२४ वर्षपछि उत्तर काेरियाको भ्रमणमा पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दैछन्। पुटिन मंगलबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्दैछन्। पुटिन २४ ले २४ वर्ष पछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्।

यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ्गले रुस भ्रमण गरेको ९ महिना पछि हुन लागेको हो। राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमणलाई धेरै महत्व दिएर हेरिदैछ। उनले आफुसंग निक्कै ठुलो टोली लिएर उत्तर कोरिया जाँदै छन्। उनको टोलीमा रुसका विदेश, रक्षा, स्वास्थ्य र यातायात मन्त्रीहरु रहेका छन्। किम जोङ्ग उनको रुस भ्रमण पछि दुई देश बीच आर्थिक र सैन्य क्षेत्रमा ठुलो मात्रामा सहयोग बढेको छ। गत हप्ता मात्र रुस र उत्तर कोरियाली सम्बन्ध बारे टिप्पणी गर्दै किमले यसलाई बिकसित र अटुट सम्बन्ध भनेका थिए।

क्रेमलिनका पधादिकारी युरी उसखाकोवका अनुसार पुटिनको यो भ्रमणमा धेरै दस्ताबेजहरुमा हस्ताक्षर हुनेछन्। जसमध्ये केही महत्वपुर्ण र अति महत्वपूर्ण हुनेछन्। यस मध्ये रुस र उत्तर कोरिया बीचको साझेदारी सम्झौताको परिवर्तित संस्करण हुनेछ। जसमा पुटिनले आफ्नो अघिल्लो उत्तर कोरिया भ्रमणको बेला हस्ताक्षर गरेका थिए। उसखाकोवका अनुसार परिवर्तित संस्करणलाई बिश्व र क्षेत्रको भूराजनीतिमा आएको गहन अनुसार बदलाव गरिएको छ।

अमेरिकाले रुस र उत्तर कोरिया बीच गहिरिदै गरेको सम्बन्धबारे चिन्ता प्रकट गरेको छ। उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको र त्यस बापत रुसले उत्तर कोरियालाई सैन्य प्रविधि हस्तान्तरण गरेको आरोप अमेरिकाले लगाउदै आएको छ। यो आरोपलाई रुस र उत्तर कोरिया दुबैले खण्डन गरेका छन्।

Image source: https://storage.myseldon.com

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र