लेनिन: रोटी र शान्ति !
लेनिन निर्वासनमा स्विट्जरल्याण्डमा बसिरहेका थिए । उनी एकदम कम खर्चमा जीवन बिताइरहेका थिए । पुराना थोत्रा लुगा, भद्दा जुत्तामा उनी हिड्थे । उनको कोठा जुत्ता सिलाउने मोचीको दोकानको माथिल्लो तलामा थियो । जहाँ बाट छालाको दुर्गन्ध आउँथ्यो । जसले उनलाई उल्टी आउन खोज्थ्यो ।
लेनिन सारा दिन लाइब्रेरीमा बिताउथे । उनको सान्निध्यता आफ्ना देशका किसान र मजदूर भन्दा बढी हेगेल र मार्क्ससंग हुन्थ्यो ।
लेनिनको अधिकांश समय अध्ययन, लेखन, बहस र संगठन निर्माणमा र रणनीति बनाउन खर्च हुन्थ्यो ।
लेनिन क्रान्तिको संभवाना प्रति निराश पनि बन्न थालिसकेका थिए । उनले आफ्ना साथीहरुलाई भन्न थालेका थिए- हामी बुढा भईसक्यौ, अब हामीले आफ्नो जीवनकालमा क्रान्ति भएको देख्न पाउने छैनौं । यो अक्टुबर क्रान्ति हुनुभन्दा ६ हप्ता अगाडिको कुरा थियो ।
जब लेनिन रेल यात्राको माध्यमबाट सेन्ट पिटर्सबर्ग उत्रे उनलाई धेरै कम मानिसले मात्र उनलाई चिन्थे । उनि आफ्नो पार्टी पनि खासै लोकप्रिय थिएन । तर लेनिन लाई थाहा थियो रुसी जनता के चाहन्छन भन्ने कुरा - रोटी र शान्ति । पहिलो बिश्वयुद्ध बाट थाकेका, भोक र अपमानित रुसी जनताले लेनिन लाई जब सुने क्रान्ति धेरै पर थिएन। लेनिनले भनेका थिए - यस्ता केहि दशकहरु हुन्छन जसमा केही हुँदैन र यस्ता हप्ताहरु पनि हुन्छन जसमा दशकौं बराबरका घटनाहरु घटित हुन्छन् !
सन्दर्भ स्रोत: एदुआर्दो गालेआनोको पुस्तक Mirrors को Lenin । प्रस्तुति: केदार सिटौला
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया