महादान
सेठ परसादीलाल टल्लीमलको गोदाममा जूटको काम हुने गर्थ्यो । लडाइँ शुरु भएपछि जापान र जर्मनीले गर्ने खरीद बन्द भयो । जहाजहरुलाई शत्रुका पनडुब्बीहरुको डर थियो, अमेरिकातिर पनि सामान जान पाएन ।
रकमको कमी नै के हुन्थ्यो ? सरकार भकाभक नोट छापिरहेको थियो । दिनदिनै व्याजदर घटिरहेको थियो । रुपियाँको भाउ घटिरहेको थियो र सामानहरुको भाउ बढिरहेको थियो ।
चामलको भाउ बढ्दै गएको देखेर सेठ परसादीलालले चामलका चारवटा गोदाम किनेका थिए । हात बाँधेर बस्नुभन्दा त केही गर्नु नै उचित थियो । आठ रुपियाँ मनमा किनेको चामलको मोल एघार रुपिया हुँदैथियो । सेठजीलाई भगवानको कृपामा भरोसा थियो । ढुंगामा थुनिएको कीराको पनि पेट भर्ने भगवानले सेठलाई कहाँ वेवास्ता गर्थ्यो होला । दिनहुँ दुई घण्टा पूजा गरेर मात्र उनी घरबाट निस्कन्थे ।अरु काम बाँकी रहला तर यो काम उनी बाँकी राख्दैनथिए । पैतीस हजार मन चामलमा एक लाख साढे छैसठ्ठी हजारको नाफा थियो । भाऊ अझै उकालो लाग्दैथियो । सेठजीको विचारमा अहिले बजारमा चामल पठाउनु मूर्खता थियो । उनी अरु थप चामल किनिरहेका थिए ।
सेठजीलाई भगवानको कृपामा भरोसा थियो । ढुंगामा थुनिएको कीराको पनि पेट भर्ने भगवानले सेठलाई कहाँ वेवास्ता गर्थ्यो होला ।
अन्नको भाउ उकालो लागेपछि मुलुकभरका भोका- नाङ्गाहरु कलकत्तातिर ओइरिए । यस्तो दुर्भिक्ष (अनिकाल) कहिल्यै कसैले पनि सुनेको थिएन, देख्नु त परै जावस्। मानिसको रुप लिएका जीवहरु हड्डीको ढाँचामात्रै बाँकी रहेका कुकुर हरुसँगसँगै जुठा पात, माटाका कटोराहरुमाथि यसरी झम्टिन पुग्थे कि.....हे भगवान । सबतिर नरकंकाल शरीरका भयभीत आँखाहरु एक मुठी अन्नका लागि हात पसारेर चिच्च्याइरहेको सुनिन्थ्यो- "बाबु ! ... एक गाँस भात ।" सेठजी आफ्नो गोदामबाट आउँदा–जाँदा यी सबै त्राही त्राही र आतंकको वातावरणमा "राम राम हरे राम " जप्दै जान्थे ।
रुपियाँको रुपमा बढिरहेको गोदामहरुमा थन्किएका चामलको यो शक्तिले बजारबाट अरु चामललाई आफूतिर तानेर ल्याइरहेको थियो ।भोक-पीडितहरुलाई देखेर सेठजीको हृदय पग्लन्थ्यो ।
कंगाल समूह जुन अन्नको एक मुठीका लागि त्राही- त्राही गरिरहेको थियो, सेठजीका गोदामहरुमा भरिएका त्यो अन्न मूल्य वृद्धिको प्रतिक्षा गरिरहेको थियो । सेठजीका गोदामहरुमा केही समय विश्राम गर्दा चामलको मूल्य सय–डेढ सय बढी हुन्थ्यो ।रुपियाँको रुपमा बढीरहेको गोदामहरुमा थन्किएका चामलको यो शक्तिले बजारबाट अरु चामललाई आफूतिर तानेर ल्याइरहेको थियो ।
भोक-पीडितहरुलाई देखेर सेठजीको हृदय पग्लन्थ्यो । भुटेको चनाको एक बोरा उनको गोदामको मूलढोकामा राखिइन्थ्यो । माग्नेवालाहरुलाई पालेले एक मुठी चना दिन्थ्यो । चनाको यो दानले एउटा भयंकर संघर्षको रूप धारण गर्थ्यो । भीख बाँड्न सकिने व्यवस्था कायम राख्नका हकार पकार, लात्ती-घुस्सा र कहिलेकाहीँ त लठ्ठी र जुत्तासम्मको उपयोग गर्नु आवश्यक हुन्थ्यो ।
सेठजीको द्वारमा दान थियो र भित्र व्यापार । एकपछि अर्को दलाल आएर चामलको सौदाको कुरा गर्थ्यो । भोका कंगालहरुप्रति बग्ने सेठजीको उदारता युद्धको क्षेत्रमा अविचलित सेनापतिको दृढतामा बदलिन्थ्यो ।
सेठजीको द्वारमा दान थियो र भित्र व्यापार । एकपछि अर्को दलाल आएर चामलको सौदाको कुरा गर्थ्यो । भोका कंगालहरुप्रति बग्ने सेठजीको उदारता युद्धको क्षेत्रमा अविचलित सेनापतिको दृढतामा बदलिन्थ्यो ।
सेठ (सेठजी) कहाँ चामल विहानैदेखि पैंतीसको दाममा बिकिरहेको थियो । दिउँसो उनलाई थाहा भयो मुनीमजीले बिहानदेखि पाँच सय बोरा बेचेछन् । सेठजीले आफ्नो निधार ठोके- "के सत्यानाश गर्छौं मुनीमजी ? बन्द गर ! छैन भाइ, हामीसंग छैन ।" दलालहरुतिर हात बढाएर उनले भने- " हेर भाइ ! साढे पैतीसमा त हामी आफैंले नै किनेका हौं ।"
दिउँसोदेखि सेठजीले किन्दै गर्दै गए । साँझमा साढे अडतीसको दाममा बिकिरहेको थियो तर सेठजी भने किनिनै रहेका थिए। राति भाउ उन्नान्चालीसमा पुगेर रोकियो। दण्डित गर्ने मनशायले भरिएको दृष्टिले मुनीमतिर हेर्दै सेठजीले धम्काए “देख्यौ मुनीमजी !"
सेठजीले च्याँठिएर भने- "सरकारले मूल्य तोकेर के हुन्छ ? जसको गोदाममा माल छ, उसैको मोल कायम हुन्छ । सरकारले कहाँबाट ल्याएर सस्तोमा बेच्छ ?
सडक बजारहरुमा भोका मानिसहरुको संख्या र तिनको चित्कार बढ्दै गइरहेको थियो । सेठजी चिन्तित थिए, सरकारले चामलमा नियन्त्रण गरिरहेको थियो । मुनीमजीले सल्लाह दिइरहेका थिए- ‘समय छँदै जति विक्री हुन्छ, बेचिदिऔं ।’
सेठजीले च्याँठिएर भने- "सरकारले मूल्य तोकेर के हुन्छ ? जसको गोदाममा माल छ, उसैको मोल कायम हुन्छ । सरकारले कहाँबाट ल्याएर सस्तोमा बेच्छ ? कुनै कागजको नोट हो र मनलाग्दी छाप्न ? सरकारले पनि त व्यापारीसंगै लिन्छ ।”
नियन्त्रणको कारण देखावटी रुपमा बेचविखन बन्द थियो । तर वास्तवमा सेठजी पैसठ्ठीको भाउले बेचिरहेका थिए । चिन्ताले ग्रस्त मुनीमजी भन्थे- "पैसठ्ठीको भाउ कहिलेसम्म टिक्छ र ? ठूलो परिणाममा अन्न पनि त आउनेछ ।"
सेठजीले सम्झाए- "यस्तो सानो चित्त गरेर पनि कहीं व्यापार हुन्छ मुनीमजी ?..... यो दरमा आधा-पौने गोदाम मात्रै बिक्यो भने पनि दोब्बर नाफा छँदैछ । बाँकी रामजी मालिक छन्।"
"बिचराहरु अन्नका दाना सम्झेरै मरे । अब उनीहरुको लाशको यो दुदर्शा । बिचराहरुले कसरी सद्गति प्राप्त गर्लान् ?", सेठजीको आँखामा आँसु आयो ।
सबै बजारहरुबाट मानिसहरु भिंगा-लामखुट्टे जस्तै गरी भकाभक मरेका खबरहरु आउथे । त्यो सुनेर सेठजीको हृदय काँप्थ्यो । अरु भयंकर खबरहरु पनि आउन लागे, मशानघाटमा लासहरुको थुप्रो लागेको छ । दाउरा आठ सेरको रुपियाँमा विक्दैछ, त्यो पनि अभाव छ । गरीब मानिसहरु लासहरुलाई त्यसै छाडेर आउन थालेका छन् ।
"बिचराहरु अन्नका दाना सम्झेरै मरे । अब उनीहरुको लाशको यो दुदर्शा । बिचराहरुले कसरी सद्गति प्राप्त गर्लान् ?", सेठजीको आँखामा आँसु आयो ।
गोदाममा रुपियाँमा एक पैसा धर्मकार्यका लागि भनेर छुट्टयाइन्थ्यो । व्यापार व्यापार हो र धर्म धर्म । धर्म भकारीको रुपिया कहिले- काँही कर्जामा लगाइदिन्थे, जसबाट व्याज र साँवा सहित फेरि धर्म भकारीमै फर्काइदिन्थे । त्यो भगवानलाई गरिएको अर्पण थियो । कंगालहरुको दुर्दशा देखेर त्यही खाताबाट सेठजीले दुई बोरा चना दिनहुँ बाँड्न लगाइरहेका थिए । यति हुँदाहुँदै पनि बयालीस हजार रुपियाँ धर्म-भकारीमा जम्मा भइरहेको थियो । जसै नाफा बढ्यो, त्यसरी नै धर्म भकारी पनि बढ्थ्यो ।
"मुनीमजी !" आँखाहरुमा करुणाका आँसु लिएर सेठजीले हुकुम दिए - "दाउरा जुन भाउमा पाइन्छ, त्यही भाउमा किनेर घाटमा लगरे राखिदेऊ । विचराहरु कसैको पनि लासको दुर्गति हुन नपाओस् ।"
अर्को दिन विहानै समाचार पत्रमा छापियो "महादान ! सेठ परसादीलाल टल्लीमलको महादान... !’’
गतिहीन अवस्थाले वाक्कदिक्क र अत्यासमा परेका मानिसहरु आएर सेठजीलाई धन्यवाद दिए ।
विनम्र स्वरमा, रागरहित भावमा सेठजीले उत्तर दिए- " म के नै लायक छु र ? सब भगवानको नै हो । उनलाई नै अर्पण छ... मानिस के लायक छ र ?"
विप्लव कार्यालय, लखनऊबाट प्रकाशित यशपालको कथासङ्ग्रह ‘भस्मावृत्त चिन्गारी’ बाट साभार अनुदित
प्रतिक्रिया