त्यो सानो यहूदी केटो
यो छोटो कथा भन्न सजिलो छैन– यति साधारण छ यो ! जब म युवा थिएँ, गर्मी र बसन्तका दिनहरुका आइतबार म हाम्रा गल्लीका बच्चाहरुलाई भेला गर्थें र उनीहरुलाई खेतछेउका जंगलमा लैजाने गर्थे । चराहरु जस्तै चुल्बुल, साना बच्चाहरुलाई साथी बनाउनु मलाई राम्रो लाग्थ्यो ।
बच्चाहरु पनि शहरको धूलो र भीडले भरिएका गल्लीहरुबाट टाढा जान रमाउथे । उनीहरुका आमाहरुले उनीहरुलाई रोटी दिन्थे, म केही गुलिया मिठाइहरु किन्थें, एउटा बोतलमा हाल्थें र कुनै गोठालोले जस्तै गरी मेरा ‘भेडाका वेफिक्री बच्चाहरु’लाई पछ्याउँदै जान्थें– शहरका बीच, खेतहरु पारी, हरियो जङ्गलतिर, जसलाई बसन्तले आफ्ना सुन्दर वस्त्रहरुले सजाइदिएका हुन्थे ।
सधैं हामी बिहान सखारै शहरबाट बाहिर निस्किएका हुन्थ्यौं, त्यसबेला चर्चका घण्टीहरु बजिरहेका हुन्थे र बच्चाहरुको कोमल पाइतालाले जमीनमा टेक्दा उडिरहेका धूलाहरुले हामीलाई साथ दिइरहेका हुन्थे। दिउँसोको समय, जब दिनको गर्मी पूरा चर्किएको हुन्थ्यो, खेल्दाखेल्दै थाकेका मेरा साथीहरु जंगलको एउटा कुनामा भेला हुन्थे । खाना खाइसकेपछि ससाना बच्चाहरु झाडी–रुखका छायाँमा घाँसमै सुत्थे । दश वर्ष उमेरका ठूला बच्चाहरु चाहिँ मेरो चारैतिर बसेर मलाई घेर्थे अनि कुनै कथा सुनाउन भन्थे । म उनीहरुको इच्छा पूरा गर्दै कथा सुनाउन थाल्थें र ती बच्चाहरुजस्तै आल्हादित भएर कुराकानी गर्थे । त्यस दौरानमा म आफू युवा हुँ भन्ने आत्मविश्वास हुँदाहुँदै पनि सांसारिक ज्ञानको त्यो हास्यास्पद अवस्थामा पुग्थें र म प्रायः आफूलाई विद्वानहरुले घेरिएका कुनै वीस वर्षीय बालक जस्तै ठान्थें ।
सधैं हामी बिहान सखारै शहरबाट बाहिर निस्किएका हुन्थ्यौं, त्यसबेला चर्चका घण्टीहरु बजिरहेका हुन्थे र बच्चाहरुको कोमल पाइतालाले जमीनमा टेक्दा उडिरहेका धूलाहरुले हामीलाई साथ दिइरहेका हुन्थे।
हामी माथि अनन्त आकाश फैलिएको छ, अगाडि जंगलका विविधताहरु एउटा जबरदस्त मौनतामा लपेटिएको छ, हावाका कुनै झोकाहरु लहराउँदै हामी नजिकैबाट निस्किएर जान्छ, कुनै फुस्फुसाएका आवाजहरु तीब्रताका साथ गुज्रिन्छ, जंगलका सुवासित छायाँहरु काँप्छ र एक पटक फेरि एउटा निक्कै सुन्दर मौनता आत्मामा भरिन्छ ।
आकाशको नीलो विस्तारमा सेता बादल विस्तार तैरिरहेका छन्, सूर्यका किरणहरुले तातिएका जमीनबाट हेर्दा माथि आकाश अत्यन्तै शीतल देखिन्छ र फाट्दै गरेका बादलहरुलाई देखेर अति अनौठो लाग्छ ।
मेरा चारैतिर छन् यी ससाना, प्यारा बच्चाहरु, जसलाई जिन्दगीका सबै दुःख र खुसीहरु सिकाउनका लागि मैले बोलाएर ल्याएको छु ।
ती थिए मेरा राम्रा दिन, तिनीहरु नै थिए मेरा राम्रा भोजनहरु, र जिन्दगीको अँध्यारोले ग्रसित मेरो आत्मा, बच्चाहरुको कल्पना र अनुभूतिहरुको स्पष्ट विद्वतामा नुहाएर फेरि तरोताजा हुने गर्थे ।
बच्चाहरुको भीडको बीचबाट हुँदै, ऊ गल्लीको बीचमा रोकियो, उसले आफ्ना खुट्टाहरु बिहानको चिसो धूलोमा दृढतापूर्वक टेकायो र उसको चिल्लो अनुहारमा कालो ओठ डरले खुल्यो– एकै छिनमा, एउटै छलाङमा, ऊ फुटपाथमा उभिएको थियो ।
एक दिन जब बच्चाहरुको भीडसँग शहरबाट निस्किएर म एउटा खेतमा पुगें, त्यहाँ हामीले एक जना अपरिचित सानो यहुदी केटोलाई भेट्यो । ऊ खाली खुट्टा थियो, कमीज फाटेको थियो । उसको कालो आँखीभौं, दुब्लो शरीर र भेडाको बच्चा जस्तै घुम्रिएको कपाल थयो । उः कुनै कारणले दुःखी थियो र यस्तो लाग्थ्यो उनी अहिलेसम्म रोइरहेको थयो । उसको शून्य काला आँखाहरु सुन्निएका र राता थिए, जुन उसको भोकले नीलो बनेको अनुहारमा धैरै तिख्खर लाग्थ्यो । बच्चाहरुको भीडको बीचबाट हुँदै, ऊ गल्लीको बीचमा रोकियो, उसले आफ्ना खुट्टाहरु बिहानको चिसो धूलोमा दृढतापूर्वक टेकायो र उसको चिल्लो अनुहारमा कालो ओठ डरले खुल्यो– एकै छिनमा, एउटै छलाङमा, ऊ फुटपाथमा उभिएको थियो ।
“त्यसलाई समात !” सबै बच्चाहरु एकसाथ खुसीले कराए, “साना यहूदी ! साना यहुदीलाई समात !”
उसले आफ्नो खुट्टा तन्काएर आफूलाई अग्लो बनाउने कोशिश गरिरहेको थियो । उसले आफनो काँधलाई बाटोको पर्खालमा टेकाएको थियो र हातलाई कम्मरपछाडि लगेर बाँधेको थियो ।
मैले सोचेको थिएँ ऊ भाग्नेछ । उसको पातलो, ठूलो आँखाहरु भएको अनुहारमा भयको मुद्रा अंकीत थियो । उसका ओठ काँपिरहेका थिए । ऊ हाँसो उडाउनेहरुको भीडको हल्लाबीचमा खडा थियो । उसले आफ्नो खुट्टा तन्काएर आफूलाई अग्लो बनाउने कोशिश गरिरहेको थियो । उसले आफनो काँधलाई बाटोको पर्खालमा टेकाएको थियो र हातलाई कम्मरपछाडि लगेर बाँधेको थियो ।
अचानक उसले अत्यन्तै शान्त, सफा र तीखो आवाजमा बोल्यो, “तिमीहरुलाई म एउटा खेल देखाउँ ?”
पहिले त मैले सोचे कि यो उसको आत्मरक्षाको कुनै तरिका होला, बच्चाहरु उसको कुरामा रुचि लिन लागे र ऊ भएठाउँबाट अलि पर हटे । ठूलो उमेरका र अलि अभद्र किसिमका केटाहरु मात्रै ऊतिर शंका र अविश्वासले हेरिरहे– हाम्रा गल्लीका केटाहरु अर्को गल्लीका केटाहरुसँग झगडा गर्थे । उनीहरुलाई आफूहरु अरुभन्दा बढी नै राम्रो रहेको ठोस विश्वास थियो । उनीहरु अरुको योग्यतातिर ध्यान दिनका लागि पनि तयार थिएनन् ।
तर साना बच्चाहरु यस मामिलामा एकदमै इमान्दार थिए ।
“देखाऊ – अवश्य पनि देखाऊ !”
त्यो राम्रो, दुब्लो–पातलो केटा पर्खालबाट पर हट्यो । उसले आफ्नो सानो शरीरलाई पछाडितिर झुकायो । उसले आफ्ना औंलाहरुले जमीनलाई छोयो र आफ्नो खुट्टालाई माथितिर हुत्त्याएर हातको सहारामा उभियो ।
कमीज र पेन्टका प्वालहरुबाट उसको दुब्लोपातलो शरीरको खैरो छाला देखिइरहेको थियो– काँघ, घुँडा र कुहिना त पहिले नै बाहिर निस्किएकै थियो । यस्तो लाग्थ्यो, एकपटक फेरि झुक्यो भने उसको यो पातलो हड्डी भाँच्चिनेछ ।
त्यसपछि ऊ घुम्न लाग्यो, मानौं कुने आगोको लप्कोले उसलाई पोलिरहेको छ, उसले आफना हातहरु र खुट्टाहरुले खेल देखाइरह्यो । कमीज र पेन्टका प्वालहरुबाट उसको दुब्लोपातलो शरीरको खैरो छाला देखिइरहेको थियो– काँघ, घुँडा र कुहिना त पहिले नै बाहिर निस्किएकै थियो । यस्तो लाग्थ्यो, एकपटक फेरि झुक्यो भने उसको यो पातलो हड्डी भाँच्चिनेछ । उसको पसिना चुहिन थालेको थियो । ढाडतिर उसको कमीज पूरै भिजिसकेको थियो । हरेक खेलपछि उसले बच्चाहरुको आँखामा, बनावटी, निर्जीव मुस्कानका साथ चिहाएर हेर्थ्यो । उसको चमकरहित कालो आँखाहरु फैलिएको राम्रो देखिँदैनथियो । यस्तो लाग्थ्यो, मानौं त्यसबाट पीडा झल्किरहेको छ । ऊ अनौठो ढङ्गले फड्फडाउँथ्यो र उनको हेराइमा एउटा यस्तो तनाव थियो, जुन प्रायः बच्चाहरुको हेराइमा हुँदैन । बच्चाहरु चिच्याइचिच्याइकन उसलाई उत्साहित गरिरहेका थिए । कतिजनाले त उसको नक्कल पनि गर्न थालेका थिए ।
तर अचानक त्यो मनोरञ्जक क्षण समाप्त भयो । केटा आफ्नो कलाबाजी छोडेर उभियो, अनि कुनै अनुभवी कलाकारले जस्तै बच्चाहरुतिर हेर्न लाग्यो । आफ्नो दुब्लो हात अगाडि फैलाएर उसले भन्यो, “अब मलाई केही देऊ !”
उनीहरु सबै चुप थिए । कसैले सोधे, “पैसा हो ?”
“हो,” त्यो केटाले भन्यो ।
“ए ! पैसाकै लागि गर्नु थियो भने हामी पनि त त्यसो गर्न सक्थ्यौं नि !”
अब बच्चाहरु हाँस्दै गालीको पर्रा छाड्दै खेततिर दौडिन लागे । वास्तवमा, उनीहरु कोहीसँग पनि पैसा थिएन र मसँग पनि खालि सात कोपेक मात्रै थियो । मैले दुई सिक्का उसको धूलोले भरिएको हातमा राखिदिएँ । केटाले त्यसलाई आफ्नो औंलाले छोयो र मुस्कुराउँदै भन्यो, “धन्यवाद!”
“त्यो, ढाडमा ? इस्टरको बेला एउटा मेलामा हामीले खेलतमासा देखाउँदै गर्दा लडेका थियौं । बाउ त अहिलेसम्म ओछ्यानमै थला परेका छन्, तर म चाहिँ पूरै ठीक छु ।”
ऊ जानको लागि मोडियो । मैले देखें, उसको कमीजको पीठमा कालोकालो दागहरु लागेको थियो ।
“पर्ख, त्यो के हो ?”
ऊ रोकियो, मोडियो, उसले मतिर ध्यानपूर्वक हेर्यो । अनि अत्यन्तै शान्त आवाजमा मुस्कुराउँदै भन्यो, “त्यो, ढाडमा ? इस्टरको बेला एउटा मेलामा हामीले खेलतमासा देखाउँदै गर्दा लडेका थियौं । बाउ त अहिलेसम्म ओछ्यानमै थला परेका छन्, तर म चाहिँ पूरै ठीक छु ।”
मैले उसको कमिज उठाएर हेरें– ढाडको छालामा, बायाँ काँधदेखि जाँघसम्म, एउटा कालो चोटको खत फैलिएको थियो, त्यसमा मोटो, कडा खाटा जमिसकेको थियो । खेल देखाउने बेलामा त्यो खाटा चर्केको थियो र त्यहाँ गहिरो रातो रगत निक्लेको थियो ।
“तिमी के मैले आफ्नो लागि काम गरिरहेको थिएँ भनेर ठान्छौ ! कस्सम होइन ! मेरा बाउ... हामीसँग एक पैसा पनि छैन । र, मेरा बाउ नराम्ररी घाइते छन् । यसैले– हामीमध्ये एकले त काम गर्नैपर्छ...’’
“अब दुख्दैन,” उसले मुस्कुराउँदै भन्यो, “अब पीडा हुँदैन...खालि चिलाउँछ मात्रै ...”
र अत्यन्तै बहादुरीपूर्वक, जुन कुनै हीरोले मात्रै गर्न सक्छ, उसले मेरा आँखाहरुमा चिहायो र कुनै बृद्धले जस्तो गम्भीर आवाजमा भन्यो, “तिमी के मैले आफ्नो लागि काम गरिरहेको थिएँ भनेर ठान्छौ ! कस्सम होइन ! मेरा बाउ... हामीसँग एक पैसा पनि छैन । र, मेरा बाउ नराम्ररी घाइते छन् । यसैले– हामीमध्ये एकले त काम गर्नैपर्छ, साथै... हामी यहूदी हौं नि ! हरेक मानिस हामीलाई देखेर हाँस्ने गर्छ... ल त बिदा चाहन्छु ।”
ऊ हाँस्दै, खुसी भएर कुरा गरिरहेको थियो । त्यसपछि ऊ आफ्नो घुम्रिएको कपाल भएको टाउकोलाई झट्का दिएर अभिवादन गर्दै त्यहाँबाट आफ्नो काँचको उदासीनताले भरिएका आँखाहरुले उसलाई घुरिरहेका त्यो खुला ढोका भएका घरहरुभन्दा परतिर लाग्यो ।
यो कुरा कति साधारण र सरल छ– हैन त ? तर आफ्नो कठिनाइका दिनहरुमा मैले प्राय गरेर त्यो केटाको साहसलाई सम्झेको छु– अत्यन्तै कृतज्ञतापूर्वक !
प्रतिक्रिया