लामिछानेले सफाइ पाए

क्रिकेट खेलाडी सन्दीप लामिछानेले ‘गौशाला– २६’ माथि ‘बलात्कार गरेको’ भनिएको चर्चित मुद्दामा सफाइ पाएका छन् ।

पाटन उच्च अदालतले जेठ २ गते बुधबार जबरजस्ती करणीको सोही मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालले गरेको फैसलालाई पूर्ण रुपमा उल्टाउँदै सफाइ दिएको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सो फैसला गरेको हो ।

यसअघि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष सजाय, तीन लाख रुपियाँ जरीवाना तथा पीडितलाई रु दुई लाख क्षतिपूर्ति दिनुपर्ने सजाय तोकेको थियो ।

शुरुमा लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोपमा समेत मुद्दा चलाइएको थियो । तर जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको आर्थिक अवस्थाको लाभ उठाएर सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको तर पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणहरुले देखिएकोले नाबालिगमाथि बलात्कारको अभियोग स्थापित नहुने किसिमले फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघले लामिछानेलाई निलम्बनको कारवाही गरेको थियो । अहिले पाटन उच्च अदालतले उनलाई सफाइ दिएलगत्तै संघले उनीविरुद्धको निलम्बन पनि फुकुवा गरिसकेको छ ।उअब उनलाई चाँडै विश्वकप खेलमा नेपालको तर्फबाट सहभागी गराइने भएको छ ।

लामिछाने प्रकरण नेपालको न्यायिक इतिहासमा सबैभन्दा चर्चित एक परिघटना बनेकाे छ । यस घटनाले जबरजस्ती करणी, न्यायप्रणालीका प्रक्रियागत गोलचक्कर, खेलाडीकाे अनुशासन र नैतिकता एवं सार्वजनिक सम्बन्धका आयामहरुबारेमा थुप्रै प्रश्नहरुलाई समेत जन्म दिएको छ । यी प्रश्नहरुमा भविष्यपर्यन्त विविध जोडकोणहरुबाट सवालहरु उठिरहने र त्यसबारेमा चर्चा परिचर्चाहरु भइरहने निश्चित छ ।

 

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन