पूर्वाग्रहको संस्कृति: जब सज्जन छिमेकी पनि 'चोर' जस्तै लाग्न थाल्छ !

२०५१ असोज महिनाको 'नौलो कोसेली साहित्यिक पत्रिकामा निस्केको मेरो एउटा छोटो कथा पुरानो साथी लाई थोरै संपादन गरी म यहाँ प्रस्तुत गर्न चाहन्छु ।

पुरानो साथी

म परें प्रतिपक्षी पार्टीको एक कार्यकर्ता र मेरो एक पुरानो साथी पर्यो- कर कार्यालयको एक नम्बरको घुस्याहा जागीरे | घूस खाएरै उसले शहरमा तीन वटा ठूला ठूला घरहरु बनाएर भाडामा लगाएको छ ।

म राजनीतिक व्यक्ति भएको हुँदा प्रायः ऊ मसंग राजनीतिको कुरा गर्ने रुची गर्छ । ऊ मेरो पार्टीको अन्धविरोध गर्छ । सत्तापक्षले गतिलो काम केही पनि गर्न नसकेकोले लाजले गर्दा सो ऊ सत्तापक्षको प्रसंसा नै गर्न चाँहि सक्दैन र पनि घुमाउरो पाराले भने ऊ सत्ताधारी पार्टीको पक्ष लिनेगर्छ । सत्ताधारी पार्टीले काम गर्न नसकेकोले मात्र हैन, धेरै कुकामहरु समेत गरेकोले उसलाई मसंग कुराकानी गर्न थप कठिनाइ पर्नेगर्छ ।

एकदिन कुराकानीको क्रममा उसले मलाई भन्यो- "जनताको पक्षमा सत्तापक्षले मात्रै काम गरेन भन्न पाइन्छ ? प्रतिपक्षले पनि त खाली सडक- आन्दोलन मात्र गरेर बोर गयो नि ।” उसले यसो भनेको केही दिनपछि हाम्रो सडक आन्दोलन रोकियो ।

तर त्यतिखेर पनि उसले हाम्रो विरोध गर्न भने छोडेन, मलाई भन्यो- “प्रतिपक्षले अलि अलि विरोध गर्थ्यो सडकबाट, अब त यसले त्यो गर्न पनि छोड्यो । यसरी प्रतिपक्ष आफ्नो कर्तव्यबाट च्यूत भयो । "

हरेक घटनामा ऊ मेरो पार्टीलाई नै दोषी ठहऱ्याउँथ्यो । पक्षपात गरेर सत्तापक्षले जिल्ला बा टोलको विकास- बजेट रोकिदिँदा ऊ भन्थ्यो- “प्रतिपक्षले झगडा गरेर पनि बजेट ल्याउनु पर्थ्यो ।"

बजेट रोकेको बिरोधमा हाम्रो पार्टीले उसले भनेझैं झगड़ा गयो, त्यतिले पनि नपुगेकोले यसले आन्दोलन नै पनि गयो, तर उसले भने त्यसको पनि विरोध गयो । उसले भन्यो- “प्रतिपक्ष वार्ता वा संझौताको भाषा नै नबुझ्ने अराजक र उग्रवादी दल बन्यो । यसले विरोधको 1 लागि विरोध गरिरहेछ ।”

पछि हामीले आन्दोलन अन्त गरी सत्ता पक्षसंग संझौता गर्यो । यो संझौता उसले माग गरेको कुरा नै थियो र पनि, अझै उसले भन्यो- “सम्झौता गरी प्रतिपक्षले आफ्नो लडाकूपन त्याग्यो, अब जनताले यसलाई किन राम्रो मान्ने ?"

यसपछि उसले संसदमा प्रतिपक्षले कडाभन्दा कडा विरोधमा उत्रेर "संसदीय तरीका" ले नै, बरु जबरजस्ती गरेरै पनि, सत्तापक्षलाई राम्रो काम गर्न बाध्य गर्नुपर्छ भन्ने राय व्यक्त गर्न थाल्यो ।

संयोगवश हाम्रो पार्टीले केही दिनपछि नै उसले भनेजस्तै गयो ।

तर अब उसले भन्न थाल्यो- “संसदमा जबरजस्ती गर्ने यस्तो गैरजिम्मेवार काम प्रतिपक्षले गर्नुहुन्नथ्यो । त्यसैले प्रतिपक्ष गतिलो छैन ।”

पछि पछि त उसले यस्ता विसंगत तर्कसमेत राख्न थाल्यो- "विरोध गर्नु प्रतिपक्षको प्रमुख कामै हो, यसले अस्ति प्रधानमन्त्री कार्यालयसामु धर्ना दिएको ठीक हो, धर्ना त दिनु पर्थ्यो, तर बाटो छेक्नु हुन्नथ्यो, चौर ढाक्नु हुन्नथ्यो ।”

"हड्ताल गर्नुपर्थ्यो तर स्कूल- कलेज, कार्यालय र कारखानाहरु चाहिँ । चालू नै हुन दिनुपर्थ्यो ।"

"नेपाल बन्द चाँहि हुनुपर्थ्यो तर शिक्षण संस्थाहरु, गाडी र पसल चाँहि खुल्न दिनुपर्थ्यो ।”

"जुलूस त गर्नैपर्थ्यो तर जनताका छोराछोरीलाई जुलूसमा सामेल गरेर घाममा शहर परिक्रमा गराउनु ठीक थिएन, सडकमा भीडभाड र नाराबाजी गरिनु ठीक थिएन ।”

जव म उसका यस्ता तर्कहरुको खण्डन गर्थे, तब चाँहि ऊ तर्कसर्क छोडेर माथि भनेझैं प्रतिपक्षको विरोधमा सोझै उत्रन्थ्यो ।

पछि मैले सोचें- वास्तवमा, यदि उसले चाहेको गर्दै जाने हो भने यो देशमा प्रतिपक्ष उठेको छ भने बस्नुपर्थ्यो, बसेको छ भने सुत्नु पर्थ्यो, सुतेको छ भने बेहोश हुनुपर्थ्यो, बेहोश भएको छ भने मर्नु पर्थ्यो ।

तर के उसैको मागबमोजिम प्रतिपक्ष यसरी भन्यो नै भने चाहिँ उसले स्याबासी देला त? मेरो दिमागमा यो प्रश्न पैदा भयो ।

मलाई लाग्छ, पक्कै पनि, त्यतिखेर पनि उसले प्रतिपक्षलाई जस दिने छैन, ऊ भन्ने छ- " प्रतिपक्ष - लाछी रहेछ, मर्‍यो ।”

यो कुरा मनमनै गुनेर आजकाल मउसंग भेट हुँदा राजनीतिक कुरै गर्दिनँ र ठाडै भन्ने गर्छु- "भैरबप्रसाद । सत्तापक्षको / चाकडी गरेर, भ्रष्टाचार गरी यो देशलाई डुबाउन खोज्ने तँ बेबकूफ अवसरवादी नोकरशाह, तँ मसंग राजनीतिका कुरा गर्न बन्द गर ।"

मेरो यो कडा प्रतिवादपछि पनि ऊ मसंग कुरा गर्न आउन चाँहि छोडेन, बरु म नै उदेखि परपर भएर तर्केर हिंड्नथालें ।

०००

पाठकवृन्द ! माथिको कथाको पात्र 'भैरवप्रसाद'लाई तपाईंले पनि जीवनका विभिन्न नाका र गौंडाहरूमा भेट गर्नुभएको होला ।

हो यी 'भैरवप्रसादहरूलाई हामीले कुनै पनि कुराले चित्त बुझाउँन सक्दैनौं । उनीहरू बेढंगका तर्क गर्छन् । तर्कले नभ्याएर कुतर्क गर्छन् र घुमफिरी हाम्रो अस्तित्वलाई नै नकार्न चाहन्छन् । उनीहरू हामीप्रति यत्ति धेरै पूर्वाग्रही बनेका हुन्छन् कि उनीहरू हामीले जे गरेपनि हाम्रो विरोध गर्न छाड्दैनन् । जे गरेपनि हामीलाई स्यावास् भन्दैनन् । यत्तिसम्म कि हामीले उनीहरूका निम्ति प्राण नै त्यागी दियौं भने पनि उनीहरू हामीलाई स्यावासी दिनुको साटो खिसीट्यूरी र अपमान गर्न पछि पर्दैनन् ।

वास्तवमा ती 'भैरवप्रसादहरू' को मनमा हामीहरूप्रति ठूलो पूर्वाग्रह छ । त्यसैले उनीहरू हाम्रा काम हेरेर हामीप्रति धारणा बनाउँदैनन् । धारणा बनाउँने बस्तुगत बाटो उनीहरूलाई स्वीकार्य छैन । उनीहरू अत्यन्त 'मनगढन्त' तरीकाले धारणा बनाउने बाटो अप्नाउँछन् । उनीहरूलाई हाम्रो अस्तित्व नै स्वीकार्य छैन । तीव्र अस्वीकृति मन मस्तिस्कमा बोकेर उनीहरू 'लोक लाज' ले गर्दा हामीसँग असहमति रहेको देखाउने 'इस्युहरू' खोज्न थाल्छन् । हामी उठेमा त्यो उठ्नुनै उनीहरूका लागि इस्यु भैदिन्छ, बसेमा बस्नु नै । र, अन्ततः हाम्रो बाँच्नु स्वयं नै उनीहरूलाई विरोधको निमित्त इस्यु बन्छ । हुँदाहुँदै त हाम्रो मर्नु स्वयं पनि त्यस्तै इस्यु बन्छ ।

'भैरवप्रसादहरू' लाई धारणा बनाउँने बस्तुगत बाटो स्वीकार्य छैन । उनीहरू अत्यन्त 'मनगढन्त' तरीकाले धारणा बनाउने बाटो अप्नाउँछन् । उनीहरूलाई हाम्रो अस्तित्व नै स्वीकार्य छैन । तीव्र अस्वीकृति मन मस्तिस्कमा बोकेर उनीहरू 'लोक लाज' ले गर्दा हामीसँग असहमति रहेको देखाउने 'इस्युहरू' खोज्न थाल्छन् ।

'यदि 'भैरबप्रसादहरू' पूर्वाग्रहले पीडित नभएको भए उनीहरू हामीलाई हाम्रो काम हेरेर 'स्यावास' पनि भन्थे होलान् । “अहो ! मैले चाहे जस्तै तपाईंले कदम चालीदिनु भएकोमा म खुसी छु धन्यवाद !" भन्थे होलान् । बरू अझै थप्थे होलान्- "यत्ति त ठीक छ, तर तपाईं अभ यो भन्दा पनि बढी मैले चाहेझैँ बन्नु होला ।" यसो भनेर हामीप्रति उनीहरू अ असन्तुष्ट चाहिं हुन्थे होलान् ।

तर उनीहरू पूर्वाग्रहले टुपीसम्मै पुरिएका छन् । हामीप्रति उनीहरूको दिलदिमागभित्र पहिले नै निश्चित धारणा बनीसकेको छ । त्यही पूर्वधारणा अनुसार उनीहरू हामीलाई लिन्छन्, चाहे हामी जे गरौं, जे बोलौं । काम हेर्नै पर्दैन, उनीहरू धारणा बनाइसक्छन्, कुरा सुन्नै पर्दैन उनीहरू धारणा बनाइसक्छन् । हामी जत्ति नै बदलिए पनि उनीहरूको धारणा बदलिंदैन ।

धन्न 'भैरवप्रसादहरू' !

एउटा नेपाली शब्दकोषले 'पूर्वाग्रह' को शब्दार्थ यसरी दिएको छ- “ कुनै विषय, समस्या आदिमाथि तर्क, बादविवाद, वा विचार गर्दा कसैले नयाँ सोचाई वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वीनश्चत धारणा अनुरूपनै लिने अड्डी !” यसै गरी यसलाई थप प्रस्ट्याउँदै शब्दकोष भन्छ- "परिवर्तित समय वा परिस्थितिका कुरा नबुझी आफ्ना कुरालाई नै बढी महत्व दिने जिद्दीवाल प्रवृत्ति, एकोहोरो हठ, ढिपी ।"

बामपन्थी नेता- कार्यकर्ताहरूले पनि कुनै पनि कुराबारे धारणा बनाउनु अघि बैज्ञानिक पद्धतिअपनाउने र त्यसमा पूर्वाग्रहबाट बच्ने, मुक्त हुने उपाय खोज्ने गर्नु जरूरी नहोला ?

वैज्ञानिक अनुसन्धान पद्धतिमा पूर्वाग्रहलाई विशेष चासोका साथ लिने गरिन्छ । अनुसन्धानकर्ताको पूर्व विश्वास वा पूर्व मान्यताले अनुसन्धानलाई प्रभाव नपारोस, र अनुसन्धान नितान्त वस्तुगत होस्, यसको नतिजा पनि वस्तुसम्मत रूपले आओस् भन्ने उद्देश्यले पूर्वाग्रहबाट बच्ने, चनाखो बन्ने कुराले ठूलै महत्व पाउने गरेको छ । अनुसन्धानको खाका तयार गर्नेदेखि लिएर यसको प्रकृयाको डिजाइन गर्ने र तथ्य- तथ्यांकको संकलन, संग्रहण, विश्लेषण एवं प्रस्तुति गर्ने तह लगायतका सबै तहहरूमा अनुसन्धानकर्ताको पूर्वाग्रहले असर नगरोस् भनी ती ती तहहरूका कामहरूलाई विशेष रूपले जाँचपरख गरेर सम्पन्न गर्ने गरिन्छ ।

वास्तवमा बैज्ञानिक दर्शनमा आधारित भएर समाज परिवर्तनको बाटोमा लागेका बामपन्थी नेता- कार्यकर्ताहरूले पनि कुनै पनि कुराबारे धारणा बनाउनु अघि बैज्ञानिक पद्धतिअपनाउने र त्यसमा पूर्वाग्रहबाट बच्ने, मुक्त हुने उपाय खोज्ने गर्नु जरूरी नहोला ?

हाम्रो समाज पूर्वाग्रहले ज्यादा नै पीडित समाज हो । पहिले नै कुनै कुराप्रति विश्वास वा अविश्वास गरिहाल्ने, अनि त्यस विश्वास वा अविश्वासका आधारमा धारणा बनाउने । यस्तो चलन यहाँ धार्मिक- समाजिक क्षेत्रमा व्याप्त छ । 'भगवान' मान्नेले त्यो भगवानको कमजोरीको कुरै सुन्न चाहँदैन । “तिम्रो भगवान 'कृष्ण' को यौन चरित्र चाहिं आलोच्य छ नि !" कसैले भनेको सुन्दा कृष्णभक्त रिसाउँछ । कृष्णप्रति ऊभित्र यत्ति पूर्व-आग्रह पैदा भैसकेको छ कि ऊ कृष्णको प्रसंशामात्र सुन्न चाहन्छ । कृष्णको आलोचना सुन्नु परेमा ऊ क्रोधले आगो हुन्छ । चन्द्रमामा मान्छे पुगेको कुरा सुन्नै नचाहने पुराना विचारका बुढाखाडाहरू हामी हाम्रो समाजमा थुप्रै भेट्छौं । उनीहरूलाई हामीले जत्ति नै प्रमाण जुटाएर कुरा गरेपनि उनीहरू आफ्नो ढीपी छाड्दैनन् । तर्कले नपुगेर उनीहरू कुतर्क समेत गर्न थाल्छन्- "त्यो रकेट यही पृथ्वीकै कुनै निर्जन ठाउँमा पुग्यो, अनि त्यसैलाई चन्द्रमामा पुगेको भन्ठानेका हुन् यिनले !"

व्यक्तिगत र वर्गगत स्वार्थका कारण घोर पूर्वाग्रही बनेका सत्तापक्षीय 'भैरवप्रसादहरू' यहाँ थुप्रै छन् । उनीहरू जुनसुकै स्थितिमा पनि प्रतिपक्षलाई स्वीकार्दैनन् । आँशिक रूपमा पनि स्वीकार्दैनन् ।

स्वास्थ्य उपचारका क्षेत्रमा, सामाजिक व्यवहारका क्षेत्रमा, घर परिवार संचालनका क्षेत्रमा लगायतका धेरै ठाउँमा मानिसहरूभित्र रहेको पूर्वाग्रहका कारण ठूल्ठूला अन्धविश्वास, रूढी र विसंगतिहरू बाँचीरहेको हामी पाउँछौं । यही प्रवृत्ति राजनीतिक क्षेत्रमा पनि उल्लेखनीय रूपमा पसेको छ । व्यक्तिगत र वर्गगत स्वार्थका कारण घोर पूर्वाग्रही बनेका सत्तापक्षीय 'भैरवप्रसादहरू' यहाँ थुप्रै छन् । उनीहरू जुनसुकै स्थितिमा पनि प्रतिपक्षलाई स्वीकार्दैनन् । आँशिक रूपमा पनि स्वीकार्दैनन् ।

माथि कथामा प्रयुक्त पात्र यो 'भैरवप्रसाद' भन्दा अलि भिन्न प्रकृतिका पूर्वाग्रहीहरू पनि राजनीतिको मैदानमा यहाँ धेरै पाइन्छन् । भिन्नः प्रकृति, किनभने,
उनीहरू व्यक्तिगत वा वर्गगत स्वार्थका कारण हैन, सांस्कृतिक पछ्यौटेपनका कारण घोर पूर्वाग्रही बनेका छन् । इमान्दार छन्, सोझा छन्, मिहिनेती छन्, 'बाम वा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छन्, तर घोर पूर्वाग्रही छन् । उनीहरू आफू शुरूमै कुनै नेता वा पार्टीप्रति अगाध आस्था र विश्वास गर्ने गर्छन् । अरू नेता वा पार्टीप्रति अनास्था र अविश्वास गर्ने गर्छन् । अनि त्यो 'आफ्नो' भनेको नेता वा पार्टीमा सबैकुरा राम्रै राम्रो मात्र देख्न थाल्छन् । 'अर्को' भनेको नेता वा पार्टीमा नराम्रै मात्र देख्न थाल्छन् । आफ्नोले गरेका त्रुटीहरू उनीहरूलाई 'त्रुटी' नै लाग्न छोड्छ । आफ्नो गरेका 'सात खत' हरूलाई पनि उनीहरू माफी दिन्छन् । 'आफ्नो' का कमजोरीहरू कसैले खुट्याइदियो भने उनीहरू त्यो कमजोरी खुट्याइदिनेलाई 'धन्यवाद' दिने त परको कुरा, ऊसँग भयंकर क्रुद्ध हुन्छन् । आलोचनालाई विरोध ठान्छन्, मित्रवत् विरोधलाई पनि शत्रुवत् आक्रमण ठान्न थाल्छन् । हुँदाहुँदा त आलोचक 'मित्र' उनीहरूका लागि ठूलो खतराको विषय बन्न पुग्छ । मौन, तर खतरनाक शत्रु भने उनीहरूका लागि 'प्रिय पात्र' बन्न पुग्छ ।

पूर्वाग्रहीहरू अरूका कुरा पढ्दैनन् । कसैले भन्नु अगाडि नै उनीहरूले बुझी सक्छन् । कसैले लेख्नु अगाडि नै उनीहरू पढीसक्छन् ।

–पूर्वाग्रहीहरू अरूका कुरा सुन्दैनन् ।

–पूर्वाग्रहीहरू विचारका आधारमा, तथ्यका आधारमा हैन, अन्ध आस्था, अन्धविश्वासका आधारमा धारणा बनाउँछन् ।

'आफ्नो' ठानेकोले गरेको ठूला गल्तीहरूलाई पनि उनीहरू गल्ती ठान्दैनन्, अरूले गरेका सानो गल्तीलाई पनि 'अपराध' ठान्छन् ।

–आफ्ना आँगमा भैसी हिंडेको नदेख्ने, अर्काको आँगमा जुम्रा हिंडेको पनि देख्ने बानी उनीहरूको हुन्छ ।

–पूर्वाग्रहीहरू अरूका कुरा पढ्दैनन् ।

–कसैले भन्नु अगाडि नै उनीहरूले बुझी सक्छन् । कसैले लेख्नु अगाडि नै उनीहरू पढीसक्छन् ।

–पूर्वाग्रहीहरूमा ग्रहणशीलता अत्यन्त कम हुन्छ । तर्कशीलता मर्दै गएर उनीहरूमा अवसरवादी कुतर्कशीलता हावी  हुँदै जान्छ ।

–पूर्वाग्रहीहरू इतिहास र भविष्य दुवैप्रति इमान्दार हुँदैनन् ।

–पूर्वाग्रहीहरू वास्तवमा र अन्ततः आफ्नै लागि पनि हानिकारक हुन्छन् । तर त्यो हानी व्यहोर्नु परेपछि पनि उनीहरू पूर्वाग्रही नै रहन भने छाड्दैनन् । आफ्नो अबुद्धिमानीले गर्दा हानी व्यहोर्नु परेको "कुरा उनीहरू स्वीकार्दैनन् । केही सीप नलागेमा उनीहरू भन्न पुग्छन्- “भाग्यमै यस्तो लेखिएको रहेछ । अब के गर्ने त ! ?"

वास्तवमा पूर्वाग्रहको यो संस्कृतिलाई हाम्रो बाम आन्दोलनमा हामीले छानवीन गर्ने हो भने यो यहाँ कत्ति परिमाणमा पाइएला ? पूर्वाग्रहको कुन हदको शिकार भएको होला यो आन्दोलन ? टुट-फूट र अनेकताले युक्त नेपाली बामआन्दोलन अस्तित्व स्वार्थका कारण पनि अलि बेसी नै पूर्वाग्रहको शिकार भएको हो कि ? बैज्ञानिक विश्वदृष्टिकोण निर्माणको कामले माथिदेखि तलसम्म आवश्यक महत्व पार्टीहरूमा नपाएकोले पनि यो पूर्वाग्रहको संस्कृतिले ज्यादा मौलाउने अवसर पाएको हो कि ?

वास्तवमा पूर्वाग्रहको संस्कृतिलाई बाम आन्दोलनमा हामीले छानविन गर्ने हो भने यो यहाँ कत्ति परिमाणमा पाइएला ? पूर्वाग्रहको कुन हदको शिकार भएको होला यो आन्दोलन ?

अन्त्यमा, चिनियाँ लोककथाको एक पात्रको उल्लेख गरौं । आफ्नो बञ्चरो हराउँदा कुनै छिमेकीमाथि उसले चोरीको शंका गर्यो । त्यो
हेराइ छिमेकीको हिडाई, बोलाई, हेराई सबै उसलाई चोरकै हिंडाई, बोलाई, जस्तै लाग्यो । भोलिपल्ट थाहा भयो- बञ्चरो त आफ्नै घरमा कतै
अल्मलिएको रहेछ । त्यसपछि त्यो छिमेकीप्रतिको उसको शंका स्वतः दूर भयो । अब त्यो छिमेकीको हिडाई, बोलाई, हेराई सबै उसलाई चोरको हैन, कुनै सज्जन भलाद्मीको जस्तो लाग्न थाल्यो ।

–मूल्याङ्कन २०५६ असार अङ्कमा प्रकाशित