मानव समाजमा शोषण
सम्पूर्ण मानव समाज पशुहरुको त्यो झुण्डजस्तै हो, जसमा गोरु, गाई र बाछाहरु सबै छन् र उनीहरु तारले घेरिएको पशुशालामा बन्द छन् । पशुशालाको बाहिर सुन्दर हरियो चरन छ र खाद्यसामग्रीहरु प्रशस्त मात्रामा छन् । पशुशालाभित्र पशुहरुलाई खानका लागि प्रशस्त घाँस छैन । फलतः पशुशालामा भएका घाँसलाई पाउनका लागि पशुहरु एकापसमा जुघिरहेका छन् र एकअर्कालाई पाइतालामुनि कुल्चिरहेका छन् ।
पशुहरुका मालिक असल र सदाशय राख्ने मानिस हुन् । उसलाई पशुहरुको हालत देखेर धेरै दुःख लाग्छ । उनी पशुहरुको हालतमा कसरी सुधार गर्ने भनेर सोच्न थाल्छन् । सोच्दासोच्दै उसले गाईहरुलाई रात्रिको समयमा विश्रामका लागि हावा खेल्ने र नालीदार सुन्दर छत हालिदिए । उसले तिनीहरुको सिंगलाई पनि काटिदिए ताकि उनीले आफ्नो जीवनको लडाइँमा सिंगलाई भयानक ढंगले प्रयोग गर्न नसकुन् । उसले बूढो गोरु र गाईहरुलाई त्यो पशुशालभित्रको एक ठाउँमा सीमित गरिदिए ताकि उनीहरु आफ्नो बुढ्यौलीमा जिन्दगीको लडाइँ लड्नबाट बँचुन् र घाँसका लागि निश्चिन्त हुन सकुन् ।
त्यसो त बाछाहरु मारिइरहेका थिए र उनीहरु भोकले पनि मरिरहेका थिए र उनीहरु काम लाग्ने पशु बन्न पाउँदैनथिए, त्यसकारण उनले तिनीहरुलाई बिहान सबेरै केही दूध पिउन पाउने व्यवस्था गरिदिए । यस तरिकाले त्यहाँ रहेका सत्रवटा बाछाहरुले पर्याप्त मात्रामा नभए पनि जीवित रहन सक्ने गरी चाहिँ पोषण पाउँथे । भन्नुको तात्पर्य ती पशुहरुका ती मालिकले पशुहरुको हालत सुधार्नका लागि यथासक्य प्रयत्न गरे ।
तर जब मैले पशुहरुको मालिकलाई सोधे– तपाईं ती पशुहरुलाई पशुशालाबाट किन सोझै बाहिर निस्कन दिनुहुन्न त ? उनको उत्तर थियो– त्यसो गरें भने त मैले तिनीहरुको दूधलाई माया मार्नुपर्ने हुन्छ ।
वैश्विक शक्ति सङ्घर्ष र नेपालको रणनीतिक चुनौती
समकालीन वैश्विकृत साम्राज्यवादी युगमा प्रगतिशील लेखक तथा साहित्यकारहरूको जिम्म…
एप्सटीन फाइल्स: पुँजीवादको साइड इफेक्ट होइन, यसको अनिवार्य लक्षण
साम्राज्यवादको बदलिँदो रूप: अमेरिकी आक्रामकता, वामपन्थी राज्यहरू र विश्व शक्ति–…
क्रान्तिकारी व्यवहारमा मार्क्स
एकाधिकारपछिको साम्राज्यवाद: भेनेजुएला, वैश्विक दक्षिण र पुँजीको नयाँ भू–राजन…
सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ
प्रतिक्रिया