इस्लामिक अतिवाद: भस्मासुरको सिर्जना
रुसमा गरिएको आतंकवादी हमलाको जिम्मेवारी लिएपछि इस्लामिक अतिवाद एक पटक फेरि चर्चाको विषय बनेको छ । यस सन्दर्भमा इस्लामिक अतिवादको जन्म कसरी भएको थियो भन्नेबारे तलका सामग्रीबाट बुझ्न सजिलो हुन सक्छ ।
अमेरिकाले जुलाई ३१ तारिख, २०२१ का दिन अफगानिस्तानको राजधानी काबुलको एक घरमा काबुलमा ड्रोन आक्रमण मार्फत इस्लामिक आतंकवादी संजाल अल काइदाका प्रमुख नेता डा. अयमान अल जवाहिरीको हत्या गर्यो । त्यसअघि नै मे २ तारिख २०११ मा ओशामा विन लादेनको अमेरिकाले हत्या गरिसकेको थियो । लादेनको हत्यापछि मासिएर जाला भनेर अपेक्षा गरिएको अलकायदालाई डा. अयमान अल जवाहिरीले नेतृत्व प्रदान गरेर झनै शक्तिशाली बनाउँदै अघि बढाएका थिए। इजिप्टमा जन्मेका जवाहिरी सो संजालको प्रमुख विचारक मानिन्थे। अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आक्रमणको मुख्य दोष लादेनलाई दिइए पनि उक्त्त घटनाको मुख्य योजनाकार जवाहिरीलाई नै ठानिन्थियो।
ओसामा बिन लादेन र डा. अयमान अल जवाहिरीको अमेरिकाले हत्या त गरिदिएको छ तर त्यसका नेतृत्वकर्ताहरुको हत्याले मात्रै उनीहरुले हुर्काएका, फलाएर फुलाएका इस्लामिक अतिवादको अन्त्य भइहाल्दो रहेनछ भन्ने कुराको पछिल्लो उदाहरण हो रुसमा भएको अतिवादी हमला । यस सन्दर्भमा इस्लामिक अतिवाद तथा त्यसलाई नयाँ रुप र उचाइ दिने तथा नेतृत्व गर्ने लादेन, जवाहिरीहरुको उदय कुन परिस्थितिमा कसरी भएको थियो भनेर बुझ्नु जरुरी हुन्छ।
आज भन्दा करिव २३ वर्ष अगाडि ११ सेप्टेम्बर २००१ मा इस्लामिक आतंकबादी समुह अलकायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण गरेको थियो। सो आक्रमणपछि अमेरिकाले इस्लामिक आतंकवाद मास्ने भनेर निर्मम युद्ध सुरु गरेको थियो। यसक्रममा हज्जारौं निर्दोष अफगानीहरुको हत्या तथा लाखौं अफगानीहरुको बिल्लीबाठ पार्दै अमेरिकाले सञ्चालन गरेको भयानक युद्धले अफगानिस्तानमा तालिबानलाई सत्ताच्युत गरेको थियो। त्यस यता विश्वले पुरै एक फन्को मारेर ११ सेप्टेम्बर २००१ कै अवस्थामा फर्किएको छ। तालिबानहरु फेरी सत्तामा फर्किसकेका छन्।
१९७८ मा अफगानिस्तानको कम्युनिस्ट पार्टी पीपल्स डिमोक्रेटिक पार्टी ऑफ़ अफ़ग़ानिस्तान (पीडीपीए) ले सैन्य विद्रोह मार्फत सत्ता कब्जा गर्यो । तर यो सावर क्रान्तिको सामाजिक आधार चाहिँ साह्रै नै फितलो थियो।
अफगानिस्तानको संकट र इस्लामिक आतंकवादको उत्पतिबीच गहिरो सम्बन्ध रहेको छ। अफगानिस्तानको वर्तमान संकटको सुरुवात १९७८ मा सुरु भएको थियो। १९७८ मा अफगानिस्तानको कम्युनिस्ट पार्टी पीपल्स डिमोक्रेटिक पार्टी ऑफ़ अफ़ग़ानिस्तान (पीडीपीए) ले सैन्य विद्रोह मार्फत सत्ता कब्जा गर्यो । यो विद्रोह फारसी क्यालेण्डरको दोश्रो महिना सावरमा सम्पन्न भएको थियो। त्यसैले यस विद्रोह/क्रान्ति सावर क्रान्तिको नामले प्रख्यात भयो । तर यो सावर क्रान्तिको सामाजिक आधार चाहिँ साह्रै नै फितलो थियो।
पीडीपीएको समर्थनको मुख्य आधार शहरी मध्यम वर्ग र मजदुर वर्ग थियो। तर त्यसबेलाको अफगानी समाज एकदमै पिछडिएको समाज थियो। त्यस बेला पुरै देशको साक्षरता दर जम्मा १८ % मात्र थियो। र देशका अधिकांश जनता गाउमा बस्थे। यस्तो परिस्थितिमा देशको बस्तुगत अवस्थालाई ख्याल नगरी पीडीपीएले क्रान्तिकारी आर्थिक सामाजिक सुधारको कार्यक्रम सुरु गर्यो। सरकारले धर्मलाई देशको पछौटेपनको लागि जिम्मेवार मान्दै समाजमा धर्मको भूमिका खुम्च्याउदै लग्यो। भुमि सुधार, अनिवार्य शिक्षा, महिलालाई बराबरीको हक जस्ता आमुल परिवर्तन देशमा लागु गर्न थाल्यो। अफगानिस्तानको ग्रामिण इलाकामा यी कार्यको व्यापक विरोध सुरु भयो।
अफगानिस्तानमा सोभियत सैन्य हस्तक्षेप अमेरिकाको लागि भूराजनीतिक चलखेल बढाउने ठूलो अवसर बन्यो। यो हस्तक्षेपले गर्दा अमेरिकाको लागि एक अरब मुसलमानहरुलाई ‘विधर्मी र नास्तिक’ सोभियत संघ विरुद्ध उतार्ने सुनौलो मौका मिल्यो ।
त्यसै बेला अमेरिकी रास्ट्रपति जिमी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार झिबिग्न्यू ब्रेझिन्स्कीले सोभियत संघलाई अफगानिस्तानमा तान्ने र फसाउने पासो थापे। अमेरिकी गुप्तचर संस्था सिआइएले अफगान सरकारको विरोधमा लडिरहेका मुजाहिदिन लडाकुहरुलाई सोभियत संघले हस्तक्षेप गर्नु भन्दा ६ महिना अगाडिदेखि नै सहयोग गर्न थालेको थियो। सोभियत संघले यो अमेरिकी चालबाजी नबुझी सत्तारुढ पीडीपीए पार्टीभित्रको आन्तरिक कलह र मुजाहिदिनहरुको विद्रोहले कमजोर बनेको कम्युनिस्ट सरकारलाई बचाउन अफगानिस्तानमा सैन्य हस्तक्षेप गर्यो।
अफगानिस्तानमा सोभियत सैन्य हस्तक्षेप अमेरिकाको लागि भूराजनीतिक चलखेल बढाउने ठूलो अवसर बन्यो। यो हस्तक्षेपले गर्दा अमेरिकाको लागि एक अरब मुसलमानहरुलाई ‘विधर्मी र नास्तिक’ सोभियत संघ विरुद्ध उतार्ने सुनौलो मौका मिल्यो । यो प्रयोजनको लागि जिहादको अवधारणालाई फेरि ब्युँताइयो। इस्लाम धर्ममा जिहादको प्रयोग चार सय वर्ष यता भएको थिएन। जिहाद शब्द अरबी भाषाबाट आएको हो। जसको अर्थ हुन्छ संघर्ष गर्नु। तर यसलाई केवल धर्म युद्धको रुपमा नियोजित रुपमा प्रचार गरियो। यो हिंसात्मक र अहिंसात्मक दुवै स्वरुपको हुन सक्छ।
इस्लाम धर्मका अनुसार जिहाद दुई प्रकारको हुन्छ। पहिलो हो सानो जिहाद र अर्को हो ठुलो जिहाद। सानो जिहाद बाह्य शत्रुको विरुद्ध लडिन्छ र त्यो हिंसात्मक हुन्छ। ठुलो जिहाद आफूभित्रकै संघर्ष हो अर्थात् आत्मसंघर्ष।
अमेरिकाले स्ट्रिंगर मिसाइल जस्तो अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र पनि मुजाहिदिनहरुलाई उपलब्ध गरायो। यो हतियारले सोभियत संघ विरुद्धको लडाइँको स्वरुप नै फेरिदियो।
सोभियत संघविरुद्ध अफगानिस्तानमा लड्न साउदी अरेबिया, इजिप्ट, अल्जेरिया, जोर्डन, यमन, फिलिपिन्स र इन्डोनेसियादेखि मुसलमान युवाहरु पाकिस्तान स्थित अफगान बिद्रोही शिविरमा ओइरिन थाले। यिनै विदेशी लडाकु मध्ये एक थिए ओसामा बिन लादेन। साउदी अरेबिया र अमेरिकाबाट पैसा पाकिस्तानमा ओइरिन थाल्यो। सिआइएले तिनीहरुलाई आवश्यक पर्ने हातहतियार उपलब्ध गरायो र त्यसलाई चलाउने तालिम समेत उपलब्ध गराउन थाल्यो। अमेरिकाले १९८१ देखि १९८८ सम्ममा अरबौ डलर सहायता गर्यो। साउदी अरेबियाले पनि उत्तिकै मात्रामा मुजाहिदिनहरुलाई सहायता दियो। यसै क्रममा अमेरिकाले स्ट्रिंगर मिसाइल जस्तो अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र पनि मुजाहिदिनहरुलाई उपलब्ध गरायो। यो हतियारले सोभियत संघ विरुद्धको लडाइँको स्वरुप नै फेरिदियो।
अमेरिकाले कुन हद सम्म अफगानमा मुजाहिदिनलाई समर्थन गरेको थियो भनेर थाहा पाउन केवल एउटा घटना सम्झे पुग्छ। १९८३ मा अमेरिकी रास्ट्रपति रोनाल्ड रेगनले अमेरिकी रास्ट्रपति निवास व्हाइट हाउसमा मुजाहिदिन नेताहरुलाई स्वागत गरे। रेगनले त्यो भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै भने यिनीहरु स्वतन्त्रता सेनानीहरु हुन्, यी अफगान नेताहरु अमेरिकाका हाम्रा संस्थापक जर्ज वासिंगटन र थोमस जेफर्सनका समतुल्य छन्। आर्थिक रुपमा त्यसै पनि कम्जोर सोभियत संघ अफगान युद्धमा अपार धनजनको क्षतिपछि अपमानित भएर १९८९ मा फर्क्यो। सोभियत सेना फर्केपछि अमेरिकाको लागि अफगानिस्तानको कुनै उपयोगिता रहेन। सोभियत सेना फर्केको ३ वर्ष पछि राष्ट्रपति नजीबुल्लाहको कम्युनिस्ट सरकारलाई मुजाहिदीनले पराजित गरे।
१९८३ मा अमेरिकी रास्ट्रपति रोनाल्ड रेगनले अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा मुजाहिदिन नेताहरुलाई स्वागत गरे। रेगनले त्यो भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै भने यिनीहरु स्वतन्त्रता सेनानीहरु हुन्, यी अफगान नेताहरु अमेरिकाका हाम्रा संस्थापक जर्ज वासिंगटन र थोमस जेफर्सनका समतुल्य छन्।
१९९० मा इराकले कुवेतलाई कब्जा गरेपछि अमेरिकाले साउदी अरेबियाको रक्षाको लागि आफ्ना सेना त्यहाँ तैनाथ गरेको थियो। यो कुरा ओसामा बिन लादेनलाई पटक्कै मनपरेको थिएन। उनले साउदी अरेबियाबाट अमेरिकी सेना हटाउन पटक पटक साउदी राजपरिवारसंग माग गरे। तर उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएन। कुवेत मुक्त भएपछि पनि साउदी अरेबियामा अमेरिकी सेना बसेपछि ओसामा बिन लादेनको समुह अल काइदाले अमेरिका विरुद्ध जिहाद सुरु गर्यो ।
उता अफगानिस्तानमा नजीबुल्लाहको कम्युनिस्ट सरकारलाई हराए पनि मुजाहिदिन समूहहरु बीच नै गृहयुद्ध सुरु भयो। त्यस क्रममा हजारौं अफगान नागरिकहरु मारिए र राजधानी काबुल ध्वस्त भयो। सोभियत संघ विघटन भएपछि अमेरिकालाई फेरि अफगानिस्तानमा रुचि बढ्न थाल्यो।
यो अभिरुचि कुनै असल उद्देश्यले अभिप्रेरित थिएन।
सोभियत संघ विघटन भएपछि अफगानिस्तानका छिमेकमा मध्य एसियाका उज्बेकिस्तान, काजककिस्तान, तुर्कमेनिस्तान र किर्जिकिस्तान जस्ता तेल र ग्यासको प्रचुर भण्डार भएका देशहरु स्वस्तन्त्र बने। अमेरिकी तेल कम्पनीहरुलाई यी देशहरुको तेल र ग्यास खानीमा रुचि जाग्यो। तर ती देशहरु बाट तेल र ग्यास बाहिर पठाउने बाटो सीमित थियो। एउटा बाटो थियो टर्की हुँदै लाने, अर्को थियो इरान हुँदै र अन्तिम बाटो थियो अफगानिस्तान हुँदै पाकिस्तानको बाटोबाट समुद्रसम्म पुर्याउने । इरान अमेरिकाको शत्रु देश भएकोले यो बाटो प्रयोग गर्ने कुरै भएन। अब बाँकी रहे टर्की र अफगानिस्तान। तर अफगानिस्तान त्यस बेला गृहयुद्धको चपेटामा परेको थियो। मध्य एसियाबाट तेल र ग्यासको पाइप लाइन अफगानिस्तानमा बिछाउनको लागि त्यहाँ शान्ति कायम हुनु जरुरी थियो । त्यसको लागि एउटा शक्तिको खोजी सुरु भयो। पुराना मुजाहिदिनहरुबाट यो काम हुन सक्दैन थियो। तसर्थ अमेरिका र पाकिस्तानको योजनामा तालिबानको जन्म भयो। पाकिस्तानको प्रत्यक्ष र परोक्ष सहयोगमा तालिबानले १९९६ मा राजधानी काबुल कब्जा गर्यो।
अमेरिकाविरुद छिटपुट आक्रमणको नेतृत्व गरिरहेका ओसामा बिन लादेनले तालिबानको सरकार बनेपछि अफगानिस्तानमा शरण लिए। अफगानिस्तानमै अल कायदाको तालिम केन्द्र सञ्चालन गरे। र त्यहि बाट ११ सेप्टेम्बर २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आतंकवादी हमला गर्न लगाए। यो हमलापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो र सहजै तालिबानलाई सत्ताबाट हटायो। अमेरिकाले अल कायदाको संगठन शक्ति पनि दह्रैसँग नष्ट गरिदियो। तालिवान र अल कायदाका नेताहरु पाकिस्तानको पस्तुन बहुल इलाकामा लुकेर बस्न बाध्य भएका थिए।
अमेरिकाले इराक कब्जा गर्नुअघि त्यहाँ कुनै प्रभाव नै नभएको अल कायदाले सुन्नी मुसलमानहरुलाई आधार बनाउँदै व्यापक बिद्रोह सुरु गर्यो । अल कायदाको इराक शाखा आफ्नो मूल संगठनभन्दा झन् कट्टर र आतातायी भएर निस्कियो।
सेप्टेम्बर ११ को आतंकबादी आक्रमणपछि अमेरिकाले इराक माथि सो आतंकबादी आक्रमणको लागि जिम्मेवार रहेको, अल कायदासँग सम्बन्ध रहेको र आमसंहारका हतियारहरु राखेको आरोप लगायो। यी सबै मिथ्या आरोपहरु थिए। किनकि इराकका सबै आमसंहारका हतियारहरु पहिलो खाडी युद्धपछि राष्ट्र संघका हतियार निरीक्षकहरुको निगरानीमा नष्ट गरिसकिएको थियो। अल कायदा संग तत्कालीन इराकी शासक सद्दाम हुसेनको कुनै सम्बन्ध पनि थिएन। २००३ मा अमेरिकाले इराकमाथि राष्ट्रसंघको अनुमतिबेगर नै यिनै झुठा आरोपहरुको आधारमा आक्रमण गर्यो। केही दिन भित्रै अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले इराकमा कब्जा गर्यो। तर लगत्तै इराकमा बहु आयामिक बिद्रोह सुरु भयो। यो अमेरिकी आधिपत्यको विरोधमा पनि थियो साथै साम्प्रदायिक युद्ध पनि थियो। यो बिद्रोहले अल कायदाका लागि इराकमा पस्ने र चलखेल गर्ने बाटो खोलिदियो।
अमेरिकाले इराक कब्जा गर्नुअघि त्यहाँ कुनै प्रभाव नै नभएको अल कायदाले सुन्नी मुसलमानहरुलाई आधार बनाउँदै व्यापक बिद्रोह सुरु गर्यो । अल कायदाको इराक शाखा आफ्नो मूल संगठनभन्दा झन् कट्टर र आतातायी भएर निस्कियो। पछि अल कायदबाट अलग हुदै इस्लामिक स्टेट भन्ने बेग्लै संगठन बनायो। इस्लामिक स्टेटको गठनको मुख्य थलो इराकी जेल थियो भने यसका मुख्य सहभागी थिए सद्दाम हुसेनका पूर्व इराकी सैनिकहरु। अमेरिकाले सद्दाम हुसैन लाई अपदस्त गरे पछि इराकी राष्ट्रिय सेनालाई भंग गरेको थियो। त्यसले गर्दा असन्तुस्ट र अपमानित बनेका इराकी सेनाका तालिमप्राप्त कट्टर जवानहरु अल कायदा र पछि इस्लामिक स्टेटमा संलग्न भए। यी इराकी पूर्व सैनिकहरुको युद्धकौशलले इस्लामिक स्टेटलाई शक्तिशाली विद्रोही संगठन बनायो। त्यही बेला इराकको छिमेकी देश सिरियामा गृह युद्ध सुरु भयो। त्यहाँका इस्लामिक विद्रोहीहरुलाई अमेरिका र युरोपेली देशहरुले सहायता गरेका थिए। सिरियाली गृहयुद्धले अल कायदा र इस्लामिक स्टेटलाई सिरियाको युद्धमा भाग लिन र नाटकीय रुपमा शक्तिशाली बन्न सहयोग गर्यो। सिरियामा शक्तिशाली बनेपछि इस्लामिक स्टेट फेरि इराकमा प्रवेश गर्यो र मोसुललगायत महत्वपूर्ण सहरहरु कब्जा गर्यो। इस्लामिक स्टेटले झन्डै झन्डै इराक पुरै कब्जा गरेको थियो। तर इरान, इराक, सिरिया, रुस र अमेरिकाको साझा प्रयासले इस्लामिक स्टेटलाई दबाउन सम्भव भयो ।
अमेरिकाले अफगानिस्तान छोडेपछि तालिबानले जित्न सक्ने आँकलन त गरेको थियो। तर यो हदसम्मको अपमानजनक बिदाइ होला भनेर अमेरिकाले सपनामा पनि अनुमान गरेको थिएन होला । अफगानिस्तानबाट अमेरिकाको फिर्ती भियतनामबाट पराजति भएर भागेको सम्झना दिलाउने खालको थियो।
अमेरिकाको अफगान लडाइँको अन्त्य १५ अगस्त २०२१ मा भयो जब तालिबानले काबुललाई फेरि कब्जा गर्यो। एक किसिमले त्यो अमेरिकाको पराजय थियो । २०११ मा पाकिस्तानमा ओसामा बिन लादेनको हत्या पछि नै अमेरिकाको अफगानिस्तान युद्धको उदेश्य पूरा भैसकेको थियो। तर केवल आफ्नो सैन्य औद्योगिक संरचनाको स्वार्थका कारण अरु १० बर्ष अमेरिकाले अफगानिस्तानमा बस्यो। अमेरिकाले अफगानिस्तान छोडेपछि तालिबानले जित्न सक्ने आँकलन त गरेको थियो। तर यो हदसम्मको अपमानजनक बिदाइ होला भनेर अमेरिकाले सपनामा पनि अनुमान गरेको थिएन होला । अफगानिस्तानबाट अमेरिकाको फिर्ती भियतनामबाट पराजति भएर भागेको सम्झना दिलाउने खालको थियो।
अमेरिकाले अफगानिस्तान छोडदै गर्दा त्यहाँको राजनीतिक रजतपटमा अर्को दुर्दान्त इस्लामिक बिद्रोही संगठन देखापरेको छ। इस्लामिक स्टेट अफ खोरसानले काबुल एरपोर्टमा अफगानिस्तान छोडदै गरेका अमेरिकी सैनिक र देश बाट भाग्दै गरेका अफगानी नागरिक विरुद्ध भयानक आत्मघाती आक्रमण गर्यो। अहिले पनि अफगानिस्तानमा इस्लामिक स्टेटले तालिबान सरकारको विरुद्धमा सानोतिनो हमला गरिरहेको छ। अन्तराष्ट्रिय मामिलाका केही जानकारहरुका अनुसार इस्लामिक स्टेट अफ खोरसानको उदयमा अमेरिकाको हात हुनसक्छ। तालिबानलाई कम्जोर बनाउनको लागि यो संगठनलाई जन्माइएको हुनसक्छ। त्यसका लागि अमेरिकाले नै लागि गोप्य रुपमा इराक र सिरियाबाट इस्लामिक स्टेटका लडाकुहरुलाई अफगानिस्तानमा भित्र्याएको थियो।
इस्लामिक अतिवादविरुद्धको युद्धमा अमेरिका आफ्नो उदेश्य प्राप्त गर्नबाट पूर्ण रुपमा विफल भयो। यो विफलताको एउटै कारण इस्लामिक अतिवादको सर्जक अमेरिका खुद आफैं हुनु हो। आफ्नो नियोजित स्वार्थपूर्तिको लागि नै अमेरिकाले इस्लामिक अतिवादको सिर्जना गरेको थियो।
अमेरिकाको दुई दशक लामो आतंकवाद विरुद्धको लडाइँ ठूलो असफलतामा टुंगियो। ब्राउन युनिभर्सिटीको एक अध्ययन अनुसार यो युद्धको क्रममा ८ ट्रिलियन डलरको खर्च र करिब ९ लाख जना मानिसको मृत्यु भएको थियो। यो युद्धमा अमेरिका आफ्नो उदेश्य प्राप्त गर्नबाट पूर्ण रुपमा विफल भयो। यो विफलताको एउटै कारण इस्लामिक अतिवादको सर्जक अमेरिका खुद आफैं हुनु हो। आफ्नो नियोजित स्वार्थपूर्तिको लागि नै अमेरिकाले इस्लामिक अतिवादको सिर्जना गरेको थियो। इस्लामिक अतिवाद अब आफ्नै जन्मदाताको नियन्त्रण बाहिर गई सकेको छ। पुराणमा वर्णित रक्तबिज जस्तै यो इस्लामिक अतिवाद अनियन्त्रित रुपमा फैलिँदै गैरहेको छ। एउटालाई अन्त्य गर्यो अर्को झन् भयानक स्वरुपमा उत्पन्न हुन्छ। त्यसपछि अर्को झन् भयानक। अफगानिस्तानमा सोभियत संघविरुद्ध लड्न अमेरिकाले सिर्जना गरेको मुजहिदीन भन्दा तालिबान र अल कायदा झन् उग्र थिए र अहिले इस्लामिक स्टेट तिनीहरु भन्दा पनि झन् भयानक स्वरुपमा रुपान्तरण भएको छ। अब अमेरिकाले आफ्नो स्वार्थको लागि भविस्यमा अर्को कुन इस्लामिक अतिवादी समुहलाई जन्माउने हो ? त्यो इतिहासको गर्भमै छ । तर एउटा कुरा पक्का छ– आफ्ना निहित स्वार्थ पूर्तिका लागि अमेरिकाको आत्मघाती खेल अनवरत जारी नै रहनेछ ।
अफगानिस्तानमा अमेरिकी सैनिकहरु । Title Image: https://www.usip.org
प्रतिक्रिया