मार्टिन लुथर किङ्गको विनम्रता

मार्टिन लुथर किङको नाम नसुन्ने कमै होलान् । उनी अमेरिकी अश्वेत आन्दोलनका नायक थिए । अश्वेतहरुको हकअधिकारको लागि लड्ने उनको समर्थकहरु थुप्रै थिए । त्यसैगरी, उनका काम मनपराउनेहरुको पनि कुनै कमी थिए ।

एकदिनको कुरा हो, मार्टिन लुथर किंग एउटासभामा भाषण गरिरहेका थिए । उनको भाषणलाई विथोल्नका लागि एकजना विरोधीले मञ्चमा जुत्ता प्रहार गरे । जुत्ता सोझै लुथर किङलाई लक्षित गरेर प्रहार गरिएको थियो तर त्यो जुत्ताले उनलाई लागेन । सभामा हल्लीखल्ली मच्चियो ।

त्यो घटनाबाट लुथर किङ अलिकति पनि विचलित भएनन् । उनले सार्वजनिक जीवनमा यस्ता थुप्रै अपमानका घटनाहरु व्यहोरेका थिए । त्यसैले उनले शान्त भएर भने– जसले मलाई यो जुत्ता प्रहार गर्नुभयो, उहाँलाई धन्यवाद । वास्तवमा, उहाँले मलाई जुत्ता प्रहार गर्नुभएको होइन, उहाँले ममाथि कृपा गरेर यो जुत्ता दिनुभएको हो ताकि मैले पैदल हिँड्नु नपरोस् ।’

त्यसमाथि थप्दै लुथर किङले थप अगाडि भने, ‘बरु ती सज्जनलाई मेरो अनुरोध छ, कृपा गरेर मलाई यसको अर्को जोडी पनि दिनुहोस् ताकि म यस जुत्तालाई उपयोग गर्न सकुँ ।’

लुथर किङको अविचल धैय देखेर सभामा उपस्थित मानिसहरु तीनछक्क परे । सभामा उपस्थितिहरुले लुथर किङको जयजयकार गर्न थाले ।

https://liberalarts.tamu.edu/wp-content/uploads/2022/01/Martin-Luther-King-Jr-2048x1549-1.jpg