राजदूतको सिफारिशः रास्वपाले टिकेप्रथा हैन, मापदण्ड बनायो !
राजदूत नियुक्तिमा टीके प्रथालाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सिफरिसको ६ बुँदे मापदण्ड बनाएर आवेदन मागेको छ ।
सरकार परिवर्तनपछि पछिल्लो पटक सरकारले ८ वटा देशबाट पूर्व सरकारले नियुक्त गरेको राजदूतहरुलाई फिर्ता बोलाइसकेको छ । त्यसरी फिर्ता बोलाएका राजदूतहरुमा हालको सत्ता गठबन्धनबीचको भागबण्डमा नेकपा एमालको भागमा ५, अशोक राई नेतृत्वको जसपाका २, राष्ट्रिय स्वतन्त्र पार्टीका २ र नेकपा माओवादीका भागमा १ राजदूत परेका छन् । त्यसअनुसार, एमाले र जसपाले आफ्नो भागका राजदूतहरुको नाम सिफारिश गरिसकेको छ भने माओवादी र रास्वपाले भने सिफारिश गरेको छैन ।
वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भागबण्डामा राजदूत हात पारेपछि व्यापक आलोचना भएको थियो । अहिले उसले नेताका आसेपासेलाई वा उनले रुचाएकालाई टीका लगाएर हैन, मापदण्ड बनाएर राजदूत सिफारिश गर्ने काम गरेर त्यो दागलाई मेट्ने कोशिश गरेको छ ।
सत्ता सम्हाल्दै 'एक्सन': न्याय कि आवेग?
कार्की आयोगको प्रतिवेदन: सार्वजनिक नभइकनै मिडियामा छताछुल्ल
किताब जलाइएको प्रकरणले तात्तिएको कुटनीति
चुनावी घोषणापत्र: सपनाको खेती कि सत्ताको भर्याङ?
सैनिक मञ्चमा अमेरिकी धुन: सैन्य कूटनीति कि भू-राजनीतिक संवेदनशीलता?
चीनको शीर्ष सैन्य नेतृत्वमा भएको कारवाहीले उब्जाएका प्रश्न
भेनेजुएला र ग्रीनल्यान्ड: अभावको युगमा ‘स्म्यास–एन्ड–ग्र्याब’ कूटनीति
प्रतिक्रिया