शान्तिवार्ताका लागि रुसका नयाँ प्रस्ताव !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्तिवार्ता सुरु गर्नका लागि केही शर्तहरु अगाडि सारेका छन्। रुसको समाचार एजेन्सी तासका अनुसार पुटिनले अगाडि सारेका शर्तहरुमा युक्रेनले डोनेट्स, लुहांस, जापोरिझिया र खेरसोन क्षेत्र बाट आफ्ना सबै सेनाहरु फिर्ता गर्नुपर्ने र युक्रेनले नेटो सैन्य गठबन्धनमा सहभागी हुने योजना परित्याग गरेको औपचारिक घोषणा गर्नु पर्ने कुरा समावेश छन्। पुटिनका अनुसार युक्रेनले यी शर्तहरु मानेमा रुसले त्यही मिनेटमा युद्धविरामको आदेश दिनेछ र वार्ता सुरु गर्नेछ। र युक्रेनले यी सर्तहरु मानेमा उसका सैनिकहरुलाई बाधारहित रुपमा सुरक्षित फिर्ताको अवसर सुनिश्चित गर्नेछ।
पुटिनले अगाडि भनेका छन्– हामीहरु आज फेरि अर्को वास्तविक शान्ति प्रस्ताव अगाडि सार्दैछौ। यो द्वन्दलाई रोक्ने सवाल मात्र होइन, बरु यसलाई निश्चित टुंगोमा पुर्याउनु हो। रुसको यो शान्ति प्रस्तावलाई पश्चिम र किभले अस्वीकार गरे भने रक्तपातको जिम्मेवारी उनीहरुकै हुनेछ।
युक्रेनले रुसका यी शर्तहरु मान्ने सम्भावाना एकदम कम छ। युक्रेनले पटक पटक आफ्नो कुनै पनि क्षेत्र रुसलाई नदिने अडान लिँदै आएको छ। त्यस्तै अमेरिका र नेटोले पनि रुसको यो प्रस्तावलाई अस्वीकार गरेका छन्। नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले रुसको प्रस्ताव राम्रो मनसायले राखिएको छैन भनेर भनेका छन्। त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार पुटिनले अवैध रुपमा सार्वभौम युक्रेनको भूभाग कब्जा गरेको छ। उनी युक्रेनले शान्तिको लागि के गर्नु पर्छ भनेर हुकुम गर्ने हैसियतमा छैनन्।

१७औँ ब्रिक्स शिखर सम्मेलनमा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्धता

इजरायल-प्यालेस्टाइन संघर्षः मानवता र जायोनिज्मबीचको युद्ध

‘१२ दिन लामो’ इजरायल–इरान युद्ध साँच्चै सकिएको हो त?

अमेरिकी 'कू' को कालो इतिहास

के हुन सक्छ हर्मुजमा नाकाबन्दीले निम्त्याउने संकट ?

अमेरिकी 'डीप स्टेट', यहूदी प्रभाव र इजरायललाई अमेरिकी समर्थन

कसरी सम्भव भयो इरानभित्र मोसादको चलखेल ?

प्रतिक्रिया