स्कूलमास्टर
नन्दराज कापीहरू एकातिर राखेर उठे। नुहाई धुवाई, खाई स्कूल जाने बखत भैसक्यो । उमानात त असलै विद्यार्थी थियो, किन अचेल बिग्रेछ खोइ, आजको कापी हेर्दा त त्यसको लक्षण राम्रो देखिदैन । यो वर्ष पास गर्नसक्ने हो होइन । ग्रामर त भुसुक्कै पोलेर खाएछ । ग्रामरले भाषालाई शुद्ध लेख्न र बोल्न सिकाउँछ, यो वाक्य तिनको मतिष्कमा त्यसै आयो । व्याकरण नजानेर कोही पास गर्न सक्तैनन् । उनी टाउको कन्याउँदै नुहाउने कोठातिर पसे ।
क्या हो यो, कहिले टाइममा खान पाइन्न, सुविस्तासँग स्कूल पुग्न पाइन्न । राधाको त दोष होइन ।
नुहाउने कोठाबाट निस्केर सोभै भान्सामा पसे । छिटछिटै भात खाएर लुगा लगाएर स्कूल जान तयार भए। तिनले अलिक हतार गर्नुपर्यो किनभने समय थोरै थियो । साढे दश बज्न ऑटिसकेको थियो । क्या हो यो, कहिले टाइममा खान पाइन्न, सुविस्तासँग स्कूल पुग्न पाइन्न । राधाको त दोष होइन । भान्सामा पुग्नासाथ खाना तैयार थियो । आफैँ धेरै बेर कापी हेरिरहें । नहेरेर के गर्नु ? पैंतिस कापी हुर्नु थियो, बिहानै सिध्याएर स्कूल लैजानु थियो ।
त्यसै बखतमा उमानाथ आयो । उसको अभिवादनलाई फर्काएर उसको काँधमा हात हालेर नन्दराजले भने “क्या हो उमा, अचेल पढ्दैनौ के ? कस्तो बिग्रेको ? ग्रामर हेर ग्रामर, नत्र जाँचमा फेल गरौला । कर्ता बहुवचन भएपछि त्यसको क्रिया पनि बहुवचन हुनुपर्छ नि ! त्यस्तै त्यस्ता गल्ती गरिरहेछौ । मलाई ता तिमीबाट धेरै आशा थियो ।"
नन्दराजले भने “क्या हो उमा, अचेल पढ्दैनौ के ? कस्तो बिग्रेको ? ग्रामर हेर ग्रामर, नत्र जाँचमा फेल गरौला ।
उमानाथ टाउको निहुराएर सुनिरह्यो । नन्दराजले एकचोटि पिठ्यूँमा धाप मारेर भने 'लौ जाऊ, राम्ररी पढ्नु नबरालिनू ।"
त्यति भनेर आफू स्कूलतिर लम्के । उमा मात्र विग्यो भनेर कसरी भन्नु कुनै पनि त असल छैनन् । यता दुईतीन वर्षदेखि खराब ब्याच आउँदैछ । पटक्क किताबतिर ध्यान दिदैनन् । झन् शहरमा सिनेमा भैदिएर ता आगोमा घिउको काम गन्यो । चार वर्षअघिको ब्याच कस्तो राम्रो थियो, जनार्दन, केशरी, गजराज, अम्बिका । यसपालि त त्यही बङ्गाली ठिटो निस्क्यो भने मात्र ।"
स्कूल पुगेर तिनी आफ्नो क्लासमा पसे । दिन निकै गर्मी थियो । तिनी पढाउन थाले जलालुद्दीनलाई मारेर अलाउद्दीन राजगद्दीमा बस्यो, तर त्यसको स्थिति सन्तोषजनक थिएन किनभने जलाली सर्दार जलालुद्दीनको हत्याले क्षुब्ध भएका थिए.....।"
धेरै केटाहरूको ध्यान उनले पढाएपट्टि थिएन । त्यो कुनामा बस्ने केटाहरू त हाँसेर चलिरहेका थिए । कोही हाई गरिरहेका थिए । एकदुई त यसो आँखा उघारेर राताराता आँखाले मास्टरतिर हेर्थे ।
नन्दराज निरुत्साहित नभएर पढाउँदै गए उत्तरतिरको सारा राज्य जितेर त्यसले दक्षिणतिर आफ्नो दृष्टि दियो । त्यसले आफ्नो विश्वासपात्र सर्दार मलिक काफूरलाई दक्षिणका देशहरूमा आक्रमण गर्न पठायो । काफूरले देवगिरी.......।"
मास्टरले रिसाएर भने “पढाएको सुन्नु छैन, न घरमा पढ्नु छ । कसरी पास गर्छौ ? पढ्न मन छैन, किन स्कूल आउँछौ, बाबुआमाको सम्पत्ति बर्बाद गर्छौं ?"
केटाहरूले ध्यान नदिएको देख्दा अब उनको धैर्यको अन्त्य भयो । उनले पढाउँदा पढाउँदै टक्क थामेर सोधे "हरिहर, अलाउद्दीनले कुन सालमा गुजरातमा आक्रमण गयो ?"
हरिहर झसङ्ग भएर उठ्यो, फेरि पक्क परेर मास्टरको अनुहार हेरिरह्यो । मास्टरले रिसाएर भने “पढाएको सुन्नु छैन, न घरमा पढ्नु छ । कसरी पास गर्छौ ? पढ्न मन छैन, किन स्कूल आउँछौ, बाबुआमाको सम्पत्ति बर्बाद गर्छौं ?"
विद्याथीहरूमा शान्ति स्थापित भयो । बदमाशी गरेर अधि चलिरहेका सब केटाहरू निर्दोष अनुहार तुल्याएर मास्टरतिर हेर्नलागे । मास्टर भन्न थाले । “अलाउद्दीन बडो इम्पोर्टेन्ट छ । जाँचमा आउने सम्भावना छ। राम्ररी सुन।"
विद्यार्थीहरूका कान ठाडाठाडा भए। नन्दराज फेरि भन्न थाले “भारतवर्षमा यत्रो ठूलो साम्राज्य अशोकपछि कसैले स्थापित गरेको थिएन, तर यो साम्राज्यको जग बलियो थिएन ।”
नन्दराज अर्को क्लासभित्र पसे । यस क्लासका ठिटाहरू अलिक बाठा होलान् भनेजस्ता थिए र सोध्यो भने फट्ट फट्ट जवाफ दिन्थे । यस्तालाई पढाउन पनि मन लाग्छ । झन् माथि क्लास चढ्दै गए झन् बिग्रदै जान्छन् । यिनैहरू पछि ठूलो क्लासमा पुगेपछि उस्तै स्वाँठ हुन्छन् ।
त्यसै बखतमा घण्टी टन्न बज्यो। नन्दराज जुरुक्क उठे । विद्याथीहरू पनि कोही आँग तान्दै, कोही हाईहाई गर्दै उठे। एक छिन क्लास अव्यवस्थित भयो । नन्दराज अर्को क्लासभित्र पसे । यस क्लासका ठिटाहरू अलिक बाठा होलान् भनेजस्ता थिए र सोध्यो भने फट्ट फट्ट जवाफ दिन्थे । यस्तालाई पढाउन पनि मन लाग्छ । झन् माथि क्लास चढ्दै गए झन् बिग्रदै जान्छन् । यिनैहरू पछि ठूलो क्लासमा पुगेपछि उस्तै स्वाँठ हुन्छन् । त्यसपछि नन्दराज पढाउन थाले “एउटा भेंडाको पाठो खोलोनेरै घाँस चरिरहेको थियो । त्यसै बखत एउटा ब्वाँसो आयो र निहुँ खोज्नथाल्यो- ए भेंडा, तं किन मैले खाने पानी धमिलो पार्छस् ?”
सब ठिटाहरू आफ्नो आफ्नो पुस्तकमा मुण्टो गाडिरहेका थिए । त्यो पाठ सिध्याएर मास्टरले सोधे “यस पाठले के शिक्षा दिन्छ ?” एउटा विद्यार्थीबाट सन्तोषजनक उत्तर पाएर नन्दराजले भने “हो, दुर्जनको कहिले सङ्गत नगर्नु । "
यो पाठ बर्सेनी नन्दराज पाँचौ क्लासलाई पढाउँछन्, बर्सेनी त्यस क्लासका ठिटा यस पाठलाई रुचाउँछन् । त्यसो हुनाले यस पाठको नूतनता नन्दराजको निम्ति कहिले पनि गएको थिएन । यो पाठसम्बन्धी जति हाँस्ने वा अर्तीका कुरा थिए बाह्र वर्षदेखि उनी एकनास भन्दै आएका छन् । पुच्छर काटेका स्यालको पाठ पढाउँदा क्लास कोलाहल गरेर हाँस्थ्यो । तिनलाई पनि हाँसो उठ्थ्यो र एक छिन तिनी पनि हाँस्थे तर पछि हाँसो थामेर भन्थे “कति हल्ला गरेर हाँसेको, सुस्तसुस्त पो हाँस्नु, हेडमास्टरको कोठा नजीकै छ, सुने भने ?"
नन्दराज आफ्नू पढाउने ढङ्गदेखि सन्तुष्ट हुन्थे र उज्यालो मुख लाएर घण्टी बज्नासाथ क्लासबाट निस्कन्थे ।
हेडमास्टर विस्तार विस्तार भन्न थाले “हाम्रो स्कूलका धेरै केटाहरू बरालिए । पढ्न मन लाउँदैनन्, अरू थोक जेसुकै गरून्, हाम्रो सम्बन्ध तिनको पढाइसँगै छ । यता चार वर्षदेखि परीक्षाफल सन्तोषजनक छैन । "
हेडमास्टरले मास्टरहरूको मीटिङ् बोलाएको थियो । केटाहरू धेरै बरालिए, कसरी तिनीहरूलाई सपार्ने, यही विषयमा छलफल गर्नु थियो । नन्दराज पनि हेडमास्टरको कोठामा पुगे, कति मास्टर अघिदेखि नै उहीं बसिरहेका थिए औ कति आउँदै थिए । सबको मुख गम्भीर थियो र सब यो विषयमा आफ्नो आफ्नो विचार राख्थे । हेडमास्टर विस्तार विस्तार भन्न थाले “हाम्रो स्कूलका धेरै केटाहरू बरालिए । पढ्न मन लाउँदैनन्, अरू थोक जेसुकै गरून्, हाम्रो सम्बन्ध तिनको पढाइसँगै छ । यता चार वर्षदेखि परीक्षाफल सन्तोषजनक छैन । "
नन्दराजले गम्भीर मुद्राले जोरे “यसपाली त झन् परीक्षाफल नराम्रो होलाजस्तो छ । सैकडा तीस पास भए भने खूब भयो ।”
सैकड़ा तीस कस्तो ठ्याक्क.... तीसभन्दा बढ्ता पास भएछन् भने मलाई भन्नू, केटाहरूको बारेमा यति स्पष्ट ज्ञान अरू कसले राख्छ ? अरूलाई त आफ्नो तलब पकाउनु छ, केटाहरूको भविष्य, उनका पढाइको विषयमा, नन्दराजलाई विश्वास थियो, तिनी जति अरू कोही ध्यान दिँदैनथे ।
हेडमास्टरले तिनले बीचको टोकेको मन पराएनन् । यही कुरा त तिनले भन्न आँटेका थिए । प्वाक्क भन्ने बानी, एकछिनसम्म तीखो दृष्टिले नन्दराजलाई हेरेर फेरि भन्न थाले.... । नन्दराजचाहिं आफूले दिएको सूचनाले, जो गणितका दृष्टिले सही थियो, सन्तोष मानिरहेका थिए । सैकड़ा तीस कस्तो ठ्याक्क.... तीसभन्दा बढ्ता पास भएछन् भने मलाई भन्नू, केटाहरूको बारेमा यति स्पष्ट ज्ञान अरू कसले राख्छ ? अरूलाई त आफ्नो तलब पकाउनु छ, केटाहरूको भविष्य, उनका पढाइको विषयमा, नन्दराजलाई विश्वास थियो, तिनी जति अरू कोही ध्यान दिँदैनथे ।
नन्दराजले बडो विश्वासका साथ आफ्नो प्लान सबैका समक्ष राखे “केटाहरू यसरी बरालिएका हाम्रो स्कूलमा मात्र होइनन् । सब स्कूलमा यस्तै छ । यो अन्तर्राष्ट्रिय परिस्थितिको परिणाम हो ।"
यत्रो महानै वाक्य मुखबाट निकाल्नासाथ नन्दराज आफैँदेखि खुशी भए । मुख मिठ्याए । यत्रो मतिष्क अरू कसमा छ र ? हेडमास्टर शिक्षा विभागको नियमावलीमा के लेखेको छ त्यो हेर्न खोज्छन् । तिनी मास्टरहरूको केटामाथिको अधिकार धेरै अपहरण भएकाले केटाहरू छाडा भएका भन्छन् । नन्दराज विचार गर्दै जान्थे “कस्तो सङ्कीर्ण विचार। बी. टी. पढ्दा लडकाहरूको मनोविज्ञान पढेका होलान्, फेरि किन यस्तो सङ्कीर्ण विचार भएको ?”
नन्दराजले पेश गरेको प्लान स्वीकृत भएन । नन्दराजले त्यसैमा आफ्नो सफलता ठाने- मेरो प्रस्तावलाई बुझ्न सक्ने शक्ति पनि हुनुपर्छ । यिनीहरू मौलिक सिद्धान्तदेखि उस्तै डराउँछन्, जस्तो बिरालोदेखि मूसो ।
मीटिङ्मा हेडमास्टरले नै राखेको प्रस्ताव स्वीकृत भयो । कोठाबाट आइपुग्नासाथ ड्रइङ मास्टरले तिनको हात समातेर भने " नन्दराजजी... आज मकहाँ आउनुहोस् न । साढ़े सात बजे मैले एकदुई गवैयालाई बोलाएको छु रमाइलो गरौंला, अरू मास्टरहरूलाई पनि बोलाएको छ । मेरै घर मा खाने.......।"
कहाँबाट पैसा पाउँदो रहेछ ? आफू ४५ रु. मात्र पाउँछ । लुगा सूटै लाउँछ । घरको सम्पन्न छ भनूँ भने ४५/- मा किन झुलिरहेछ ?
नन्दराजले खुशीसँग निमन्त्रणा स्वीकार गरे । ड्रइङ मास्टर यस्तै छ । केही न केही रमाइलो गरिरहन्छ । कहाँबाट पैसा पाउँदो रहेछ ? आफू ४५ रु. मात्र पाउँछ । लुगा सूटै लाउँछ । घरको सम्पन्न छ भनूँ भने ४५/- मा किन झुलिरहेछ ? एकलै भए पनि ४५ भनेको क्या हो र ? ड्रइङ मास्टरलाई कसले ट्यूशनमा राख्छ र ?
घरमा आएर लुगा फुकाले, कुल्ला गरे । दुलही एक रिकापीमा मिठाई लिएर आइन् । उनले जिज्ञासाको दृष्टिले दुलहीतिर हेरे । दुलहीले भनिन् “उमानाथले लिएर आएको थियो ।"
नन्दराज क्वाप्प पेडा मुखभरि हालेर गम्न थाले, “उमानाथ सुशील केटो छ । पढ्नामा पनि तेज थियो, यता के भएर बिग्य्रो। "
फेरि साँझ परेपछि ड्रइङ मास्टरकहाँ जान हिंडे । मास्टरकहाँ खासा मजलिस जमेको रहेछ । तबला, हारमोनियम र सितारको ध्वनिले कोठा पूर्ण थियो । सिगरेटको धूवाँले कोठा धमिलो भएको थियो ।
नन्दराज पुग्नासाथ सबले बडो उत्साहसँग उनलाई स्वागत गरे । फेरि एकछिनपछि तबला बज्न थाल्यो, सितार झन्न भयो । एउटा गाउन थाल्यो - पिया बिना आवे नहीं चैन...... ।
यो गानाको गूढ रसास्वादन गरेर त्यहाँ भेला भएका शिक्षकवर्गमा एक किसिमको बिजुली पस्यो । नन्दराजले हात अघि सारेर सिगरेटको डब्बा टिपे । एउटा सिगरेट लिएर खान थाले ।
आवे चैन नहीं अँ अँ अँ...... गवैयाले गाना समाप्त गयो र एउटा बीडा पान मुखमा हालेर रुमालले पसिना पुछ्न थाल्यो । त्यसपछि ड्रइङ मास्टरले हारमोनियम नन्दराजको अगाडि सारेर भने “अब तपाईं गाउनुहोस् ।”
नन्दराजले विचलित नभै भने- “लौ लौ, तपाईं शुरु गर्नोस् न ।" ड्रइङ मास्टर गाउन थाल्यो । तिनले गाई सिध्याउनासाथ हारमोनियम फेरि नन्दराजको अगाडि राखेर भने- "अब तपाई गाउनुहोस् ।”
सब मास्टर कोलाहल गरेर हास्न थाले । नन्दराजले आफ्नो सफलतामा प्रसन्न भएर पछिसम्म भनिरहे "आरम्भ होस्, आरम्भ ।"
तिनको भन्ने ढङ्ग हाँसो उठ्दो थियो । त्यस्तो ठट्टाको कुरो तिनी गम्भीर भएर भन्थे “लौ आरम्भ होस् न ।"
सब मास्टर कोलाहल गरेर हास्न थाले । नन्दराजले आफ्नो सफलतामा प्रसन्न भएर पछिसम्म भनिरहे "आरम्भ होस्, आरम्भ ।"
जतिचोटि तिनलाई मास्टरहरू गाउन आग्रह गर्थे, उतिचोटि तिनी एकोहोरो भनिरहन्थे “अब शुरु होस् न, म त छँदैछु नि ” उतिचोटि शिक्षकहरू यस ठट्टालाई नूतन उत्साहले ग्रहण गर्थे ।
कुनै मास्टरलाई स्कूलपट्टिको कत्ति ध्यान थिएन । सारा कुरो बिर्सेर त्यहींको रमाइलोमा मग्न थिए । सिगरेट त्यति तिनीहरूले कहिले खाएका थिएनन्, एउटा सिद्धिदा नसिद्धिदै अर्को आउँथ्यो ।
गाना हुँदा जहाँ ताल दिनुपर्छ त्यहाँ नबिराई सबै ताल दिन्थे वा टाउको हल्लाउँथे र निश्चितं स्थलमा वाह वाहको ध्वनि सबैको कण्ठबाट निस्कन्थ्यो ।
कुनै मास्टरलाई स्कूलपट्टिको कत्ति ध्यान थिएन । सारा कुरो बिर्सेर त्यहींको रमाइलोमा मग्न थिए ।
नन्दराजलाई अचानक आफ्नो कालेजको दिनको सम्झना भयो । त्यो पुरानो उत्साह विस्तार विस्तार तिनको शरीरमा प्रवेश गन्यो । तिनी बडा प्रसन्न थिए। कालेजको दिन सधैंका निम्ति गयो भनेको अझै गएको रहेनछ ।
अचानक गाना समाप्त भयो । सब खान बसे। के केटाकेटी त्यति हारालुछ गर्लान्, कोलाहल मच्चाउलान्, त्यति आफूलाई बिर्सेर मिठाई मुखभित्र हाल्नपट्टि लाग्लान् ।
नन्दराजले भने “यी मिठाईहरू त रामभण्डारका हुन् कि ?"
कसैले उताबाट जवाफ दियो “नत्र अरू कहाँ यस्तो मिठाई पाइन्छ र ।"
ड्रइङमास्टरले भने “रामभण्डारको होइन । एउटा अर्को मिठाईको पसल मैले देखेको छु । बाहिरबाट हेर्दा त सानो पसल छ तर मिठाई त्यस्तो रामभण्डार के बनाउन सक्ला ?"
सब मास्टरहरू छक्क परेर सोधे “त्यो कहाँ छ, त्यो पसल ?" भोजन समाप्त भएपछि सब आफ्ना आफ्ना घरतिर लागे ।
साढे दश बजिसकेको थियो । सडकमा एक-दुई जना मान्छे मात्र हिंडिरहेका थिए । सडकमा आएपछि नन्दराज अचानक उदास भए । एकलै थिए । बाटो बीचबीचमा अँध्यारो थियो । त्यो उत्साहपछिको त्यो दृश्यले उनलाई अनायास उदास पायो । घर पुगे । तल ढोका बन्द थियो । तिनले धेरै बेर ढोका घचघच्याएपछि नोकर्नी बुढियाले लालटेन लिएर आएर ढोका उघारी । उनी सो आफ्नै सुत्ने कोठामा पुगे । उनकी पत्नी सुतिसकेकी थिइन् । उनी लुगाहरू फेरेर आफू पनि बिछौनामा गए । यसो उनले पत्नीलाई घचेटेर आफ्नो सुत्ने ठाउँ तुल्याए । उनकी पत्नीले नीदैमा के बरबराइन् र पलट्ट पल्टेर भित्तानेर पुगिन् । नन्दराजले सुत्ने प्रशस्त ठाउँ पाए । उनी मनमा के के कुरा खेलाउँदै निदाए ।
साझा प्रकाशनद्वारा प्रकाशित विश्वेश्वरप्रसाद कोइरालाको कथासङ्ग्रह ‘दोषी चश्मा’बाट साभार
प्रतिक्रिया