अमेरिकाले इजरायललाई दिने हतियारको खेप रोक्यो !

अमेरिकी अनुरोध र चेतावनीलाई वेवास्ता गर्दै इजरायलले दक्षिण गाजापट्टीको राफाह शहरमा आक्रमण गरेको छ । फलतः अमेरिकाले इजरायललाई दिइदै आएको सैनिक सहायताको पछिल्लो खेपलाई रोकेको छ ।
यसरी रोकिएको हतियारको खेपमा हरेक ९०० किलो तौल भएका १८०० वटा र २२६ किलो तौल भएका १७०० बमहरु समेत छन् ।
हमासविरुद्धको आक्रमणको नाममा इजरायलले गाजा क्षेत्रमा नरसंहारको ताण्डव मच्चाउँदै आएको छ । यसक्रममा ३३ हजारभन्दा बढी सर्वसाधारण प्यालेष्टिनी नागरिकहरुको हत्या भइसकेको छ । त्यसरी हत्या हुनेहरुमा महिला र बालबालिकाहरुको संख्या पनि उल्लेख्य छ । खासगरी, अमेरिका र युरोपको समर्थन र सहायताको आडबलमा इजरायलले त्यसक्षेत्रमा विगत लामो समयदेखि आफ्नो मुल्याहा व्यवहार प्रदर्शन गर्दै आएको छ । त्यसैको पछिल्लो कडी हो अहिले उसले गाजा क्षेत्रमा चलाइरहेको नरसंहार ।
इजरायली नरसंहारको विरुद्ध विश्वजनमत व्यापक छ । तर इजरायलको व्यवहार कसैलाई नटेर्ने छाडा साँढेको जस्तो छ । त्यसो हुनुको सबैभन्दा बलियो कारण नै उसलाई अमेरिकाको साथसमर्थन नै हो ।तर अहिले अमेरिकाभित्र नै पनि इजरायलले चलाएइके नरसंहार र त्यसमा अमेरिकाको समर्थनलाई लिएर अमेरिकाभित्रनै पनि व्यापक असन्तोष र जनप्रदर्शनको लहर चल्न थालिसकेको छ । अमेरिकाका थुप्रै शहरहरुमा विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिरोधी प्रदर्शन गरिरहेका छन् । त्यसक्रममा हज्जारौं विद्यार्थीहरु पक्राउ पनि परिसकेका छन् । इजरायललाई समर्थन जारी राख्नु स्वयं अमेरिकाको लागि पनि कठिन बन्दै गइरहेको छ । अमेरिकाका मानवाधिकारवादी संघसंस्था तथा अभियन्ताहरुले पनि अमेरिकी राष्ट्रपति माथि इजरायललाई नरसंहार रोक्नका लागि दबाव दिन आवाज उठाउँदै आएका छन् । यस्तो स्थितिमा उसले आफ्नो अनुहारमा पोतिएको कालो दागलार्ई केही कम गर्न इजरायललाई गर्दै आएको सैनिक सहायतालाई रोक्न बाध्य भएको छ ।
त्यसो त यो अमेरिकाको देखावटी कदम मात्रै हो भन्ने कुरामा कुनै शंका छैन । उसले इजरायलले पश्चिम एशियामा अन्तर्राष्ट्रिय नियमकानूनहरुको धज्जी उडाउँदै मच्चाउँदै आएको ‘दादागिरी’लाई ‘इजरायलको आत्मरक्षाको अधिकार’को नाममा सधैं आँखा चिम्लँदै आएको छ । बरु त्यसकार्यमा उसले इजरायललाई आर्थिक एवं सैनिक सहायता दिएर उल्टै भरथेग पनि गर्दै आएको छ ।

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

प्रतिक्रिया