रुसमा आतंकवादी हमला: आईएसआईएसको दावीमाथि रुसको शंका
रुसको राजधानी मस्कोको नजिक क्रोकस सिटी हलमा भएको आतंकवादी आक्रमणमा ११५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार करिब ४ जना आतंककारीहरु कन्सर्ट हलमा पसेर गोलीबारी गरेका थिए। साथै उनीहरुले सो हलमा प्रज्वलनशील द्रव्य छर्केर आगो समेत लगाएका थिए। हताहत हुनेहरुमध्ये अधिकांशको गोली लागेर र धुँवाका कारण निसासिएर मृत्यु भएको थियो। यो आक्रमणको जिम्मा इस्लामिक आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ।
रुसी संचार माध्यम आरटीका यो दावी माथि प्रश्न उठाउँदै भनेको छ- आईएसआईएसले यो घटनाको जिम्मेवारी लिदै जुन तस्बिर सार्वजनिक गरिएको छ त्यो टेम्प्लेटलाई आइसिसले वर्षौ अगाडि नै प्रयोग गर्न छोडिसकेको थियो। यो आतंकवादी हमला अप्रत्यासित रुपमा भने भएको होइन। केहि हप्ता अगाडी मार्च ७ मा मस्को स्थित अमेरिकी दुतावासले एउटा विज्ञप्ति जारी गर्दै भनेको थियो- मस्कोमा धेरै मानिस भेला हुने समारोह जस्तै कन्सर्टहरुलाई आतंककारीहरुले निसाना बनाउने जानकारी प्राप्त भएको छ। त्यसैले अमेरिकी नागरिकहरुलाई त्यस्ता धेरै मानिस भेला हुने स्थानमा नजान सुझाब दिएको थियो। यो चेतावनी ४८ घण्टाको लागि मात्र जारी गरिएको थियो। त्यही समयमा रुसी गुप्तचर निकाय एफएसबीले आइसिस-केले मस्को स्थित सिनेगग(यहुदी प्राथनास्थल) मा गर्न लागेको आक्रमणलाई विफल बनाएको थियो। संयोगवबश यो घटना अमेरिकी दुताबासले जारी गरेको चेतावनीको समयमै परेको थियो।
क्रोकस सिटी हलमा भएको आतंककारी आक्रमणमा युक्रेनको हात भएको आरोप रुसका सुरक्षा निकायले लगाउन थालेका छन्। यो घटना पछि केही आतंककारीहरु भाग्दै गर्दा रुसको ब्रायान्स्क क्षेत्रमा पक्राउ परेका थिए। रुसी सुरक्षा निकायका अनुसार आतंककारीहरु युक्रेन तर्फ भाग्दै थिए। तिनीहरुको युक्रेनसंग सम्बन्ध रहेको छ। अमेरिकाले यो घटनामा युक्रेनको संलग्नता अस्वीकार गरिसकेको छ। त्यस्तै युक्रेनले आफ्नो संलग्नता नरहेको भनेर प्रस्टीकरण दिइसकेको छ। रुसका भूतपूर्व रास्ट्रपति तथा सुरक्षा परिषदका वर्तमान अध्यक्ष दिमित्री मेदभेदेभले कडा चेतावानी जारी गर्दै भनेका छन्- यदि यो आक्रमणमा युक्रेनको सम्बन्ध भेटिएमा उनीहरुलाई छानीछानी निर्दयितापूर्वक नष्ट गरिनेछ।
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया