राष्ट्रसंघ भन्छ: इजरायलको कारवाही युद्ध अपराध हुन सक्ने !

हमासले बन्धक बनाएका चार जना इजरायलीलाई छुटाउने क्रममा इजरायलले गरेको सैनिक कारवाहीको क्रममा भएको २७४ जनाको नरसंहार युद्ध अपराध दरिन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको मानावधिकार कार्यालयले उक्त कारवाहीको दौरानमा इजरायली पक्षबाट मात्र हैन, सशस्त्र प्यालेष्टिनी समूहबाट समेत युद्ध अपराध भएको हुन सक्ने जनाएको छ ।
गत शनिवार दिउँसो इजरायलले हवाइ तथा स्थल सैनिक कारवाही मार्फत् बन्धक छुटाउन मध्य गाजास्थित नुसेरतमा गरेको आक्रमणमा २७४ जना प्यालेष्टिनीहरु मारिएका थिए । युद्धरत हमासलाई मात्र हैन, निशस्त्र प्यालेष्टिनीहरुलाई समेत अन्धधुन्ध आक्रमण गर्दै इजरायली सैनिकहरुले भयानक नरसंहार मच्चाएका थिए । त्यस दौरानमा ६०० जनाभन्दा बढी नागरिकहरु गम्भीर घाइते समेत बनेका थिए ।
अत्यन्तै जनघनत्व भएको क्षेत्रमा त्यस किसिमले अन्धधुन्ध गरिएको सैनिक कारवाहीले युद्ध कारवाहीमा अपनाउनु पर्ने भेद, समानुपातिकता र सावधानीका सिद्धान्तहरुमाथि नै प्रश्न उठेको पनि राष्ट्रसंघीय मानवाधिकार कार्यालयले जनाएको छ ।

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध

ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पको युक्रेन नीति 'यू-टर्न' हो कि रणनीतिक छायाँ युद्ध?

प्रतिक्रिया