​​​​​​​‘‘आजभोलि सिफारिशबिना कुनचाहिँ काम हुन्छ र !’’

पुनर्वास मन्त्रालयका क्लर्क त्रिलोकीनाथ खाजाको छुट्टीमा अन्य केही क्लर्कहरुका साथ कार्यालयको अगाडि उभिएर चाट खाइरहेको थिए । त्यसबेला एउटा सानो घटना भयो, जुन एउटा क्लर्कको जिन्दगीमा वर्षौंमा एकाध पटक नै हुने गर्छ । उसलाई कुनै ठूलो मानिसले चिने । चिने मात्रै हैन, सँगै बसे, सँगै बसेनन् मात्र, पूरै पाँच मिनेटसम्म त्रिलोकी बाबुको काँधमा हात राखेर गफ गरिरहे, मुस्कुराइरहे र जब मोटरमा बसेर जान लागे, आफ्नो नोटबुक निकालेर त्रिलोकी बाबुको नामठेगाना पनि लेखेर लगे ।

मानिसहरु भन्ने गर्छन्, मानिस बदलिन्छ, दुनिया बदलिँदैन । तर यो गलत हो । हेर्दाहेर्दै त्रिलोकी बाबुको आँखाको सामुन्ने नै दुनिया बदलियो । घाम लाग्यो, आकाश खुलेर आयो, सडकमा आउनेजाने मानिसहरुको चहलपहलमा मेला जस्तै वातावरण बन्यो । मानिसहरु भन्ने गर्छन् मान्छे हावामा उड्न सक्दैन, तर त्रिलोकी बाबुको शरीरमा त पखेटा नै लाग्यो । जब उनी फर्केर कार्यालयमा गए, उनको मन साँच्चिनै हावामा उडिरहेको थियो । ईर्ष्याले भरिएका आँखाका दशौं जोडीहरुले उसको ठालुपनलाई चियाइरहेका थिए, कतिसम्म भने झ्यालनेर उभिइरहेका सुपरिटेण्डेण्टले पनि देखेका थिए कि त्रिलोकी बाबु कुनै सामान्य मानिस होइनन्, उनी ठूला ठूला मानिसहरुसँग हात मिलाउने हैसियत राख्छन् ।

मानिसहरु भन्ने गर्छन् मान्छे हावामा उड्न सक्दैन, तर त्रिलोकी बाबुको शरीरमा त पखेटा नै लाग्यो । जब उनी फर्केर कार्यालयमा गए, उनको मन साँच्चिनै हावामा उडिरहेको थियो । ईर्ष्याले भरिएका आँखाका दशौं जोडीहरुले उसको ठालुपनलाई चियाइरहेका थिए...

सोमबारको दिन थियो र कार्यालयको काम पूरा गर्न चाहन्थे । बाबु त्रिलोकीनाथ खुसीले झुम्दै कार्यालय पुगे, सरसर्ती आफ्ना फाइलहरुमा आँखा दौडाए र त्यही तरिकाले नै आफ्ना आसपास रहेका क्लर्कहरुलाई पनि हेरे, जो अचानक पुड्को भएका थिए र उनीहरु अहिले पनि त्रिलोकी बाबुतिरै हेरिरहेका थिए । त्रिलोकी बाबु मेजमा बसे, तर बसिरहन सकेनन्, फाइल खोले तर त्यसबाट आँखा चिप्लिइहाल्थ्यो, कार्यालयको कुनै पनि कुरामा मन टिक्दैन थियो र मनमा बारम्बार कुनै धुन बजाइरहेका थिए ।

बेलुका हुँदै जाँदा त्रिलोकी बाबु घर्तीमा ओर्लिए, मन फुरुङ्ग भइरहेको थियो । घर पुग्दा ढोकैमा कुन्तो भेटिए । कुन्तो उनकी पत्नी थिइन् । तीन बच्चाकी आमा हुँदाहुँदै पनि उनको आँखा चम्किन्थ्यो र घुम्रिएको कपालको एकाध लट उनको निधारमो सधैं झुलिरहेको हुन्थ्यो ।

त्रिलोकीले ढाँढस बधाउँदै कुन्तोको काँधमा हात राखे । कल्पनै नगरेको कुरा ! त्रिलोकी कार्यालयबाट फर्केर कहिल्यै पनि सोझो कुरा गर्दैनथिए, आज त कुन्तोले आफ्नो पतिको जुँगामुनि एउटा फरफराउँदै गरेको मुस्कान पनि देखिन् ।

‘‘बिहान डिब्बा लगेको भए फर्किँदा डाल्डा त लिएर आउँथ्यौ ।’’

त्रिलोकीले ढाँढस बधाउँदै कुन्तोको काँधमा हात राखे । कल्पनै नगरेको कुरा ! त्रिलोकी कार्यालयबाट फर्केर कहिल्यै पनि सोझो कुरा गर्दैनथिए, आज त कुन्तोले आफ्नो पतिको जुँगामुनि एउटा फरफराउँदै गरेको मुस्कान पनि देखिन् ।

‘‘को खन्ना साहेब ?’’

‘‘उही, जो शिक्षा विभागमा डाइरेक्टर थिए । अब रिटायर भए । कुनै जमानामा मेरो प्रोफेसर पनि थिए...’’

केहीबेरका लागि कुन्तोले पतिको अनुहारतिर हेरिरहे । फेरि विस्तारै भने, ‘‘बिहान डिब्बा लगेको भए घरमा डाल्डा त हुन्थ्यो । यसबेला त दाल झान्नका लागि घरमा घीउ पनि छैन ।’’ फेरि उनी उठेर जान लागिन् ।

‘‘तिमी कहाँ जान लाग्यौ, खन्ना साहेबले सेक्रेटरीलाई मेरो सिफारिश गरिदिने भएका छन् । आज हाम्रो कार्यालयमा आएका थिए । उनले नोटबुकमा मेरो नाम ठेगाना पनि लेखेर लगेको छन् । अवश्य पनि तिम्रो बढुवा हुनुपर्छ भन्दै थिए ।’’

कुन्तोले हिँड्दाहिँड्दै मोडिरु हेरिन् र भनिन्, ‘‘जब गर्ला त्यो बेला हेरुँला । अहिले नै किन नाच्नु ?’’ अनि उनी भान्छातिर लागिन् ।

तिमी कहाँ जान लाग्यौ, खन्ना साहेबले सेक्रेटरीलाई मेरो सिफारिश गरिदिने भएका छन् । आज हाम्रो कार्यालयमा आएका थिए ।

त्रिलोकी भन्दै गए, ‘‘एकदमै हार्दिकताका साथ भेटे । मलाई चिन्नेबित्तिकै सँगै सबै । मैले चौध सालदेखि क्लर्कको काम गर्दैछु भन्ने थाहा पाएपछि उनको आँखामा आँसु नै आयो ।’’

यो सुनेर कुन्तो हाँसिन् र भान्छाको ढोकामा आएर उभिइन् ।

‘‘साँच्च्चै, आँसु नै आयो ?’’

‘‘हो, उनको आँखा भिजेको थियो, उनी मेरो प्रोफेसर भइसकेका हुन् नि त ! भन्दै थिए, तिमी जस्तो होनहार चौध सालदेखि क्लर्क छौ । म आफ्नो बेलामा कलेजका सबैभन्दा राम्रो विद्यार्थी थिएँ नि...!’’

‘‘मलाई थाहा छ,’’ कुन्तोले कुरा काट्दै भनिन्, ‘‘तिमीले मेडल जित्यो । हक्कीको कप्तान भइसक्यौं । लखनउमा वादविवादमा भाग लियौ, तर कप जित्न सकेनौं किनभने जज तिम्रो मामाको छोरा रहेछन् । के म यी सबै कुरा जान्दिनँ र ? ...’’

आफ्नो कुरालाई बिट मार्दै उनी मोडिएर भान्छाघरतिर लागिन् ।

जब बच्चाहरु सुते र पति–पत्नी आफ्नो ओछ्यानमा पल्टिए, कुन्तोको मनमा हलचल मच्चियो । टाउकोमुनि दुवै हात राखेर चम्किलो काला आँखाले निक्कैबेर छतलाई निहारिरहे ।

डाल्डाबिना खाना के बन्थ्यो र ! कुन्तोले चामल उमाले, दाल बसाएर त्यसलाई नझानिकनै भातमा हालेर तीनैजना बच्चाहरुलाई खुवाइदिए ।

जब बच्चाहरु सुते र पति–पत्नी आफ्नो ओछ्यानमा पल्टिए, कुन्तोको मनमा हलचल मच्चियो । टाउकोमुनि दुवै हात राखेर चम्किलो काला आँखाले निक्कैबेर छतलाई निहारिरहे । धेरैबेरपछि उनलाई निद्राले छोप्न थाल्यो, उनलाई लाग्यो, भान्छामा दाल झानिइदैछ र शुद्ध घीउको वास्ना पूरै घरभरि फैलिइरहेको छ । कुन्तोले कोल्टे फेर्, उनलाई लाग्यो उनकी ठूली छोरी पिङमा खेलिरहेकी छिन्, उनले सेतो फ्रक लगाएकी छिन् र उनको कपालमा फूल लगाइएको छ ।

कुन्तोले फेरि आँखा खालेर छततिर निहार्न थालिन् ।

‘‘सुन्नोस् न, निदाउनु भएको छैन ?’’

त्रिलोकी पनि आफ्नो तालुखुइले टाउकोको मुनि दुवै हात बाँधेर छततिर नै निहारिरहेका थिए र धेरैबेरदेखि आफ्नै सोचमा मग्न थिए । पत्नीको आवाज सुनेर पनि चुपचाप ढल्किरहे ।

‘‘सुन्नोस् न, सुतिसक्नुभयो ?’’

‘‘किन कुन्तो, तिमीले मलाई उठाइदियौ !’’

‘‘सुन्नोस् न, के साँच्चै तपाईंको बढुवा हुन लाग्दैछ हो ?’’

‘‘हेरौं के हुन्छ ! त्यति सजिलो त छैन, तर आजभोलि सिफारिशबिना कुनचाहिँ काम हुन्छ र !’’

केहीबेर चुपचाप बसेपछि कुन्तो फेरि बोलिन्, ‘‘तिमी अफिसर जस्तै नै त देखिन्छौ । रजनीको पति पनि पहिले क्लर्क नै त थिए नि, अब उनी ठूलो अफिसर बनेका छन् !’’

त्रिलोकी चुप बसे, उनले कुनै उत्तर दिएनन् ।

कुन्तो चुप बस्न सकिनन् । उफ्रिएर आफ्नो ओछ्यानबाट बाहिर निस्के र पतिका नजिक गए ।

‘‘बढुवा भयो भने मलाई के दिन्छौ ?’’ उसले हाँसेर सोधिन् ।

त्रिलोकीले मलिन् आवाजमा जवाफ दिए, ‘‘बढुवा भएपछि देखा जाएगा कुन्तो, यो काम यति सजिलो कहाँ हुन्छ र ।’’

‘‘बेलुकी त निक्कै फुरफुर गर्दैथियौ त अहिले किन फेरि चुपचाप भयौ ? म तिमीसँग केही माग्दिनँ त ।’’

‘‘बढुवा भयो भने मलाई के दिन्छौ ?’’ उसले हाँसेर सोधिन् ।

त्रिलोकीले मलिन आवाजमा जवाफ दिए, ‘‘बढुवा भएपछि देखा जाएगा कुन्तो, यो काम यति सजिलो कहाँ हुन्छ र ।’’

 

फेरि पनि त्रिलोकी चुपचाप नै पल्टिरहे । तर कुन्तोको उत्तेजित कल्पना अहिले पनि थरिथरिका तानाबाना बुनिरहेको थियो ।

‘‘तिमी घूस पनि खान्छौ नि ?’’

‘‘क्लर्कबाट बाहिर निस्केको छुइनँ कुन्तो, तिमीलाई चाहिँ घूसको चिन्ता ।’’

‘‘यसमा खराबी के छ । आजभोलि सबैजना घूस खान्छन् । त्यसमाथि फाल्टो आम्दानीको दबदवा हुन्छ । आफैं नमाग्नु तर कसैले दिइहाल्यो भने इन्कार पनि नगर्नु ।’’

त्रिलोकीले पत्नीको तर्फ ढाड फर्काए । कुन्तो फेरि पनि भनिरहेकी थिइन्, ‘‘म गार्गीको दाइजो अहिलेदेखि नै तयार गर्न थालुँला ।’’ कुन्ताले फुस्फुसाउँदै भनिन्, ‘‘हतार गर्दा कहिले पनि चीज राम्रो बन्दैन, विस्तारै चीजहरु लिँदै गरुँला,’’ पतिको पीठपछाडि ढल्कँदै कुन्तोले त्रिलोकीको तालुखुइले टाउकोलाई विस्तारै मुसार्दै गुनगुन गरिरहिन्, ‘‘तर मलाई धनी महिलाहरु राम्रो लाग्दैन । उनीहरु धेरै मोटाउँछन्, उठ्दा–बस्दै पूरै समय डकार्दै बस्छन् । म मोटाउँदिनँ, तिम्रा सबै काम म आफ्नै हातले गरुँला, याद राख...’’

आजभोलि सबैजना घूस खान्छन् । त्यसमाथि फाल्टो आम्दानीको दबदवा हुन्छ । आफैं नमाग्नु तर कसैले दिइहाल्यो भने इन्कार पनि नगर्नु ।’’

पतिलाई फेरि पनि चुपचाप देखेर कुन्तो अलि चिढिएर बोलिन्, ‘‘तिमी पनि कस्तो रुखो मानिस हौ, म आफैं तिम्रो ओछ्यानमा आएकी छु, र तिमी चाहिँ सोझो मुख कुरा पनि गर्दैनौ !’’ फेरि हाँस्दै भन्न थालिन्, ‘‘अहिलेदेखि नै मसँग अफिसर जस्तो व्यवहार गर्न थाल्यौ !’’

अचनाक कुन्तोलाई पछुताउ लाग्न थाल्यो । ओछ्यानबाट हत्तपत्त उठेर बसिन्, ‘‘हरे, म पनि कस्तो पापिनी हुँ, त्यसै फतफताइरहेकी छु । तिम्रो बढुवा त होस्, पहिलो तलबबाट म प्रसाद बाँड्छु, दुर्गा माताको भोग लगाउँछु,’’ त्यसो भन्दै कुन्तो उठिन् र चुल्होछेउमा राखिएको दुर्गा माताको मूर्ति सामुन्ने बारम्बार ढोग्न लागिन्, ‘‘दुर्गा माता, म सबैभन्दा पहिले तिम्रो भोग लगाउँछु । म धेरै बोलिरहन्छु तर मनको खराब छुइनँ, दुर्गा माता, म कसैको पनि कुभलो चिताउँदिनँ । म सबैभन्दा पहिले तिम्रो सेवा गरुँला । मलाई माफ गरिदिनु दुर्गा माता, तिमी त यस घरको सबैभन्दा ठूलो हौ, हामी सबैको आमा हौ । मैले पढेलेखेको छुइनँ, मुखबाट कुराहरु फुत्किइहाल्छ ।’’

फेरि कुन्तोले हात जोडे, आँखा बन्द गरेर एक पटक फेरि दुर्गामाताको सामुन्ने टाउको झुकाएर र सोझै आफ्नो खाटमा फर्के । उनका आँखाहरु फेरि छत निहार्न थाले ।

उता त्रिलोकी निक्कै परको सोचमा डुबेका थिए र अझै गहिरोसँग डुब्दै जाँदैथिए । छतलाई निहारिरहँदा उनलाई पनि निद्राले छोप्यो । उसले देखे, सेक्रेटेरियटको लामो करिडोरमा कोही कार्यालय सहयोगी उसको फाइल काखीमा दबाएर दौडिइरहेका छन्, त्रिलोकी उसलाई बोलाउँछन् तर उनी रोकिन्नन् र हेर्दाहेर्दै करिडोरका असंख्य ढोकाहरुमध्ये कुनै एउटा ढोकाबाट बाहिर निस्केर भाग्छन् । सम्पूर्ण सेक्रेटेरियट एउटा भुलभुलैया बन्न पुग्छ । त्रिलोकी त्यसबाट बाहिर निस्कने कोशिश गरिरहेका हुन्छन्, एकै झट्कामा उसको निद्रा खुल्छ । उनी स्याँ स्याँ गर्दै फेरि छतलाई निहार्न थाल्छन् । केही बेर पछि भन्छन्, ‘‘सुतिरहेकी छौ कि जागै छौ ?’’

सेक्रेटेरियटको लामो करिडोरमा कोही कार्यालय सहयोगी उसको फाइल काखीमा दबाएर दौडिइरहेका छन्, त्रिलोकी उसलाई बोलाउँछन् तर उनी रोकिन्नन् र हेर्दाहेर्दै करिडोरका असंख्य ढोकाहरुमध्ये कुनै एउटा ढोकाबाट बाहिर निस्केर भाग्छन् ।

कुन्तो बोलिनन्, यो सोचेर उनी बोलिनन् कि त्रिलोकीले कतै यो नठानुन् उनी ससानो बढुवाबाट पनि यत्ति उत्तेजित भइरहेकी छिन् ।

‘‘भरखरै त कुरा गरिरहेकी थियौ, अहिले नै निदाइहाल्यौ !’’

‘‘के भयो ? तिमी त सुत्न पनि दिदैनौ ।’’

‘‘मैले सोचें, भोलि म कार्यालय जान्नँ ।’’

त्यो सुन्नेबित्तिकै पत्नी लम्किएर उठिन्, ‘‘किन र ?’’

‘‘मेरो स्वास्थ्य अलि ठीक छैन ।’’

‘‘बहाना नगर, अब बढुवा हुन लागिरहेको बेला अब यिनलाई कार्यालय जान मन लाग्दैन ।’’

केहीबेर चुप रहेपछि त्रिलोकी फेरि बोले, ‘‘खन्ना साहेबले त्यो चिठ्ठी लेखिदियो होला त, तिमीलाई के लाग्छ ?’’

‘‘त्यति भनेपछि त लेखिदियो होला नि ।’’

सुन्नेबित्तिकै त्रिलोकीको मुटु थप एक सिढी तल उत्रियो ।

‘‘म सोच्छु, त्यो चिठ्ठी लेखेर खन्ना साहेबले ममाथि ठूलो अन्याय गरेका छन् ।’’

‘‘अचम्मै, उनले तिम्रो सिफारिश गरे अनि तिमी चाहिँ अन्याय गरेको ठान्छौ ।’’

‘‘तिमी कार्यालयको कुराहरु बुझ्दैनौं । सिफारिशको चिठ्ठीहरुकै आधारमा बढुवा हुन थाल्यो भने त सबै क्लर्कहरु अफिसर बन्थे...’’

‘‘म सोच्छु, त्यो चिठ्ठी लेखेर खन्ना साहेबले ममाथि ठूलो अन्याय गरेका छन् ।’’ ‘‘अचम्मै, उनले तिम्रो सिफारिश गरे अनि तिमी चाहिँ अन्याय गरेको ठान्छौ ।’’

अब कुन्तो बोलिनन्, त्रिलोकीले के भनिरहेका छन् भन्ने कुरा उनले बुझ्न सकिरहेकी थिइनन् ।

त्रिलोकीले लामो सास ताने र कोल्टे फेरे ।

‘‘यसले त कुरा झनै बिग्रन्छ,’’ उनी फुस्फुसाए ।

‘‘किन बिग्रन्छ ?’’

‘‘मेरो बढुवा भयो भने बाँकी क्लर्कहरु के चुपचाप बस्लान् ? उनीहरु त हिजैदेखि कानेखुसी गर्न थालिसकेका थिए । म कार्यालयमा फर्किएपछि उनीहरु तत्कालै चुप भए ।’’

कुन्तो केही बोलिनन् ।

‘‘सुन्दैछौ नि?’’

‘‘अँ, सुन्दैछु ।’’

‘‘खन्ना साहेबले मेरो सिफारिश सेक्रेटरीलाई गर्नेछन् तर उनी त अति ठूला अफिसर हुन् । मेरो लगाम त मेरा सुपरिण्टेण्डेण्टको हातमा हुन्छ । उनी अवश्य पनि ईष्याले जल्नेछन् । तिमी यी साना अफिसरहरुलाई चिन्दैनौं । उनीहरु डाहा गर्न थाल्छन्  र वर्षको अन्तिममा मेरो रिपोर्ट बिगारिदिनेछन् ।’’

‘‘तिमी धेरै चिन्ता नगर न, बढुवा होस् कि नहोस् न, के मतलब ।’’

मेरो लगाम त मेरा सुपरिण्टेण्डेण्टको हातमा हुन्छ । उनी अवश्य पनि ईष्याले जल्नेछन् । तिमी यी साना अफिसरहरुलाई चिन्दैनौं । उनीहरु डाहा गर्न थाल्छन्  र वर्षको अन्तिममा मेरो रिपोर्ट बिगारिदिनेछन् ।’’

केहीबेरसम्म त्रिलोकी चुप बसे, फेरि विस्तारै बोले, ‘‘खन्ना साहेबले अनावश्यक बखेडा सिर्जना गरिदिए । बढुवा त होला–नहोला तर बेकारमा  मेरो दुश्मन बन्नेछन् ।’’ अब डाइरेक्टरसँग मेरो परिचय गराइदिन के आवश्यक थियो ! उनलाई छोड्न डाइरेक्टर तल आएका थिए । घण्टाभर उनी मेरो काँधमा हात राखेर खुसुरपुसर गरिरहे । कार्यालयमा थाहा नहुनेहरुले पनि थाहा पाए । गल्ती मबाटै भयो । उनलाई देख्दा मैले पीठ फर्काएको भए उनले मलाई चिन्दै थिए, यो बखेडा पनि सिर्जना हुँदैनथियो ।’’

कुन्तो बोलिन्, ‘‘म त भन्छु, तिमी डराउने नगर । तिमी सबैभन्दा बढी योग्य छौ, आफ्नो काममा सबैभन्दा अगाडि छौ । तिम्रो यो डराउने बानी हट्यो भने त तिमी सुनकै मान्छे हौ ।’’

‘‘को डराइरहेको छ ! त्यसै बेकारको कुरा गर्न थाल्यौ ।’’

कुन्तो विस्तारै बोलिन्, ‘‘मबाहेक तिमी सबैसँग डराउँछौं, साँच्चै भन्ने भने मसँग पनि डराउँछौ ।’’

‘‘ल, ल ! अब तिमी चुप लाग । मानिसले आफ्नो मनको कुरा पत्नीसँग गर्छन्, सल्लाह गर्छन् । र एकजना चाहिँ यो छ, जो ससानो कुरामा पनि उपदेश दिन थाल्छ ।’’

‘‘रिसायौ ? तिमी चाँडै रिसाउँछौ ।... हरे ! तिम्रो हात चिसो भइरहेको छ । अरे, तिम्रो निधारमा पनि पसिना आइरहेको छ । कुरा के हो  ?’’

कुन्तो फेरि हाँस्दै आफ्नो ओछ्यानबाट बाहिर निस्के र पत्नीको ओछ्यानमा पुगे ।

‘‘रिसायौ ? तिमी चाँडै रिसाउँछौ ।... हरे ! तिम्रो हात चिसो भइरहेको छ । अरे, तिम्रो निधारमा पनि पसिना आइरहेको छ । कुरा के हो  ?’’

‘‘केही होइन, केही होइन, जाऊ तिमी आफ्नै खाटमा गएर सुत ।’’

‘‘म जाँदिनँ, पहिले भन कुरा के हो ? तिमी किन उल्टोपाल्टो सोच्ने गर्छौं ? खन्ना साहेबले चिठ्ठी लेखेर कुन चाहिँ पाप गरे ! तिम्रो भलाइको लागि नै त लेखिदिएका हुन् । आफैं भन्थ्यौं त सिफारिश बिना काम चल्दैन । अब कसैले तिम्रो पीठमा धाप मारिदिँदा चाहिँ उल्टै रिसाउन थाल्यौ । सुपरिण्टेण्डेण्टले देख्यो नै भने पनि के नापियो त ! अरु क्लर्कहरु आरिसले जल्छन् भने जल्न देऊ न, हामीले कसैको ठेक्का लिएका छौं र ?’’

‘‘कुरा त ठीकै गर्यौ, म बेकारमा बढी सोच्न थाल्छु । तर सुपरिण्टेण्डेण्टले रिपोर्ट बिगारिदिन पनि त सक्छ । मेरो चौध सालको नोकरी माटोमा मिलाइदिन सक्छन् ।’’

आफैं भन्थ्यौं त सिफारिश बिना काम चल्दैन । अब कसैले तिम्रो पीठमा धाप मारिदिँदा चाहिँ उल्टै रिसाउन थाल्यौ । सुपरिण्टेण्डेण्टले देख्यो नै भने पनि के नापियो त !

‘‘कसरी मिलाउन सक्छ ? उसको बाउको घर हो ? उल्टै उनी तिमीसँग डराउनेछन्, झुक्ने छन् । उनले थाहा पाउनेछन् कि ठूला अफिसरहरु तिम्रा पछाडि छन् ।’’

पत्नीको आवाजमा दृढता महसूस गरेर त्रिलोकीलाई आश्वासन मिल्यो, उनलाई यस्तो लाग्यो, उनकी पत्नीले सुपरिण्टेण्डेण्टको कलमलाई रोक्न सक्छन् ।

‘‘ल ठीक छ, अब गएर सुत । केही गर्छु, ठीक गर्छु । जाऊ तिमी सुतिराख ।’’

‘‘मनमा धेरै कुरा नखेलाउ । अब सुत । बिहानी तिमीलाई काममा पनि त जानु छ ।’’

त्यसपछि कुन्तो पतिको ओछ्यानबाट उठे र आफ्नो खाटमा गएर पल्टिए । धेरैबेरसम्म दुवैजनाले छतलाई निहारिरहे । विस्तारै कुन्तोलाई निद्राले छोप्न थाल्यो ।

घण्टाभरपछि कुन्तो आत्तिएर उठिन् र पतिको खाटतिर हेरिन् । त्रिलोकीको ओछ्यानबाट कुनै आवाज आइरहेको थिएन । पहिले त आश्वस्त भइन् कि त्रिलोकी सुते होलन्, तर उनलाई लाग्यो, ओछ्यान त खाली छ  । उनी एकै झट्कामा उठेर बसिन् र अँध्यारोमा बाहिर चियाइन् । त्रिलोकी बरण्डामा उभिएका थिए, चौखटमा अडेस लगाएर । फेरि उनी चौखटबाट हटेर डुल्न थाले । पीठको पछाडि हात थियो र उनको तालुखुइले टाउको अगाडितिर झुकेको थियो । बिहानको झिसमिसेमा राम्रै मानिस पनि भूत जस्तै लाग्छ ।

‘‘तिमीलाई थाहा छैन कुन्तो, मलाई लाग्छ खन्ना साहेबले त्यो चिठ्ठी लेखिदिए होलान्,  मेरो त काम चौपट हुनेछ ।’’

 ‘‘हरे, यिनलाई के भयो ? यसरी पनि कसैले कुनै कुरालाई मनमा लिन्छ र !’’

कुन्तो खाटबाट उत्रिएर बरण्डामा पुगिन् ।

‘‘तिमीलाई मेरो टाउकोकाे कसम, भित्र हिँड । के भयो तिमीलाई किन यतिविघ्न चिन्तित हुन्छौ ?’’

त्रिलोकी अडिए ।

‘‘तिमीलाई थाहा छैन कुन्तो, मलाई लाग्छ खन्ना साहेबले त्यो चिठ्ठी लेखिदिए होलान्,  मेरो त काम चौपट हुनेछ ।’’

‘‘तिमीले आफ्नो यो के हालत बनायौ ? आखिर तिमीलाई कसैले जागिरबाट निकालिरहेको त छैन । भित्र हिँड ।’’

‘‘मेरो चौध सालको जागिर धूलोमा मिल्नेछ...’’

‘‘केही भएको छैन, केही हुनेवाला छैन, तिमी भित्र हिँड ।’’

‘‘तिमी किन बुझ्दैनौं कुन्तो, मेरो सम्बन्ध सेक्रेटरीका साथ हैन, सुपरिण्टेण्डेण्टका साथ हुन्छ । मेरो नत्थी त उनको हातमा रहन्छ ।’’

र त्रिलोकीको आँखाको सामुन्ने सुपरिण्टेण्डेण्टको अनुहार घुम्यो ।

‘‘तिमी कुरालाई बुझ्ने गर कुन्तो, अफिसमा सबै कामहरु फाइलहरुमा हुन्छ । सेक्रेटरीले फाइल मगाउनेबित्तिकै सुपरिण्टेण्डेण्टले थाहा पाउनेछ । उनी मलाई हेरिहेरि जसरी मुस्कुराइरहेका थिए, मलाई पक्का विश्वास छ, उसले अहिलेसम्म थाहा पाइसकेका छन् । सुपरिण्टेण्डेण्ट रिसाएका छन् । उनी अन्तरआत्माबाट राम्रा मानिस होइनन् । त्यसै पनि उनी मेरो डाहा गर्छन् किनभने म उनीभन्दा बढी पढेलेखेको छु  । त्यसै जानीजानीकने मेरो रिपोर्ट बिगारिदिनेछन् ।’’

‘‘ल तिमी अहिलेनै भित्र हिँड । जे हुन्छ देखा जाएगा । बिहान हुनै लागिसक्यो, तिमी एकक्षणको लागि पनि सुत्न सकेका छैनौ । भित्र हिँड ।’’

सुपरिण्टेण्डेण्ट रिसाएका छन् । उनी अन्तरआत्माबाट राम्रा मानिस होइनन् । त्यसै पनि उनी मेरो डाहा गर्छन् किनभने म उनीभन्दा बढी पढेलेखेको छु  । त्यसै जानीजानीकने मेरो रिपोर्ट बिगारिदिनेछन् ।’’

त्रिलोकीले पत्नीको हातलाई कडै झट्कारे, ‘‘तिमी मलाई सास फेर्न दिन्छौ कि दिन्नौ ? रातदिन पिछा लागिरहन्छौ । जबदेखि यस घरमा आएकी छौ एक दिन पनि चैनकाेे सास फेर्न पाएको छैन ।’’

कुन्तो अवाक बनिन् । फेरि उसलाई आफ्नो अङ्गालोमा बाँधेर भनिन्, ‘‘... मलाई जे मनमा आउँछ भन । तर भित्र हिँड । एकाध घण्टा सुत । हेर, रातभरि छटपाइरहेका छौ ।’’

‘‘पर हट, यो कस्तो मजाक हो...’’ त्रिलोकीले आफ्नो हात छुटाउने कोशिश गर्दै भने, फेरि चुपचाप भित्र गएर निश्वासका साथ खाटमा पल्टिए ।

पक्षी कराइरहेका थिए, आकाशमा बिहानको सुन्दर लालिमा छाइसकेको थियो र मीठो मीठो चिसो हावा बहिरहेको थियो, त्यसबेला त्रिलोकीनाथले खन्ना साहेबको बङ्गलाको बाहिर उभिएर पटक पटक भित्र चिहाइरहेको थिए र भित्र जाउँ कि बाहिरै उभिएर प्रतीक्षा गरौं भनेर निश्चय गर्न सकिरहेका थिएनन् ।

उनी सोचमग्न भइरहेका थिए, खन्ना साहेब बिहान टहल्ने कपडा लगाएर, खोक्दै बाहिर निस्किए, ‘‘को हो ? अरे त्रिलोकी, तिमी कहिलेदेखि यहाँ उभिएका छौ ? आऊ, भित्र हिँड ।’’ फेरि त्यहीँ उभिएरै उनी भन्न थाले, ‘‘माफ गर है मैले अहिले चिठ्ठी लेख्न पाएको छैन, केही काम आइलाग्यो, त्यसैले रोकियो । आज म पक्कै लेखिदिनेछु ।’’

त्रिलोकीले पहिलो पटक आँखा उठाएर खन्ना साहेबको अनुहारमा हेरे । एकक्षणमा नै उनको छात्तीबाट, काँधबाट र टाउकोबाट ठूलो बोझ उत्रियो ।

‘‘पदैन, पर्दैन खन्ना साहेब, तपाईंले कष्ट नगर्नुहोस् । त्यसै पनि मलाई यही वर्ष बढुवा मिल्ने आशा छ । ... मैले जागिर खाएको पछि धेरै वर्ष भइसकेको छ, सर !’’

हत्प्रभ बनेर खन्ना साहेबले त्रिलोकीको अनुहारतिर हेर्न लागे । उनलाई आश्चर्य लाग्यो, केही रिस पनि उठ्यो कि यी क्लर्कले मेरो सिफारिशलाई महत्व नै दिएन । तर यसका कुराले सन्तोष पनि भयो कि अनावश्यक उत्साहमा चिठ्ठी लेख्ने बचन दिएर आएका थिए, त्यस लफडाबाट निकाल्नका लागि त्रिलोकी आफैं आइपुगेका थिए ।

‘‘लेख्नै त्यस्तो गाह्रो त थिएन, तिमी आफ्नो कार्यालयको कुरा मभन्दा बढी जान्दछौ । जरुरत छैन भने ठीकै छ नि ।’’

विस्तारै पाइला चाल्दै त्रिलोकी कार्यालयतिर लागे । केही बेरमै सेक्रेटेरियटको अरु बेला जस्तै आकाशसँग कुरा गरिरहेका अग्लो अग्लो गुम्बज आँखाका सामुम्मने आए । क्लर्कहरुको भीड साइकिलहरुमा उनीतिर आइरहेका थिए । बाबु त्रिलोकीनाथको पाइला विस्तारै विस्तारै फेरि बोझिलो हुन थाल्यो र मन फेरि तानाबानामा हराउन लाग्यो ।

भीष्म साहनीको ‘‘मेरी प्रिय कहानियाँ’’ बाट साभार अनुदित

अनुुवाद: हर्कबहादुुर प्रधान

Writer image: https://i.ytimg.com