स्याकरीनः चिनीभन्दा ३७५ गुना गुलियो पदार्थ !
कसरी भएको थियो स्याकरीनको आविष्कार ?
एकछिनको लागि मानिलिऊँ तपाईंलाई डाइबिटिज भएको छ । डायबिटिज भएको मान्छेले चिनी अर्थात गुलियो खानै हुँदैन । तर तपाईं भने गुलियो नखाई सक्नै हुनुहुन्न । अब परेन आपत ? त्यस अवस्थामा के गर्ने ?
गुलियोको भागीहरुलाई डायबिटिज भयो भने आम रुपमा नै यो समस्या उठिहाल्छ ।
तर आत्तिनु पर्दैन । त्यसको विकल्प पनि छ । डायबिटिजका रोगीहरुले चिनी खान नपाए पनि त्यो भन्दा पनि कैयौ गुना बेसी गुलियो पदार्थ स्याकरीन (Saccharin) भने निर्धक्क खान सक्छन् । र, उनीहरुले तयो स्याकरीन खाएर आफ्नो गुलियोको तलतललाई मेटाउन सक्छन् ।
आखिर चिनीभन्दा पनि गुलियो यो स्याककरीन भनेको के हो त ? यस्तो अति नै गुलियो पदार्थ कसरी पत्ता लाग्यो होला त ? आउनुहोस यसबारे जानकारी लिऔं ।
स्याकरीन भनेकै के हो ?
स्याकरीन चिनी जस्तो सेतो, पारदर्शी दानादार सिन्थेटिक पदर्थ हो । यसको अणुसुत्र C7H5NO3S हुन्छ । यो उखु भन्दा ५५० गुना बेसी र सुद्ध चिनी भन्दा ३७५ गुना बेसी गुलियो हुन्छ यो कोलतारमा हुने टोल्युएन (Toluene) नाम गरेका रङ्गहीन हाइड्राकार्बनबाट बनेको हुन्छ ।
कसरी भयो स्याकरीनको आविष्कार ?
स्यकरीनको अविष्कार कुनै खास अनुसन्धानबाट भएको थिएन । यो त संयोगवश, अझ भनौं, दुर्घटनावश १८७९ मा भएको थियो ।
एक पटक कन्स्टान्टिन फाल्वर्ग नाम गरेका अमेरिकन रसायनशास्त्रत् जोन हप्किन्स विश्वविद्यालयको प्रयोगशालामा कोलतारमा गन्धकको प्रयोग गरेर कुनै कुराको अनुसन्धान गरिरहेका थिए । उनी इरा रेमसेनका मातहतमा उक्त अनुसन्धान गरिरहेका थिए । कामकै वीचमा अकस्मात फाल्वर्गको हातले आफ्नो ओठ छुन पुग्यो । फाल्वर्ग अत्यन्तै आश्चर्यचकित बन्न पुगे । किनभने, उनले आफ्नो हातमा अति नै गुलियो स्वाद भएको महशुस गरे ।
तत्कालै फाल्वर्गले त्यस रहस्यको बुझिहाल्न सकेनन् । फलतः उनी आफ्नो प्रयोगमा नै व्यस्त रहे । तर पछि घरमा गएर हात धोएर खाना खादा पनि उनले आफ्नो हातमा गुलियो स्वाद नै रहको पाए । त्यसले उनलाई झनै आश्चर्य चकित तुल्यायो ।
उनी भोलिपल्ट प्रयोगशालामा पुगेर आफूले अघिल्लो दिन प्रयोग गरेको कोल्तार गन्धकको अवशेसलाई चाखे । त्यो अवशेषको स्वाद पनि अति नै गुलियो थियो ।
वास्तवमा गन्धक र कोल्तारबीचको रासायनिक प्रतिक्रियाबाट त्याहाँ एउटा नयाँ पदार्थको निर्माण भएको थियो । त्यसरी अन्जानमै तयार भएको त्यो नयाँ पदार्थ नै स्याकरीन थियो । पछि त्यसको आविष्कारको श्रेय फाल्वर्गलाई मात्र दिइएकोमा त्यो श्रेयको हकदार इरा रेमसेन पनि हुन भनेर निक्कै विवाद पनि चलेको थियो ।
स्याकरीनलाई हाम्रो शरीरले पचाउन सक्दैन । त्यसैले यसको कुनै खाद्य–महत्व (Food Value) हुँदैन । यसले शरीरमा कुनै तागत दिँदैन । तर पनि यसको गुलियो स्वादको कारण अजभोली स्याकरीन गुलियोको भोगी मधुमेहका रोगीहरुका लागि बरदान र चिनीको विकल्प बन्न पुगेको छ । मधुमेहको रोगी बाहेक, यसको प्रयोग शरीरको तौल घटाउन चिनी नखानहरुले समेत गर्ने गर्छन् । त्यसबाहेक, आइसक्रिम लगायतका चिनी प्रयोग हुने व्यवसायिक उत्पादनहरुमा समत स्याकरीनको प्रयोग व्यापक मात्रामा हुने गर्छ ।
केही प्रयोगहरुले के देखाएका छ भने, स्याकरीनको प्रयोगले हाम्रो भोकलाई जगाउँछ र शरीरमा इनसुलिनको उत्पादलाई समेत बढाउँछ । हेक्कायोग्य कुरा के छ भने, डायबिटिजका रोगीहरुका लागि शरीरमा इनसूलिनको उत्पादन बढ्नु भनेको राम्रो कुरा हो ।
त्यसो त स्याकरीनले क्यान्सर हुन सक्ने आशंकामा लामो सामय देखि यसबारे अनुसन्धान हुँदै आएको छन् । खासगरी, यसको प्रयोगले स्वास्थ्यमा पार्न सक्ने सम्भावित असरबारे सन् १९७० को दशकमा निक्कै हल्लीखल्ली भएको थियो । विशेष गरी, स्याकरिनको बढी मात्राले मूत्रथैलीको क्यान्सर हुने आशंका गरिएके थियो । त्यही आधारमा कतिपय देशहरुले त यसको प्रयोगमा नै प्रतिबन्ध लगाएके थियो । यसै सिलसिलमा क्यानडाले त १९७७ मा यसको प्रयोग माथि प्रतिबन्ध नै लगाएको थियो । तर क्यानडाको छिमेकी देश अमेरिकामा भने, जनदवाबको कारण राज्यले स्याकरीनमाथि प्रतिबन्द लगाउन सकेन । तर, स्याकरीन तथा त्यो प्रयोग खाद्य पदार्थहरुमा चुरोटहरुमा खरावी गर्ने आशयको सन्देश दिइएजस्तै स्याकरीनले स्वगस्थ्यलाई नोकसानी पुर्याउन सक्ने आशयको ‘चेतावनी सन्देश’ चाहिँ अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था गरियो । तर पछिल्लो चरणमा भएका अनुसन्धानहरुले स्याकरिनले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुलाई स्थापित गर्न सकेको छैन । अर्थात त्यसले खराब गर्छ भनेर अनुसन्धानहरुले देखाएको छैन ।
खासमा मुसाहरुमाथिको प्रयोगको आधारमा यसले क्यान्सर हुन सक्ने सम्भावना औंल्याइएको थियो । तर मुसा र मानिसका बीचमा स्याकरिनलाई पचाउने प्रक्रिया नै नितान्त भिन्न भएकोले त्यो सम्भावनालाई पछिल्लो अनुसन्धानहरुले खारेज गरिदिएको थियो । विश्व स्वास्थ्य संगठन, युरोपियन फुड सेफ्टी अथोरिटी (EFSA) र युएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (FDA) जस्ता संस्थाहरुले त तोकिएको मात्रामा स्याकिरन खानु सुरक्षित नै हुने बताइसकेको छ । सन् २००० तिर नै FDA ले क्यान्सर लगाउन सक्ने सम्भाव्य खानेकुराको सूचीबाट स्याकरिनको नाम हटाइसकेको छ ।
तथापि, स्याकरिनको सेवनले आन्द्रामा भएका खाना पचाउने व्याक्टेरियाहरुको संरचनामा हेरफेर ल्याउन सक्ने केही अध्ययनहरुले देखाएको छ । यसको अर्थ स्याकरिनको अन्धधुन्ध र लामो समयसम्मको प्रयोगले स्वास्थ्यमा असर गर्न सक्ने सम्भावना बढाउँछ ।
त्यसैले सबैभन्दा सुरक्षित उपाय भनेकै तोकिएको मात्राभन्दा बढी नखानु नै हो । सामान्यत: दैनिक रुपमा शरीरको तौलको आधारमा प्रतिकेजी ५ मिलीग्रामसम्म स्याकरिनको सेवनलाई सिफारिश गरिन्छ ।
प्रतिक्रिया