अरुन्धतीविरुद्ध मुद्दा चलाउन अनुमति
दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले लेखिका अरुन्धती रोयलाई गैरकानूनी गतिविधि रोकथाम ऐन (UAPA) अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन् । भारतीय समाचार संस्था पिटिआइले अधिकारीहरुको हवाला दिँदै जनाएअनुसार उनलाई सन् २०१० मा कथित 'उत्तेजक' भाषणको लागि सो आदेश दिएको हुन् ।
त्यसैगरी, कश्मीरको केन्द्रीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका पूर्व प्राध्यापक डा शेख शोकत हुसैनलाई पनि उनले गैरकानूनी गतिविधि (रोकथाम) ऐनको धारा ४५(१) अन्तर्गत मुद्दा चलाउन स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत अक्टोबरमा सक्सेनाले रोय र कश्मीरको केन्द्रीय विश्वविद्यालयका पूर्व प्राध्यापक शेख शोकत हुसैनलाई सीआरपीसीको धारा १९६ अन्तर्गत भारतीय दण्ड संहिताका विभिन्न धाराहरू अन्तर्गत दण्डनीय अपराधहरूका लागि मुद्दा चलाउन अनुमति दिएका थिए।
उनीहरुले बोलेका कुराले भारतको अखण्डतामाथि आँच ल्याउने काम भएको तथा कश्मीरलाई भारतबाट अलग गर्ने कुरालाई प्रचार गरिएको आरोप छ । गिलानी र रोयले काश्मिर भारतको हिस्सा कहिल्यै नरहेके तथा उक्त क्षेत्रलाई भारतको सेनाले जबरजस्ती कब्जा गरेको भनी बोलेको आरोप लगाइएको छ ।
यसअघि उनीहरुविरुद्ध सुशील पण्डित नाम गरेका एक व्यक्तिले सिआरपिसीको धारा १५६(३) अन्तर्गत नयाँ दिल्लीको मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा उजुरी दायर गरेका थिए ।
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया