“हिजोको बाँकी खाना कहाँ गयो ?”

माओको सादा जीवन

चिनियाँ क्रान्तिमा अत्यन्तै चर्चित लामो अभियान (Long March) को प्रत्यक्ष नेतृत्व गर्ने क. माओ त्से तुङ्गगको सादा जीवन निकै चर्चित र उल्लेखनीय छ ।

यस अभियानको क्रममा क . माओका अर्दलीको रुपमा कार्यरत रहेका योद्धा छन् छाङ फङले यसको बारेमा जीवन्त चित्रण गरेका थिए ।

त्यसबेला कमिसार माओका नामले चर्चित माओको लामो अभियानकालीन सादा जीवनको प्रेरणादायक झाँकी निक्कै रोचक र प्रेरणादायी रहेको देखिन्छ ।

०००

कमिसार माओ अत्यन्त सादा जीवन व्यतीत गर्नुहुन्थ्यो । म तुरुन्तै उहाँका बानीहरुबाट परिचित भएँ ।

उहाँको निजी सम्पत्तिको नाममा केवल दुईवटा कम्बल, एउटा सुतीको खास्टो, दुईवटा खैरो रंगको बर्दी, जुन हामी सधारण सैनिकले लगाउने जस्तै खालको थियो, र अर्को एउटा खैरो रंगकै स्वीटर थियो ।यी सबका अतिरिक्त उहाँसँग एउटा बिग्रेको छाता थियो । खानका लागि एउटा भाँडो थियो र, नौ वटा खल्ती भएको उहाँको एउटा झोला थियो, जसमा उहाँ आफ्ना नक्सा, दस्तावेज र किताबहरु राख्नु हुन्थ्यो ।

अभियानको क्रममा वा मार्च गर्ने बेलामा त्यो झोला र छाता उहाँ आफैं नै लिएर हिँड्नु हुन्थ्यो । बाँकी सामान मात्रै म लिएर हिँड्थे ।

जब हामी क्याम्पतिर पुग्दथ्यौं, तब म काठका दुईवटा तख्ताहरु खोजेर ल्याउँथे र त्यसलाई जोडेर जमीनमा ओछ्याइदिन्थे, त्यसमाथि दुईवटा कम्बल बिछ्याइदिन्थें र उहाँका बर्दीहरु बेरेर तकिया बनाइदिन्थे । यही नै उहाँको ओछ्यान हुन्थ्यो ।

राति उहाँ धेरै कम सुत्नु हुन्थ्यो । हामीसँग एउटा सानो लालटिन थियो, मार्चको क्रममा बाटो देखाउनका लागि यसलाई मशालको रुपमा उपयोग गरिन्थ्यो । तर जब हामी क्याम्पमा रहन्थ्यौं, तब अफिसमा यसको उपयोग गर्नका लागि यसलाई कुनै इँटामाथि राखिन्थ्यो ।

चामलको एउटा गेडा पनि सजिलै प्राप्त हुँदैन । त्यसलाई जनताले उब्जाउँछ । भविष्यमा मैले जेसुकै बाँकी राखे तापनि त्यसलाई कहिल्यै नफ्याँक्नु होला ।

रातको भोजनपछि उहाँ यस लालटिनलाई बाल्नु हुन्थ्यो, आफ्नो झोला खोल्नु हुन्थ्यो र आफ्ना नक्सा, दस्तावेज एवं किताब, कागज र कलम निकाल्नु हुन्थ्यो । कहिलेकाहीं त उहाँ बिहान हुँदासम्म काम गरिरहनु हुन्थ्यो । अनुहारमा ताजापन ल्याउन रुमाललाई पानीमा भिजाएर, त्यसबाट आफ्नो मुख र कहिलेकाहीं शरीर पनि पुछ्ने गर्नुहुन्थ्यो ।

जब उहाँलाई भोक लाग्दथ्यो, तब म चामलको स्याण्डवीच (पाकेको चामलको दुई तहका बीचमा सागसब्जी राखेर बनाइने खाना) तताउँथे, जुन तेस्रो प्रहरको खानाको समय उहाँ खानु हुन्थ्यो । कहिलेकाहीं उहाँ आफ्नो थालभरिको खाना सबै खान सक्नु हुन्नथ्यो, त्यसैले त्यसलाई पछि खानका लागि म कागतले ढाकेर राखिदिने गर्थे । एक दिन थालमा राखिएको बाँकी खाना फ्याँकिन पुग्यो, तर कमिसार माओलाई यसबारेमा केही थाहा थिएन । अर्को दिन त्यही बाँकी चामल खानु आवश्यक सम्झेर माओले भन्नुभयो– हिजो मैले बाँकी राखिछोडेको खाना कहाँ गयो ?

अर्दली कमरेडले जवाफ दिए– त्यो त फ्याँकियो नि !

अध्यक्ष माओले यसको लागि उनलाई आलोचना गर्नुभयो र भन्नुभयो– चामलको एउटा गेडा पनि सजिलै प्राप्त हुँदैन । त्यसलाई जनताले उब्जाउँछ । भविष्यमा मैले जेसुकै बाँकी राखे तापनि त्यसलाई कहिल्यै नफ्याँक्नु होला । त्यसलाई पछिल्लो भोजनको लागि बाँकी राख्नु होला ।

अभियानको समयमा धेरैजसो कुनै न कुनै स्थानलाई कब्जा गरिन्थ्यो र युद्धमा शत्रुहरुको सामान पनि हात पर्थ्यो । तर अध्यक्ष माओ आफ्नो लागि केही पनि लिनु हुन्नथ्यो, सबै कुरा अस्पतालको लागि पठाउनु हुन्थ्यो । शुरुमा खानका लागि उहाँसँग एउटा थालबाहेक अरु केही पनि थिएन ।

०००

त्यसबेला म केटाकेटी नै थिएँ, रातभरि सुत्दैनसुतीकन बस्न सक्दिनथें । राति जुनबेला कमिसार माओ पढ्नु हुन्थ्यो अथवा लेख्नुहुन्थ्यो, त्यसबेला म उहाँको नजिकै बस्थें र उहाँको मेचमा टाउको अड्याएर उँघ्न थाल्थें, उँघ्दाउँघ्दै घ्यार्रर आवाज निकाल्न थाल्थें । जब उहाँले मलाई उठाउनु हुन्थ्यो, र सुत्न जानका लागि भन्नुहुन्थ्यो, तब हामी दुवै एक पटक मुसुक्क हाँस्थ्यौं ।

गर्मी मौसमका रातहरुमा उहाँ मलाई राति उठाएर पानी ल्याउनका लागि भन्नु हुन्थ्यो । तब म काठको एउटा सानो भाँडो लिएर जान्थें र केही चीसो पानी लिएर आउने गर्थे । हामीसँग पानी राख्ने बाटा र तसला केही पनि थिएन, त्यसैले त्यही काठको भाँडोमै रुमाल भिजाएर उहाँले आफ्नो अनुहारमा ताजापन ल्याउनका लागि त्यसबाट आफ्नो मुख र कहिलेकाहीं शरीर पनि पुछ्ने गर्नुहुन्थ्यो ।

सन् १९३१ को जाडो महिनामा, जब हामीले च्याङशी प्रान्तको चिआनमाथि कब्जा जमायौं, तब हामीले एउटा स्थानीय निरंकुश सामन्तको घरबाट एउटा थरमस पनि कब्जा गर्‍यौं । तयो निरंकुश सामन्त आफ्नो घर छोडेर भागेको थियो । यसरी, सौभाग्यवश थरमस पाएकोमा म फुरुग थिएँ, तर मलाई कमिसार माओले थाहा पाउनु हुनेछ कि भन्ने कुराको डर थियो ।

त्यसैले मार्च गर्ने समयमा म यसलाई अरु कुनै कमरेडलाई बोक्न दिने गर्थे, ताकि उहाँलाई थर्मसको बारेमा ज्ञान नहोस् । यो थर्मसमा म सधैं उहाँलाई पानी तातोपारी राख्दथें, तर पनि उहाँको लागि तुरुन्तातुरुन्तै खाना पाकाउनु भनेको निकै गाह्रो काम थियो । उहाँसँग रहेको सानो भाँडोमा धेरै चामल अट्दैनथ्यो । रातको भोजनका लागि त यसबाटै काम चलाउन सकिन्थ्यो, तर मार्च गर्ने बेलामा, त्यो भाँडो त्यति उपयोगी हुँदैनथ्यो । फेरि जब हामी अलिकति आराम गर्न बस्थ्यौं, त्यही अवसर पारेर खाना  खाने काम पनि गर्थ्यौं, तब कमिसार माओले फेरि त्यही चीसो स्याण्डवीच खानु पर्दथ्यो ।

नोभेम्बर १९३१ मा, रुइचिनमा केन्द्रीय मजदूर–किसान जनवादी सरकारको स्थापना भयो । उहाँ उक्त जनवादी सरकारको अध्यक्षता छानिनुभयो । त्यस बेलादेखि हामीहरुले उहाँलाई कमिसार माओको सट्टा अध्यक्ष माओ भन्न थाल्यौं । तर त्यसबेला पनि खाना खाने बेला उहाँले आफ्नो त्यही पुरानो भाँडो प्रयोग गर्नुहुन्थ्यो । फेब्रुअरी १९३४ मा जब हामीले चाङचओ (फूच्येन प्रान्तमा) माथि कब्जा गर्‍यौं, तब मात्रै हामीले उहाँको लागि खाना तताइराख्ने तीन डिब्बा भएको एउटा टिफिन क्यारियरको व्यवस्था गर्न सक्यौं ।

प्रस्तुति: राजेन्द्र महर्जनTitle image: https://www.chinasmack.com