कुन प्राणीले कति मसिनो सुन्न सक्छ ?

मान्छेको कानले कम्तिमा ३० हर्ज तरंगको मसिनो आवाजलाई सुन्न सक्छ । त्यसैगरी, मान्छेले अधिकतम २० हजार  हर्ज तरंगको आवाज सुन्न सक्छ । त्यो भन्दा माथिल्लो तरंगको अवाज यति सानो हुन्छ कि त्यसलाई मान्छेको कानले सुन्न सक्दैन ।

 तर कतिपय जनवारहरुले त्योभन्दा माथिल्लो तरंगलाई पनि सुन्न सक्छन् । कुकुरले ३० हजार हर्ज तरंगको आवज पनि सुन्न सक्छ । कुकुरले मान्छेको कानले नसुन्ने गरी सिटी बजाउँछ ।

अझ, चमेरोले त १ लाख हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । डल्फिन ह्वेल माछाहरुले मान्छेको कानले समात्न नसक्ने तरंगको आवाज निकालेर अन्य डल्फिन, ह्वेलमाछाहरुसँग सन्देश आदान प्रदान गर्ने गर्छन् । मान्छेको कानले सुन्न नसक्ने यस्तो उच्च तरंग भएको आवाजलाई अल्ट्रासाउण्ड (Ultrasound)  भनिन्छ ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।