नागरिकतन्त्रविहीन दक्षिण एसिया
दक्षिण एसियामा संसद ‘२०२४ मा निर्वाचित भारतीय लोकसभा’ प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार ‘नखरा र ड्रामा गर्ने मञ्च’ भएजस्तो छ । उनी भन्दैथिए ‘नखरा र ड्रामा’ होइन, सहमतिमा संसद संचालन गरौँ । दक्षिण एसियाली लोकतन्त्रका नकरात्मक विशेषताको भण्डार अभूतपूर्व र अकल्पनीय भइसकेको छ । सन् १९६० र ७० का मूल्यमान्यताको समूल नास भइसकेको छ । दक्षिण एसियाली लोकतन्त्र ‘भोटबैङ्क, षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी), छलकपट, सनक र चटक, झुट तथा नाटकद्वारा सत्ता प्राप्त गर्ने ‘अवसरवादी खेलमा’ परिणत भइसकेको छ । यो सत्ताको अवसरवादी खेलको मूल चरित्र घोर दक्षिणपन्थी र माफियावादी रहेको छ । यो विशेषता ‘नश्लवाद र फासीवाद’ मा परिणत हुन्छ भन्ने तथ्य इतिहासले पटक पटक देखाएको छ ।
दक्षिणपन्थी दैवी आस्थावादीहरू मूलतः अहङ्कारवादी हुने गर्दछन् । यो विशेषता क्रिस्चियन, इस्लाम र हिन्दू सबै किसिमका उग्र दैवी आस्थावादीहरूमा पाइन्छ ।
भारतीय निर्वाचनमा देखिएका उदाउँदा नेताहरूको एउटा मूलस्रोत थियो सिनेमामा प्रख्याति कमाएका मूल्यहीन छाडा आधुनिकतामा विश्वास गर्ने कलाकारहरू । अर्को स्रोत थियो ‘दैवी आस्था (रिलिजन) लाई जीवनदर्शन बनाई मानिसमा आस्थाका आधारमा विभाजन गर्ने दैवी–आस्था प्रवृत्त ‘घोर राष्ट्रवाद’ । यी दुवै थरी स्रोतबाट निर्वाचनमा पदार्पण गर्ने मानिसहरू ‘ज्ञान र सूचना’ का दृष्टिकोणले बुज्दिल, झुठवुद्धि र दुष्टबुद्धि भएका मानिसहरू थिए । अहङ्कार उनीहरूको मुख्य विशेषता थियो । दक्षिणपन्थी दैवी आस्थावादीहरू मूलतः अहङ्कारवादी हुने गर्दछन् । यो विशेषता क्रिस्चियन, इस्लाम र हिन्दू सबै किसिमका उग्र दैवी आस्थावादीहरूमा पाइन्छ ।
निर्वाचनमा उम्मेदवारको अर्को क्षेत्र थियो ‘अपराध र माफियातन्त्र’ । नवउदारवादको घोर–अवसरवादी विषकुम्भ बनिसकेको ‘भोटतन्त्र’ को स्वरूप ग्रहण गरेको लोकतन्त्रमा ‘निगमतन्त्र’ (कर्पोरेटिजम) को अधीन कायम भएको देखिन्छ । संचारका आम साधनहरूमा निगमतन्त्रको एकलौटी (मनोपोली) हुन्छ र त्यसले राज्यसत्तामा ‘राजनैतिक विचारहीन आर्थिक–अनुशासनको दर्शनविहीन, सेलिब्रेटी विशेषणयुक्त अवौद्धिक मानिस र अपराधीहरूलाई अफवाह (प्रोपोगाण्डा) बाट जनप्रतिनिधिका रूपमा स्थापित गर्दछ । त्यसले त्यस्ता भ्रमहरू निर्माण गर्दछ, जुन भ्रमका पछाडि हजारौँ मानिसहरू ‘बिना विचार, बिना तर्क तथा बिना उद्देश्य’ दौडिन्छन् ।
नेपालमा लोकतन्त्रको ‘घोर दक्षिणपन्थ’ उदियमान छ । अराजक व्यक्ति, गाली गलौजको शैली र आक्रामक प्रवृत्ति बोकेका भारतीय लोकसभामा उपस्थित स्मृति इरानी, कङ्गना रनौट, मनोज तिवारी जस्ता पात्रहरू नेपालको संसदमा बढीभन्दा बढी देखिँदै जानेछन् । अहिले त्यो प्रवृत्ति सडकमा स्थापित हुँदैछ । नेपालको लोकतन्त्र अहिले ‘विसर्जनवादी बाम अवसरवादबाट’ अहङ्कारी दक्षिणपन्थी अराजकतावाद र तानाशाही प्रवृत्तितर्फ फर्किरहेको अवस्था छ । सबै राजनीतिक दलमा भएका यी प्रवृत्तिहरू एक दिन एक ठाउँमा उभिने छन् ‘जब त्यस पन्थले एक जना जेलेन्स्की प्राप्त गर्नेछ ।’ जेलेन्स्कीहरू सेलिब्रेटी हुन्छन् । विदेशी प्रायोजनको धर्तीमा खडा हुन्छन् । गोयवल्स प्रचारमा निपूण हुन्छन् । र, उनीहरू ‘राष्ट्रवादका नाममा फाँसीवादी हुन्छन् । उनीहरू प्रवृत्ति ‘गरिब मासेर गरिवी मास्ने, चोर र अपराधीहरूलाई मासेर अपराध मास्ने र सबै भत्काएर विपक्षीलाई भयभीत पार्ने हुन्छ ।
यी प्रवृत्तिको प्रथम चरण ‘उदारवादी तथा समाजवादी लोकतन्त्रमा अवसरवादको प्रवेश हो, जसले राज्यका संस्थाहरूलाई भ्रष्टाचारको अखडामा रूपान्तरण गर्दछ । तर बौद्धिक तथा सचेत मानिसबाट यस्तो प्रवृत्तिको प्रतिकार हुन्छ । २०४६ सालअगाडि र २०४६ देखि २०५९ सम्म नागरिक प्रतिकार सशक्त थियो नेपालमा । तर ‘बाम–समाजवादी तथा उदारवादी लोकतन्त्रमा मौलाएको राजनीतिक घोडाव्यापार र सत्ता अवसरवादले ‘नागरिक समाजको उन्मूलन गर्यो । यो राजनीतिक क्षेत्र विचारहीन जत्थामा पुग्यो ‘नेतृत्वलाई देवत्वले विस्थापित गर्यो ।’
जेलेन्स्कीहरू सेलिब्रेटी हुन्छन् । विदेशी प्रायोजनको धर्तीमा खडा हुन्छन् । गोयवल्स प्रचारमा निपूण हुन्छन् । र, उनीहरू ‘राष्ट्रवादका नाममा फासीवादी हुन्छन् । उनीहरू प्रवृत्ति ‘गरिब मासेर गरिवी मास्ने, चोर र अपराधीहरूलाई मासेर अपराध मास्ने र सबै भत्काएर विपक्षीलाई भयभीत पार्ने हुन्छ ।
भारतमा भारतीय कांग्रेस र बामपन्थी राजनीतिमा सन् १९९० देखि देखिएको विचारपतनको अवस्था यस्तै थियो जसले क्रमशः मोदी नेतृत्वको ‘हिन्दुत्ववादी’ दक्षिणपन्थ राजनीतिक शक्ति मौलायो । नेपालमा समाजवादी नेपाली कांग्रेस र सत्तासीन बामपन्थी राजनीतिक दलहरूले समेत नवउदारवादी आर्थिक पद्धतिमा सहमति जनाई ‘संविधानले घोषणा गरेको समाजवादोन्मूख’ राज्यव्यवस्थालाई टुहुरो बनाइसकेको अवस्था छ भने ‘भारतमा भन्दा पृथक नेपालमा विचारहीन च्याउझैँ लोकप्रियताको खेती गर्ने जमातहरूको बिगबिगी छ ।’ पुरानालाई ‘सत्तोसराप’ गर्ने उनीहरूका कमजोरीमा प्रहार गर्ने प्रवृत्ति, राजनीतिमा उदयको आधार बनेको छ ।
ढङ्ग पृथक भएपनि भारत र नेपालका ‘लोकतन्त्र’ गणतन्त्र बन्न त सकेनन् नै, लोकतन्त्र मात्र पनि रहन नसकेर ‘भोटतन्त्र’ मा र भोटतन्त्रबाट क्रमिक रूपले ‘लुटतन्त्र’ को यात्रातर्फ निर्दिष्ट छन् । उनीहरूले २०४६ साल र २०६३ सालका जनआन्दोलनबाट स्थापित उदारवादी लोकतन्त्रलाई ‘सामाजिक नागरिकतन्त्र’ र जनताको समग्र सहभागिताको बाटोमा गन्तव्यीकृत गर्न चाहेनन् । उनीहरूले सजिलो शासनका लािग लोकतन्त्रलाई विचारयुक्त तथा समालोचनात्मक नागरिकतन्त्रीय व्यवस्था बनाउनु आफ्नै लागि चुनौतीपूर्ण हुने देखे । ‘सधैँ माननीय रहने, मौका मौकामा प्रधानमन्त्री र मन्त्रीहरू बन्ने, राज्यको सत्तामा रही आर्जनका उपायहरूको सदुपयोग गर्ने र कानुनको मालिक हुने मनसायलाई स्थापित गर्न ‘लोकतन्त्र’ लाई केवल ‘प्राणहीन संस्थाहरूमा’ रूपान्तरित गर्न चाहे । यस उद्देश्यका लागि ‘वैज्ञानिक चेतना प्रक्षेपण गर्ने’ बौद्धिकता वा तार्किकता प्रवर्धन गर्ने शिक्षा उचित हुँदैनथ्यो । भोटतन्त्रीय अकर्मण्य लोकतन्त्रले ‘दास मानसिकता’ को खोजी गर्दछ । वैज्ञानिक तथा प्राज्ञिक शिक्षामा ‘चेतना वा वैज्ञानिक’ प्रवृत्ति रहन्छ र त्यसले समालोचनात्मक चेतको प्रवर्धन गर्दछ । कुलीनतन्त्री मति भएको लोकतन्त्रले ‘अशिक्षा र अज्ञानता’ को प्रवर्धन गर्दछ । भोटतन्त्रको लागि ‘अशिक्षित, भ्रमित र अज्ञान’ मानिस चाहिन्छ । अशिक्षित, भ्रमित र अज्ञान मानिसलाई अल्पबुद्धि, बुज्दिल र दुष्टबुद्धि भएका लाठीमुङ्ग्रोमा सहजै रूपान्तरित गर्न सकिन्छ । यस्तो मानिस ‘कसैलाई देवता वा महान् ठानी’ उसको पूजाद्वारा आफ्नो स्वार्थपूर्तिमा सहजै होमिन सक्तछ ।
ढङ्ग पृथक भएपनि भारत र नेपालका ‘लोकतन्त्र’ गणतन्त्र बन्न त सकेनन् नै, लोकतन्त्र मात्र पनि रहन नसकेर ‘भोटतन्त्र’ मा र भोटतन्त्रबाट क्रमिक रूपले ‘लुटतन्त्र’ को यात्रातर्फ निर्दिष्ट छन् ।
यही कारणले २०४८ पछि नेपालको उच्चशिक्षाबाट वैज्ञानिक प्रवृत्ति, प्राज्ञिकता र तार्किकता समाप्त गर्ने परिपञ्चहरू सुरु भए । नेपालको भूराजनीतिका कारणले विदेशीहरूलाई पनि उच्चतम वैज्ञानिक, प्राज्ञिक तथा तार्किक बौद्धिकहरू चुनौती हुन्थे । अतः (१) नेपालको शिक्षालाई राजनीतिक दलहरूले दलीयकरणद्वारा आफ्नो अधीनमा ल्याउन थाले । (२) उनीहरूलाई सहयोग गर्ने बहानामा विदेशीहरूले नेपालको शिक्षालाई ‘खोजहीन’ अवलोकनहीन तथा प्रविधि उन्नयनप्रति आकर्षणहीन ढाँचामा रूपान्तरण गरे र नेपालको सन्दर्भहीन विदेशी पाठ्यक्रमहरू नेपालमा प्रख्यात बनाइए । (३) इतिहास, भाषा, संस्कृतिका विरुद्धका संकथनहरू प्रख्यात पारिए । यी सबै कारणले देशको समालोचनात्मक चेत नष्ट पारियो । त्यसै कारण लोकतन्त्र भोटतन्त्रमा परिणत भयो र ‘अधिकारको प्रयोग होइन’ मत मासु, पैसा, कपडा र मोजमस्तीमा बिक्ने वस्तु बन्यो । त्यसका विरुद्ध ‘बायोलोजी’ लाई ‘आइडोलोजी’ बनाएर विकल्प जन्मियो । उसले ‘निरास मास’ लाई ‘सत्तालोभी’ का विरुद्ध प्रयोग गर्यो । यसलाई पनि ‘अशिक्षा र अज्ञानता बरदान भयो ।’ अहिले ‘विकल्पका’ विरुद्ध हिंस्रक अराजकता जन्मिदै छ । यसलाई पनि अशिक्षा र अज्ञानता चाहिन्छ । ‘झुठ्ठो प्रचार’ यिनीहरूको राजनीतिक आधार हो ।
देशको समालोचनात्मक चेत नष्ट पारियो । त्यसै कारण लोकतन्त्र भोटतन्त्रमा परिणत भयो र ‘अधिकारको प्रयोग होइन’ मत मासु, पैसा, कपडा र मोजमस्तीमा बिक्ने वस्तु बन्यो । त्यसका विरुद्ध ‘बायोलोजी’ लाई ‘आइडोलोजी’ बनाएर विकल्प जन्मियो ।
विचार र दर्शनबिना लोकतन्त्र ‘नागरिकतन्त्र’ मा रूपान्तरित हुँदैन । विचारहीन राजनीतिले फासीवाद र लुटतन्त्र जन्माउँछ । विचारले ‘वैज्ञानिकता, प्राज्ञिकता र तार्किकतामा आधारित’ समालोचनात्मक प्रवृत्तिलाई प्रश्रय दिन्छ । अर्थात्, विचारशील राजनीतिले शिक्षित लोकतन्त्र निर्माण गर्दछ, र त्यसले क्रमशः आफूलाई सामाजिक नागरिकतन्त्र निर्माण गर्दै भोटतन्त्रलाई बर्खास्त गर्दछ । मताधिकारलाई बलियो बनाउँछ ।
प्रतिक्रिया