कार्यकारणमा ईलाम उपनिर्वाचनको परिणाम

जंगली स्वाँठे पाखे तिघ्रे भुसतिघ्रे डोके खर्पनेको देश हो नेपाल

भगवान यिनीहरुलाई यस्तै रहन देऊ

यिनीहरु सभ्य भए हाम्रो सिरिखुरी कहाँ जाला?

मन्त्रीमण्डल जोड्दा बाहुनक्षेत्री लिनु

त्यो पनि उच्चकुलको

मतवाली कोही नहुल्नू।

             -राममणि आदी, भलो कुराको नमूना

व्याख्या गरिरहनु पर्दैन, ईलाम २ संघीय प्रतिनिधिसभा सदस्य उपनिर्वाचन-२०८१ का परिणामको मूल कार्यकारण उपरोक्त कविताङ्श नै हो। जुन, राणाकालीन गोर्खा भाषा प्रकाशिनीका सभापति राममणि आदी (आचार्यदीक्षित) ले नारायणहिटी दरबार समक्ष विन्तीपत्रका रुपमा लेखेका थिए। उनले "भलो कुराको नमूना" शीर्षकमा उक्त कविता संग्रह २००८ मा प्रकाशित गरेका थिए। जसको विमोचन नेपाली कांग्रेसका प्रजातान्त्रिक प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरेका थिए। जसको, पहिलो जानकारी हामीलाई २०४४ मा कोङ्पी मासिकका सम्पादक घल राईको लेखबाट प्राप्त भएको थियो।

खासगरी, २००७ को राणाशासन विरोधी सशस्त्र आन्दोलनमा पूर्वी नेपालको माझकिरातले गरेको अब्बल योगदानबाट एकल जातवादी शासकहरु भयात्तुर बने। २००७ मंसीर २४ गते बिना रक्तपात भोजपुर अड्डा कब्जा गर्नासाथ जनसेना प्रमुख रामप्रसाद राईकै नेतृत्वमा माझकिरात क्रान्तिकारी जनसरकार घोषणा गर्दै आन्दोलन अघि बढ्यो। माझकिरात, भोजपुर प्रधान कार्यालयको जनसेनाले दिङ्ला, चैनपुर, खोटाङका छोटी अड्डाहरु स्वयं कब्जा गर्यो भने तेह्रथुम र धनकुटामा जनसेनासहित हातहतियारको सहयोग पठायो। माझकिरातको सैनिक योजनामै ओखलढुंगा कब्जा गरियो। शाही क्याप्टेन खड्गवहादुर कार्की नेतृत्वको राणासेनाले ओखलढुंगा अड्डामाथि प्रतिकब्जा गरेपछि रामप्रसाद राईहरु पश्चिमतर्फ दौडिए।

नारदमुणि थुलुङ्ले आफ्नो संस्मरण पुस्तकमा लेखे अनुसार विराटनगर पुग्दा पटना आउनु भनेर वीपीले अर्को पत्र छोडेका रहेछन्। पटना पुग्दा दिल्ली आउनु भनेर फेरि अर्को पत्र। दिल्ली पुग्दा जवाहरलाल  नेहरुको रोहवरमा राजा, राणा र कांग्रेसले सम्झौता गरिसकेका रहेछन्।

भीषण युद्वद्वारा ओखलढुंगा फिर्ता गर्दै माझकिरात जनसेना अझ पश्चिमतर्फ अघि बढ्यो। मेलुङ हुँदै चरिकोटसम्म नियन्त्रणमा आएपछि जंगवीर राई, शुरवीर राई, कितापसिं राईको कमाण्डमा जनसेनालाई त्यहीँ छाडेर नेता रामप्रसाद राई, नारदमुणि थुलुङहरु पूर्व फर्किए। माझकिरात फर्कनुको उद्देश्य राजधानी कब्जाका निमित्त अन्तिम तयारी गर्नु थियो। प्रधान कार्यालय आइपुग्दा वीपी कोइरालाले पत्र पठाएका रहेछन्। त्यसमा लेखिएको रहेछ, प्रजातान्त्रिक क्रान्तिवारे सल्लाह गर्न माझकिरातको प्रतिनिधि तु विराटनगर आउनु होला। सल्लाह गरेर नारदमुणिलाई पठाउने निर्णय भयो।

नारदमुणि थुलुङ्ले आफ्नो संस्मरण पुस्तकमा लेखे अनुसार विराटनगर पुग्दा पटना आउनु भनेर वीपीले अर्को पत्र छोडेका रहेछन्। पटना पुग्दा दिल्ली आउनु भनेर फेरि अर्को पत्र। दिल्ली पुग्दा जवाहरलाल  नेहरुको रोहवरमा राजा, राणा र कांग्रेसले सम्झौता गरिसकेका रहेछन्। नारदमुणि र वीपीवीच चर्को विवाद भयो। केही नलागेपछि नारदमुणि रेल चढेर विराटनगर आए। विहारतिर आइपुग्दा रेल डिब्बाभित्र पत्रिका बेच्दै विक्रेता आयो। किनेर पढ्दा अग्रपृष्ठको मूल शिर्षकमा लेखिएको रहेछ-

"पूर्व नेपाल के माझकिरात मे किरात लोग रहते हैं। वोह गाई भैंस कुत्ता और मनुष्य भी खा लेते हैं। किरात लोग राक्षेश हैं!"

आफ्नो आत्मकथा "बिर्सेका अनुहारहरु र बिर्सन नसकेका घटनाहरु" मा नारदमुणि थुलुङ्ले लेखेका छन: त्यो समाचार शीर्षक पढेपछि बल्ल थाहा भयो, हतारमा दिल्ली सम्झौता किन गरेछन्!

यता भोजपुरमा रामप्रसाद राई विरुद्व नारायणहिटीका आर्थिक दलालहरुले भयानक षड्यन्त्र रचे। काठमाडौं राजधानी कब्जाको अन्तिम तयारी बिलखबन्दमा पर्यो।

रामप्रसाद राई नेतृत्वको जनसेनाले २००८ माघ ८ गते राती सिंहदरबार नियन्त्रणमा लियो। यध्यपि, केआई सिंहको अन्तर्घातद्वारा सिंहदरबार सैनिक विद्रोह असफल भयो। त्यस घटना उप्रान्त जननायक रामप्रसाद राईको स्थिति अज्ञात छ।

केहीपछि रामप्रसाद राई राजधानी पुगे। जनसेनालाई राष्ट्रिय सेनामा बदल्ने, प्रजातन्त्रका निम्ति लडेका जनसेनाको भरण-पोषण र दिल्ली सम्झौता खारेजको माग राखेर चेतावनी सभाहरु गरे। तर, नारायणहिटीका दास मातृकाप्रसाद कोइरालाको सरकारले किञ्चित सुनुवाई गरेन। निश्कर्षमा, रामप्रसाद राई नेतृत्वको जनसेनाले २००८ माघ ८ गते राती सिंहदरबार नियन्त्रणमा लियो। यध्यपि, केआई सिंहको अन्तर्घातद्वारा सिंहदरबार सैनिक विद्रोह असफल भयो। त्यस घटना उप्रान्त जननायक रामप्रसाद राईको स्थिति अज्ञात छ।

साथसाथै, सुदुरपूर्वमा जीवी याक्थुङ्बा र वीवी चेम्जोङ, पश्चिममा चित्रवहादुर गुरुङ, खडकवहादुर गुरुङ, एकदेव आले, मध्येपश्चिममा निर्मल लामाको कमाण्डमा कांग्रेसले लडेको थियो। पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन र सशक्त किसान आन्दोलन गरिरहेको थियो।

समकालीन राजनीतिमा आदिवासी नेतृत्वको जागरणबाट भयात्तुर "असली हिन्दुस्तानी" राममणि आचार्यदीक्षित तथाकथित "उच्चजातीय भलो कुराको नमूना" लेख्न त्यसरी बाध्य बनेको स्वत: बुझिन्छ। यस पंक्तिकारको भोगाइमा संविधानसभा राज्यपुन:संरचना समिति बैठकमा हामीले तीन पटक आचार्यदीक्षितवाला उक्त कविताङ्श वाचन गर्यौं। भनेका थियौं, २००७ यता कागजका जत्तिसुकै संविधान, ऐन कानूनहरु बने पनि नेपाल राज्यमा वास्तविक शासनको निर्देशकतत्व त्यही कविताङ्श हो। जसका विरुद्व राज्यको वैज्ञानिक पुन:संरचना गर्नुछ।

उक्त आत्मकथा पुस्तकमा नारदमुणि थुलुङ्ले लेखेका छन, २००८ जेठ १६ गते मातृकाले बोलाएर कांग्रेसको सदस्यता लिएँ। सम्झेँ, आजदेखि म पनि काग्रेस भएँ।

अत: प्रमाणित हुन्छ, माझकिरातको जनसेना स्वतन्त्र फौजी संगठन थियो, कांग्रेस होइन। कांग्रेससंग कुटनीतिकस्तरको तालमेल देखिन्छ, तर एउटै संगठन चाहिँ होइन। त्यसैले माझकिरात जनसेना र त्यसको नेतृत्व विरुद्व देशी विदेशी षडयन्त्रका व्युह रचिए। 

× × ×

सर्वविद्वितै छ, पूर्वी नेपालमा प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको अगुवाईमा न्यायपूर्ण आन्दोलन जारी छ। प्रस्तावक एमाले र समर्थक कांग्रेस-माओवादी केन्द्रले डकैटशैलीमा रातारात प्रदेश नाम कोशी थोपरेपछि नै पूर्वमा जनप्रतिरोध आन्दोलन उठेको हो। २०७९ फागुन १७ गते राती कोशी नाम थोपरिए विरुद्व उठेको सडक आन्दोलनलाई व्यवस्थित रुपमा अघि बढाउन २०७९ फागुन २७ गते ईटरी भेलाद्वारा संयुक्त संघर्ष समिति खडा गरियो। २०७९ चैत ५ गते संघर्ष समितिद्वारा आयोजित विराटनगर प्रदर्शनमा घाईते बनेका लाजेहाङ लिम्बूको सहादत भयो। दमक हुँदै झापा, ईलाम, तेह्रथुम, ताप्लेजुङ, पान्थरमा कोशीवादी दल नेताहरु विरुद्व भीषण संघर्ष लड्दै आन्दोलन अघि बढ्यो। प्रारम्भिक चरणमा ओखलढुंगा, खोटाङ र उदयपुरले पनि कम्मर कसेको हो।

प्रस्तावक एमाले र समर्थक कांग्रेस-माओवादी केन्द्रले डकैटशैलीमा रातारात प्रदेश नाम कोशी थोपरेपछि नै पूर्वमा जनप्रतिरोध आन्दोलन उठेको हो।

गाई-गोरु प्रकरणमा धरानमा रक्तपातको जुन चर्चा चल्यो, त्यो वस्तुत: पूर्वमा जारी प्रदेश नाम कोशी खारेज तथा पहिचानमा आधारित पुन:नामाङ्कन आन्दोलन विरुद्वको षडयन्त्र थियो। आन्दोलनकारीले प्रदेश नाम कोशीमा हस्ताक्षेर गर्ने ८२ जना सांसदहरुलाई सार्वजानिक कार्यक्रममा प्रतिबन्ध लगाइयो। ती सांसदहरुलाई कालो झण्डा देखाउने र मोसो दल्ने कार्वाहीले व्यापकता पायो भने जनताको नैसर्गिक आन्दोलन विरुद्व खड्गप्रसाद ओली गुट घुँडा धसेर लागे। ओलीले आन्दोलनकारीलाई आतङ्ककारी अभियोग लगाए। प्रतिवादस्वरुप आन्दोलनको निशानामा ८२ जना प्रदेश सांसदका अतिरिक्त ओली पनि थपिए।

एमालेकै सांसद योगेश भट्टराईले संघीय संसदमा बोल्दै आन्दोलनकारीलाई अपराधी करार गरे। धरानमा आएर एमालेकै महेश बस्नेतले यो प्रदेश तेरो बाउको विर्ता र आमाको दाइजो हो भनी आन्दोलनकारीलाई लल्कार्ने हर्कत गरे। यसरी पूर्वका आन्दोलनकारीको निशाना ८२+३ बन्न पुग्यो। जसका विरुद्व आन्दोलन स्वत: केन्द्रित भयो।

आदिवासी आन्दोलनबाट भयभीत बनेको प्रचण्ड माओवादी केन्द्रले ट्रूटी भएको र पहिचान मुद्दामा आफुहरु प्रतिबद्व रहेको भनी रुञ्चे विज्ञप्ति त निकाल्यो, तर ईलाम २ उपनिर्वाचनमा पुग्दा त्यो स्वयं नाङ्गेझार बन्यो।

कोशी नाम खारेज आन्दोलनमा एमालेको ओली गुटले आफुलाई खुलेआम पृथ्वीनारायण शाह, जंगवहादुर राणाको उत्तराधिकारमा उभ्याउन खोजे भने पहिचान विरोधी अपराध गरिसकेपछि सबभन्दा पहिला पुच्छर लुकाउने काम प्रचण्ड माओवादीले गर्यो। आदिवासी आन्दोलनबाट भयभीत बनेको प्रचण्ड माओवादी केन्द्रले ट्रूटी भएको र पहिचान मुद्दामा आफुहरु प्रतिबद्व रहेको भनी रुञ्चे विज्ञप्ति त निकाल्यो, तर ईलाम २ उपनिर्वाचनमा पुग्दा त्यो स्वयं नाङ्गेझार बन्यो। दोस्रोमा पुच्छर लुकाउने काम नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले गरे। प्रदेश १ अन्तर्गत कांग्रेसका १४ जिल्ला सभापतिले प्रदेश नाम कोशीवारे पुनर्विचार गर्न आफुहरु तयार रहेको भनी विज्ञप्ति गरे। तर, तिनको "पुनर्विचार" पनि उपनिर्वाचनमा छ्याङ्गै देखियो।

यो पृष्ठभूमिमा एमाले गुटले मध्येपहाडी लोकमार्गमा तथाकथित अभियानको नाटक रच्यो। प्रदेशस्तरको दमनले पहिचान आन्दोलन नदब्ने देखिएबाट त्यसले देशस्तरको षडयन्त्र रच्यो। खासगरी, प्रदेश १ को घुर्नीदेखि चिवाभन्ज्याङ्सम्म ८२+३ मध्येका कोशीवादीहरु नाचेर हिंड्न थालेपछि पहिचान आन्दोलनमा चुनौती थपिने नै भयो। सामना गर्न भनी २०८० मंसीर ३ गते संघर्ष समितिको जुम बैठक बसेर पहिचान विरोधी ओली अभियान रोक्ने निर्णय लिइयो। मंसीर १४ गते घुर्मी बजारमा खबरदारीसभा गर्दै पूर्वको मध्येपहाडी लोकमार्गस्थित आन्दोलनकारी केन्द्रित भए।

प्रचण्ड-कांग्रेस सरकारले खड्गप्रसाद ओलीको चाकडीमा एकीकृत सुरक्षा योजना लागू गरे। घुर्मीदेखि चिवासम्म एमाले ओलीको अभियान वस्तुत: प्रहरी अभियान बन्यो। घुर्मी-चिवा लोकमार्ग हड्तालक्रममा ७० जना आन्दोलनकारीलाई प्रहरी धरपकडमा पारियो, झुट्टा मुद्दा हालियो। त्यसवीच द्वन्दवादको नियम अनुसार खुशीकै कुरा हो कि २०८० मंसीर १४ गते उप्रान्त करिब २० दिनसम्म सम्पूर्ण देशको ध्यान प्रदेश १ को मुख्यत: पहाडतर्फ केन्द्रित भयो।

यसैवीच ईलाम २ मा उपनिर्वाचन तोकियो। २०८० मंसीर ३ गते सम्पन्न संघर्ष समितिको बैठकले ईलाम २ उपनिर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्ने निर्णय लिइयो। २०८० पुस २६-२७ गते सम्पन्न संघर्ष समितिको धरान बैठकले निर्वाचन उपयोग निर्णयलाई अझ ठोस गरियो। तर, ढिलोगरी मात्र साझा उमेदवार तोक्न सकियो। २०८० फागुन ३० गते संघर्ष समितिका तर्फबाट साझा र कानूनी रुपमा स्वतन्त्र उमेदवार श्री डकेन्द्रसिं थेगिम भनी निर्णय गरियो। पानीपोखरी बनाउने चिन्तनकाहरु आफ्नै ढंगमा रहे भने दुधपोखरी बनाउने प्रयत्नका ईमानदारहरु युद्वस्तरमा उपनिर्वाचनका निमित्त ईलाम केन्द्रित भए।

अनेक सीमा र कमजोरीका बावजुद साझा उमेदवार श्री थेगिमको पक्षमा प्रचार व्यापक बन्यो। त्यस कार्यमा पत्रकार साथीहरु, कलाकारहरु, पहिचान पक्षधर बुद्विजीविहरु, स्वतन्त्र अभियन्ताहरु, पूर्व र वहालवाला जनप्रतिधिहरु डटेर लागेका थिए।

२०८० चैत २५ गते काठमाडौंबाट हामी ईलाम बजार पुग्यौं। निर्वाचन परिचालन समितिले हामीलाई देउमाई नगरमा खटायो। त्यहाँको एक अनुकुलता के रह्यो भने विगत जनयुद्वका धेरै कमरेडहरु भेटिए। स्थानीय चुम्लुङ र यायोक्खाका साथीहरुसंग जुटेर तागतले भ्याएसम्म लाग्दा देउमाईमा चाहिँ प्रचण्ड माओवादीको  पहिचान विरोधी फर्मान लागू भएन। निर्वाचनपछि उमेदवारसंग मतदाता समक्ष धन्यवाद ज्ञापन कार्यक्रमसहित ठ्याक्कै डेढ महिना हामीले ईलाम २ मा व्यतीत गर्यौं। साझा उमेदवारलाई निर्वाचित गर्न सकेनौं, तर पक्षधरहरु मिलेर स्वच्छन्द खुशी मनायौं। जनयुद्वकालीन माओवादीको मेची-कोशी व्युरो ईन्चार्ज रहँदा देउमाईका केही भागहरुमा हिंडेका थियौं, तर जमेर भेटघाट यस पटक चल्यो।

उपरोक्त पृष्ठभूमिमा ईलाम २ उपनिर्वाचन परिणामको कार्यकारणवारे निम्न बुँदाहरु महत्वपूर्ण लाग्दछन:

१. एक लाख १५ हजार मतदाता रहेको ईलाम २ मा २०७९ मा ६६ हजार मत खसेको देखिन्छ भने २०८१ मा ६७ हजार। २०७९ मा एमाले र कांग्रेसले ३०-३० संख्यामा मत प्राप्त गरेका थिए। तर, २०८१ मा एमालेले २७ हजार अनि कांग्रेसले २१ हजार मात्र मत पाए। अथवा प्रचण्ड माओवादी केन्द्र र विप्लवको समर्थन हुँदा हुँदै पनि एमालेको तीन हजार मत घट्यो भने कांग्रेसको नौ हजार मत घटेको देखिन्छ।

कांग्रेस नेताले भने- कांग्रेसको दुश्मन एमाले होइन, घण्टी र राप्रपाको पनि दुश्मन एमाले होइन। हामीहरु सबैको साझा दुश्मन पहिचानवादी देखा पर्यो।

२. संघर्ष समितिमा तथ्यहरु उपलब्ध छन: जसले भन्छ, पहिचानवादी उमेदवार विरुद्व माओवादी केन्द्र र विप्लव त लागिपरेकै हुन, बैसाख १२ गते बेलुका ईलाम बजारको महंगो होटलमा बसेको आकश्मिक बैठकले म्याच फिक्सिङ गर्यो। त्यहाँ कांग्रेस नेताले भने- कांग्रेसको दुश्मन एमाले होइन, घण्टी र राप्रपाको पनि दुश्मन एमाले होइन। हामीहरु सबैको साझा दुश्मन पहिचानवादी देखा पर्यो। अकल्पित दुर्घटनाबाट बच्न त्यसैले हामी सबैले एमाले उमेदवारलाई समर्थन गरौ!

त्यस वापत उमेदवारीका लागि आर्जु राणालाई बुझाएको दुई करोड र विगत चुनावमा खर्च भएको आठ करोड रकम, एमालेद्वारा कांग्रेस उमेदवारलाई दिलाउने काम भयो। विगत चुनावमा हारेपछि रुदै हिंडेका कांग्रेस उमेदवार यस पटक उज्यालो चेहरामा प्रज्वलित देखिन्छन। घण्टी र राप्रपाले आफ्नो नियन्त्रणमा रहेको संगठित मत एमालेतिर खन्याए। कारण, राप्रपा अध्यक्षको ओलीभक्ति छँदै थियो, घण्टीले पनि ओलीभक्ति शिद्व नगरे उसको खैरियत रहँदैनथ्यो।

३. अतिरिक्त निश्चित गाउँपालिकामा ज्यादै खरिद-बिक्री चलेको तथ्य विवरण संघर्ष समितिमा सुरक्षित छ। तदनुसार एमाले गुटले एक मतलाई पाँच सयदेखि ३० हजार रुपैयाँसम्ममा खरिद गरेको प्रमाण छन। त्यसैले धन्यवाद ज्ञापनक्रममा हामीले प्रश्न गर्यौं, चुनावमा मत बेच्ने मानिस देश चलाउने ठाउँमा पुग्यो भने के गर्छ?

यसरी "जंगली स्वाँठे" कविताङ्शको सारतत्वमा, संरचनागत धाँधलीद्वारा पहिचान आन्दोलनका जिम्मेवार नेता डकेन्द्रसिं थेगिमलाई यस पटक पराजित गरियो। एमाले उमेदवार पनि वस्तुत: जंगली स्वाठे नै हुन, परन्तु ती एकल जातवादीहरुले खरिद गरेका बुख्याँचा हुन। ती बुख्याँचाले कत्ति दिन तर्साइरहने हुन, त्यो कुरा चाहिँ आदिवासी तथा प्रगतिशील जनताको जागरणमा निर्भर गर्छ।

धन्यवाद ज्ञापनक्रममा हामीले प्रश्न गर्यौं, चुनावमा मत बेच्ने मानिस देश चलाउने ठाउँमा पुग्यो भने के गर्छ?

अन्त्यमा, आत्मगत रुपमा समीक्षा गर्दा हामीलाई लागेका तथ्यहरु निम्न छन:

१. ईलाम २ निर्वाचन उपयोग गर्दा संघर्ष समितिलाई प्राप्त उपलब्धीतर्फ पहिलो, साझा उमेदवारद्वारा पहिचान आन्दोलनको विचारलाई प्रतिपक्षीय मतको रुपमा स्थापित गरियो र दोस्रो, व्यापक राजनीतिक प्रशिक्षण सञ्चालन गरियो।

२. कमजोरीतर्फ भोट माग्ने काम मात्र गरियो,लिने काम गरिएन। विध्यमान दलाल पुँजीवादी भ्रष्ट निर्वाचन प्रणालीमा मागेर होइन, मुख्यत: भोट लिएर मात्र निर्वाचित हुन सकिन्छ। यो यथ्यप्रति आगामी यात्रा हेक्काशील बन्नै पर्दछ।

र, उपनिर्वाचनमा प्राप्त जनमतलाई संगठनमा बदलेर अघि बढ्नेवारे संघर्ष समितिका जिम्मेवारहरुको प्राथमिकता विशेष रहनु पर्दछ।

अरुलाई चोर लगाउनु पूर्व आफ्नो थैलोको मुख बलियो गरी बाँध्नेहरु मात्र  राष्ट्रिय स्वाभिमान यात्रामा उडान भर्न सक्षम रहन्छन्।

३. विज्ञानले भन्छ, कुनै पनि वस्तुको विकास र विनाशको मूल कारकतत्व आन्तरिक हुने गर्छ। त्यसो  हो भने राज्यविहीन आदिवासी तथा प्रगतिशील, श्रमिकवर्ग र महिलाले आफुलाई सिघ्रातिसिघ्र राज्यसत्ताको दर्शनमा दीक्षित तुल्याउनै पर्दछ। अरुलाई चोर लगाउनु पूर्व आफ्नो थैलोको मुख बलियोगरी बाँध्नेहरु मात्र  राष्ट्रिय स्वाभिमान यात्रामा उडान भर्न सक्षम रहन्छन्।