अनौठो गुणहरुले भरिएका लेनिन
आश्चर्यजनक इच्छाशक्ति भएको लेनिनमा क्रान्तिकारी बुद्धिजीवीको उत्कृष्ट गुणहरु र क्षमता उच्चस्तरमा विद्यमान थिए– उनको आत्मअनुशासन कहिले काहीँ स्वयं उनकै लागि समेत पीडादायक र अहितकारी प्रतित हुने गर्थ्यो । त्यो एल एन्ड्रिएभका नायकहरुमध्ये एकको भनाइ ‘अरु मानिसहरु कठीन जीवन बाँचिरहेका छन्, र त्यसैले मैले पनि कठिन जीवन जिउनुपर्छ’ भनेजस्तै त्यागको कलाले भरिएको थियो ।
सन् १९१९ को अनिकालग्रस्त कठोर वर्षमा विभिन्न प्रान्तहरुबाट कमरेड, सिपाही र किसानहरुले पठाएका खानेकुराहरु खान लेनिनलाई लाज लाग्थ्यो । उनका अँध्यारो कोठामा जब त्यस्ता पार्सलहरु आइपुग्थे, लेनिन लज्जाबोधले भुतुक्कै हुन्थे । उनी ती पार्सलहरुमा आएका आँटा, चिनी र नौनीहरु बिरामी कमरेडहरु तथा खानेकुराका अभावमा कमजोर बनेकाहरुलाई दिन हत्तारिन्थे ।
‘तिनीहरुले मलाई मालिकलाई जस्तै गरी चीजहरु पठाउँछन् । म तिनीहरुलाई यो काम गर्नबाट कसरी रोक्न सक्छु ? यदि मैले यसलाई स्वीकार गरिनँ भने तिनीहरुको सम्मानमा चोट पुग्छ । जबकि मेरा वरिपरिका सबै भोकाएका छन् ।’
एक पटक, उनले मलाई खानका लागि आमन्त्रण गरे । उनले भने, ‘म तिमी्रलाई धुँवामा सुकाइएका माछाहरु दिन्छु । यी माछा मलाई अस्त्रखानबाट पठाइएको थियो । सुकरातका जस्ता देखिने आफ्नो निधारमा हत्केला राखेर मबाट आफ्नो तीखो नजरलाई हटाउँदै उनले अगाडि भने, ‘तिनीहरुले मलाई मालिकलाई जस्तै गरी चीजहरु पठाउँछन् । म तिनीहरुलाई यो काम गर्नबाट कसरी रोक्न सक्छु ? यदि मैले यसलाई स्वीकार गरिनँ भने तिनीहरुको सम्मानमा चोट पुग्छ । जबकि मेरा वरिपरिका सबै भोकाएका छन् ।’
व्यक्तिगत मोहबाट पूर्ण रुपमा पर, सूर्ती र रक्सीलाई हात नै नलगाउने, बिहानदेखि राति अबेरसम्मै जटील र कठिन काममा व्यस्त, व्यक्तिगत हेरचाहका बारेमा खासै ख्याल नगर्ने लेनिन कमरेडहरुको स्वास्थ्यका बारेमा भने निक्कै ख्याल राख्थे ।
उनी आफ्नो अध्ययन कक्षमा आफ्नो मेजमा बस्थे, छिटोछिटो कुरा गर्थे र कागजबाट कलम नउठाइकन लेख्थे, ‘शुभप्रभात ! तपाईंलाई कस्तो छ ? मैले सक्न आँटे है । गाउँमा एकजना कमरेड एक्लोपन महसूस गरिहेका छन् । वास्तवमै उनी थाकेका छन् । उसलाई खुसी तुल्याउनुपर्छ । मानसिक अवस्था कुनै कम महत्वपूर्ण कुरा होइन नि !’
एक पटक म उनलाई भेट्न मस्को गएँ । उनले सोधे, ‘तपाईंले खाना खानुभयो ?’
‘अँ, खाएँ !’
‘तपाईं ढाँटिरहनु भएको त छैन नि ?’
‘हैन, मैले क्रेमलिनको भोजनकक्षमा खाएको हुँ । देख्नेहरु छन् ।’
‘मैले सुनेको छु, त्यहाँको खानेकुरा राम्रो छैन ।’
उनी रिसले मुर्मुराउन थाले, ‘उनीहरुले किन त्यहाँ राम्रो भान्छे राख्दैनन् ? मानिसहरु मुर्छा नपुरुन्जेल काम गर्छन् । उनीहरुलाई राम्रो भोजन खुवाउनपर्छ ताकि उनीहरुले पर्याप्त खान सकुन् ।
‘नराम्रो नै त हैन, तर सुधार गर्न सकिन्छ ।’
उनले तुरुन्तै विस्तृत रुपमा बताउन भने । ‘किन राम्रो छैन ? कसरी त्यसलाई सुधार गर्न सकिन्छ ? उनी रिसले मुर्मुराउन थाले, ‘उनीहरुले किन त्यहाँ राम्रो भान्छे राख्दैनन् ? मानिसहरु मुर्छा नपुरुन्जेल काम गर्छन् । उनीहरुलाई राम्रो भोजन खुवाउनपर्छ ताकि उनीहरुले पर्याप्त खान सकुन् । मलाई थाहा छ, त्यहाँ थोरै मात्र भोजन बाँकी छ, त्यसमाथि पनि खराब, उनीहरुले त्यहाँ राम्रो भान्छे राख्नुपर्छ ।’
त्यसपछि उनले खाना र पाचन प्रक्रियामा मसमलाले खेल्ने भूमिकाबारे केही स्वास्थ्यविद्हरुको राय उदृत गरे ।
मैले उनलाई सोधे, ‘तपाईंले यस्ता कुराहरु सोच्न कसरी समय निकाल्नु हुन्छ ?’
उनले प्रतिप्रश्न गरे, ‘खानाहरुको बारेमा ?’ र उसको स्वरबाटै मैले महसूस गरें कि मेरो प्रश्न उचित थिएन ।
मेरा पुरानो चिनजानका साथी, कोमल हृदय भएका सोर्मोभ कामदार पि.ए. स्कोरोखोडोभले आफ्नो कामको पीडाबारे गुनासो गरे । मैले उनलाई भने, ‘त्चेका, मेरो विचारमा यो तिम्रो लागि सही काम होइन । यो तिम्रो लागि सुहाउँदिलो छैन ।’ दुःखी हुँदै उनले सहमति जनाए, ‘एकदमै असुहाउँदिलो ।’ तर अलिकति सोचेपछि उनले फेरि भन्यो, ‘तपाईंलाई थाहा छ, इल्यिचले पनि आफ्ना भावनाहरुलाई दबाउनुपर्छ र म यति कमजोर भएकोमा लज्जित छु ।’
के लेनिनले पनि आफ्ना भावनाहरुलाई दबाउनु पर्थ्यो र ? उनले आफैंलाई धेरै कम ध्यान दिए र आफूबारे अरुलाई कमै बताए, अरुभन्दा बढी नै उसले आफ्ना अन्तरआत्माका गोप्य अन्तरद्वन्द्वहरुबारे मौन रहे ।
मलाई थाहा थियो र अझै पनि थाहा छ, धेरै कामदारहरुले आफ्ना जैविक सामाजिक आदर्शवादलाई जितेर आफूले सेवा गरिरहेका कारणको महान विजयका लागि दाह्रा किट्दै, आफ्ना भावनाहरुलाई दबाएर काम गरिरहेका छन् । के लेनिनले पनि आफ्ना भावनाहरुलाई दबाउनु पर्थ्यो र ? उनले आफैंलाई धेरै कम ध्यान दिए र आफूबारे अरुलाई कमै बताए, अरुभन्दा बढी नै उसले आफ्ना अन्तरआत्माका गोप्य अन्तरद्वन्द्वहरुबारे मौन रहे ।
तर एक पटक, गोर्कीमा जब उनी केही बच्चाहरुसँग खेलिरहेका थिए, उनले भने, ‘यिनीहरुले हामीले बाँचेको भन्दा सुखी जीवन बिताउनेछन् । उनीहरुले हामीले भोगेका कुराहरु अनुभव गर्नुपर्नेछैन । यिनीहरुको जीवनमा यति धेरै क्रूरताहरु हुनेछैन ।’
त्यसपछि, टाढा गाउँबस्तीहरु बसेको पहाडहरुमा, उनले गहिरो सोच्दै भने, ‘र, अझै पनि म उनीहरुलाई ईर्ष्या गर्दिनँ । हाम्रो पुस्ताले इतिहासका लागि अचम्म महत्वको कुरा हासिल गर्यो । क्रूरतालाई हाम्रो जीवनको अवस्थाले आवश्यक बनाएको कुरा बुझिनेछ र दोषमुक्त हुनेछ । सबैकुरा बुझिनेछ, सबैकुरा ।’ बच्चाहरुलाई विशेष स्नेहका साथ कोमलतापूर्वक मुसारे ।
‘यिनीहरुले हामीले बाँचेको भन्दा सुखी जीवन बिताउनेछन् । उनीहरुले हामीले भोगेका कुराहरु अनुभव गर्नुपर्नेछैन । यिनीहरुको जीवनमा यति धेरै क्रूरताहरु हुनेछैन ।’
एक पटक म उनकोमा जाँदा टेबुलमा ‘युद्ध र शान्ति’ पुस्तक देखें । ‘हो टोल्सटय । मैले शिकारसम्बन्धी अध्ययन पढ्न चाहेको थिएँ तर त्यबेला मैले एकजना कमरेडलाई लेख्नुपर्ने सम्झें । पढ्नका लागि समय नै छैन । गएको राति मात्रै मैले टोल्सटयबारे तिम्रो किताब पढ्न सकें ।’
मुस्कुराउँदै र आँखा बन्द गर्दै, उनले मीठो तरिकाले आफ्नो कुर्सीमा पल्टियो र आफ्नो आवाजलाई केमी कम गर्द तुरुन्तै थप्यो, ‘कस्तो गज्जब, हँ ? कस्तो अद्भूत रुपमा विकसित दिमाग ! उनी साँच्चै नै कलाकार हुन् । अझै अच्चमको कुरा त के हो भन्ने तपाईंलाई थाहा छ ? ती काउन्ट दृश्यमा नआएसम्म तपाईं साहित्यमा वास्तविक किसानलाई फेला नै पार्न सक्नुहुन्न !’
पुनः आँखालाई केही चिम्सो पार्दै मतिर हेरेर उनले सोधे, ‘के तपाईं युरोपका कोहीलाई उनको समकक्षमा राख्न सक्नु हुन्छ ?’ र आफैंले उत्तर दिए, ‘अहँ कोही छैन ।’ त्यसपछि उसले सन्तुष्ट भावका साथ हाँस्दै आफ्ना हातहरु माडे ।
रुसी साहित्यप्रति गर्व गरेको उनको यो गुणलाई मैले एक पटक भन्दा बढी नै अनुभव गरेको छु । कहिलेकाहीँ मलाई यो विशेषता लेनिनको स्वभावभन्दा नितान्त अजीवको लाग्दथ्यो, अनुभवहीन, मूल्यांकन गर्नै नसक्ने अवस्थाको हदसम्म । तर त्यसमा मैले उनमा आफ्नो पितृभूमिप्रति गहिरोसँग गढेको आनन्दमय माया प्रतिध्वनित भएको अर्थमा बुझ्न सिकें । काप्रीमा छँदा, जब माझीहरुले होशियारीपूर्वक जाल फ्याँक्दा शार्क माछाका कारण त्यो च्यातिएको र जेलिएको देख्दा उनले भन्थे, ‘हाम्रा मानिसहरुले यिनीहरुभन्दा छिटो काम गर्छन् ।’ जब मैले उनको टिप्पणीमा शंका जाहेर गर्दा केही रिसको भाव आउने गरी उनी भन्थे, ‘के तपाईंलाई लाग्दैन, यो उबडखाबडमा बसेर तपाईं रुसलाई बिर्सँदै हुनुहुन्छ ?’
‘के तपाईं युरोपका कोहीलाई उनको समकक्षमा राख्न सक्नु हुन्छ ?’ र आफैंले उत्तर दिए, ‘अहँ कोही छैन ।’ त्यसपछि उसले सन्तुष्ट भावका साथ हाँस्दै आफ्ना हातहरु माडे ।
भी.ए. डायस्नित्स्कीले मलाई बताएका थिए कि एक पटक उनी लेनिनका साथ रेलमा स्वीडेनको यात्रा गरिरहेका थिए । त्यस दौरानमा उनी पुनर्जागरणकालीन महान जर्मन चित्रकार डायररबारेका मोनोग्राफ हेरिरहेका थिए । त्यही रेलमा यात्रा गरिरहको केही जर्मनहरुले उनलाई यो कुन किताब हो भनेर सोधे । पछि थाहा लाग्यो तिनीहरुले ती महान कलाकारबारे केही सुने–पढेका नै रहेनछन् । त्यसबाट उत्साहित बनेको लेनिनले दुई पटक गर्वका साथ डायस्नित्स्कीलाई भने, ‘उनीहरुलाई आफ्नै कलाकारको बारेमा थाहा छैन तर हामीलाई थाहा छ ।’
एक साँझ मास्कोमा ई.पी. पायस्कोव्स्कायाको फ्लाटमा लेनिन विथोविनका सोनाटा सुनिरहेको थिए । त्यसलाई यशायाह डोब्रोवेनले बजाइरहेको थिए । उनले भने, ‘अप्पासियोनाटाभन्दा ठूलो केही पनि म जान्दिनँ । म यसलाई हरेक दिन सुन्न चाहन्छु । यो अद्भूत अलौकिक सङ्गीत हो । म सधैं गर्वका साथ सोच्छु, शायद यो मेरो अज्ञानता वा अनुभवहीनता नै हो, मानिसले कति अद्भूत चीजहरु गर्न सक्छन् ।’
अब तपाईंले कसैको पनि टाउको मुसार्नु हुँदैन, तपार्इंको हात काटिन सक्छ । तपाईंले तिनीहरुको टाउकोमा निर्दयतापूर्वक हिर्काउनुपर्ने हुन सक्छ । तर हाम्रो आदर्श कसैको पनि विरुद्धमा बल प्रयोग गर्ने कदापि होइन । उफ, उफ, हाम्रो कर्तव्य नारकीय रुपमा कठिन छ ।’
अनि आफ्नो आँखालाई केही टेढो पारेर मुस्कुराउँदै, फेरि केही उदार हुँदै उनले भने, ‘तर म बारम्बार सङ्गीत सुन्न सक्दिनँ । यसले तपाईंको नसाहरुलाई प्रभावित गर्छ, तपाईलाई मूर्खताले भरिएको राम्रो कुराहरु गर्न तथा यस्तो विभत्स नरकमा रहेर पनि यस्तो सुन्दरता पैदा गर्न सक्ने मानिसहरुको टाउको मुसार्न प्रेरित गर्छ । र अब तपाईंले कसैको पनि टाउको मुसार्नु हुँदैन, तपार्इंको हात काटिन सक्छ । तपाईंले तिनीहरुको टाउकोमा निर्दयतापूर्वक हिर्काउनुपर्ने हुन सक्छ । तर हाम्रो आदर्श कसैको पनि विरुद्धमा बल प्रयोग गर्ने कदापि होइन । उफ, उफ, हाम्रो कर्तव्य नारकीय रुपमा कठिन छ ।’
म आश्चर्यचकित थिए, आफ्ना काममा पूर्ण रुपेण तल्लीन छँदाछँदै पनि उसलाई एउटा विमारी व्यक्ति छ र उसलाई आरामको खाँचो छ भन्ने कुरा याद थियो ।
जब उनी आफैं विरामी र लगभग गलित अवस्थामा थिए, उनले अगस्त ९, १९२१ मा मलाई एउटा पत्र लेखेः
‘ए.एम !
मैले तपाईको पत्र एल. बी. कामेनेभलाई पठाएको छु । म धेरै थकित छु र ससानो कामहरु गर्न पनि असमर्थ छु । तिमी रगत वान्ता गर्दैछौं र अझै बाहिर जाँदैनौ ? यो साँच्चै लज्जास्पद र अविवेकी कुरा हो । युरोपका राम्रो सेनेटोरियममा तपाईं निको हुनुहुनेछ र केही मूल्यवान कामहरु गर्न सक्षम हुनुहुनेछ । साँच्चै नै, पक्का ! यहाँ त न तपाईं निको हुनुहुनेछ न त केही गर्न नै सक्नुहुनेछ । यहाँ तपाईंका लागि कष्ट र व्यर्थको झन्झटबाहेक केही छैन ।
बाहिर जानुहोस् र निको हुनुहोस् । जिद्दी नगर्नुहोस्, म तपाईंलाई बिन्ती गर्दछु ।
तपाईंको,
लेनिन ।’
एक वर्षभन्दा बढी समयसम्म उनले आश्चर्यजनक दृढताका साथ यो कुरामा जोड दिइरहे कि मैले रुस छोडेर बाहिर जानुपर्छ । म आश्चर्यचकित थिएँ, आफ्ना काममा पूर्ण रुपेण तल्लीन छँदाछँदै पनि उसलाई आरामको खाँचो भएको एउटा विमारी व्यक्ति छ भन्ने कुरा याद थियो । उनले भिन्नभिन्न मानिसहरुलाई पनि यस्तै खालका पत्रहरु लेखे, सम्भवतः सयौं जनालाई ।
म्याक्सिम गोर्कीको कृति (Days with Lenin)बाट साभार अनुदित ।
प्रतिक्रिया