भलिबल खेलमा नेपाल पराजित

 साउन ६ गते आइतबार भएको नेपाल र रुसबीचको पहिलो मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । रुससँग नेपाल २५–१७ २५–१९ र २५–१५ ले पराजित भएको हो । सोमबार दोस्रो खेल हुनेछ । 

यो मैत्रीपुर्ण म्याचलाई नेपाली टोलीले काभा नेसन्स लिगको तयारीको रुपमा लिएको छ। साउन १७ देखि काठमाडौंमा हुने काभा नेसन्स लिग तयारीका लागि नेपालले यो मैत्रीपूर्ण म्याच खेल्न लागेको हो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भईइरहेको छ।

 नेपाल भलिबल संघका अनुसार यस काभा लिगमा भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने छन् ।