छन् । एकातिर अन्तर्राष्ट्रिय जगतमा नेपालको जानकारीको चाख बढ्दो छ भने अर्कोतिर नेपालीहरूमै पनि आफ्नो इतिहास जान्नेसुन्ने र लेख्ने चाख बढ्न थालेको छ । यो शुभ लक्षण हो । यस्तो अवस्थामा हामीले नेपालको विषयमा लेख्ने लेखकहरूमा जुन गलत धारणाहरू देखिएका छन् तिनको विरोध गर्ने सही आधारमा हामीले नेपाली समाजको एक ऐतिहासिक सर्वेक्षण गर्ने अति आवश्यक भएर आएको छ ।
हाम्रो देशको इतिहासले हाम्रो देशका जनताको चेतना वृद्धि गर्नमा एक ठूलो सैदान्तिक र राजनीतिक हतियारको काम गर्दछ । कारण आजको नेपाल हिजोको नेपालको बच्चा र भावी नेपालको बीज हो । अतः इतिहास न एक विवरण हो न राजवंशको क्रमागत लेख, न त समाजमा घटेका घटनाहरूको क्रमागत संकलन नै हो । इतिहास मुख्यतः सप्राण सामाजिक संगठन हो, जसमा कुनै निश्चित नियम अनुसार संघटन र विघटनको कृया चालु नै भैरहेको हुन्छ । यो सामाजिक कृया एक अन्तहीत रचनात्मक कृया हो, त्यही संघटन र विघटनको कृयाले गर्दा समाजमा हमेशा एक शक्तिको नाश र अर्को शक्तिको विकास भैरहेको हुन्छ । कुनै पनि समाजको उत्पादनको व्यवस्थामा परिवर्तन आउनको साथै समाजको अन्य सम्पूर्ण ढाँचामा त्यसको छाप पर्न थाल्दछ, र तिनमा पनि परिवर्तनको लक्षण देखापर्दछ । उत्पादनको व्यवस्थाबाट उत्पन्न हुने संघटन र विघटनको क्रिया नै समाज विकासको नियम हो । यस क्रियाको जानकारी भएको खण्डमा सचेतन रूपबाट समाजमा परिवर्तन ल्याउन सकिनेछ । त्यसै भएको हुनाले इतिहासले समाजको परिवर्तनमा एक मुख्य हतियारको रूपमा काम गर्दछ । त्यसै भएको हुनाले शोषक वर्गका प्रतिनिधिहरूले इतिहासलाई तोडमोड गरी गलत किसिमले पेश गरेका छन् ।
अधिकांश विदेशी नेपाली इतिहासकारहरूले नेपालको समाजप्रति यो गलत धारणा दिएका छन् कि नेपाल र भारत सांस्कृतिक दृष्टिकोणले एक हो । यो धारणा यति बलियो रूपमा रहन गएको छ कि यसको शिकार स्वयम् नेपालका इतिहासकारहरू पनि नभएका छैनन् ।
अधिकांश विदेशी नेपाली इतिहासकारहरूले नेपालको समाजप्रति यो गलत धारणा दिएका छन् कि नेपाल र भारत सांस्कृतिक दृष्टिकोणले एक हो । यो धारणा यति बलियो रूपमा रहन गएको छ कि यसको शिकार स्वयम् नेपालका इतिहासकारहरू पनि नभएका छैनन् । यस गलत धारणाको अन्तर्गत अचेलका केही भारतीय लेखकहरूले नेपालको इतिहास एक किसिमले हिन्दूको इतिहास भने पनि हुन्छ भनी स्पष्ट शब्दमा लेखेका छन् । यसको प्रतिवादमा नेपालमा अचेल एक अन्धराष्ट्रवादी धारणा जागरण गराइएको छ। त्यो धारणा हो- भारतीय जती सबै गलत अतः भारतको सबै प्रकारको विरोध गर्नु नै नेपाल र नेपालीको अस्तित्व जोगाउनु हो । अतः नेपाली जनताको आजको मुख्य कुरा नै भारत विरोधी संघर्ष गर्नु हो । यसरी इतिहासको धारालाई गलत मोड दिई, दुई देशका जनता आज जागृतिको पथमा लागेको बेलामा उनीहरूको आन्दोलनलाई बङ्ग्याउनु हो । यसरी इतिहासको धारालाई गलत मोड दिई, दुई देशका जनता आज जागृतिको पथमा लागेको बेलामा उनीहरूको आन्दोलनलाई बङ्ग्याउने कुचेष्टा दुवै देशका शोषक वर्गका बुद्धीजीवीहरू गर्दैछन् । अतः आज नेपाली समाजको ऐतिहासिक सर्वेक्षण गरी वास्तविक कुरा जन समक्ष ल्याउन परेको छ । यस अनुसार हाम्रो नेपाली समाजले कति प्रकारका उत्पादनका अवस्थाहरू पारगरेर आएको छ र अहिले कुन अवस्थामा छ र अब हामी कतापट्टी कसरी अगाडि बढ्ने भन्ने कुरा स्पष्ट हुनेछ, कारण इतिहासकारको काम समाजको व्याख्या गर्नु मात्र होइन, यसको परिवर्तनको मार्ग दर्शाउनु र त्यसमा सक्रिय रूपले भाग लिनु पनि हो ।
यसै दृष्टिकोण र आवश्यकताले प्रेरित भएर म यतापट्टि अग्रसर भएको हुँ। यो पहिलो प्रयास भएको हुँदा यसले आजको आवश्यकतालाई सम्पूर्ण रूपले पूरागर्न नसके पनि आवश्यकतातिर यो पहिलो कदम हुनेछ । त्यसैमा मलाई सन्तोष छ ।
पुष्पलाल छानिएका रचना भाग १ बाट साभार
प्रतिक्रिया