नयाँ रूसी समाजको लागि एक आह्वान
हामी रूसमा मात्र होइन कि विश्वव्यापी रूपमा उदारवादमा नफर्कने बिन्दुको धेरै नजिक पुगेका छौं। कुनै ठूलो विपत्तिबिना, उदारवादी शासकहरूले अब मानवतामाथि आफ्नो शक्ति कायम राख्न सक्ने छैनन्। अमेरिकी राष्ट्रपति निर्वाचनको बहसमा बाइडेनको असफलता एक प्रमुख लक्षण हो । त्यस्तै युरोपमा दक्षिणपन्थी पपुलिस्टहरूको सफलताहरु पनि। जहाँ ओर्बान एक महत्त्वपूर्ण प्रतीकात्मक व्यक्ति बनिरहेका छन्।
इमानदारीपूर्वक भन्ने हो भने रुसमा उदारवादीहरूको कुनै वास्तविक सफाया भएको छैन। यथार्थतामा कसैलाई पनि जवाफदेही बनाइएको छैन । जो भागे, ठीक भयो। तिनीहरू फर्कन सक्छन्। रूसमा सत्ताको बागडोर सम्हालिरहेको एउटा समूह छ जसले लामो समयदेखि बिलम्बित देशभक्तिपूर्ण सुधारहरूलाई अझै रोकेको छ।
बाहिरबाट हेर्दा यी सुधारहरू कार्यान्वयन भइसकेको देखिन्छ र विश्वका सबै वास्तविक नेताहरू पुटिनजस्तै बन्ने आकांक्षा राख्छन्। पुटिनपछि नेताहरूले आफूलाई उनी जस्तै बनाउने प्रयत्न गर्छन् । यद्यपि भित्री रूपमा विशेष गरी उच्च वर्गका व्यक्तिहरूमा स्थिति निकै फरक छ। शान्तिको व्यापक अपेक्षा र आर्थिक लाभबाट प्रेरित मानसिकता रहेको छ। यो प्रवृत्ति निरन्तर कायम छ, 'इन्स्टाग्राम प्रभावशाली व्यक्तिहरू' को दर्शन अझै प्रबल छ र यसले परम्परागत मूल्यहरूलाई कमजोर पार्दछ।
रूसमा पनि यस्तो देखिन्छ कि यहाँ दुई संसारहरू छन् । एउटा रक्तरंजित सैन्य वीरताको संसार र अर्को शहरको संसार। यी दुई ध्रुवहरू हुन्।
यो सन्तुलन पक्कै पनि वीरतातर्फ अघि ढल्किरहेको छ। तथापि प्रणालीको उच्च तहमा रहेको एउटा शक्तिशाली समूहले व्यापक अनुदारवादी सुधारहरूको विरोध गर्दछ। यो केवल जडता मात्र होइन, यो सुनियोजित र महत्वपूर्ण वैचारिक र सभ्यतागत विध्वंस हो । आप्रवासी मुद्दामा बास्ट्रिकिन जनताका पक्षमा उभिएको प्रकरण र त्यसपछिका उथलपुथलहरूले समस्याहरू कति गहिरो छन् भन्ने प्रकट गर्दछ।
रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू विरुद्ध आपराधिक मुद्दाहरूले एक वर्ष पहिले फ्रन्ट-लाइन नायकहरूबाट गलत स्वरुपमा प्रस्तुत आक्रोसको बिस्फोटलाई प्रमाणित गर्ने देखिन्छ। यद्यपि तरिकाहरू गलत थिए, हामीले तबसम्म जीत हासिल गर्न सक्दैनौ जबसम्म हामीले बित्तिय लाभबाट प्रेरित मानिसहरुको समस्या समाधान गर्दैनौं। जसमा "इन्स्टाग्राम इन्फ्ल्युएन्सरहरु"पनि सामेल छन्, वर्दीमा बाहिर दुबैमा। यसबीच रगत बगिरहनेछ।
खैर जे होस् हामी एकीकृत राज्य परीक्षा (यूएसई) र बोलोग्ना प्रणाली रद्द गर्दैछौ। यो सही निर्णय हो । तर यी प्रणालीहरू कसले सुरु गर्यो ? यस प्रक्रियामा असन्तुष्टहरूलाई तह लगाउँदै हामीमाथि कसले जबरजस्ती गऱ्यो ? के तिनीहरू आफैँले कार्यान्वयन गरेका हुन् ? अनि किन हामीले ती जिम्मेवारहरूको नाम बिर्सिसकेका छौं ? उनीहरू अहिले कुन पदमा छन् ? जवाफदेहीताको यही अभाव अन्य धेरै विषयमा पनि लागू हुन्छ ।
हामी अति गम्भीर र व्यवस्थित प्रयासका साथ नयाँ ऐतिहासिक युगमा प्रवेश गर्न आवश्यक छ। पुटिनले लक्ष्य निर्धारण गरेका छन् ।अब हाम्रो समय भनेको बाहुला सुर्किने र परम्परागत मूल्यहरू, रूसी संसारको मिशनमा आधारित नयाँ समाज र राज्य निर्माण गर्ने समय हो। 'पैसाको लागि सबै थोक' भन्ने मानसिकतालाई हामीले निर्मूल पार्नुपर्छ । किनकि यसले भ्रष्टाचार र आफ्नो देश र आत्माप्रति परम विश्वासघात तर्फ दोहर्याउछ । उदारवादको विचारधारा र ऐन र्यान्डका कृतिहरू वा "बजारको अदृश्य हात" लाई मूर्तरूप दिने यो मानसिकता सबैभन्दा विनाशकारी छ। मानवताले यसलाई अस्वीकार गरिरहेको छ, हामीबाट सङ्केत लिइरहेको छ।
पुटिनले बाह्यरूपमा मातृभूमि र आत्मा बिक्रि बिरुद्धको अडानका साथ 'सबै कुरा बिक्रीका लागि होइन' लाई प्रतिनिधित्व गर्नुहुन्छ। जो अर्थोडोक्सी, साम्राज्य, दोस्तोयेव्स्की र सोभियत सफलताहरूबाट समर्थित छ । इन्स्टाग्राम इन्फ्ल्युंसर मानसिकता वा उदारवाद नयाँ रूसमा आवश्यक छैन। हामीले यो अन्तिम बाधा हटाउनै पर्छ। जब हामीले यो हटाउनेछौं अनि पहिचान गर्नेछौं। जसमा बेलोसोभको नियुक्ति एक स्पष्ट संकेत थियो । हामी परिवर्तनको वास्तविक शुरुवातलाई चिन्हित गर्दै आगामी कदमहरुलाई बुझ्नेछौ।
अनुवाद/प्रस्तुति: मोहन ज्ञवाली
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया